प्रायः हरेक राष्ट्रका वैज्ञानिक प्राज्ञिक संस्थाले नियमितरूपमा विज्ञान प्रविधिका विविध विषय समेटिएका राष्ट्रिय विज्ञान सम्मेलन आयोजना गर्छन्। यस्ता सम्मेलनले पछिल्ला वर्षमा देश विदेशमा विज्ञान र प्रविधिका क्षेत्रमा भएका समसामयिक विकासको समग्र समीक्षा एवं वैज्ञानिकलाई आफ्नो नयाँ शोध नतिजा प्रस्तुत गर्ने अवसर प्रदान गर्छन्।
राष्ट्रिय स्तरको वैज्ञानिक भेला भए पनि राष्ट्रिय विज्ञान सम्मेलनमा अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त वैज्ञानिकलाई पनि विशेष आमन्त्रण गर्ने प्रचलन छ। जसरी विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षान्त भाषण दिन देश वा विदेशका कुनै ठूलो विद्वान्लाई आमन्त्रित गर्ने सर्वव्यापी चलन छ, त्यसैगरी राष्ट्रिय विज्ञान सम्मेलनमा पनि मूल व्याख्यान (कि नोट स्पिच) दिन ख्यातिप्राप्त वैज्ञानिकलाई आमन्त्रण गर्ने चलन छ। विकसित देशमा आयोजना हुने यस प्रकारका सम्मेलनमा प्रायः नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई मूल व्याख्यान दिन आमन्त्रित गरिएको हुन्छ। नोबेल पुरस्कार विजेता वैज्ञनिकलाई सम्मेलनमा सहभागी गराउन त्यति सजिलो भने हुँदैन। अनुसन्धानमा निकै व्यस्त रहने भएकाले उनीहरू सामान्यतः अति महŒवपूर्ण वैज्ञानिक सम्मेलनमा मात्र सहभागी हुन्छन्।
नेपालमा सन् १९५५ मा पहिलोपल्ट राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन आयोजना गरिएपछि देशमा विभिन्न समयमा विज्ञान तथा विज्ञानका विभिन्न उपविधामा धेरै राष्ट्रिय सम्मेलनहरू भएका छन्। यस्ता सम्मेलनमा विदेशी वैज्ञानिकको सहभागिता हुने गरे पनि नोबेल पुरस्कार विजेता वैज्ञानिकको सहभागिता थिएन।
नास्टले सन् १९९९ मा आयोजना गरेको तेस्रो राष्ट्रिय विज्ञान सम्मेलनमा पहिलोपल्ट नोबेल पुरस्कार विजेता वैज्ञानिकको सहभागिता सम्भव भएको थियो। त्यतिबेला पंक्तिकार नास्टको उपकुलपति थियो। उक्त सम्मेलनमा मूल व्याख्यान दिन कुनै नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई आमन्त्रित गर्न पाए विशेषगरी नेपाली युवा वैज्ञानिकलाई ठूलो प्रेरणा प्राप्त हुने र सम्मेलन बढी फलदायी हुने पंक्तिकारको विश्वास थियो। साथै राष्ट्रिय विज्ञान सम्मेलनमा नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई सहभागी गराएर नेपालमा पनि अन्तर्राष्ट्रिय वैज्ञानिक जगतमा प्रचलित मापदण्ड स्थापित गर्ने प्रयास गर्न खोजिएको थियो।
