जुलाई ४, २०१२ विज्ञानका लागि ऐतिहासिक दिन हुनपुग्यो। उक्त दिन स्विट्जरलान्डको जेनेभानजिकै रहेको युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च (सिईआरएन, सर्न)का वैज्ञानिकले परमाणुको एक नयाँ कण ('पार्टिकल') पत्ता लगाएको जानकारी प्रेस सम्मेलनमार्फत सार्वजनिक गरे।
सर्नका वैज्ञानिकका अनुसार हालै पत्ता लागेको उक्त कण करिब ६ दशकदेखि भौतिकशास्त्रीले खोजी गर्दै आएको तर नभेटिएको 'हिग्स बोसोन' अर्थात् 'गड पार्टिकल' ('ईश्वरीय कण') हो। सर्न प्रयोगशालाका दुई छुट्टाछुट्टै वैज्ञानिक समूह स्वतन्त्ररूपमा उक्त निष्कर्षमा पुगेका हुन्। हिग्स बोसोन पत्ता लागेको समाचारले विश्वको सञ्चार माध्यम र वैज्ञानिक जगतमा ठूलो सनसनी फैलाएको थियो। केही दिनका लागि विश्व नै 'हिग्स'मय भएको थियो।
सामान्यतया अनुसन्धानका महत्वपूर्ण शोध नतिजाले कुनै प्रतिष्ठित शोध जर्नलमा प्रकाशित भएपछि मात्र वैज्ञानिक जगतमा आधिकारिक मान्यता पाउँछन्। तर सर्नका वैज्ञानिकले हिग्स बोसोन पत्ता लगाउनुलाई भौतिकशास्त्रको क्षेत्रमा असाधारण उपलब्धि मानेर कुनै जर्नलमा प्रकाशित गर्नुअघि नै प्रेस सम्मेलनमार्फत सार्वजनिक गरेका थिए।
हिग्स बोसोन पत्ता लागेको समाचार सुनेर भौतिकशास्त्रीहरू त निकै हर्षित भए परन्तु, हिग्स बोसोन के हो भन्ने विषयमा धेरैजसो सर्वसाधारण भने अनभिज्ञै छन्। विशेषतः हिग्स बोसोन पत्ता लागेको समाचारले विश्वभरका सञ्चार माध्यममा प्रमुख स्थान पाएकाले सर्वसाधारणमा समेत यसबारे ठूलो उत्सुकता उत्पन्न भएको हो। हिग्स बोसोनलाई 'गड पार्टिकल' (ईश्वरीय कण) भन्ने गरेकाले पनि यसबारे सर्वसाधारणको चासो बढेको हुनुपर्छ। कतै हिग्स बोसोन पत्ता लगाएर वैज्ञानिकले ईश्वरको अस्तित्व नै प्रमाणित गरेको त होइन भन्ने भ्रम कतिपय सर्वसाधारणलाई परेको देखिन्छ।
हिग्स बोसोन के हो र यसको वैज्ञानिक महत्व के छ भन्ने राम्ररी बुझ्न परमाणुको संरचना र उपसंरचनाबारे थाहा पाउनु जरुरी छ। ब्रह्माण्डका सबै पदार्थ परमाणुले बनेका हुन्छन्। परमाणु इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन जस्ता विभिन्न उपकणले बनेको हुन्छ। कतिपय यस्ता उपकणका पनि उपसंरचना हुन्छन्। उदाहरणका लागि प्रोटोन तथा न्युट्रोन अन्य उपसंरचना मिलेर बनेका हुन्छन्। भौतिकशास्त्रमा कुनै उपसंरचना नभएका परमाणुका कण वा उपकणलाई आधारभूत कण ('फन्डामेन्टल वा इलिमेन्टरी पार्टिकल') भनिन्छ। यी आधारभूत कण मिलेर संयुक्त कण ('कम्पोजिट पार्टिकल') बनेका हुन्छन्। सन् १९६० को दशकदेखि सयौँ यस्ता संयुक्त कण पत्ता लागिसकेका छन्। परमाणुका कण तथा उपकणको बनोट, व्यवहार, अन्तरक्रियाआदि प्रक्रिया व्याख्या गर्न भौतिकशास्त्रीद्वारा सन् १९७० को दशकमा प्रतिपादन गरिएका 'स्टाय्नडर्ड मोडेल'को नामले चिनिने भौतिक सिद्धान्तअनुसार ब्रह्माण्ड १७ आधारभूत कणबाट बनेका हुन्छन्। हिग्स बोसोन पनि यस्तै एक आधारभूत कण हो। 'बोसोन' परमाणुका केही विशेष प्रकारका उपकणलाई जनाउने सामूहिक शब्द हो।
