सुरक्षित आमा कार्यक्रम, अवार्ड र अस्पतालहरू
११ साउन २०६९
•
११ मिनेट पाठ
सुरक्षित आमा कार्यक्रम, अवार्ड र अस्पतालहरू
साउन ९ गते बिहान नागरिकको क्षेत्रीय कार्यालय, विराटनगर पुग्दा नजिकैको मुसहर बस्तीमा कोलाहल थियो। ससाना झुुप्रामा बस्ने मानिस हिलाम्मे घर आँगन र बाटामा जम्मा भएका थिए। मजदुरी गरेर हातमुख जोर्नुपर्ने उनीहरू साउने झरीमा आफ्नी चेली रुपादेवी ऋषिदेवको अन्तिम संस्कारमा जुटेका थिए। रुपाको अन्तिम सस्कार गर्न उनका बाबु चमरु ऋषिदेव नागरिक कार्यालय आए, थोत्रा टायर माग्न। घर नजिकैको सिरिसको रुख काटे उनीहरूले, लास जलाउनका लागि। दाउरा किन्ने पैसा झिक्न नसक्ने उनीहरूले बारीको काँचो रुख काटेर छोरी जलाए।
१५ दिनकी सुत्केरी रूपा अहिले छैनन्। उनको मृत्युको खबर 'आमा सुरक्षा कार्यक्रम' मा विश्व स्वास्थ संगठनबाट अवार्ड पाएको स्वास्थ्य मन्त्रालयमा महत्वका साथ राखिने छैन। उनले जन्माएको नाबालकको लालनपालनको जिम्मेवारी घरपरिवारलाई हुने भइहाल्यो। रुपाको मृत्यु एउटा धरातलीय तस्बिर हो- नेपालले महत्वका साथ अख्तियार गरेको मातृशिशु कार्यक्रम कसरी चलिराखेको छ र नेपालका स्वास्थ संस्थाहरू निमुखा बिरामीहरूप्रति कस्तो व्यवहार गर्छन् भन्ने कुराको लेखाजोखा गर्ने।
१८ वर्षीय रुपाको घर विराटनगर उपमहानगरपालिकासँगै जोडिएको कटहरी गाविसमा हो। आफन्तका अनुसार उनले गर्भावस्थामा चारपटक स्वास्थ केन्द्रमा गएर स्वास्थ परीक्षण गरेकी थिइन्। आइरन चक्कीलगायत्का सरकारी औषधी सेवन गरेकी थिएन। नजिकै कोशी अञ्चल अस्पताललगायत्का ठूल्ठूला अस्पताल, मेडिकल कलेज भएको विराटनगरकै छिमेकी गाउँकी महिला बच्चा जन्माउन अस्पताल जानुपर्ने आवश्यकता किन ठानिनन्? किन उनले स्वास्थ्य केन्द्र पुगेर बच्चा जन्माइनन्? किन अस्पतालमा बच्चा नपाएको? मुसहर महिलाहरू निरुत्तर हुन्छन् र सामान्य जवाफ दिन्छन्- घरमै जनम गेले। यस्ता प्रश्नको उत्तर खोजिँदै जाला।
अन्तर्राष्ट्रियस्तरमा नेपाल सुरक्षित मातृत्व कार्यक्रममा अब्बल दरिँदै गएको अवस्था रिपोर्टमा छन् । सुरक्षित मातृत्वअन्तर्गतका सेवाहरू संस्थागत बन्दै गएको भनेर यसै वर्ष विश्व स्वास्थ्य संगठनबाट नेपालले 'रिजोल्डभ' अवार्ड प्राप्त गरेको नेपालले मोरङ कटहरीका महिला पनि अस्पताल जाँदैनन् भन्ने तथ्य मनन् गर्न सक्नुपर्छ।
बच्चा जन्मिएको १२ दिनसम्म रुपा र उनको छोरो दुवैको अवस्था राम्रो थियो। यसबीच उनीहरूले स्वास्थ्य केन्द्रमा लगेर खोप पनि लगाएका छन्। तर १२ औं दिनदेखि रुपाको स्वास्थ्य बिग्रियो। आफन्तहरूका अनुसार उनको पेट सुन्निन थाल्यो। सुत्केरी महिलाको हकमा ४२ दिनसम्मलाई संवेदनशील मान्ने सरकारी नीति छ। घरपट्टिकाहरूले पेट फुलेर गम्भीर बन्दै गरेकी रुपालाई कोशी अंचल अस्पताल लगे। अस्पतालको आकस्मिक कक्षले सामान्य चेक जाँचपछि हामीकहाँ उपचार हुँदैन, अन्यत्र लगेर उपचार गर भन्दै बिदा गर्योि। चमरु ऋषिदेवका अनुसार सरकारी कोशी अस्पतालले 'आइसियु' खाली छैन भन्दै आकस्मिक कक्षबाटै बिदा गर्योा। त्यहाँबाट उनीहरूले नोवेल मेडिकल कलेजमा ल्याए। आइसियुको राम्रो 'पसल' थापेको नोवेलमा उपचार हुन्छ भन्ने कुरामा चमरू विश्वस्त थिए, जानकारहरूले त्यसै भनेका थिए- नोवेलमा आइसियु खाली हुन्छ। नोवेल अस्पताल दक्षिण एसियामै आइसियु र भेन्टिलेटर सेवा प्रदानमा अगुवा बनिरहेको समाचारले स्थानीय पत्रपत्रिकामा ढाकेको पृष्ठभूमिमा चमरुको विश्वास स्वाभाविक मान्न सकिन्छ।
चमरुका अनुसार नोवेलको आकस्मिक कक्षमा भर्ना गरेपछि चिकित्सकहरूले आइसियुमा राखेर उपचार गर्ने सुझावसहित उनलाई तत्काल ७ हजार रुपियाँ जम्मा गर्न र दैनिक तीन हजारका दरले पैसा लाग्ने जानकारी दिए। रुपाको ब्लडप्रेसर न्युन थियो, आकस्मिक कक्षमा स्लाइन दिइयो, चिकित्सकहरूले पेटमा इन्फेक्सन भइसकेको बताउँदै थप उपचारका लागि सघन कक्षमा राख्नुपर्ने सुझाव दिए। चमरू र रुपाका पति गोविन्दसँग पैसा थिएन। अहिले पैसा छैन, भर्ना गरेर उपचार गरिदिनोस्, भोलि पैसा बुझाउँछु भन्दा पनि नोवेलका चिकित्सकले भर्ना गर्न नमानेको दुखेसो चमरुको छ। उनी भन्छन्- मैले मेरो लैनु गाई छ, त्यही बेचेर भए पनि भोलि पैसा बुझाउँछु भन्दा पनि मानेनन्।
चमरुको आग्रह चिकित्सकहरूले मान्नुपर्थ्याे वा पर्देनथ्यो? यसको छिनोफानो आवश्यक छ। चिकित्सकहरूले 'आइसियु खाली छैन' भन्दै अन्यन्त्र लग्न भन्नुपछाडि आफ्नो आर्थिक अवस्था हो भन्ने चमरुको मनमा गढेको छ। उनी भन्छन्- 'मसँग पैसा नभएको थाहा पाएपछि आइसियु खाली छैन भनिएको हुन सक्छ।' उनी शंकालु छन्, अस्पतालको तीतो व्यवहारका कारण। पैसा अभावमा सुत्केरी छोरीलाई अस्पताल भर्ना गराउन नसकेपछि चमरूले साउन ८ गते राति दश बजे बिरामी छोरीलाई नोवेलबाट आफ्नो झुपडीमा ल्याए। भोलिपल्ट पैसा व्यवस्था गरेर अन्य अस्पतालका आइसियुमा भर्ना गराउने उनको योजना थियो। त्यो कामयाव हुन सकेन, सूर्योदयअगाडि नै रुपा बितिन्।
पहिले पैसा कि उपचार? स्वास्थ्य सेवामा निजी क्षेत्रको बढ्दो प्रभाव, विस्तारका बीच प्रश्न गम्भीर बन्दै गएको छ। कुरा रुपा ऋषिदेव, उनकी छोरी रुपाको मात्र होइन, पैसा नहुनेहरू कसरी उपचारबाट वञ्चित भइराखेका छन् भन्ने यो एउटा उदाहरणमात्र हो। नेपालमा मूलतः तीनखालका स्वास्थ्य सेवा छन्। सरकारी, निजी र शिक्षण अस्पतालका सेवा। सरकारी सेवा सुलभ हुनुपर्छ नै, शिक्षण अस्पतालले अन्य निजी नर्सिङ होम जस्तो आफूखुसी शुल्क असुल्ने छुट छैन। शिक्षण अस्पतालहरू 'हामी डाक्टरी पढाइ पनि गर्छौ, सुलभ दरमा बिरामीको उपचार पनि गर्छौं' भन्ने मान्यतामा खुलेका हुन्छन्। जहाँसम्म सरकारले महत्व दिएको सुरक्षित मातृत्व कार्यक्रमको योजना छ, त्यसबाट सरकारीमात्र होइन, 'सुरक्षित आमा' कार्यक्रम सञ्चालन गर्ने, निजी अस्पताल, नर्सिङ होमहरू र शिक्षण अस्पतालले बेग्लै पैसा पाउँछन्। नोबेलले आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ र उसले आफ्नो अस्पतालमा सुत्केरी हुन आउने प्रत्येकबाट अवस्थाअनुसार पैसा पाउँछ। सामान्य सुत्केरी भएमा १ हजार ५ सय, केही जटिल भएमा ३ हजार र सिजरिङ्ग गर्नुपर्नेमा ७ हजार। बच्चा जन्माउने आमाहरूले अस्पतालहरूमा बच्चा जन्म्ााएवापत तराईमा ५ सय यातायात भत्ता र चार पटक नियमित जाँच गराएको पैसा सय रुपियाँका दरले बेग्लै पाउँछन्। कति उदार स्वास्थ्य नीति, निजी अस्पताल र शिक्षण अस्पताललाई समेत पैसा दिएर 'सुरक्षित आमा' कार्यक्रमलाई उच्च महत्व दिँदैछ।
सुरक्षित आमा कार्यक्रम सञ्चालन गरेको अस्पतालको नाताले नोवेलले आफ्नो क्षमताले भ्याएसम्म सेवा दिनुपर्ने उसको कर्तत्व हो। तर आइसियुको नाममा सुत्केरी महिलालाई भर्नासमेत नगरी घर फर्काउनुलाई सामान्य गैरजिम्मेवारी भन्न मिल्दैन। आमा सुरक्षा कार्यक्रम सफल भएको चार्ट रचना गरेर विश्व स्वास्थ्य संगठनबाट नेपालले अवार्ड थाप्नु एउटा पक्ष हो। वार्षिक १ अर्ब ५ करोड खर्च भइरहेको 'सुरक्षित आमा' कार्यक्रमलाई अस्पतालहरूले कसरी सञ्चालन गर्दैछन्, कस्तो सेवा दिँदैंछन्? लक्षित वर्गमा सेवा पुगेको छ कि छैन? यस्ता उत्तर खोज्न ढिला भइसक्यो। रुपाहरू गुमाउन बाध्य मुसहर बस्तीले 'सुरक्षित आमा' कार्यक्रमको औचित्यमाथि प्रश्न गर्ने कि नगर्ने? कुरा गम्भीर छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस