चार वर्षको विभिन्न आरोह-अवरोह पार गरेको संविधान सभा संविधान जारी गर्न नपाउँदै विघटन गरियो। प्रायः सबै विवाद समाधान भइसकेको र संविधान जारी गर्ने काम कांगे्रसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर गर्ने भन्ने जस्ता सहमति भइसकेको अवस्थामा संघीयताको विवाद उठाएर संविधान सभा विघटन गराउने खेलमा एनेकपा (माओवादी) को नेतृत्व सामेल भयो।
आफू लोकतान्त्रिक भएको देखाउन संविधान सभाको चुनाव घोषणा पनि गर्यो)। जुन संवैधानिक, कानुनी र राजनीतिक हिसाबले सम्भव छैन। चुनाव देखाएर सत्तामा टिकिरहने खेल खेलेका डा. बाबुराम भट्टराईले आफू कामचलाउ भएको र चुनाव गर्न नसक्ने अवस्थाको चाहिँ हेक्का राख्न सकेन। एनेकपा (माओवादी) ले संविधान निर्माणभन्दा पनि सत्ता निरन्तरतालाई प्राथमिकता दिएका कारण संविधान सभाको हठात् अन्त्य भयो। अन्तरिम संविधानमा अर्को चुनावको व्यवस्था नभएको र व्यवस्थापिका संसद नहुँदा सरकार परिवर्तन कसरी गर्ने भन्ने व्यवस्था पनि नभएको अवस्थामा माओवादी सत्ता अकण्टक राख्न सकिन्छ भन्ने ग्रयाण्ड डिजाइनबाट माओवादीले यो बाटो रोजेको प्रष्ट देख्न सकिन्छ।
तर माओवादीले सोचेजस्तै तरिकाले नेपालको राजनीति तय भएन। राष्ट्रपतिले प्रधान मन्त्री कामचलाउ भइसकेको औपचारिक पत्र र माओवादी पार्टीको विभाजन जस्ता विषय प्रचण्ड-बाबुरामका लागि विल्कुल अनपेक्षित थिए। बाबुराम भट्टराईको विभिन्न पार्टीका असन्तुष्ट जनजाति नेताहरुलाई मन्त्रिमण्डलमा सामेल गराउने अन्तिम तयारीमाथि राष्ट्रपतिको पत्रले चिसो पानी खन्याउने काम गर्योर। अरु पार्टीको असन्तुष्टिमाथि खेल्ने ज्ञानेन्द्र शैली बाबुरामले पछ्याउन पाएनन्। यसरी सत्ता कब्जा गर्ने उनको पहिलो पाइलामै ठेस लाग्यो।
माओवादी विभाजनले स्वाभाविकरुपमा प्रचण्ड-बाबुरामको सत्ता कब्जाकांक्षामाथि सबैभन्दा बढी तुषारापात गरिदियो। नवगठित नेकपा-माओवादीले छोटो अवधिमै विपक्षीहरुसँग आफ्नो हैसियतसहितको सहभागितामात्र जनाएन, छिमेकी चीनसँग आफ्नो सम्बन्धसमेत स्थापित गरिदियो। राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव निरन्तर खस्कँदै गएपछि पार्टी संगठनमा अस्तव्यस्तता र पलायन झांगियो। अनि सत्ताबाट कुनै पनि बेला बहिर्गमन हुनुपर्ने अवस्था आएपछि मात्र प्रचण्डको छलछामयुक्त दृष्टि विघटित संविधान सभातर्फ मोडियो। नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र झिनो आवाजको रुपमा रहिरहेको संविधान सभाको पुनर्स्थापनालाई आफ्नो एजेण्डा बनाउन प्रचण्ड लागिपरेको देखिन्छ। सत्ता कब्जाको मनसायबाट संविधान सभा विघटनमा महत्वपूर्ण भूमिका खेल्ने प्रचण्डले पछिल्लो अवस्थामा विघटनले आफ्नो पार्टीलाई सबैभन्दा बढी घाटा भएकाले त्यो घाटा पूर्ति गर्ने एकमात्र संजीवनी संविधान सभाको पुनःस्थापना नै हो भन्ने रामै्र बुझेको हुनुपर्छ। सहमतिमा सम्पूर्ण विषयको छिनोफानो नगरी गरिने संविधान सभा पुनर्स्थापनाले माओवादी-मधेसी गठबन्धनलाई अझ मजवुत बनाउने र एनेकपा (माओवादी) को संविधान सभाको सबैभन्दा ठूलो हैसियत पुनर्स्थापनामात्र गराउने छैन, वैद्य समूहलाई पार्टी एकीकरण गर्न बाध्य पार्ने अवस्थासमेत सिर्जना गर्छ। त्यसबाट नेपाली लोकतान्त्रिक आन्दोलनलाई कुनै फाइदा पुग्ने छैन बरु उग्रवामपन्थी अराजकतावाद र दक्षिणपन्थी प्रतिगमनलाई थप मलजल पुग्ने निश्चित छ।
संविधान सभा पुनर्स्थापनाले समस्या समाधान गर्छ त? कुनै हालतमा गर्न सक्दैन। संविधान सभाले ४ वर्षसम्म काम गर्न नसकेका कारण राष्ट्रिय सहमति नभएरै हो। राष्ट्रिय सहमति हुने हो भने तत्कालीन संविधान सभाले तयार गरेको विषयवस्तुलाई समेटेर अर्को तरिकाले संविधान निर्माण गर्नु र त्यसलाई जनताबाट अनुमोदन गराउनु नै सर्वोत्तम बाटो हो। राष्ट्रिय सहमति हुँदा संविधानमा व्यवस्था नभए पनि राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठन गर्न सक्छन्। राष्ट्रिय सहमतिमा उनले संविधानमा बाधा अड्काउ फुकाउ संशोधन गर्न सक्छन्। तर राष्ट्रिय सहमतिमै संविधान सभा पुनर्स्थापना गरिए पनि पुनर्स्थापना भएकै दिनदेखि त्यहाँ गणितीय खेल सुरु हुन्छ। फेरि संविधान निर्माणको विषय विगतमा झैं बाटो हराएको यात्रीसरह भौतारिइरहनेछ।
संविधान सभाले चार वर्षको पूरा अवधि माओवादी स्वार्थ बोकेर हिँड्नुपर्यों। माओवादीको एकदलीय एकाधिकारवाद लाद्ने प्रत्यक्ष-परोक्ष प्रयासहरुको छायाँमा संविधान सभा रुमलिइरह्यो। फेरि त्यही बाटो हिँड्न संविधान सभा पुनर्स्थापनाको कुनै औचित्य छैन। हो, राष्ट्रिय सहमतिमार्फत् संविधान, शान्ति प्रक्रिया र संघीयताका सम्पूर्ण विषयवस्तु टुंग्याएर त्यसलाई औपचारिकता दिन बहुमत-अल्पमतको गणितीय खेलमा सामेल नहुने सर्तमा केही समयका लागि संविधान सभा ब्युँताउने प्रसंग प्याकेजको एक अंगका रुपमा जनताले समेत स्वीकार्न सक्छन्। तर अरु विषयको टुंगो नलागी संविधान सभा पुनर्स्थापना गर्नु हिजोका विकृतिहरुको पुनरावृत्ति गर्नु र सेता हात्तीको खर्चको निरन्तरता गर्नुसिवाय अरु केही हुन सक्दैन। प्रमुख राजनीतिक पार्टीभित्र एजेण्डाका रुपमा प्रवेश गरी नसकेको संविधान सभाको पुनर्स्थापना गराउन आफूखुसी समूहबन्दी गर्दै हिँडेका पूर्व सभासद्हरुलाई संविधान सभाबाट पाइने तलव सुविधा कटौती हुँदा परेको पीरमर्का अरु कुनै तरिकाले समाधान गर्नु श्रेयस्कर हुनेछ।