पहिचानको रेलगाडा र बयलगाडा
२८ असार २०६९
•
१६ मिनेट पाठ
पहिचानको रेलगाडा र बयलगाडा
प्रोलगका निम्ति प्रसंग यस्तो छ। दुई मित्र बाघचाल खेल्दैछन्। चाल चल्नेहरुसँगै हेर्नेहरुको अनुहारमा पनि उस्तै रौनक छ। जब एक मित्रको बाघ थुनिने अवस्था आउँछ, अनि दर्शकदीर्घाबाट चिम्सा आँखा भएका एक महानुभाव कराउँछन्- जनजातिले हार्ला जस्तो छ है! सबै जना गलल्ल हाँस्छन्।

जे/जस्तो जाँतोमा पिसिएर बनेको भए पनि नेपाल बहुजातीय समाज हो। माथिको एपिसोडले पनि त्यस्तै दृष्टान्त पेस गर्छ। विविध समुदायका मानिसको घोलबाट नेपाली समाज तयार भएको छ। राणा र शाह वंशीय शासकले केन्द्रीकृत ढाँचाको राज्य निर्माण गर्ने क्रममा एकल धर्म हिन्दु र एकल जाति आर्यखसको सांस्कृतिक र राजनीतिक व्याकरणमा अरु सबै जातजाति र धर्म समुदायलाई जबर्जस्ती हिँडाए। यो तथ्य इतिहासले पुष्टि गरेको छ। यही इतिहासले मुलुकलाई दुर्गतिको खाडलबाट माथि उक्लन कहिल्यै दिएन। अनि विद्रोह र आन्दोलन भए। प्रोलगमा उल्लिखित प्रसंगसम्म आइपुग्दा लिखित इतिहासप्रति अस्वीकारोक्ति र इतिहास पुनर्लेखनको जमानामा हामी प्रवेश गरिसकेका छौं। राज्यको पुनर्संरचनाअन्तर्गत संघीयताको निरुपण कसरी गर्ने भन्ने प्रश्नमा पुगेर संविधान सभा भंग भएको छ। संघीयतामा पहिचानलाई सम्बोधन गर्ने वा नगर्ने भन्ने सवालबाट उछिट्टिएर संघीयतै अस्वीकार गर्नेसम्मको हरकत सतहमा देखिएको छ।
एकाएक संघीयता विरोधी भएका मोदनाथ प्रश्रित, प्रदीप नेपाल, भीम रावल जस्ता 'कम्युनिष्ट' नेताहरुलाई पृष्ठभूमिमा राख्दै यो लेख प्राध्यापक चैतन्य मिश्रको एउटा कार्यपत्रमाथि केन्द्रित हुँदैछ। 'लोकतन्त्र र आर्थिक वृद्धिका लागि संघीयता' शीर्षक उक्त आलेखका प्रमुख अंश पत्रपत्रिकामा पनि प्रकाशित भए। ती आलेखले पहिचानसहितको संघीयताबारे चलिरहेको बहसमा ताप थपिदिएको छ। साथै प्राध्यापक मिश्र अन्ततः प्रदीप नेपालहरुझैं संघीयता विरोधी चित्रबहादुर केसी क्याम्पमा त पुग्नुभएको होइन भन्ने प्रश्न पनि उब्जिएको छ।
प्रध्यापक मिश्र स्पष्टतः पहिचानसहितको संघीयताको विरुद्धमा उभिनुहुन्छ। पहिचानको प्रश्नमा उहाँका मूलतः तीन दार्शनिक असहमति देखिन्छन्। उहाँको पहिलो सन्देह पहिचानको सवाल नश्लवादमा परिणत भइरहेको भन्ने निष्कर्षमा पुग्छ। दोस्रो सन्देह राजतन्त्र अन्त्यसँगै निर्माण भइरहेको आधुनिकतामा पहिचानको घाँडो तेर्सिएको निष्कर्षमा र तेस्रो सन्देह मानिसको बहुपहिचानलाई कुनै खास समुदायगत पहिचानले छायाँमा पार्ने र समाजलाई जातीय विभाजन एवं लडाइँसम्म पुर्यालउन सक्ने निष्कर्षसम्म पुग्छ। अन्ततः (एकल) पहिचानका आधारमा निर्माण हुने संघीयताले मुलुकको जातीय सहिष्णुता, एकतामा गम्भीर आघात पर्ने र सेक्युलर लोकतन्त्रको सैद्धान्तिक प्रस्थापनामै संकट निम्त्याउने निस्कर्षमा मिश्र पुग्नुभएको छ।
