बितेको आर्थिक वर्ष 'एड हक' अर्थात् तदर्थ बजेटले मुलुक चल्यो। ठूलै कोसिस गर्दा पनि यस वर्षका निम्ति तयार पारिएको बजेट अर्थ मन्त्रालयको कुनै कुनामा थन्क्याउन अर्थमन्त्री वर्षमान पुन बाध्य भए। फलस्वरूप, चालु आर्थिक वर्षको पहिलो चार महिनाको सामान्य खर्च धान्ने अर्को 'सुपर एड हक' अर्थात् महातदर्थ बजेट जारी गर्दै अर्थमन्त्री सुस्ताएका छन्। अनेक राजनीतिक उतारचढावका कारण राम्ररी कार्यान्वयन हुन नसकेको अघिल्लो वर्षको बजेटको एक तृतियांश खर्च गर्ने गरी प्रस्तुत यो टुक्रे बजेट पक्कै पनि अर्थतन्त्रको वस्तुस्थितिको अध्ययन र निरुपणमा आधारित छैन। अर्थतन्त्रका सूचकहरूले एकातिर संकेत गरिरहेका छन् तर मुलुक ती संकेतका आधारमा बनाइएको बजेटमा चलिरहेको छैन। परिणाम सहजै अनुमान गर्न सकिन्छ : मुलुकको अर्थतन्त्र ठूलो जोखिममा छ।
यस्तो जोखिमपूर्ण अर्थतन्त्रले जनताको दैनिक जीवनमा त प्रत्यक्ष प्रभाव पार्ने नै छ, त्यसले समाजभित्र पैदा गर्ने निराशाले राजनीतिक दलहरूप्रति जनताको विश्वास र आस्थामा पनि पहिरो लानेछ। यो प्रक्रिया त्यति सहज भने हुनेछैन। किनभने मोटो कुरा गरेर सतहतिरै हल्लिरहने राजनीतिक 'डिस्कोर्स' एकातिर हुन्छ, समाजको भित्री सतहमा चलिरहने अर्थराजनीतिले पैदा गर्ने चेतनाको प्रवाह अर्कै हुन्छ। अहिले प्रधानमन्त्री बाबुराम भटराईलाई गाली गरेर र उनको मानमर्दन गरेर टाउकामा जुम्रा पड्काउँदा प्राप्त हुने आनन्द उठाउनेको लस्कर देखिन्छ। तर यो लस्करले मुलुकको राजनीतिक संकटका मूलभूत कारण र त्यसको निरुपणका उपायमाथि तर्कसंगत विमर्श गरेको देखिँदैन। अहिलेको सबैभन्दा ठूलो कुतर्क संविधानसभा प्रधानमन्त्रीले भंग गरे भन्ने तर्क हो। यस्ता कुतर्कको खेती गर्नेको कमी यस मुलुकमा कहिल्यै भएन। मुलुक सँधै अन्तरिम संविधानकै पासोमा झुन्डिरहन सक्छ? यो प्रश्न भने अझै अनुत्तरित छ।
सरकार कुनै सर्कसबाज डोरीमा हिँडेझैँ तदर्थ बजेटको डोरी समाएर चलिरहेको छ। तर मुलुकको आर्थिक वस्तुस्थिति अर्कैतिर छ। ठीक यसैगरी मुलुक र जनताका अर्थराजनीतिक दशा एकातिर छन् तर हाम्रा दलहरूको यतिबेलाको राजनीतिक एजेन्डा र प्राथमिकता अर्कैतिर। यसले रेखांकन गर्ने स्पष्ट चित्र के हो भने जनताको आकांक्षा र मुलुकको वस्तुस्थितिले आग्राको कुरा गर्छ, दलहरूको लैबरीले गाग्राको कुरा। ताजा आर्थिक सर्वेक्षणले नेपालको आर्थिक वृद्धिदर सुस्त र आर्थिक जग नभएको देखाएको छ। त्यसैगरी आयको असमान वितरण कति बढेको छ भने आर्थिक असमानता (स्वभाविक तवरले सामाजिक असमानता पनि) यसै वर्षदेखि दक्षिण एसियामै सबैभन्दा बढी नेपालमा देखिएको छ। गणतन्त्र स्थापनापछि समाजमा असमानताको स्तर यतिधेरै बढ्दै जानुका पछाडि के कारण होला? यसले समाजको दैनिक जीवनमा पारिरहेको प्रभाव र त्यसअनुरूप समाजमा पैदा भइरहेको नयाँ तरंगका बारेमा दलहरूलाई कत्तिको थाहा छ? के राजनीति समाजको बदलिँदो यथार्थभन्दा बाहिर काठमाडौंको कुनै क्यासिनोमा खेलिने जुवा जस्तो हो? जहाँ दाउ लगाइन्छ र घुमिरहेको चक्काको भरोसामा आफूलाई सुम्पिइन्छ?
