भारतमा भ्रष्टाचार विरोधी कानुनका रुपमा 'लोकपाल बिल' को मागसाथ आन्दोलन गर्दै आएका अन्ना हजारेले शुक्रबार बेलुका अनसन तोडे। भ्रंष्टाचारलाई समाप्त पार्न लोकपाल बिल माग गर्दै उनी छ दिनदेखि अनिश्चितकालीन अनसनमा थिए। हजारेले राजनीतिक दल स्थापना गर्ने स्पष्ट संकेतसाथ अनसन तोडेका छन्। देशमा व्याप्त भ्रष्टाचार, अन्याय र अनियमितता पूर्णरुपमा हटाउन र जनतालाई राम्रो विकल्प दिन राजनीतिक दल खोल्ने निर्णयमा पुगेको हजारेको भनाई छ। हजारेको यो भनाईसँगै १६ महिनादेखि चल्दै आएको एउटा सामाजिक आन्दोलनको अवसान भएको छ। र, आफ्नो उफानमा पुग्दै गएको एउटा सामाजिक आन्दोलन एकाएक राजनीतिक गतिविधिमा समाहित हुनेतर्फ उन्मुख छ।
भारतका टेलिभिजन च्यानलहरूले गरेको सर्वेक्षणमा ९६ प्रतिशतभन्दा बढीले हजारेको समूह राजनीतिमा आउनुपर्छ भनेका छन्। कतिपयले 'विदेशबाट ल्याएर थोपरिएका तथा क्याम्ब्रिजबाट आएका व्यक्ति नेता हुन सक्छन् भने भारतीय भूमिका अन्ना हजारे राजनीतिमा आउन किन नहुने?' भन्ने प्रश्न गरेका छन्। उनीहरूको प्रश्न भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष सोनिया गान्धी र उनका सुपुत्र राहुल गान्धीतर्फ लीक्षत छ।
अन्ना हजारेको समूहले राजनीतिमा आउन गरेको निर्णय प्रारम्भमा उत्साहजनक देखिए पनि यसभित्रका चुनौती कम छैनन्। पार्टी सञ्चालनका लागि ठूलो आर्थिकलगायत् स्रोत आवश्यक हुन्छ। त्यो हजारे समूहले कहाँबाट ल्याउँछ भन्ने जिज्ञासा सबैमा छ। अन्य राजनीतिक दलले जस्तै अन्नाको टोलीले पनि कर्पाेरेट जगतबाट चन्दा स्वीकार गर्छ वा गर्दैन? अहिलेको स्थितिमा जनताबाट चन्दा उठाएर राजनीतिक दल स्थापना त होला तर के त्यसलाई चलायमान गराउन सकिन्छ? त्यस्तै आगामी लोकसभा निर्वाचनमा स्वच्छ छविका उम्मेदवारको चयन कसरी गर्ने भन्ने चुनौती पनि अन्नाको टोलीसामु हुनेछ। किनभने अन्नाको वर्तमान टोलीमा रहेका सदस्यमाथि पनि भ्रष्टाचारको आरोप लाग्दै आएको छ। विशेषगरी अन्ना समूहकी सदस्य किरण वेदीमाथि त्यस्तै किसिमका आरोप लागेको थियो। यसबाहेक पछिल्लो समयमा आएर अन्नाको टोलीमै पारदर्शिताको कमी भएको आरोप लाग्दै आएको छ। टोलीका सदस्यहरूको कुरा नै धेरै स्थानमा बाझिएपछि अन्नालाई समेत अप्ठेरो पर्ने स्थिति आएको थियो।
हजारेले राजनीतिक दल स्थापना गर्ने भनेपछि सत्ताधारी कांग्रेसका एक सदस्यले अहिलेसम्म उनीहरूले गरेको आन्दोलन केका लागि थियो भनेर स्पष्ट पार्नुपर्ने माग गरेका छन्। के १६ महिनाको भ्रष्टाचार विरोधी आन्दोलन वास्तवमा राजनीतिक दल स्थापनाका लागि गरिएको गृहकार्यमात्र थियो त? अन्य राजनीतिक दलले अब अन्ना हजारेको आन्दोलनको भ्रष्टाचार विरोधी प्रकृति वास्तवमा हात्तीको देखाउने दाँतमात्र भएको र यसको वास्तविक उद्देश्य सत्तामा आउने नै रहेको आरोप लगाउन थालेका छन्। यसबाहेक हजारेको आन्दोलनले पाउँदै आएको व्यापक जनसमर्थन वास्तवमा उनको निश्चल र दागरहित छविका कारण हो। तर हजारे आफूले भने निर्वाचनमा सहभागी नहुने बताएका छन्। भारतको तल्लो सदन लोकसभामा लगभग ५ सय ४५ स्थान छ। यसका लागि हजारेको दलले आफ्नो उम्मेदवार चयन कसरी गर्छ भन्ने जिज्ञासा सबैमा छ। हुन त अन्नाले आफ्नो दलका लागि जनताले उम्मेदवार चयन गर्ने बताएर त्यस प्रश्नबाट अहिले पन्छिन खोजेका छन्। तर उनको यो जवाफ अमूर्त छ। किनभने भारतमा अहिले पनि जनताले नै चुनेको सदन र सरकार छ, जसबाट स्वयं हजारे सन्तुष्ट छैनन्।