बहस अघि बढाउने हेतुले यो लेखमा प्राध्यापक मिश्रका प्रश्न र सन्देहमाथि प्रतिप्रश्न र प्रतिसन्देह गर्न खोजिएको छ। कुरा प्रोलगको दृष्टान्तबाटै सुरु गरौं। गत जेठ १४ गतेको दिन ढल्कँदै गर्दा सबैजसो जनजाति, मधेसी, थारु, बाहुन क्षत्री समुदायका मानिस संविधान सभा भवन वरिपरि प्रदर्शन गरिरहेका थिए। सबै आफ्नो हक नयाँ संविधानमा स्थापित हुनुपर्ने मान्यतामा अडिग थिए। त्यो मान्यता मूलतः पहिचानसहितको संघीयताको मागमा प्रतिविम्बित थियो। सिर्फ बाहुन क्षत्री समुदायको प्रतिनिधित्व गर्ने एउटा पक्ष भने संघीयताकै विरुद्ध प्रदर्शन गर्दै थियो। सन्देह थिए तर त्यहाँ न असहिष्णुता प्रदर्शन गरिएको थियो, न फरक समुदायलाई निषेध गर्ने हरकत देखिएको थियो। संविधान सभा नयाँ संविधान दिन नसकी विघटन भएपछि पनि फरक बाहुन क्षत्री समुदाय र जनजाति समुदायका प्रतिनिधि पात्रहरु एकअर्काप्रति कुनै सन्देह नराखीकनै बाघचाल खेलिरहेको दृश्य देखियो। यो दृष्टान्तको अन्तमा रहेको अर्थ के हो भने हाम्रो समाज अधिकारका मामलामा जति सचेत छ, उति नै मिलेरै मुलुक बनाउने मामलामा दृढ छ। यो दृश्य स्वयं प्राध्यापक मिश्रको मूल प्रश्नमाथिको प्रतिप्रश्न हो।
के नेपालमा चलिरहेको पहिचानको बहस नश्लवादतर्फ ढल्कँदै गएको छ? अथवा के पहिचानसहितको संघीयता निर्माण गरिएको खण्डमा कुनै एक संघीय राज्यले अरु समुदायका मानिसको पहिचान अस्वीकार गर्नेछ? प्राध्यापक मिश्रको यो सन्देह नेपाली समाजको आधारभूत चरित्रमाथिकै सन्देह हो। उहाँले नै स्वीकार गरेको तथ्य के हो भने खसआर्य र हिन्दु धर्म लाद्ने राज्ययन्त्रले हालसम्म अन्य जनजाति, मधेसीलगायत्का समुदायको भाषा, धर्म, संस्कृति र परम्परामाथि गम्भीर आक्रमण गरेको हो। पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानलगत्तै बनेको नेपाल राज्यमा एक प्रकारले आन्तरिक उपनिवेशको स्थिति लामो समयसम्म कायम रहेकै हो। यदि त्यसो हो भने सत्तासीन खास समुदायले अरुको पहिचान नामेट पार्ने प्रयत्न गरेकै हो। फलस्वरुप जनसंख्याको ठूलो हिस्सा खास समुदायको भएकै कारणले, खास भाषा बोल्ने र खास परम्पराबाट हुर्किएर आएकै कारणले राज्यका सबै संयन्त्रमा उनीहरुको पहिचान अस्वीकार गरिएकै हो। समग्रमा भन्ने हो भने सत्तासीनले हेलाहोचो र छोइछिटो गर्ने जातको भएकै कारणले उनीहरुको पहिचान संकटमा परेकै हो। अझ यो प्रश्न पहिचानसँगै वर्गीय पनि हो।
इतिहासको यो तथ्य मनन गर्ने हो भने अहिले चलिरहेको इतिहासको पुनर्लेखन गर्ने प्रयत्नलाई अन्यथा मान्न मिल्दैन। बरु यसलाई स्वाभाविक मान्नुपर्ने हुन्छ। न्युटनको सिद्धान्तअनुसार पनि जति बलले कुनै क्रिया हुन्छ, त्यति नै बलले त्यसको प्रतिक्रिया पनि हुन्छ। राजतन्त्र र त्यसको दलाल शासन प्रणालीले जुनसुकै नाममा चलाएको भए पनि नश्लवादमा आधारित शासन चलायो। त्यो शासन प्रणालीलाई भत्काउने गणतन्त्रात्मक शासन प्रणालीले पहिचानसहितको संघीयता स्थापित नगरेर कसरी पुरानो शासन प्रणालीलाई उल्टाउँछ त?
