तथाकथित राजनीति
१२ साउन २०६९
•
१३ मिनेट पाठ
तथाकथित राजनीति
अचेल शीर्ष नेताहरूको बैठकेको दृश्य स्वयंमा व्यंग्य चित्रजस्तो देखिनथालेको छ। तीन दलका प्रमुख नेताहरूको बैठक बुधबार बल्खु दरबारको उदास बैठककक्षमा बस्यो। वार्ताले निष्कर्ष निकाल्यो, अरू वार्ता गरिरहने। मुलुक जटिल राजनीतिक संकटबाट गुजि्ररहेको बखत वार्तादेखि वार्तासम्म हल्लिरहने शीर्ष बैठकको निष्कर्षलाई के भन्ने? यस्तो बैठकलाई नै के भन्ने? त्यसैले यो र यस्तै तथाकथित शीर्ष बैठकहरू व्यापक असन्तोष र राजनीतिक असन्तुलनका पर्याय बनेका छन्।

जनताको दिनहुँको अवस्था बिग्रँदै गएपछि राजनीति ‘तथाकथित राजनीति'मा रूपान्तरित हुँदै जान्छ। अन्तर्राष्ट्रिय मञ्चमा उभिएर मुलुकको प्रतिनिधित्व गर्दा कुने पनि नेता फगत चटके देखिन थाल्छ। यो हाम्रो राजनीतिको कटु यथार्थ हो। राजनीति तुक्काबाजी र गालीगलौजको अखडा बन्दै जाँदा दलहरूको चरित्र क्रमशः छद्मभेषी देखिन थालेको छ। दलहरूको आन्तरिक राजनीति सबैभन्दा बढी संकटग्रस्त छ, त्यसैले शीर्ष नेताहरू आफ्नो आधा अनुहारमात्र लिएर शीर्ष बैठकमा उपस्थित हुन्छन्। तैपनि वार्ताहरू गरिरहन र कुनै निकास ननिकाल्न उनीहरू प्रतिबद्ध छन्। तत्कालीन राजनीतिक लाभ नै नेताहरूको सबैभन्दा ठूलो आदर्श भएको छ। वैधानिकता र राजनीतिक नैतिकता, दुवै कोणबाट नेपाली राजनीतिको छद्म रूपमात्र बाँकी छ। यसको तथाकथित स्वरूपमात्र जीवित देखिन्छ। के यो संकटपूर्ण राजनीतिक यथार्थको घाउ कचल्टिएर क्यान्सर हुनसक्दैन?

अमेरिकी अर्थशास्त्री जोसेफ स्टिग्लिजले भर्खरै प्रकाशित आफ्नो पुस्तक ‘दी प्राइस अफ् इनइक्वालिटी'मा बाराक ओबामाका अर्थनीतिको विश्लेषण गर्दै लेखेका छन् - ‘अहिले अमेरिकामा मानिस नबसेका घरको संख्या बढेको छ, साथसाथै घर नभएका मानिसको संख्या पनि बढेको छ।' अमेरिकाको डरलाग्दो अर्थराजनीतिक अवस्थाको चित्रण गर्ने यो निष्कर्षले हाम्रो राजनीतिको यथार्थ बु‰न पनि मद्दत गर्छ। मुलुकको अर्थराजनीतिक, सामाजिक र सांस्कृतिक चित्रबारे लगभग अनभिज्ञ हाम्रा नेताहरू समाजमा चलिरहेको प्रमुख मनोवैज्ञानिक धार पनि चिन्दैनन्। त्यसैले राजनीति जनताको दैनन्दिन जीवनका समस्या समाधान गर्न नसक्ने ‘तथाकथित राजनीति'मा पतन भइसक्दा पनि उनीहरू अर्थहीन दिनचर्यामा लिप्त भइरहन्छन्।