सम्मेलन हुनु केही महिनाअघि नास्टको निमन्त्रणामा जर्मनीको वैज्ञानिक संस्था हुम्बोल्डट फाउन्डेसनको एउटा टोली नेपाल आएको थियो। उक्त टोलीको नेतृत्व फाउन्डेसनका महासचिवले गरेका थिए। यसै अवसरमा हुम्बोल्डट विद्वतवृत्ति प्राप्त गरेको व्यक्तिको हैसियतले फाउन्डेसनका महासचिवलाई नास्टले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय विज्ञान सम्मेलनमा मूल व्याख्यान दिन जर्मनीका एक नोबेल पुरस्कार विजेता वैज्ञानिक उपलब्ध गराइ सहयोग गर्न अनुरोध गरेको थिएँ। जर्मनी पुगेर फाउन्डेसनका महासचिवले जर्मनीका धेरै जना नोबेल पुरस्कार विजेता वैज्ञानिकसँग सम्पर्क गरेछन्। अन्त्यमा नोबेल पुरस्कार विजेता भौतिकशास्त्री क्लाउस फन् क्लित्चिङ सम्मेलनमा मूल व्याख्यान दिन नेपाल आउन सहमत भएको पत्र हुम्बोल्डट फाउन्डेसनबाट प्राप्त भयो। फन् क्लित्चिङको भ्रमणको खर्च पनि हुम्बोल्डट फाउन्डेसनले नै बेेहोर्ने भएको थियो।
अन्तर्राष्ट्रिय सम्मेलन भवन, नयाँ बानेश्वरमा आयोजित सम्मेलनको उद्घाटन समारोहमा फन् क्लित्चिङले 'द रिभोलुसन इन माइक्रोइलेक्ट्रोनिक्सः पास्ट एन्ड फ्युचर' विषयमा आफ्नो व्याख्यान प्रस्तुत गरेका थिए। आमन्त्रित विशिष्ट पाहुना र सहभागी वैज्ञानिकले सम्मेलन भवनको सभा कक्ष पूरै भरिएको थियो। सम्मेलनमा सहभागी धेरैजसो नेपाली वैज्ञानिकले पहिलोपल्ट नोबेल पुरस्कार विजेता वैज्ञानिकको व्याख्यान सुन्ने अवसर पाएकाले उनीहरू निकै उत्साहित थिए। फन् क्लित्चिङको व्याख्यान पनि उत्कृष्टै थियो।
उद्घाटन समरोहपछि फन् क्लित्चिङ सम्मेलनको प्रमुख आकर्षंण बने। सम्मेलनका बीसौँ सहभागीले उनलाई घेरे। कोही उनीसँग हात मिलाउन चाहन्थे, कोही अटोग्राफ मागिरहेका थिए, कोही सँगै बसेर फोटो खिचाउन चाहन्थे र कोही विभिन्न प्रकारका प्रश्न गरिरहेका थिए। फन् क्लित्चिङले धैर्य राखेर सबैको जिज्ञासा पूरा गर्ने प्रयास गरे।
यस्तै दृश्य त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा पनि दोहरिएको थियो। केन्द्रीय पुस्तकालयमा आयोजित एक कार्यक्रममा नेपाल भौतिकशास्त्र समाजले फन् क्लित्चिंगलाई समाजको मानार्थ सदस्यता प्रदान गरेको थियो। नोबेल पुरस्कार विजेता कीर्तिपुर क्याम्पसमा आउँदै छ भन्ने हल्ला क्याम्पसभरी चलेको रहेछ। विज्ञान संकायमात्र नभई त्रिविका अन्य संकायका विद्यार्थीको समेत ठूलो जमात फन् क्लित्चिङलाई भेट्न पुस्तकालय परिसरमा जम्मा हुन थाल्यो। त्यहाँ पनि विद्यार्थीहरूसँग फन् क्लित्चिङको लामै अन्तरक्रिया भएको थियोे । एक जना नोबेल पुरस्कार विजेतालाई हेर्न, भेट्न र कुरा गर्न विद्यार्थीमा त्यति ठूलो उत्सुकता र चाहना होला भनेर मैले सोचेको थिइन।
सम्मेलन उद्घाटनको भोलिपल्ट होटल ब्लु स्टारमा एक सार्वजनिक व्याख्यानको कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा भाग लिन सर्वसाधारणलाई सञ्चार माध्यममार्फत् खुल्ला निमन्त्रणा दिइएको थियो। उक्त कार्यक्रमको प्रमुख उद्देश्य सर्वसाधारण नेपालीलाई पनि नोबेल पुरस्कार विजेताको व्याख्यान सुन्ने अवसर प्रदान गर्नु थियो। व्याख्यानको शीर्षक 'मेट्रोलजीः साइन्स अफ मिजरमेन्ट' (मापन विज्ञान) थियो। यो सर्बसाधारणले बु‰न सकिने रोचक विषय थियो। व्याख्यानमा फन् क्लित्चिङले मानव सभ्यतामा मापन प्रणालीको विकास कसरी भयो भन्ने विषयको अति सरल भाषामा वर्णन गरेका थिए। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवि र सर्वसाधारणको निकै ठूलो उपस्थिति थियो। क्लित्चिङको व्याख्यानबाट श्रोताहरू निकै प्रभावित भएका थिए।
सम्मेलनको सुव्यवस्था, सहभागी वैज्ञानिकको ठूलो उपस्थिति, उनीहरूको विज्ञानप्रतिको आकर्षण र नेपाली वैज्ञानिकबाट आफूले पाएको सम्मानबाट फन् क्लित्चिङ निकै प्रभावित भएका थिए। तीन दिनको बसाइपछि फन् क्लित्चिङ स्वदेश फर्के। उनले भौतिकशास्त्रको समीकरणमा सन् १९८५ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए।
यसैगरी सन् २००४ मा नास्टद्वारा आयोजित चौथो राष्ट्रिय विज्ञान सम्मेलनमा पनि मूल व्याख्यान दिन अर्का नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई आमन्त्रित गरिएका थिए । उनी थिए स्वीट्जरल्यान्डका रिचार्ड एर्नस्ट। उनले सन् १९९५ मा रसायनशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए। रिचार्ड एर्नस्टसँग दक्षिण कोरियामा सम्पन्न एक वैज्ञानिक सम्मेलनमा पंक्तिकारको चिनजान भएको थियो। उनले हाम्रो निमन्त्रणा सहर्ष स्वीकारेका थिए। साथै उनले आफ्नो भ्रमणको सम्पूर्ण खर्च आफैले व्यहोर्नेसमेत बताएका थिए।
रिचार्ड अर्नस्टको व्याख्यान सुन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हजारभन्दा बढी श्रोताको उपस्थिति थियो। उनको व्याख्यानको शीर्षक थियो 'विज्ञान र हाम्रो भविष्य'। आफ्नो व्याख्यानमा रिचार्ड एर्नस्टले भविष्यमा मानव समाजमा विज्ञानले पार्नसक्ने सकारात्मक र नकारात्मक प्रभावको विस्तृत वयान प्रस्तुत गरेका थिए। उनले मानव समाजको सुन्दर भविष्यका लागि वैज्ञानिक तथा प्राज्ञिक समूदायको अहम् भूमिका र जिम्मेवारी रहने धारणा व्यक्त गरेका थिए। साथै मानव सभ्यताको समग्र विकासमा नेपाल तथा स्वीट्जरल्यान्डजस्ता साना मुलुकको पनि महत्वपूर्ण भूमिका रहेको उनले बताएका थिए। रिचार्ड एर्नस्ट वास्तवमै प्रखर वक्ता थिए। उनको व्यख्यानबाट श्रोता मन्त्रमुग्ध भएका थिए। मैले आफ्नो जीवनमा अनुभव गरेका उत्कृष्ट वैज्ञानिक व्याख्यातामध्ये रिचार्ड अर्नस्ट पनि एक हुन् ।
