वैद्य समूह फुटेर गइसकेपछि एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काठमाडौं बिरुतारित बैठक (प्लेनम) मा जुटेको छ। देशभरबाट काठमाडौं आएका नेताकार्यकर्ता आशा र निराशाको विचित्र संयोग अनुभव गरिरहेका छन्। प्लेनम भृकुटी मण्डपमा बसेको छ।
भृकुटी मण्डपको स्थानगत विशेषता के हो भने यहाँ विविध प्रदर्शनी आयोजना गरिन्छ। जनकपुर-जयनगर रेलबाहेक मुलुकको अर्को रेल यही परिसरमा छ जो आवागमनमा हैन नाट्य रूपान्तरका रूपमा छ। साथै यहाँ दिनहुँ सामाजिक जीवनका अनेकौँ जीवन्त नाटक मञ्चित भइरहन्छन्। यस्ता राजनीतिक भेला पनि सामाजिक-राजनीतिक जीवनलाई उद्वेलित गर्ने बहुआयामिक नाटकै त हुन्। प्रश्न के हो भने यो भेलारूपी महानाटकबाट मुलुक र मुलुकवासीको जीवनमा खुसी ल्याउने कुनै सैद्धान्तिक जग निर्माण गरिन्छ वा गरिँदैन?
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को लिखित राजनीकि प्रस्तावमाथि प्लेनममा छलफल चलिरहेको छ। तर सहभागी कार्यकर्तालाई भने लागिरहेको छ : खोई खास नयाँ के छ त? यही नयाँको खोजी र नयाँप्रतिको अनुराग नै त्यस्तो चीज हो जसले यो दुनियाँमा चमत्कारपूर्ण आविष्कार गर्न मान्छेलाई सदैव उत्प्रेरित गरिरहन्छ। प्लेनमका केही सहभागीसँग भलाकुसारी गर्दा यही नयाँको खोजी नै तिनमा सबैभन्दा प्रबल देखियो। त्यसैले काठमाडौं प्लेनमलाई एउटा अलिखित माइलस्टोनको संज्ञा दिएको हो। यो अलिखित माइलस्टोनको खाली भित्तमा यस प्लेनमले गन्तव्य के हो र त्यो गन्तव्यमा पुग्न कति दूरी बाँकी छ भन्ने लेख्नुपर्नेछ।
कुनै राजनीतिक दल सतहको राजनीतिक खेलाडीमात्र होइन बरु समग्र समाजको आर्थिक, सामाजिक विषयमा निरन्तर हस्तक्षेप गरिरहने समाजको उत्प्रेरक पनि हो। दलका नेताकार्यकर्तालाई आफू बसिरहेको र आफूले अगुवाइ गरिहेको समाज कसरी चलिरहेको छ, त्यहाँको अर्थ र समाज व्यवस्थामा के कस्ता समस्या छन्, अनि तिनको समाधानका निम्ति कुन आधारमा कस्ता योजना निर्माण गरिनुपर्छ भन्ने थाहा हुनुपर्छ। विज्ञ, समाजका अग्रज र समाजलाई अगाडि बढाउन चाहने नयाँ पुस्ताका अभियन्तासँग निरन्तर छलफल र विमर्श गर्दै ज्ञान आर्जन गरिरहन तिनले हिचिकचाउनु हुँदैन। आफ्नो समाज नबु‰ने तर सिद्धान्तका मोटा भाषण र राजनीतिक दाउपेचका अडकलबाजीमा अल्भि्करहने रोग हाम्रा सबै राजनीतिक दलका नेताकार्यकर्तामा छ। त्यसैले काठमाडौं प्लेनमबाट एकीकृत माओवादीले आफ्नो स्पष्ट राजनीतिक अवस्थिति अर्थात् अस्तित्वका आधारमात्र खोज्ने होइन, भुईंमान्छेले बनेको समाजको इतिहासको निरुपणमार्फत् नयाँ सैद्धान्तिक आधार पनि रचना गर्नु पर्नेछ।
फुटको चहर्या इरहेको घाउ बोकेर काठमाडौं प्लेनममा आएका कार्यकर्ता स्वाभाविक तवरले पार्टीमा अझैसम्म चलिरहेको गुटबन्दीके बारेमा चिन्तित छन्। यस पंक्तिकारसँग धनकुटाका एक कार्यकर्ताले भने : तल अझैसम्म पनि सबैकुरा ठीकठाकै छ। कार्यकर्ता, जनता सबै पार्टी एकजुट भएको र क्रान्ति अघि बढेको हेर्न चाहन्छन्। कुरो माथिको हो। माथिका नेताको कुरा मिल्यो भने तल स्वतः ऊर्जा जागृत हुन्छ। यस भनाइलाई सही मान्ने हो भने 'तल' र 