राजनीतिको मूल उद्देश्य असल राज्य सञ्चालन गरी मानव कल्याण गर्ने हो। चाहे प्राचीनकालका मनु, कौटिल्य, कन्फ्युसियसको विचार होस्, चाहे राजनीतिशास्त्रका पिता भनी चिनिएका प्लेटोको आदर्श राज्यको परिकल्पना किन नहोस्। हब्स, लक, रुसो जस्ता राज्यको निर्माण आपसी सम्झौताबाटै भएको हो भनी लेख्नेहरुले पनि 'बहुजन, हिताय, बहुजन, सुखाय' का लागि राज्य निर्माण भएको स्वीकारेका छन्।
बाइसे, चौबीसे, मल्ल, डोय र खस राज्यको इतिहास बोकेका हामी नेपाली पुनः त्यही बाटोमा त जाँदै छैनौँ? जबकि हाम्रो उत्तरी छिमेकी विशाल चीन 'एक चीन' नीतिमा अडिग छ। त्यहाँ संघीयता छैन। त्यसैअनुरुप आफ्नो नीति चलाउँदैछ। उसले एक राज्य दुई व्यवस्थासमेत स्वीकारेको छ। जुन विश्वमै नौलो प्रयोग पनि हो। उसको त्यो प्रयोग पनि बहुजन हितायका लागि नै हो।
अहिले नेपालको राजनीतिमा देखिएको शान्तिलाई मूर्दा शान्ति भन्नेहरू पनि भेटिन्छन्। स्क्यान्डेनेभियन देशको शान्ति अमन चैनको सम्पन्नताको शान्ति हो, जहाँ बाँच्नका लागि कसैको चाप्लुसी, चुक्ली, चाकडी गर्नुपर्दैन। सभ्यताको एक तह पार गर्दा उनीहरूबीच मात्र भए पनि 'वसुधैव कुटुम्बकम्' भएको व्यवहार प्रष्ट देख्न सकिन्छ। गास, बास, कपासको ग्यारेन्टी साम्यवादीको खोक्रो नारामात्र थियो, जसको ताजा उदाहरण हाल उत्तर कोरियाको भोकमरीले देखाइरहेको छ। तर, अहिले स्क्याण्डेनेभियन देशमा वास्तवमै गास, बास, कपासको ग्यारेण्टी छ। शिक्षा, रोजगारी, बेरोजगार भत्ता औषधोपचार कल्याणकारी राज्यको विशेषताको रुपमा ग्यारेन्टी छ।
मानव विकास सूचकांकलाई आधार मान्ने हो भने विश्व मानचित्रमा आजका दिन सम्म यी मुलुक अग्रगतिका मानिन्छन्। तर, नेपाललाई जातीय गणतन्त्र बनाउन सल्लाहकारीय भूमिका खेलेवापत मासिक लाखौं तलब दिने युरोपियन संस्था र आफ्नो उद्देश्य प्राप्त गर्न पेश गरेका/गराइएका प्रोजेक्ट सञ्चालन गरेबापत अन्य मनग्गे युरो प्रदान गर्ने मुलुकले नेपालको सामाजिक अवस्था बिथोल्ने काम गरेका छन्। 'चार वर्ण छत्तीस जातको फूलबारी' भनेर सम्बोधित यस मुलुकमा धार्मिक कट्टरता थिएन र छैन। केही पाखण्डीपन, केही कुरीति, कुप्रथा जुनसुकै समाजमा देखिन्छ। त्यो नेपालमा पनि छ र ठाउँ, परिस्थिति, आर्थिक अवस्था, शैक्षिक मापदण्डले त्यसमा व्यापकरूपमा फरक व्यवहार भएको देख्न सकिन्छ। छुवाछुत, उँचनीच, चेप्टो, थेप्चो, तिखो नाक, अनुहारको भिन्नता केही प्राकृतिक हुन्, केही लैङ्गिक वा सामाजिक। 'बहुजाति भाषा धर्म संस्कृति छन् विशाल' लाई राष्ट्रगानका रूपमा स्वीकार्दा हामीले एकल जातीय राज्यको परिकल्पना गरेको देखिँदैन। शायद सबैको नेपाली जाति त्यही संस्कृति हो जस्तो लाग्छ। नेपालको राजगद्दीमा पुगेका तिरहुते ब्राह्मणीका छोरा न शाह थिए न पहाडे। इतिहास बलियाको लेखिएको र लेखाइएको हुन्छ। त्यसैले त डेनमार्क, स्वेडेनहरूले हाल जति नै समाजवादी राज्य भने पनि इतिहासमा लुटाहा साम्राज्यवादी राष्ट्रका रूपमा परिचित थिए।
जातीय पहिचान र जातीय राज्यको मुद्दालाई चरमरुपमा उठाउने मधेसी वर्ग तराईमा अर्काे पाकिस्तानको परिकल्पनामा त लागेका छैनन्? पहाडमा जनजातिको जातीय राज्य बनाउन लागिपर्ने मालिकको निर्देशनको कदर गर्नुपर्ने हो भने त्यही आधारमा तराईको भूभागमा कोचे, मेचे, धिमाल, दनुवार, कोइरी, अहिर, मुस्लिम, थारु, चमार, डोम, सतार, मुसहर, माझी, यादव, झा, राजवंशी, कर्ण, कण्ठलगायत्का नेता बन्न सक्दैनन् र? आम नेपाली जनजाति र मधेसी (तराईबासी) हालको एकताको सूत्र जातीय राज्य हो भने पहाड र हिमालमा जस्तै मेचीदेखि कर्णालीसम्मको तराईको भूभागमा किन जातीय राज्यको कुरा गरी संविधान निर्माणमा अङ्गो नलगाएको? एकै देशका वर्तमान सत्ताधारी दलहरुको दोहोरो राज्य निर्माणको मापदण्ड जानिनसक्नु छ आम जनतालाई।
नेपाली जनताले २००७ सालदेखि २०६९ सालसम्म भएका थुप्रै राजनीतिक घटनाक्रम, परिघटना वा क्रान्तिपछि उन्मुक्त हुने, भोक, गरिबी, विपन्नता, बेरोजगारीबाट मुक्ति पाउने आस गरेका थिए। शक्ति, सम्पन्नता विश्व सामु सगरमाथाको भौतिक उचाईजत्तिकै आर्थिक सामाजिक, सांस्कृतिक, भाषिक उन्नति हुने अपेक्षा गरेका थिए। प्रजातन्त्र, लोकतन्त्र, पञ्चायततन्त्र, सक्रिय राजतन्त्र, बहुदलीय, एकदलीय र निर्दलीय सबै परिवर्तनको संघारमा जनता 'राम्रो जीवन पाउँला' भन्ने सुन्दर परिकल्पना गर्दै थिए। तर, जनताका सपना चकनाचुर पार्ने काम आ-आफ्नो बेलामा सबैथरि राजनीतिज्ञले गरे।
अन्त्यमा, नयाँ संविधान अवश्य आउँछ, बोक्रै भए पनि बाँकी पछि थपथाप होला भन्ने राष्ट्रिय भावना चुँडालेर मधेसी-माओवादीको सरकारले संविधान सभाको हत्या गर्यो। त्यसपछि ३२ दिने सुदूर पश्चिम बन्ददेखि ठूला साना सबै बन्दका कार्यत्रम रोकिए। राष्ट्र करिब शान्त हुन पुग्यो तर यो शान्तिको कारण सन्तुष्टि वा अन्योल के हो, त्यो भने अनुमान गर्न सहज छैन।
लेखक राजनीतिशास्त्रका सह-प्राध्यापक हुन्।