'ढोका खोल राष्ट्रपति, ढोका खोल न'- केही समयअघि माधवकुमार नेपालले राष्ट्रपतिलाई यसरी नै ढोका खोल्न गुहारेका स्मरण नै हुनुपर्छ। सोही बेलादेखि आजका दिनसम्म प्रत्येक दिनजसो शीतल निवासको ढोकामा कोही न कोही नेताको ढ्याङढ्याङ सुनिनुलाई आमजनताले सत्ताको घन्टी सम्झे पनि वास्तवमा यो घन्टी लोकतन्त्रका लागि खतराको घन्टी बन्न सक्नेमा द्विविधा नराखे हुन्छ।
जबजब कसैले स्वार्थअनुरुप संविधान अर्थ्याउँदै राज्य प्रमुखलाई ढोका खोल भन्छ, नेपालमा कि कोतपर्व हुन्छ, कि त १७ साल या माघ १९। र, यी पर्वबाट जन्मेको सत्ताले राजनीतिक समस्यालाई शान्ति सुरक्षासँग जोडेर राजनीतिलाई गौण बनाउँदै सुरक्षा शक्ति अर्थात् सैनिक शक्तिको अरिंगाल गोला फोडेको छ। नेपालको भूगोल र इतिहासका कारण राजनीतिक शक्ति कहिले पनि सुरक्षा शक्तिबाट निरपेक्ष बन्न नसक्ने आदत बनिसकेको तथ्य नजरअन्दाज गर्न सकिन्न।
कांग्रेस र एमालेका नेतालगायत् १८ दलले कटवाल काण्डमा राष्ट्रपतिका हातमा रक्तथोपा पारिसकेकाले पनि संविधानमाथि बाघ झम्टेर कांग्रेसको सरकारका लागि बाबुराम सरकारको पत्तासाफ गर्न कुनै न कुनै एम्बुस थाप्ने सम्भावना लोकतन्त्रमाथिको खतरामात्र नभई भयानक द्वन्द्वको संकेत पनि हो।
झन् असार ३ गते शीतल निवासमा चियापानका नाममा भेला नै बोलाएर 'म ढोका खोल्न आतुर छु, यदि छिटै नखोल्ने हो भने म ढोका फोर्न पनि विवश हुनेछु' भन्ने सन्देश प्रवाहित भएपछि बाबुराममा केही क्षण भने ‘डिफेन्सिभ पोस्चर' देखा पर्दा आक्रमणको पर्रा प्रतिपक्षीबाट भयानकै चलेको पनि थियो। तर रियो द जेनेरियोबाट फर्केपछि उहाँ अचानक परिवर्तित ‘काउन्टर अफेन्सिभ पोस्चर' मा देखापर्नुले यस पटक राष्ट्रपतिको कदममा माओवादी कटवाल काण्डमा झैं मैदान छोडेर भाग्ने सम्भावना देखिन्न। तसर्थ राष्ट्रपति र प्रधान मन्त्रीबीचको साँढे जुधाईको सम्भावना झन् झन् बढ्दै जाँदा सेना, प्रहरीलगायत्का सुरक्षा निकाय अचानोमा तानिने छन्। अनि ती निकायलाई संविधानको अर्थ आफैं लगाएर पक्षविपक्षको कित्ता लिन नेता तथा मिडियासमेतले उक्साएमा उत्पन्न अन्योलको व्यवस्थापनबारे राष्ट्रपति, प्रधान मन्त्री, प्रचण्डलगायत् प्रतिपक्षीहरुले सोच्नुभएको छ? पूर्व सुरक्षाकर्मी भएकाले यस्तो चिन्ता ममा आउने नै भयो।
कटवाल काण्डमा राष्ट्रपतिले संविधान तोड्ने परिस्थितिका मुख्य कारक तत्व मानिएका स्वयं रक्षा मन्त्री बादलले त्यसबेला राष्ट्रपतिसँग कार्यकारिणी अधिकार नभएको भन्दै बहादुरीका साथ पछि हटेको भगौडा फौजको नेतृत्व गरेको घटना अझै ताजा छ। तर आज स्वयं उनी राष्ट्रपतिलाई ढोका खोल भन्न पुग्नु आगोका लागि एक टिन घिउ अवश्य बनेको छ।
प्रतिपक्षीको दबाबमा अचानक राष्ट्रपतिद्वारा यो सरकारलाई कामचलाउ घोषणा गरी महाभारतको पहिलो बिगुल फुकिएको हो। संवैधानिकरुपले कामचलाउ हो भने स्वतः कामचलाउ होला, कसैले भन्नुपर्ने किन? तर किन र कुन धाराअनुसार यो पत्र लेख्ने या घोषणा गर्ने कार्य भए? मुद्दा परेमा अदालतले फैसला गर्ला।
प्रतिपक्षी दलसँग कुरा गर्न संविधानले मुखै नदिएको राष्ट्रपतिबाट हाल प्रतिपक्षीको आग्रहअनुसार पक्ष लिई सरकारको विपक्षी बन्नुलाई प्रतिपक्षी तथा दलीय कानुनविदहरुले बाबुरामलाई पिराउने र आफ्नो पक्ष छिराउने सुवर्ण मौका ठाने पनि काल त पल्किहाल्ने नै छ।
कटवाल काण्डले ल्याएको अस्थिरता नै आजको हरदुर्दशा, दुर्घटना, असहमति, सत्ता मारामार, सेना समायोजनको ढिलाई र उल्झन तथा संविधान बन्न नसक्नुको मूल कारण हो। सोही क्षणदेखिका हरघटना र त्यसका नतिजाको सिलसिलेवार टिपोट, विश्लेषण, नतिजा र त्यसबाट उत्पन्न संकट र परिस्थितिको आलोचनात्मक मूल्यांकन गरेमा यो पुष्टि हुन्छ।
नयाँ परिभाषित नभएको अवस्थामा राष्ट्रिय सहमति भनेको जनमत भनेर अर्थ लगाउन पनि हामी पाउँदैनौं। सदन खारेज भएको हुँदा चुनावको संख्याको वैधता नभएकाले सबै दल बराबर भएनन् त? राप्रपा नेपालभन्दा ठूलो दल कुन आधारले माओवादी हुन्छ त अब?
संवैधानिकरुपमा पूर्ण कार्यकारिणी अधिकार सम्पन्न भए पनि भारतका राष्ट्रपतिले कुनै पनि कार्यकारिणी अधिकार उपयोग गर्न सक्दैनन्, उनका नाममा सबथोक प्रधान मन्त्रीले गर्ने हो। तर नेपालका हकमा त कार्यकारिणी अधिकार मन्त्री परिषद्मा सुम्पी कार्यकारिणी अधिकारबाट संसद हुँदा/नहुँदा हरअवस्थामा राष्ट्रपतिलाई पूर्ण कार्यकारिणीत्वबाट निषेध गरिएको छ। तर यो तथ्यलाई नजरअन्दाज गर्दै बारम्बार श्री ५ ज्ञानेन्द्र बन्न/बनाउन हुने गरेका स्वार्थपरक कार्यलाई नजिर बनाउँदै कुनै दिन जंगबहादुरले शीतल निवास छाडेर सिंहदरबारमा डेरा जमाए के हुन्छ? शीतल निवास प्रतिपक्षीको खुराकबाट निर्मल निवास बन्न खोज्नु र निर्मल निवास यज्ञ र पूजा सामग्रीबाट नारायणहिटी बन्न खोज्नु संयोगमात्र भए पनि नतिजा दुवै भयावह हुन्, चेतना भया।