'माथि'को यो अपरिमीत भिन्नतालाई माथिका नेताले कत्तिको बुझेका छन् स्थितिको जवाफ त्यसैमा छ। यसैगरी दाङका एक मित्रको भनाइमा नेताहरूले उद्घाटन सत्रमा गुट ध्वंस गर्ने भने पनि व्यवहारमा गुटबन्दीको धङधङीले अझै गाँजिरहेकै छ। गुटबन्दीको यो चक्रव्यूहबाट उम्कने सांगठनिक र सैद्धान्तिक विधि बनाउने र त्यसलाई पार्टी जीवनमा लैजाने उद्देश्य अध्यक्ष प्रचण्डको प्रस्तावमा पनि देखिन्छ। प्लेनमको आयोजना पनि यसै कारण गरिएको होला। परन्तु, यस गुटबन्दीको रोग समाजको कुन सैद्धान्तिक धरातलमा अडेको छ भन्ने प्रश्नमा भने कसैको ध्यान गएको देखिँदैन।
प्लेनममा उत्तर खोज्नुपर्ने केही जटिल प्रश्न छन् माओवादीका निम्ति। क्रान्ति भनेको के हो? के यो नबुझिने पहेली हो? अथवा खास समाजले खास समयमा खोज्ने परिवर्तनको लडाइँ हो? एकीकृत नेकपा (माओवादी)भित्र वैद्यको माओवादी किन जन्मन पुग्यो? त्यसको सैद्धान्तिक आधार के हो? अथवा त्यो प्राविधिकमात्र थियो? मुलुकका अरू राजनीतिक शक्तिको सापेक्षमा एकीकृत माओवादीको राजनीतिक अवस्थिति के हो? के ऊ कांग्रेस-एमालेले प्रतिनिधित्व गर्ने संसदीय लोकतन्त्रको बाटोमा छ वा कुनै विचाधारात्मक अन्योलमा? संविधान सभाको विघटन किन भयो? संविधान सभाको विघटन चुनवाङ बैठकदेखिकै कार्यनीतिको पराजय हो वा राज्य पुनर्संरचनाका सबालमा भइरहेको लडाइँ पूरा नभइसकेको परिस्थितिको अभिव्यक्ति हो? शान्ति प्रक्रिया र संघीय संविधान दुवै अधकल्चो अवस्थामा अड्केको अहिलेको परिस्थितिबाट अघि बढ्ने स्पष्ट वैचारिक आधार के हुने हो?
सिद्धान्त र व्यवहारबीचमा खाडल देखिएपछि त्यसका दुईथरी परिणाम हुन्छन्। एक, जहाँ त्यो भेद देखिन्छ, त्यहाँ भयावह संक्रमण चलिरहेको हुन्छ। दोस्रो, जसभित्र त्यो भेद देखिन्छ त्यसको चरित्रमा आइरहेको ठूलो परिवर्तन अनुमानभन्दा बाहिर हुन्छ। अहिले नेपालका सबैजसो संस्था, परिवार र दलभित्र यो भेद स्पष्टतः रेखांकन गर्न सकिन्छ। राजनीतिका सन्दर्भमा दलहरूभित्रको यो संक्रमण अध्ययनयोग्य छ। कांग्रेसले 'प्रजातान्त्रिक समाजवाद' कुन किल्लामा छोडेर आयो, त्यो उसैलाई याद छैन। 'जनताको बहुदलीय जनवाद' कुन दोबाटो वा चौबाटोमा मन्छिएर आयो, त्यो एमालेलाई अहिले मतलबको विषय रहेन। 'जनयुद्ध'को डरलाग्दो बाटो हिँडेर आएको माओवादी शान्ति प्रक्रियामा आएको धेरै भएको छैन, न त त्यो शान्ति प्रक्रिया नै पूरा भइसकेको छ। तर यति छिटै माओवादी पनि भयानक सैद्धान्तिक गोलचक्करमा फस्न पुग्यो, त्यो उसको उफानका निम्ति समाजका सबै तहका जनताले भोगेको यातना र गरेको योगदानको कसीमा पीडादायी परिणति हो।
जहाँ पुगेर ऊ एकीकृत माओवादीमा रूपान्तरित भयो त्यहीँबाट मातृका यादवको 'ब्राकेट' माओवादी र मोहन वैद्यको 'ड्यास' माओवादी जन्मन पुग्यो। अनि ऊ स्वयं अझै मुलुकको परिवर्तनको आँधीको मियोमै भएकोले उसको सिद्धान्त र व्यवहारको भेद नयाँ इतिहास निर्माणका निम्ति पेचिलो छ। अरु दलभन्दा एकीकृत माओवादीका सन्दर्भमा सिद्धान्त र व्यवहारबीचको भिन्नता फरक तरिकाले अभिव्यक्त हुन्छ। जहाँ वैद्य माओवादी जनयुद्धलाई पुनर्गठित