राजनीतिभित्र राजनीतिक क्रियाहरू नहुने र प्रतिक्रियाको ‘डम्पिङ साइट'मा सल्बलाउनुलाई नै राजनीति मान्ने हाम्रो राजनीतिको चरित्र भएको छ। त्यसैले सबैभन्दा बलियो कर्ता मानिएको एकीकृत नेकपा (माओवादी)ले राजनीतिक प्रक्रियाको नेतृत्व लिन सकिरहेको छैन। ऊसँग चमत्कारी निर्णय लिनसक्ने नेतृत्व छ, तर त्यो नेतृत्वलाई ऊ आफैँले चिथोरेर निस्तेज तुल्याएको छ। वैद्य खेमाको बहिगर्मनपछि बौरिन खोजेको नेतृत्वलाई उसले काठमाडौं प्लेनममा बलियो पारेन, बरु थिलथिलो तुल्यायो। अन्तिम दिनमा देखिएको पुष्पकमल दाहाल ‘प्रचण्ड'को चमत्कारी व्यक्तित्वसमेत सम्पूर्ण पार्टीको अस्थायी विघटनको खरानीमाथि उभिएको थियो। संघीय गणतन्त्रका रूपमा मुलुकको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरण गर्ने एजेन्डा, नारा र संगठन अझैसम्म पनि एकीकृत माओवादीसँगमात्र छ। तर त्यो भव्य जिम्मेवारीलाई बाँसको हाँगोजस्तो लाचार तुल्याउने कस्तो संगठन तयार गरेको थियो माओवादीले? राजनीतिभित्र जनता नहुने, संगठनमात्र हुने र संगठनले केबल कार्यकर्तालाई सम्बोधन गर्ने जनतालाई सम्बोधन नगर्ने रोग माओवादीभित्र संक्रमित भएको देखियो।

मुलुक गम्भीर राजनीतिक संकटमा छ। यो राजनीतिक समस्यामात्र भने होइन। राजनीतिक समस्या र संकटका बीचमा स्पष्ट दूरी हुन्छ। राजनीतिक समस्या निश्चित् राजनीतिक प्रणालीभित्रको संकटका रूपमा अभिव्यक्त हुन्छ। तर राजनीतिक संकट जारी राजनीतिक व्यवस्था मर्ने र त्यसभित्रबाट नयाँ व्यवस्था जन्मने संघर्षको अभिव्यक्ति हो। ठीक यही चरित्र अहिलेको राजनीतिक संकटले प्रदर्शन गरिरहेको छ। अत्यन्त साँघुरो चस्माबाट मुलुकको राजनीतिलाई हेर्ने बानी परेका केही विश्लेषक संविधान सभाको विघटनलाई प्रधानमन्त्रीको सत्ताकब्जाको रणनीति भन्छन्। तर यो हचुवा विश्लेषणले मुलुकले भोगिरहेको प्रसव वेदनालाई उपेक्षा गर्छ, राज्यको चरित्रमा आइरहेको र आउनैपर्ने गम्भीर रूपान्तरणलाई देख्दैन, प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुने सजातीय अनुहारमा लोकतन्त्र खोज्छ।

यही नै अहिले कांग्रेस-एमालेको राजनीतिक दर्शन भएको छ। मुलुकका सारा समस्या भर्सेला परुन्, आफैँले जनतासमक्ष गरेको संघीय गणतान्त्रिक संविधान बनाउने वाचा खेर जाओस् तर प्रधानमन्त्री र मन्त्रीको कुर्सी भोग गर्न पाए लोकतन्त्र ढोल बजाउँदै आइहाल्छ। यो छद्म दर्शनले आफैँभित्र चलिरहेको गम्भीर ध्रुवीकरण र त्यसमार्फत प्रतिविम्बित समाजको बहुआयामिक ध्रुवीकरणलाई फुटेको आँखाले पनि देख्न सत्तै्कन। संघीयताका विषयमा हिजोदेखि आजसम्म एमालेका बहुरूपी धारणा आइरहे। पश्चिमबाट हावा चले पश्चिमतिर र पूर्वबाट हावा चले पूर्वतिर ढल्किने यही चरित्रले अन्ततः उसलाई नेकपा (बाहुनक्षेत्री)का रूपमा कायापटल गर्दैछ। आफ्नै पार्टीभित्रका जनजाति, मधेसी र आदिवासी नेताप्रति दिनदिनै अझ अनुदार हुँदैगएको एमालेले न त समाजमा आएको बहुआयामिक परिवर्तन बु‰यो, न त राष्ट्रिय राजनीतिले फेरेको कोल्टेकै अन्दाज गर्न सक्यो। यहीँनेर राजनीतिबाट जनता ‘आउट' हुने खाडल तयार हुन्छ र ‘तथाकथित राजनीति'को जन्म हुन्छ।

पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको जुन फूलबारी आफ्नो समयमा चिनेका थिए, त्यो उस्तै रहेन। कमल थापाले स्याहार गर्दैमा त्यो फूलबारी अढाई सय वर्षअघिको जस्तो हुनसक्दैन। समाज जहाँ पुग्यो त्यहीँबाट समाजको नयाँ रचना हुने हो। हिजो राजतन्त्रले त्यही चार जात छत्तीस वर्णलाई आफ्नो कब्जामा राख्ने रणनीतिक उद्देश्यका लागि चिनेको थियो, आज एकताका लोकतान्त्रिक आधार खडा गर्ने उद्देश्यका लागि चिन्नु जरुरी छ। तर न एमाले, न कांग्रेसले समाजको यो जीउँदो यथार्थलाई चिनेका छन्। उनीहरूको उद्देश्य यो विषयलाई तार्किक निष्कर्षसम्म पुर्यांउने देखिँदैन, न त राज्य पुनर्संरचनालाई लोकतान्त्रिक गणतन्त्रको आधारशिलाका रूपमा उनीहरूले बुझेका छन्। हिजो लतारिएर संविधान सभासम्म पुगेको र जनताका अघिल्तिर सारा वाचा ढाँट्ने उद्देश्यका निमित्त गरेको दुःखद निष्कर्षमा उनीहरू पुगेका छन्। त्यसैले संविधान सभाको अवसानलाई एउटा अवसरका रूपमा बुझेको छ यस गठबन्धनले। सत्ता ( केबल सरकार)मा पुग्नुलाई नै राजनीतिको अन्तिम उद्देश्य बनाएर उनीहरूले संविधान सभा र राज्य पुनर्संरचना जस्ता विषयलाई खारेज गरिसकेका छन्।

यतिबेला सरकार बदल्ने कुनै वैधानिक निकाय छैन। अवैधानिक विकल्प दुईवटा छन् - एउटा राजनीतिक सहमति, अर्को राष्ट्रपतिको निगाह। पहिलो विकल्पका निम्ति माओवादीसँग संविधान निर्माण गर्ने सर्तमा सम्झौता गर्नुपर्छ। र, त्यो संविधान संघीय नै हुनुपर्छ। दोस्रो विकल्पका निम्ति यो गठबन्धनले राष्ट्रपतिको पाउमा धेरै बिन्तिपत्र चढाइसकेको हो। तर राष्ट्रपति पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने मनसायमा छन् यतिबेला। उनले आफ्नो संवैधानिक सीमाको पाठ तिनैलाई पढाए जसले आफैँ अन्तरिम संविधान बनाएका थिए। यी दुवै विकल्पमध्ये सहमति निर्माण गर्नु उत्तम अवैधानिक विकल्प हो। तर त्यो सहमति सरकारको भागबन्डाको सर्तमा होइन जनताले प्रतीक्षा गरिरहेको संविधान निर्माण गर्ने सर्तमा हुनुपर्छ। अन्यथा, समाजको नाभीमा दिनहुँ ‘चार्ज' भइरहेको असन्तोष विष्फोट हुनेछ।

राजनीतिलाई ‘तथाकथित' रूपबाट जनताको आशा र विश्वास संगाल्न सक्ने ढाँचामा बदल्नु जरुरी छ। त्यसका निम्ति राजनीतिभित्र जनता अटाउनुपर्छ र त्यसमा पनि राज्य संयन्त्रले उपेक्षा गरेको ठूलो जनसंख्या अटाउनुपर्छ। राज्यले नै त्यो ठूलो तल्लो वर्गलाई सम्बोधन गरिसकेको भए राजनीतिको स्वरूप अर्कै हुन्थ्यो र यी दलहरूको अस्तित्व पनि हुने थिएन। दल सदैव राज्यको चरित्रको विरोधी रहन्छ र त्यसलाई बदल्ने चालक शक्ति हुन्छ। जुन दल राज्यको चरित्र बदल्ने चालक रहँदैन, त्यसको विनाश निश्चित हुन्छ। त्यसैले राजनीतिको समीकरण बदल्नु जरुरी छ। अरु निष्कर्षहीन शीर्ष बैठकहरूको रचना गर्नुभन्दा सार्थक राजनीतिको आविष्कार गर्नु उत्तम हुन्छ। तथाकथित राजनीतिले यसका कर्ताहरूलाई छिटै समाप्त गर्छ र जनतालाई पनि दुःख दिन्छ। तर जनता आकार नभएको त्यस्तो शक्ति हो जो संसार बदल्नका निम्ति नाभीमा उर्जा बोकेर बसिरहन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस