बीपी र पुष्पलाल स्मृति दिवस। नेपाली लोकतान्त्रिक आन्दोलनका यी दुई मूर्धन्य पुरुषलाई सम्भि्कन साउन ६ र ७ गते साना ठूला कार्यक्रम गरियो। ठूला दलले उति ठूलो महत्व दिएनन्।
न त कांग्रेस पार्टीले नै कुनै कार्यक्रम गर्योग। न अनगिन्ती टुक्रामा विभाजित आफूलाई कम्युनिस्ट भन्न रुचाउने मार्क्सवाद, लेनिनवाद, माओवाद र अरू पनि केके वादी दलले नै केही गरे। सामान्यतः एक दुई दलबाहेक अरूले पुष्पलालको तस्बिरसमेत राख्दैनन्। बीपी कोइराला त अराष्ट्रियसमेत भनिए। व्यक्ति, चेतना, समर्पण, दूरदृष्टि, कुशाग्रता यी सबै अर्थमा बीपी राष्ट्रियताका प्रतीक हुन् भने पुष्पलाल नेपाली वामपन्थी आन्दोलनका अग्रणी हुन्।
राजनीतिका बारेमा भन्नुपर्दा मूलतः चार विषयको चर्चा मैले गर्ने गरेको छु : राजनीति कि त मूल्य या आदर्शको हुन्छ, कि सिद्धान्तको, कि कुनै मुलुक या भूखण्डभित्रको स्रोतमा प्रभुत्व अर्थात् दोहनको हुन्छ नभए द्रव्यबाट निर्देशित हुन्छ। भर्खरै सम्पन्न एकीकृत नेकपा (माओवादी)को सातौँ विस्तारित बैठक (प्लेनम)मा भएका घटनाले विघटित संविधानसभा या संसद्को सबभन्दा ठूलो दल भनिएको पार्टी भने द्रव्य राजनीतिबाट निर्देशित रहेछ भन्ने देखायो। आफैँबाट निर्मित सेनाले सेनापतिमाथि भौतिक हमला गर्दा लज्जाबोध हुनुपर्ने हो। भौतिक कारवाहीमा परेका १७ हजार निर्दोष नेपाली र त्यसलाई हेरेर बस्न बाध्य मुलुकका झन्डै तीन करोड अरू नेपालीले त बुझ्छन्। ती नेताले कति बुझे? म निर्वाचित हुँ, मुलुकको नेतृत्व मैले गर्नुपर्छ भन्न प्रधानमन्त्री स्वयंले आफ्नै पार्टीका कार्यकर्ताबाट पिटाइ खानु स्वाभाविक त होइन। बाँकी जनताले उनका बारेमा के भन्लान् भन्ने उनी आफैले सोच्नुपर्ने हो। द्रव्य राजनीतिको परिणाम भने यस्तै नै हुन्छ।
मुलुकको स्रोतमाथि दोहन गर्ने अभीष्टबाट बनेको सरकार द्रव्य संकलन अर्थात् द्रव्य राजनीतिमा उत्रिएपछि त्यसको परिणति यही नै हुन्थ्यो र भयो पनि। अब दल दल रहेन। यसै पनि तीन टुक्रामा विभाजित दल २२ वर्षदेखि अधिवेशनबाट नेतृत्व चयन गर्न नसकेको दल, नीति, नेतृत्व, सिद्धान्त, आदर्श हराएको दल टिक्न सक्दैन। जन्मदातालाई गद्दार भनेर आफू नै निष्णात, पारंगत, चतुर राजनीतिको सबभन्दा शक्तिशाली खेलाडीको रूपमा स्थापित गर्ने होडमा लागेका पुष्पकमल दाहालको अब सायद, यसभन्दा अर्को अधोगति हुन पनि सक्दैन। माघमा भनिएको अधिवेशन पार्टीको विखण्डनको फेरि अर्को चरण हुनसक्छ।
लेनिनको उदय भनौ या सत्ता कब्जासँगै मार्क्सवादको अवसान भएको हो। मार्क्सवाद र लेनिनवाद सँगै जान क्ने स्थिति त्यसबेला पनि थिएन र अहिले पनि छैन। त्यसैगरी स्तालिनको जन्मसँगै लेनिनवादको मृत्यु पनि भएकै हो। स्तालिन र माओत्सेतुंगको टकराव सँगसँगै स्तालिनसँग माओले १० हजार वर्षको युद्धको घोषणा गरेकै हुन्। त्यसैसित जोडिएर आएको प्रचण्डपथ द्रव्यसँगै जोडिएर आयो तर शासनमा बाबुराम भट्टराई गइसकेपछि (यो अर्ध क्रान्तिले) प्रचण्डको शक्तिको क्षयीकरण सुरु भयो। त्यसै दिनदेखि प्रचण्डसत्ताको खुट्टो तान्न लागि परिरहे। जुन एजेन्डा लिएर प्लेनमको उद्घाटन भयो, त्यो एजेन्डामा प्लेनम प्रवेश नै गरेन। पाँच दिनसम्म चलेको बैठक हरेक कोणबाट गुजि्रँदै पार्टीभित्रको भ्रष्टाचार, आर्थिक अनियमितता, नेताका विलासी जीवनशैली, एक अर्काप्रतिको शोषण, दुराचार, व्यभिचार आदिमै रुमल्लिई रह्यो। अन्ततः माघमा अधिवेशन गर्ने भने दाहालले यसबाट उम्कने बाटो खोजे।
यो मुक्ति दाहालका लागिमात्रै नभएर बाबुराम भट्टराई या अन्य पदाधिकारीका लागि पनि हुनसक्छ। यो त्यो दल हो जो अहिले सरकारको नेतृत्वमा छ। सँगै यो त्यो दल हो जसले संविधानसभा, संसद् विघटन गरेको छ। यो सँगैको गठबन्धनमा रहेका दलहरू एकपछि अर्को टुट्दैफुट्दै गएका छन्। यो पनि फुटिसकेको छ, फेरि फुटको संघारमा पुगेको अब कसैबाट लुकेको छैन। यसले सरकारमा बस्ने वैधानिकता हामीसित छ भन्नेजस्तो हास्यास्पद र लाजमर्दो कुरो गर्नु लोकतन्त्रसम्मत हुँदैन। गठबन्धनमा रहेका दलहरूको स्थिति पनि त्यही नै हो। मुलुक सरकारविहीन अवस्थामा छ भन्दा अन्यथा सोच्नु पर्दैन। प्राकृतिक, नैतिक, चारित्रिक, वैधानिक कुनै पनि अर्थमा यो सरकार तत्काल सिंहदरबारबाट बाहिर निस्कनुपर्दछ। त्यसको अर्को विकल्प छैन।
माथि चर्चा गरेको राजनीतिका चार आधार राजनीतिकर्मीले गर्ने व्यवहारका विषय हुन् राजनीतिशास्त्रका होइनन्। राजनीतिकर्मीहरू राजनीतिक वृत्तिका लागि होइनन् भन्ने त एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले स्वीकारेका महाभूलबाट पनि स्पष्ट हुन्छ। उनी व्यावहारिक राजनीति गर्न सत्तै्कनन्, जान्दैनन् या चाहँदैनन्। न त उनको दल नै त्यस प्रकृतिको छ। उनको दल मार्क्सवादी पनि होइन, लेनिनवादी पनि होइन र स्तालिनवादी पनि होइन। उनको कथित प्रचण्डपथलाई बोकेर हिँड्न नेपाली जनता तयार छैनन्। उनकै कार्यकर्तासमेत उनलाई बोकेर हिँड्न तयार नरहेको देखियो। व्यक्तिको स्वतन्त्रतालाई उनी स्वीकार गर्दैनन्। त्यसको अर्थ उनी लोकतन्त्रवादी होइनन्। लोकतन्त्र बिनाको राजनीति नेपाली जनताले स्वीकार गर्दैनन् भन्ने मुलुकमा अहिलेसम्म भएका हिंसात्मकबाहेकका अरू प्रकृतिका आन्दोलनले पुष्टि गरिसकेका छन्। हिंसा प्रयोग गरेर त जसबाट जे पनि बोलाउन सकिन्छ। हिंसाको माध्यमबाट या बन्दुकको बलबाट बोलाइएका कुरा जनताको भाषा वा जनमत भन्ने दुस्साहस धेरै शासकले गरे। अब त्यो नगरे हुन्छ। सत्र हजार मान्छेको ज्यान बलात् लिइएको हो। त्यसलाई बलिदानको संज्ञा दिएर हुकुमी शासनलाई वैधानिकता दिने प्रयत्न स्वीकार्य हुँदैन।
विलासिता त्याग्छु भन्नुको अर्थ विलासको मोह र अभ्यास छ भन्ने नै हो तर समाज सेवा वा राजनीति विलासका लागि भने गरिँदैन। त्यसैले राजनीति गर्नेले विलासिता त्याग्छु भन्नुको केही अर्थ छैन। माओवादी अध्यक्ष दाहाल बान् की मुनलाई भेट्न न्युयोर्क जान्छन्, भगवान बुद्ध र लुम्बिनी विकास सँगसँगै शान्तिका कुरा गर्छन्। त्यसपछि लुम्बिनी विकासका लागि उनले कति योगदान पुर्यासए कुनै नेपालीलाई थाहा छैन। बेलाबखत केही बोल्दिने, केही भन्दिने र त्यसका प्रति रत्ति पनि निष्ठा र इमान नदेखाउने उनको स्वभावसित राजनीतिकर्मीमात्रै होइन सिंगो नेपाल परिचित भइसकेको छ। उनलाई लुम्बिनीसितै प्रित छ, भगवान बुद्धकै आदर्शसित समर्पण भाव छ भने त्यो सानो कर्म होइन, त्यही गरेर बसे हुन्छ। राजनीति नै गर्नुपर्छ भन्ने केही छैन। राजनीतिको परिणाम त उनले भोगी नै सके। प्रधानमन्त्री भए, आफ्नै कारणले नौ महिना टिक्न नसकेको पनि स्वीकार गरिसकेे। जातै पिच्छे राज्य बाँड्ने उनको इच्छा छ, त्यो नेपालीले स्वीकार गर्छन् कि गर्दैनन् भन्नेमा अझै मत संकलन भइसकेको छैन। उनले चाहे भन्दैमा त्यो हुने स्थिति अब झनै छैन। उनको आफ्नै दल धुजाधुजा भइसक्यो, अरू कुनै दल यसको पक्षमा छैनन्। द्रव्यले टुँडिखेलमा केही मान्छे एक दिनका लागि जम्मा गर्न सकिएला तर मान्छेको चेतना किन्न सकिँदैन। एक्क्ाइसौँ शताब्दीमा लोकतन्त्रबाहेक शासन गर्न अर्को कुनै तन्त्र छैन। विदेशीको इसारामा केही दिन कुनै व्यक्ति, केही समयका लागि शासनको सर्वोच्च शिखरमा बस्न सक्ला तर जनताको मत बिना त्यहाँ टिकिरहन सक्दैन। यी सबैले बुझाउँछन् उनको अब कतै जाने ठाउँ छैन।
माथिका पंक्तिहरू कमरेड पुष्पकमल दाहालमाथि प्रहार गर्नैका लागि लेखिएजस्तो कसैलाई लाग्नसक्छ। त्यो होइन। माओवादी नेतृत्व पंक्तिमाथि प्रश्न उठाएको हो, व्यक्ति विशेषमाथि होइन। यद्यपि, नेतृत्व लिने व्यक्तिले जिम्मेवारी लिनुपर्छ। बराबर जिम्मेवारी वा अझ बढी जिम्मेवारी प्रधानमन्त्री बाबुराम भट्टराईको पनि हुन्छ। यति पंगु, यति भ्रष्टाचारमा लिप्त, यति सत्ता लिप्त प्रधानमन्त्रीको अनुभव नेपालको लोकतान्त्रिक इतिहासले अहिलेसम्म गर्नुपरेको थिएन। कुन्नि केमा रमाएका छन् यी प्रधानमन्त्री? अर्को कोही व्यक्ति तयार भएदेखि म प्रधानमन्त्री पद छोड्न तयार छु पनि भन्छन्। नेपालको मतदाता नामावलीमा नाम भएको कुनै पनि वयस्क नेपाली उनको स्थानमा बस्न योग्य छ भन्ने उनले बुझे हुन्छ। राजनीतिक व्यक्तित्व वा पार्टीको नेता हुनुपर्छ भन्ने हो भने अब त यी दुवै व्यक्ति न आफ्नो पार्टीको नेताको हैसियत राख्छन् न त राष्ट्रलाई माया गर्ने व्यक्तिका रूपमा चिनिन्छन्, न त कार्यकुशलताको कसीमा खरो उत्रिएका छन्, न यी अब सांसदै हुन्।
अन्त्यमा, २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको सरकारलाई अपदस्थ गरेपछि उनको निवास खानतलासी गर्द भेटिएको एक लाख चानचुन रुपैयाँ उहाँको होइन भन्ने थाहा भएपछि त्यसलाई बैंकमा राखियो र २०३४ सालमा उहाँ फर्किनुभएपछि मेरो साथीको पैसा ब्याजसहित देऊ भनेर सरकारसँग माग गर्नुभयो। त्यही पैसा र केही विराटनगरको जमिन बेचेर आज महाराजगंजमा शशांक कोइराला बसेको घर किनिएको हो भने पुष्पलालजीले दिल्लीको एउटा सरकारी अस्पतालमा अन्तिम सास फेर्नुभयो। उहाँको त शव पनि काठमाडौंसम्म ल्याउन सकिएन। अस्तुमात्रै ल्याएर शोभाभगवतीमा विसर्जन गरियो। त्यो हो आदर्शको राजनीति। अहिलेका नेताहरूको राजनीतिलाई द्रव्य राजनीतिमात्र भन्न सकिन्छ।