गर्ने सैद्धान्तिकी निर्माण गर्दैछ, त्यहाँ एकीकृत माओवादीले जबाफ खोज्नुपर्ने प्रश्न छः के क्रान्ति भनेको निरन्तर लडाइँमात्र हो वा त्यसबाट समाजिक संरचनामा गर्नुपर्ने रचनात्मक पुनर्गठन पनि हो? जनयुद्धको पराजय भएको वा क्रान्ति स्खलित भएको निष्कर्षले आक्रान्त कार्यकर्ता पंक्तिलाई आफ्नै हत्केलामा रहेको परिवर्तनको एजेण्डाप्रति विश्वस्त हुने सैद्धान्तिकी यो प्लेनमले निर्माण गर्नु जरुरी छ।
समाजमा आइरहेको मिहिन परिवर्तनलाई संस्थागत गर्नतिर ध्यान नदिने तर मोटो सिद्धान्तको पालिस टल्काउनमा धेरै यत्न गर्ने शास्त्र माओवादीले निर्माण गर्यो्। आफ्नै पार्टीको एकलौटी हुनेगरी सिधै राज्यसत्ता हत्याएपछि मात्र क्रान्ति हुन्छ भन्ने मोटो मान्यतामाथि पुनर्विचार गर्ने धरातल त माओवादी स्वयंले निर्माण गरेको हो। समाज दीर्घकालसम्म युद्धको चक्रव्यूहमा रहन सक्दैन भन्ने बुझेरै ऊ शान्ति प्रक्रियामा प्रवेश गरेको थियो तर समाजवादको सपनालाई मात्र सपना ठान्ने अरू सबै परिवर्तनलाई खण्डित विपना ठान्ने डरलाग्दो आदर्शवादले वैद्य समूह जन्मन पुग्यो। राज्य व्यवस्था र समाज व्यवस्थाले दिइरहेको यातना र पीडाबाट छुट्कारा पाउन जनताले क्रान्तिमा भाग लिन्छ तर त्यो यातनालाई थप वृद्धिमात्र गरिरहने क्रान्ति टिक्न सक्दैन। जनयुद्धभरी माओवादीले नयाँ इतिहासको 'टेक्स्ट' लेख्यो। तर त्यो सिद्धान्तमा समाजवाद र साम्यवादको सपना भए पनि व्यवहारमा सबै सीमान्तकृत व्यक्तिलाई शक्तिशाली बनाउने अभियानका रूपमा अभिव्यक्त भइरह्यो।
ठीक यही भेदको भेउ माओवादीले अझैसम्म पाएको छैन। आफू वरपर भइरहेको बहुआयामिक परिवर्तनप्रति जति प्रतिक्रियात्मक एमाले र कांग्रेस देखिन्छन्, माओवादी उति नै किंकर्तव्यविमूढ देखिन्छ। सत्ताको सीमान्तमा रहेका मानिसलाई अधिकार सम्पन्न गर्ने संविधान निर्माणका निम्ति ऊ त आक्रामक ढंगले अघि पो बढ्नुपर्थ्यो। जनविद्रोहको भ्रमले माओवादीलाई लामो समयसम्म मायाजालमा पारिराख्यो। त्यसैले हत्केलैमा रहेका हतियारको प्रयोग गर्नबाट ऊ चुकिरह्यो। अब त्यो मायाजाल लिएर वैद्य माओवादी बाहिरिएको छ। र, एकीकृत माओवादीले आफूलाई 'लोकेट' गर्नैपर्ने 'लोकेसन' लगभग स्पष्ट भएको छ। लोकतन्त्र शब्दले जे बुझिन्छ, त्यस्तो लोकतन्त्र भइदिएको भए, जनताको यो हविगत हुने थिएन। त्रिभुवन विमानस्थलले दिनहुँ एउटा लास पर्खेर बस्नुपर्ने थिएन। त्यसैले अरू दलले गर्न नसकेको ठीक यही लोकतन्त्रको आविष्कार एकीकृत माओवादीले गर्नु पर्नेछ। अब सिद्धान्तलाई समायानुकूल बनाएर, प्राविधिक र बौद्धिक हिसाबले शासन गर्ने तरिका माओवादीले सिक्नु जरुरी छ।
दलित, जनजाति, महिलाजस्ता सबै सीमान्तकृत मानिसहरू शिर उठाएर खडा भएको समय हो यो। समाजलाई यहाँसम्म ल्याएपछि संघीयतामार्फत् काठमाडौंको एकतन्त्री शासन तोड्नमात्र बाँकी छ। समाजले स्वतः आफ्नो बाटो बनाउने छ। समाजका अवयवहरूको अनुसन्धान गर्दैरहने र यसको बढ्दो पाइलाको नेतृत्व गर्ने कामकै निम्ति नयाँ राजनीतिक शक्ति चाहिएको हो। काठमाडौं प्लेनमले अलिखित, खाली कोसेढुंगामा एउटा स्पष्ट गन्तव्य लेखोस्।