बितेका केही सातादेखि देशका राजनीतिक पण्डितहरुले एकीकृत माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'शून्य मूल्य' (राइट-अफ) तोक्न थालेका छन। यसलाई अस्वाभाविक भन्न मिल्दैन। अहिलेका घटनाक्रम र तिनका परिणाम प्रचण्डको विपरित गएका छन्।
प्रचण्ड नयाँसंविधानका संवाहक बन्नुहुने आशा धेरै मानिसको थियो। विभिन्न दलका नेतालाई आफनो वरिपरि राखेर सहमतिमा निर्णय गराउन सक्ने उहाँको खुबीको परख हुन सकेन। विपरित संविधान सभा उहाँको राजनीतिक जीवनकै सबभन्दा ठूलो असफलता सावित भयो। यसको परिणाम, उहाँलाई पारिवारिक तहका सानातिना समस्या र झमेलाले पनि अनावश्यक दुःख दिए। खाएको गाँस र लगाएको कपडाको समेत खिसीटिउरी गर्ने दरिद्र मानसिकताको शिकार हुनुभयो, उहाँ। संविधान बन्न सकेको भए नेपाली राजनीतिमा उहाँको विशिष्ट महत्व अझै चम्किने थियो। अहिलेको संसारमा योगदानको भन्दा सफलताको महत्व सर्वाधिक हुन्छ।
काठमाडौंका प्रबुद्ध र प्रभावशाली भनिने वर्गद्वारा 'राइट-अफ' गरिएको उहाँ पहिलो व्यक्ति होइन। कांग्रेसका शीर्ष नेता गिरिजाप्रसाद कोइरालालाई पनि प्रबुद्ध र प्रभावशाली वर्गका प्रतिनिधिहरुले पटक पटक यसरी नै 'राइट अफ' गरेका थिए। त्यसको उल्टो, उहाँ मृत्युपर्यन्त नेपाली राजनीतिमा छाइरहनुभयो। नेपाली समाजलाई गणतान्त्रिक मान्यतासँग जोड्न उहाँको योगदान अमूल्य रह्यो। गरिब देशहरुको राजनीतिमा व्यक्तिका कुण्ठा नीति र मान्यतामाथि हावी हुने गर्छन्। द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका अनुयायीहरु यही कुण्ठाग्रस्त मानसिकतालाई आधार बनाएर राजनीतिक संगठन गर्छन्। प्रचण्डले आमूल राजनीतिक परिवर्तनका लागि बाह्र वर्षे लडाइँ सुरु गर्दा यो प्रवृत्ति पनि समेट्नुभएको थियो। शान्ति-प्रक्रिया पूरा हुँदा-नहुँदै त्यो प्रवृत्ति उहाँको संगठनबाट अलग्गिएको छ। त्यतिमात्र होइन, उहाँले जतनसाथ जोगाएर राख्नुभएका चरम वामपन्थी भनिने सहयोगीहरु उहाँको विरुद्ध तरवारमा साँध लगाइरहेका छन् भने उहाँका उदार भनिने सहयोगीहरु उहाँको काँधमा बन्दूक राखेर पड्काउने काममा लागेका छन्। एकीकृत माओवादी पार्टीभित्र संगतिको अभाव देखिएको छ। नेताहरु पुँजीवादी संस्कृतिको आकर्षणमा चुर्लुम्म डुबेका छन्। पारस्परिक विश्वासहीनता छताछुल्ल भएको छ। सबैभन्दा अनुशासित भनिएको पार्टीमा अनुशासनहीनता र गुटबन्दी चरमचुलीमा पुगेको अनुभव सामान्य जनताले समेत गर्न थालेका छन्। यी घटनाक्रमले पक्कै पनि प्रचण्डलाई तनावग्रस्त तुल्याएका छन्।
तर यत्तिकैमा प्रचण्ड र पार्टीमाथिको उहाँको पकडलाई 'राइट अफ' गर्नु वैचारिक परिपक्वता होइन। राजनीति गर्ने केन्द्रीय नेताको नाभीमा ऊर्जा रहुन्जेलसम्म ऊ कति बेला कहाँबाट जागृत हुन्छ कसैले भन्न सक्दैन। यसबाहेक हिंसाको जुन स्थितिबाट देश यहा"सम्म आइपुगेको हो, त्यसको अभियन्ता प्रचण्ड नै हुनुहुन्छ। त्यसैले पनि नेपाली राजनीतिमा उहाँको भूमिका सकिएको सोच्नु व्यक्तिको आत्मकेन्द्रित चिन्तन मात्रै हो। अहिले देशको नेतृत्व तहमा रहेका कुनै पनि राजनीतिक नेताको व्यक्तित्व भूमिकाविहीन भएको छ। संविधान सभाको अवशानपछि अहिलेको शून्य संक्रमणको समयमा कसैको पनि प्रभाव स्थापित हुन सकेको छैन। राष्ट्रपति र प्रधानमन्त्री जस्ता पदहरु पदीय हैसियतका कारणले मात्र चलायमान छन्। पदबाट अवकाश पाएपछि आफूले पाउने सुविधा अध्यादेशमार्फत् सुरक्षित गराउन एक मिनेट पनि समय नलगाउने नेतृत्वले देशको दीर्घकालीन हितका लागि एक मिनेट पनि नसोच्ने प्रवृत्ति देखाउँदै आएको छ। यसलाई किनारामा राखेर प्रचण्डका असफलताको मिनमेख मात्रै निकाल्नु न्यायोचित हुँदैन।