निकै जटिल समयमा भएको जिल्ला सभापतिहरूको भेलाबाट नेपली कांग्रेसले पारित गरेको घोषणापत्रले भन्छ : 'वैधानिकता गुमाइसकेको सरकारलाई विस्थापित गरेर राष्ट्रिय सहमतिको सशक्त सरकार गठन नहुँदासम्म सरकारबाट आम जनता कुनै विषयमा अपेक्षा राख्न सक्दैनन्। राजनीतिक निकासका लागिमात्रै होइन, सामान्य सुरक्षा, सामाजिक सुरक्षा र बढ्दो महँगी नियन्त्रणलगायत जनतालाई प्रभावकारी सरकारी सेवासुविधा प्रदान गर्नका लागि पनि वर्तमान सरकारलाई अपदस्थ गरी आम सहमतिको राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ।'
कांग्रेसलाई यो निष्कर्ष निकाल्न कुन अर्थराजनीतिक विशेषताले प्रेरित गर्यो? संविधान सभा भंग भएको दिन वर्तमान सरकारले वैधानिकता गुमाएको सही हो। साथसाथै त्यही क्षण कांग्रेसलगायतका सबै दलले संविधान दिन नसकेर जनताको विश्वास र राजनीतिक नैतिकता गुमाएको पनि सत्य हो। अन्तरिम संविधानले परिकल्पना गरेको सीमारेखामा समय अडिने थिएन, अडिएन। भएको केमात्र हो भने त्यो सीमारेखासम्म गर्नुपर्ने जिम्मेवारी दलहरूले पूरा गरेनन्। त्यसको जिम्मा प्रधानमन्त्री वा एउटा अमुक पार्टीलाई लगाइदिएर इतिहासको जिम्मेवारी कोही उम्कन मिल्दैन। त्यसबापत कांग्रेसले जनतासमक्ष माफीसम्म मागेको छैन।
अन्तरिम संविधानको घेरा वा त्यसभन्दा बाहिरबाट समेत आफू सरकारको नेतृत्व गर्न तयार कांग्रेसको याचना स्वयम्मा अवैधानिक हो। परन्तु, अन्तरिम संविधानको घेराभित्र सीमित रहेर मुलुक अघि बढ्न नसक्ने स्थिति भएकोले दलहरूले निर्माण गर्ने साझा सहमतिलाई नै संविधान मान्न अहिले सम्भवतः सबै तयार छन्। कुनै कालो कोटधारीलाई मुद्दा हाल्ने रहर लागेन भने त्यसरी निर्माण भएको राजनीतिक सहमतिले अर्को चुनाव र पुरानै संविधान सभाको पुनर्स्थापना गरेर मुलुकलाई निकास दिन सक्छ। तर कांग्रेसको घोषणापत्रले लोकतन्त्र, वैधानिकतालगायतका शब्दहरूमाथि खुब जोड लगाउँदा लगाउँदै भट्टराई नेतृत्वको सरकारलाई 'अपदस्थ' गर्ने आश्चर्यजनक प्रस्ताव अघि सारेको छ। यो शब्दमा आइपुग्दा कांग्रेसले राष्ट्रिय सहमति निर्माणमा निर्णायक भूमिका निर्वाह गर्ने आशामाथि तुषारापात हुनपुग्छ। र, ऊ स्वयम् वैधानिकता र अवैधानिकताको चक्रव्यूहमा फस्न पुगेको देखिन्छ। सम्भवतः आफैँले सरकारको नेतृत्व गर्ने अवसर आउँदा पनि एउटा साझा प्रधानमन्त्रीको उमेदवार दिनसक्ने हैसियत उसको छैन। अन्तरकलहको जालोभित्रबाट उसले जारी गरेको घोषणापत्र त्यसैले विरोधाभासहरूले भरिएको छ।