अहिलेसम्मका भारतमा भएका यस किसिमका आन्दोलन हेर्ने हो भने ती सबै सुरुमा निकै प्रभावशाली देखिए पनि दूरगामी प्रभाव पार्न सक्षम हुन सकेका छैनन्। १९७० को दशकमा भएको त्यस्तै आन्दोलनको परिणामस्वरुप १९७७ मा भएको लोकसभा निर्वाचनमा कांग्रेस अध्यक्ष इन्दिरा गान्धी र उनको कांग्रेस पार्टीले नराम्रो पराजय सामना गर्नुपरेको थियो। तर मुरारजी देसाईको नेतृत्वमा गठन भएको जनता पार्टीको सरकार पनि दुई वर्षभन्दा बढी चल्न सकेन। अर्को त्यस्तै आन्दोलन सन् १९८० को दशकको अन्त्यतिर भएको थियो। इन्दिरा गान्धीको हत्यापछि दुई तिहाई बहुमतसहित उनकै विमान चालक छोरा राजीव गान्धीको नेतृत्वमा बनेको सरकारले सुरुमा निकै चर्चा बटुलेको थियो।
विमान चलाउन छाडेर राजनीतिमा होमिएका राजीव गान्धीले त्यतिबेला युवाहरूलाई आकर्षित गर्ने कार्यक्रम ल्याएका थिए। उनीभित्र देशभरका जनताले आधुनिक भारतको नक्सा देख्न थालेका थिए। आफ्नो कार्यकालको सुरुवातसँगै 'मिस्टर क्लिन' को उपमा पाइसकेका गान्धीमाथि त्यसपछि हतियार खरिदका क्रममा ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोप लागेको थियो। त्यही आरोपलाई लिएर विपक्षीहरू मिलेर नयाँ पार्टीका रुपमा जनता दलको स्थापनासहित सरकारको विरोध सुरु गरेका थिए। परिणामस्वरुप सन् १९८९ को निर्वाचनमा कांग्रेस पार्टीले बहुमत गुमाउन पुग्यो। विश्वनाथप्रताप सिंहको नेतृत्वमा बनेको सरकार पनि आन्तरिक विवादका कारण धेरै समय टिक्न सकेन र सन् १९९० मा चन्द्रशेखरको नेतृत्वमा नयाँ सरकार गठन भयो। त्यस आन्दोलनले ल्याएको परिवर्तन भनेकै भारतको सदनमा कसैको पनि स्पष्ट बहुमत नआउनु थियो, जुन अहिलेसम्म कायमै छ।
इतिहास हेर्दा हजारेको आन्दोलन राजनीतिक दलमा परिणत भए पनि त्यसको परिणामबारे अहिले नै निश्चित हुन सक्ने स्थिति छैन। यदि सन् १९१४ मा हुने आगामी लोकसभा निर्वाचनमा पनि कुनै दलको बहुमत नआएको खण्डमा हजारेको पार्टीले कुन बाटो रोज्नेछ भन्ने बेग्लै प्रश्न छ। उनको दलले सरकार बनाउन आफंै प्रयत्न गर्ला अथवा अन्य दललाई सहयोग गर्ला। त्यस्तो अवस्थामा के/कस्ता लेन-देन राजनीतिक दलबीच हुन्छन् भन्नेबारे जनता अनभिज्ञ छैनन्। दुवै स्थिति नै हजारेको टोलीले अहिलेसम्म बनाएको छविविपरित हुनेछ। त्यसै पनि राजनीतिक दल बनाउने हजारेको निर्णयको विरोध स्वयं उनकै समर्थकबाट हुन थालेको छ। यो संख्या अहिले निकै कम भए पनि आगामी निर्वाचनसम्मको दुई वर्षे अवधिमा स्थितिले कस्तो कोल्टे फेर्ला अहिले नै भन्न गाह्रो छ।
अन्नाको आन्दोलनको सुरुवात् नै राजनीतिक दलको आलोचनाको आधारमा खडा भएको हो। देशमा व्याप्त भ्रष्टाचारका लागि अन्नाले सदैव राजनीतिक दललाई जिम्मेवार ठहर गर्दै आएका छन्। परिणामस्वरुप यस आन्दोलनका कारण जनताको मनमा एकातर्फ हजारे र उनको टोलीतर्फ सम्मान र विश्वास बढ्दै गएको छ भने अर्कोतर्फ राजनीतिक दलप्रतिको वितृष्णा चुलिँदै गएको छ। यस्तो अवस्थामा देशमा व्याप्त भ्रष्टाचार, अव्यवस्थालगायत् कुरीतिको जिम्मेवार राजनीतिक दललाई दिँदै आएको हजारेको टोलीमा एक्लो अन्ना स्वच्छ छविको भएर हँुदैन। सरकार बनाउन चाहिने ३ सयभन्दा बढी उम्मेदवार स्वच्छ हुनुपर्नेछ। त्यसमाथि सरकार र सत्तामा जाने लोभबाट आफ्ना सदस्यलाई जोगाउनु हजारेको दलको अर्को चुनौती हुनेछ। आफूले तथानाम भन्दै आएको राजनीतिक प्रकृयामा अहिले स्वयं अन्ना हजारेको टोली समाहित हुने निर्णय गरेको छ। अर्थात् हजारेको यो निर्णय 'पानीमाथि ओभानो' हुने प्रयास हो। अन्नाले भारतमा गर्दै आएको भ्रष्टाचार विरोधी आन्दोलनको प्रभाव नेपाली जनमानसमा पनि पर्दै आएको छ। हजारेको आन्दोलन सफल भएको खण्डमा त्यसको सकारात्मक परिणाम नेपालमा पनि देखा पर्न सक्थ्यो।