उच्च कोटीका वैज्ञानिक भएर पनि रिचार्ड एर्नस्ट कलाप्रेमी तथा पूर्वेली दर्शनका ज्ञाता थिए। नेपालपे्रमी रिचार्ड एर्नस्टले सन् १९६८ मा पर्यटकका रूपमा नेपालको हिमाली क्षेत्रको पैदल भ्रमण गरेका रहेछन्। त्यतिबेला उनी हिमाली बौद्ध चित्रकलाबाट निकै प्रभावित भएका थिए। त्यतिमात्र होइन, पछि गएर हिमाली क्षेत्रको चित्रकलाको संकलन र अध्ययन उनको विशेष अभिरुचिको विषय बन्यो। नोबेल पुरस्कारको रकमको ठूलो हिस्सा नेपालको हिमाली क्षेत्रमा पाइने प्राचीन तथा दुर्लभ बौद्ध चित्र (थान्का) संकलन गर्न खर्चेको उनले बताएका थिए।
उनले 'हिमाली बौद्ध चित्रकला'बारे एक सार्वजनिक व्याख्यान पनि दिएका थिए। उक्त व्याख्यान सुन्न पत्रपत्रिकामार्फत् सर्वसाधारणलाई खुल्ला आमन्त्रण गरिएको थियो। उनको सार्वजनिक व्याख्यान सुन्न हजारभन्दा बढी वैज्ञानिक, वुद्धिजीवी तथा सर्वसाधारण सम्मेलन हलमा जम्मा भएका थिए। रिचार्ड एर्नस्टले उक्त व्याख्यानमा नेपालको हिमाली क्षेत्रबाट आफूले संकलन गरेका थुप्रै बौद्ध चित्रकलाको उत्कृष्ट रंगीन स्लाइडहरू देखाएका थिए। उत्कृष्ट स्तरको रंगीन स्लाइड तयार पार्न उनी आफैले एक विशेष प्रकारको क्यामेरासमेत तयार पारेका रहेछन्। ती रंगीन स्लाइडहरू हेरेपछि हाम्रो बौद्ध चित्रकला कति सुन्दर, समृद्ध र उच्च स्तरको रहेछ भन्ने धेरैलाई बोध भएको थियो। वास्तवमै बौद्ध चित्रकला हाम्रो अमूल्य सम्पदा रहेछ भन्ने धेरैले महसुस गरे। बौद्ध चित्रकलामा प्रयोग गरिएका विभिन्न रंगको वैज्ञानिक विश्लेषण गरेर रिचार्ड अर्नस्टले विज्ञान र कलालाई कसरी जोडन सकिन्छ भन्ने अनुपम उदाहरणसमेत प्रस्तुत गरेका थिए। उनले बताएअनुसार उनको जीवन विज्ञानबाट भन्दा पनि बौद्ध र हिन्दु दर्शनबाट बढी प्रभावित एवं लाभान्वित भएको थियो। उनको मूल व्याख्यानले जस्तै त्यस सार्वजनिक व्याख्यानले पनि श्रोतालाई निकै प्रभावित पारेको थियो।
रिचार्ड एर्नस्टले नेपाली वैज्ञानिकसँग घन्टौंसम्म अन्तरक्रिया गरेका थिए। उनको उपस्थितिले सम्मेलनका सहभागीहरू ठूलो उत्साह सञ्चार भएको थियो। उनले नेपाली वैज्ञानिकको उच्च मूल्याङ्कनसमेत गरेका थिए। अनुसन्धानका उचित पूर्वाधार र वातावरण उपलब्ध हुनसके नेपाली वैज्ञानिक पनि अन्तर्राष्ट्रिय स्तरको शोधकार्य गर्न सक्षम भएको उनको विश्वास थियो। नोबेल पुरस्कार विजेता वैज्ञानिकको सहभागिताले सम्मेलन बढी फलदायी भएको अनुभव सहभागी धेरै वैज्ञानिकले गरेका थिए। आउँदा राष्ट्रिय विज्ञान सम्मेलनमा पनि नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई सहभागी गराउन सके उनीहरूको अनुसन्धान, अनुभव र विद्वताबाट नेपाली वैज्ञानिक लाभान्वित हुनेछन्।