अर्थात्, कांग्रेस मुलुकको नेतृत्व गर्न मानसिकरूपले अझै तयार छैन। बाँकी रहन्छ एउटै 'पपुलर एजेडा' : प्रधानमन्त्री भटराईको भत्सर्ना। महातदर्थ बजेटको भरमा मुलुक चलाइरहेका भटराईसँग त न कुनै बलियो राजनीतिक आधार छ, न त आर्थिक योजना। उनको सरकारले बनाएको आर्थिक योजना थन्किएको छ, अर्थतन्त्र 'पशुपतिनाथका कृपा'ले चलिरहेको छ। कांग्रेस एमाले गठबन्धनसँग न आन्दोलन गर्नसक्ने नैतिक साहस छ, न राजनीतिक आधार। यो कुरा राम्ररी बुझेका प्रधानमन्त्री भट्टराई पनि बस दिन कटाइरहेका छन्। अघिल्लै वर्षको विकास बजेट करिब २० अर्ब फ्रिज भयो तर त्यसलाई कुनै ठूलो विकास परियोजनामा हाल्ने राजनीतिक साहस उनीसँग थिएन। त्यो हिम्मत देखाएकै भए पनि अरू दलले खुट्टा तान्ने आन्दोलन मञ्चन गर्ने थिए। अहिले त्यसो गरे भने त झन् अवैधानिक सरकारले ठूला योजनामा लगानी गर्न नसक्ने तर्कका साथ कांग्रेस एमालेले आन्दोलन गर्ने पक्का छ। आर्थिक विकासलाई सहजीकरण गर्न लगानी बोर्डको स्थापना गरिएको छ तर त्यो पंगु भएको छ।
राजनीतिमा असीमित सम्भावनामाथिको प्रयोग सम्भव हुन्छ। तर यहाँ त्यस्तो हुँदैन। जानकारीमा आएसम्म इतिहासमै पहिलोपटक काठमाडौंबाट गोलभेडा देशका अन्य भागमा पठाइएको छ। तर त्यो गोलभेडाको कथाले दिइरहेको सन्देश बु‰न राजनीति तयार छैन। त्रिभुवन विश्वविद्यालयले मानविकी संकायमा पढ्ने एउटा विद्यार्थी उत्पादन गर्न सरदर वर्षेनी १६ हजार ६ सय ९० रूपैयाँ खर्च गर्छ। त्यसैगरी मेडिसिनको एउटा विद्यार्थीमाथि वर्षेनी ८ लाख १८ हजार ७ सय रूपैयाँ खर्च गर्छ। अझ तुलनात्मक रूपमा कम विद्यार्थी अध्यापन गराउने काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र संस्कृत विश्वविद्यालयका विद्यार्थीमाथि प्रतिविद्यार्थी सरकारी लगानी यसभन्दा धेरै ठूलो अंकमा हुने गरेको छ। तर राज्यले लगानी गरेर तयार पारेको ठूलो दक्ष र अदक्ष दुवै जनशक्तिले युरोप, अमेरिका र अरब खाडीका देशहरूको उद्योगधन्दा, व्यापारव्यवसाय र सेवाव्यवसाय चलाएका छन्। हाम्रो लगानीको प्रतिफल अरू मुलुकले पाउँदा हामी मख्ख छौँ। किनभने रेमिटेन्सले यो मुलुक धानेको सगर्व घोषणा गर्ने शासक प्रशासकहरू हरेक चोकमा भेटिन्छन्।
हो, रेमिटेन्सले अर्थतन्त्रमा ठूलो हिस्सा कायम गरेको छ तर यसका नकरात्मक प्रभाव दूरगामी हुनेवाला छन्। समाज खोक्रो भइरहेको छ। अर्थतन्त्र आधारहीन ढुंगामा सवार छ र कतिबेला कुन प्वालबाट प्रलय छिर्ने हो थाहा छैन। रेमिटेन्स र विदेसिनेहरूको लस्करसँगै समाजको पारिवारिक र आर्थिक संरचना ध्वस्त हुँदैछ। तर हाम्रो राजनीति यी कुन मुद्दाको सम्बोधन गर्न उद्यत छ? संविधान निर्माणको अधुरो उत्तरदायित्वतर्फ कुनै ध्यान नभएको तर प्रधानमन्त्रीको राजीनामालाई अन्तिम सत्य मान्ने राजनीतिले यस मुलुकलाई कहाँ लैजाला? अनि यति अवास्तविक राजनीतिले जटिल अन्तराष्ट्रिय अर्थराजनीतिक जंजालभित्र यो मुलुकको नेतृत्व कसरी गर्ला?