पदार्थका विविध गुणका लागि परमाणुका कण र उपकण जिम्मेवार हुन्छन्। भार पदार्थको एक महत्वूर्ण गुण हो र यसलाई वैज्ञानिक भाषामा 'मास' भनिन्छ। भार र गुरुत्वाकर्षण मिलेर कुनै वस्तुको तौल निर्धारण हुन्छ। न्युट्रोन तथा प्रोटोनजस्ता परमाणुका उपकणको भार हुन्छ भने फोटोनजस्ता प्रकाशका कणको कुनै भार हुँदैन। परमाणुका कण तथा उपकणका भारबाट नै पदार्थमा भार उत्पन्न हुने हो। ब्रह्माण्डका तारा, ग्रह तथा मानिसलगायतका जीव पनि पदार्थले नै बन्ने भएकाले तिनका भार पनि अन्ततः परमाणुका कण तथा उपकणको भारकैे परिणाम हुन्।
पदार्थमा भारको उत्पत्ति कसरी भयो भन्ने प्रश्न धेरै समयसम्म रहस्यमय र अनुत्तरित थियो। एडिन्बरा विश्वविद्यालयका भौतिकशास्त्री पिटर हिग्सले सन् १९६४ मा पहिलोपल्ट पदार्थमा भारको उत्पत्तिसम्बन्धी एउटा सिद्धान्त अघिसारेका थिए। त्यसलाई 'हिग्स प्रक्रिया' भनिन्छ। उक्त सिद्धान्तअनुसार पदार्थमा भार उत्पन्न हुनुमा एक विशेष आधारभूत कणको महत्वपूर्ण भूमिका हुन्छ। उक्त काल्पनिक कणलाई हिग्सकै नाममा 'हिग्स बोसोन' नामाकरण गरिएको थियो।
'हिग्स प्रक्रिया'अनुसार परमाणुका अन्य कण र उपकणजस्तै हिग्स बोसोन पनि ब्रह्माण्डको उत्पत्ति हुनेक्रममा 'बिग ब्याङ'पछि उत्पन्न भएको थियो। हिग्स बोसोनका कण ब्रह्माण्डभर व्याप्त थियो। हिग्सका अनुसार हिग्स बोसोन परमाणुका अन्य आधारभूत कणमा टाँसिन्छन् र अन्तरक्रिया गर्छन्। यिनै प्रक्रियाद्वारा परमाणुमा भार उत्पन्न हुन्छ। परमाणुका कतिपय कण हिग्स बोसोनसँग बढी अन्तरक्रिया गर्छन् भने कतिपय कण कम अन्तरक्रिया गर्छन् । हिग्स बोसोनसँग बढी अन्तरक्रिया गर्ने कणको भार बढी हुन्छ भने कम अन्तरक्रिया गर्ने कणको भार कम हुन्छ। यसरी परमाणु र परमाणुले बनेका पदार्थमा भारको उत्पत्ति हुनुमा हिग्स बोसोनको प्रमुख भूमिका भएको विश्वास गरिन्छ।
हिग्स बोसोन अन्य कणसँग अन्तरक्रिया गरेको तत्क्षण नष्ट भएर अर्कै आकृतिमा परिणत हुन्छ। अत्यन्त कम क्षणका लागिमात्र स्वतन्त्र अस्तित्वमा रहने भएकाले भौतिकशास्त्रीहरूले हिग्स बोसोनको अस्तित्व प्रमाणित गर्न विगत पाँच दशकदेखि कोसिस गर्दै आए पनि सफल हुनसकेका थिएनन्। हिग्स बोसोनको अस्तित्वबारे थुप्रै अप्रत्यक्ष प्रमाण फेला पार्न सफल भए पनि प्रत्यक्ष र अकाट्य प्रमाण फेला पार्न वैज्ञानिकहरू सफल भएका थिएनन्। त्यसैले हिग्स बोसोनको अस्तित्व धेरै वर्षसम्म एक काल्पनिक कणको रूपमा सीमित रह्यो।
सर्नका वैज्ञानिकले पहिलोपल्ट हिग्स बोसोनको भौतिक अस्तित्वको भरपर्दो प्रमाण भेटाएका थिए। हिग्स बोसोनको भौतिक अस्तित्व प्रमाणित भएपछि भारको उत्पत्तिसम्बन्धि हिग्सले प्रतिपादन गरेको सिद्धान्त अन्ततः सही प्रमाणित भएको भौतिकशास्त्रीहरूको निष्कर्ष छ। हिग्स बोसोनकै कारण पदार्थको भार र आकार भएको हो। बिनाभारको पदार्थबाट वर्तमान अवस्थाको ब्रह्माण्डको निर्माण सम्भव थिएन। हिग्स बोसोनको अस्तित्व प्रमाणित भएपछि ब्रह्माण्डको उत्पत्तिसम्बन्धी अन्य कतिपय महत्वपूर्ण प्रश्नको उत्तर प्राप्त गर्नसमेत मद्दत पुग्ने विज्ञहरू विश्वास गर्छन्। यिनै कारणले हिग्स बोसोन पत्ता लगाउनुलाई भौतिकशास्त्रको अनुसन्धानमा आजसम्मकै सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक मानिन्छ। कतिपय भौतिकशास्त्रीले यस उपलब्धिलाई चन्द्रमामा मानिसको अवतरण गर्नु वा जीव विज्ञानमा डीएनएको संरचना पत्ता लगाउनुजस्तै महान् वैज्ञानिक उपलब्धि भनेका छन्।