प्रचण्डको हकमा उहाँका केही विश्लेषण गलत सावित भएका छन्। उहाँलाई धेरै राजनीतिज्ञले पार्टी नेताको हैसियतबाट माथि उठेर राजनेता बन्ने सल्लाह दिएका थिए। स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उहाँलाई आफूपछिको सर्वाधिक प्रभावशाली नेताका रुपमा प्रस्तुत गर्नुभएको थियो। आफ्नो राजनीतिक उचाइ हलक्क बढेका बेला उहाँले संविधानको काम टुंग्याउने प्रक्रिया थाल्नुपर्थ्यो। उहाँले त्यसो गर्नुभएन। सरकार, पार्टी र अन्तरदलीय किचलोमा उहाँ अनावश्यकरुपले तानिनुभयो। संविधान निर्माणको प्रक्रियामा कतिपय यस्ता प्राविधिक विषय थिए जसमा प्रचण्डबाहेक अरु कसैको पनि राजनीतिक कौशल प्रभावकारी हुन सक्ने थिएन। पार्टी एकता कायम राख्नकै लागि उहाँले आफ्नो त्यो कौशल प्रयोग गर्नुभएन। तर, न संविधान बन्न सक्यो, न त उहाँको पार्टीमा एकता नै कायम रहन सक्यो।
जातीय पहिचानसहितको संघीयतामा प्रचण्डले देखाउनुभएको आग्रह उहाँको हैसियत सुहाउँदो भएन। अन्ततः केन्द्रीकृत राज्य र सवल नेतृत्वको कम्युनिष्ट सिद्धान्तमा दीक्षित नेताले जातीय पहिचानसहितको संघीयताको वकालत गर्दा त्यसको अर्थ र परिभाषा स्पष्ट गर्नु आवश्यक थियो। राज्यभित्र जाति कि जातिभित्र राज्य? जातीय पहिचानसहितको संघीयता कि राष्ट्रिय पहिचानसहितको जातीय राज्य? प्रचण्डले यस्ता विषयमा स्पष्ट विचार नराख्दा त्यसका विरुद्ध नकारात्मक प्रतिक्रिया आउनु अनौठो थिएन। अहिले पनि जनताले यसको व्याख्या खोजिरहेका छन्। आगामी चुनावमा माओवादीले मात्रै होइन, अन्य दलले समेत संघीयताबारे आ-आफ्ना धारणा स्पष्ट गर्नैपर्ने परिस्थिति जन्मिइसकेको छ। किनभने यसले नै आगामी संविधानको स्वरुप निरुपण गर्न मद्दत गर्नेछ। यस अर्थमा चुनाव राजनीतिक दलहरुका लागि अवसरका रुपमा आएको छ।
प्रचण्डले अँध्यारो कोठामा बन्द रहेको केन्द्रीकृत राजनीतिलाई जनताको घरदैलोमा ल्याउन ठूलो मेहनत गर्नुभएको छ। हुने/खाने र जान्ने/सुन्ने वर्गको एकाधिकार रहेको राज्य शक्तिमाथि दोस्रो जनआन्दोलनले जनताको हक स्थापित गरिसकेपछिको परिस्थितिमा, खास गरेर पछिल्लो समयमा, संक्रमणकालका नाममा दलहरुले त्यसलाई जसरी नियन्त्रित गर्न खोजे त्यसलाई रोक्नु प्रचण्डको दायित्व थियो। तर, उहाँले दलीय सहमतिका लागि त्यस्तो प्रयास गर्नुभएन। राजाको हुकुमी शासनबाट मुक्ति लिएका जनताले दलहरुको हुकुमी शासन स्वीकार गर्ने कुरै थिएन। दलहरुको काम त राज्य संयन्त्रसँग जनतालाई जोड्नु थियो। संविधान सभाका छलफललाई समेत दलीय नेतृत्वको सानो घेराभित्र खुम्च्याएर राख्नु थिएन। यो संकुचन नतोडेर प्रचण्डले आफंैलाई आगोको भुंग्रोमा सेक्नुभयो।
यति हुँदाहुँदै पनि, प्रचण्डका विरुद्ध अहिले सुनिएका नकारात्मक टिप्पणीहरुले खासै अर्थ राख्दैन। माओवादी पार्टीको विभाजन वा दलीय असहमतिहरुका आधारमा प्रचण्डलाई 'राइट अफ' गर्ने हो भने बाह्र बुँदे सहमति र त्यसले बनाएको पूरै राजनीतिक 'सर्किल' राइट अफमा पर्ने निश्चित छ। प्रचण्डमा आफूलाई सच्याउने ताकत छ र राजनीतिमा जुटिरहने जाँगर छ। उहाँलाई 'राइट अफ' गर्न खोज्नेहरुले यो कुरा बुझ्नैपर्छ, राजनीतिक नेतृत्वमा स्थापित व्यक्तिहरुको उत्थान र पतन जनतामा उसको पहुँच कति सघन छ भन्ने तथ्यले निर्देशित गर्छ। राजधानीको सत्ता वृत्तमा अहिले देखिएको प्रचण्डको असफलता चुनावले मात्रै सावित गर्न सक्छ। राजनीतिको रुपान्तरण गर्र्ने उद्देश्यका साथ युद्धमा होमिनुभएका प्रचण्डमाथि एक हदसम्म राज्य व्यवस्थामा आमूल परिवर्तनपछि अपचलन (म्यानिपुलेसन) को राजनीतिमा लागेको आरोप लगाउन सकिन्छ। तर, यो परिस्थितिको निर्माण उहाँ एक्लैले गर्नुभएको भन्न मिल्दैन। नेपाली राजनीतिमा प्रचण्डले जुन उचाइ प्राप्त गरिसक्नुभएको छ, त्यसलाई उहाँको बराबरीमा राखिएको मेचमा कसैलाई उभ्याएर घटाउन सकिँदैन। असफलता र अस्थिरताका बीचमा प्रचण्डको भूमिका अहिले झन् बढेको छ, घटेको छैन।