विगतमा जति कोसिस गरे पनि हिग्स बोसोन फेला पार्न नसकिएकाले भौतिकशास्त्रीहरू हैरान थिए। हिग्स बोसोनबारे नोबेल पुरस्कार विजेता भौतिकशास्त्री लियोन लेडरम्यानले एक पुस्तक लेखेका थिए। पत्ता लगाउन निकै कठिन भएकाले लेडरम्यानले उक्त पुस्तकमा हिग्स बोसोनलाई 'गडडाय्म पार्टिकल' ('हरामी' कण)को उपनाम दिएका थिए। तर प्रकाशकलाई हिग्स बोसोनलाइ दिइएको 'गडडाय्म पार्टिकल'को उपनाम अशोभनीय लाग्यो। त्यसैले 'गडडाय्म पार्टिकल'को सट्टा पुस्तकमा 'गड पार्टिकल' शब्द राखियो। ईश्वरजस्तै सर्वत्र व्यापक भएको विश्वास गरिए पनि अदृश्य भएको र पत्ता लगाउन सम्भव नभएकाले हिग्स बोसोनलाई 'गड पार्टिकल'को उपनाम दिइएको भनिन्छ। पछि गएर सर्वसाधारण र सञ्चार माध्यममा हिग्स बोसोन 'गड पार्टिकल' (ईश्वरीय कण)को नामले बढी चिनिन थाल्यो। वास्तवमा हिग्स बोसोन परमाणुको एउटा आधारभूत कणमात्र हो। ईश्वर वा धर्मसँग यसको कुनै सम्बन्ध छैन। ईश्वरको अस्तित्वमा विश्वास नगर्ने व्यक्ति भएकाले हिग्स बोसोनलाई 'गड पार्टिकल'को उपनाम दिइँदा लेडरम्यान र हिग्स पटक्कै खुसी थिएनन्। वैज्ञानिकहरू सामान्यतया 'गड पार्टिकल' शब्द प्रयोग गर्दैनन्। उनीहरू हिग्स बोसोन शब्दलाई नै प्रयोग गर्छन्।
हिग्स बोसोनको अस्तित्व प्रमाणित गर्न सुरु गरिएको अनुसन्धान परियोजनामा करिब १० अर्ब अमेरिकी डलर खर्च भएको बताइन्छ। यति ठूलो रकम खर्च गरेर कुनै एक परमाणविक कणको अस्तित्वलाई प्रमाणित गर्नुले वैज्ञानिकको लहड पूरा गर्नुबाहेक समाजलाई के फाइदा भयो भन्ने प्रश्न पनि उठेको छ। सर्नका वैज्ञानिकले पनि उनीहरूको यस नयाँ शोध नतिजाले सर्वसाधारणका लागि तत्काल कुनै प्रत्यक्ष फाइदा नहुने बताएका छन्। तैपनि, आधारभूत विज्ञानमा भएका कुनै पनि महत्वपूर्ण आविष्कारले कालान्तरमा मानव कल्याणमा कुनै न कुनै रूपमा योगदान पुर्यातउँछ भन्ने वैज्ञानिकहरूको विश्वास छ। उदाहरणका लागि इन्टरनेटमा प्रयोग हुने वर्ल्ड वाइड वेभ प्रविधि पनि सर्न प्रयोगशालामा गरिएका आधारभूत वैज्ञानिक अनुसन्धानकै प्रतिफल हो। तसर्थ सर्नका वैज्ञानिकले हालै पत्ता लगाएका नयाँ परमाणविक कण हिग्स बोसोनले भविष्यमा मानव समाजमा के कति प्रभाव पार्ला भन्ने अहिल्यै अनुमान गर्न सकिन्न।
सर्न प्रयोगशाला वास्तवमै अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्यको एक अनुपम उदाहरण हो। मूलतः ब्रह्माण्डको उत्पत्तिसम्बन्धी बिग ब्याङ सिद्धान्त परीक्षण गर्न र परमाणुका कण तथा उपकणको गुण, व्यवहार र अन्तरक्रियाको अध्ययन अनुसन्धान गर्न २० युरोपेली मुलुक मिलेर सन् १९५४ मा स्थापना गरेको सर्नको प्रयोगशालामा हाल सयभन्दा बढी मुलुकका ६ सयभन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका हजारौँ वैज्ञानिक कार्यरत छन्। यसरी हिग्स बोसोन पत्ता लगाउने प्रयासमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा विश्वका सयौं देशका वैज्ञानिक संलग्न छन्। यसबाट विज्ञानको समग्र विकासमा विश्वका सबै राष्ट्रको योगदान रहेको र वैज्ञानिक उपलब्धि वास्तवमै समग्र मानव जातीको साझा सम्पदा भएको प्रमाणित हुन्छ।