राजतन्त्रको अन्त्यसँगै नश्लवाद स्वतः खारेज भएको छ र धर्म निरपेक्षताको स्थापनासँगै समाज सेक्युलर प्रणालीतर्फ हाँकिइसकेको छ। साथै नेपाल जस्तो सानो मुलुकमा जनसंख्याको सापेक्षमा जति धेरै जनजाति र विशेष प्रकारले उपेक्षित मधेसी, दलित र महिला छन्, त्यति नै कुनै प्रकारको नश्लवाद हुर्कने भावभूमि उपलब्ध छैन। साथै राज्यले जबर्जस्ती स्थापना गरेको नश्लवादका कारण उपेक्षित बहुसंख्यक मानिसलाई मनोवैज्ञानिक सन्तुलनमा ल्याउन पहिचान दिनैपर्ने परिस्थिति भने पाकेको छ।
गणतन्त्र स्थापनासँगै आधुनिकतातर्फ मुलुक प्रवेश गरेको प्राध्यापक मिश्रको तर्क सही हो। तर गणतन्त्र स्थापनासँगै जाति, जनजाति र धार्मिक आस्थाको महत्व स्वतः न्युन भएर जाने तर्क भने ऐतिहासिक धरातलभन्दा बाहिर र आदर्शवादी छ। जे/जस्ता शोषण र दमनका प्रणाली राजतन्त्रले हुर्काएको थियो, ती सबै गणतन्त्रको घोषणासँगै समाप्त भइसकेका छैनन्। बरु त्यस्ता दमनकारी प्रणाली समाप्त पार्दै लैजाने एउटा अर्को अर्थराजनीतिक आन्दोलन सुरु भने भएको छ। आधुनिकता त सततः निर्माण भइरहने र हुर्किरहने प्रक्रिया हो। यसको हुर्काई इतिहासका घाउहरुको ओखती आविष्कार गर्ने र प्रयोग गर्ने निरन्तर प्रक्रियामा छ। त्यसैले आजको ऐनामा भविष्यको तस्बिर हेरेर आतंकित हुने होइन, इतिहासको विश्लेषणका आधारमा अघि बढ्ने प्रणाली आविष्कार र प्रयोगको हिम्मत गर्ने बेला हो यो। संघीयताले एकात्मक प्रणाली भत्काउनेछ र नयाँ यथार्थ सिर्जना गर्नेछ। पहिचानको सम्बोधनले मानिसबीचको मनोवैज्ञानिक दूरी घटाउनेछ र नयाँ एकताका निम्ति सेक्युलर आधार खडा गर्दै जानेछ। नश्लवादतिर जाने न्युन सम्भावनालाई अझ न्युन गर्न अर्थराजनीतिक निरुपणको उपाय राज्यले गर्ने हो। त्यति नगर्ने भए त्यो राज्यलाई गणतन्त्रात्मक राज्य किन भन्ने?
प्राध्यापक मिश्र एकल जातीय पहिचानको बहसबाट भाषिक र सांस्कृतिक शोषणको पृष्ठभूमि गायब पारिएकामा चिन्तित देखिनुहुन्छ। पहिचानको बहसबाट भाषिक र सांस्कृतिक पहिचान हटाइनुहुन्न भन्नेमा यो पंक्तिकार पनि सहमत छ। मिथिला, भोजपुरा जस्ता संघीय राज्यहरु यसै प्रयोजनका निम्ति प्रस्तावित थिए र छन्। तर मानौं तमु संघीय राज्यको प्रस्ताव गरियो भने त्यसमा तमु भाषा, संस्कृतिको सम्मानको भावभूमि स्वतः तयार हुँदैन र? तर गजब कुरा के हो भने सबै पेलानमा परेका समुदायको भाषा, संस्कृतिको संरक्षणका अलावा उनीहरुलाई राज्यका विभिन्न निकायमा पुग्ने प्रणाली सुनिश्चित गर्नुपर्ने धारणा प्राध्यापक मिश्रले त्यही कार्यपत्रमा प्रस्तुत गर्नुभएको छ। त्यस्तो संरक्षण र विकासका निम्ति पहिचानसहितको संघीयताबाहेक अरु के प्रणाली उपयुक्त हुन सक्छ त? यसतर्फ भने प्राध्यापक मिश्र मौन हुनुहुन्छ।
कार्यपत्रमा अर्को रमाइलो तर्क के छ भने मानिसका बहुपहिचान हुन्छन्। एउटा मानिस मगरमात्र होइन, साथसाथै किसान हो वा मजदुर हो वा व्यापारी हो। यसैका आधारमा प्राध्यापक मिश्र मानिसको बहुपहिचानयुक्त अस्तित्वलाई एकल समुदायगत पहिचानमा घटुवा गर्न नहुने तर्क गर्नुहुन्छ। यो तर्क न इतिहाससम्मत छ, न त वस्तुगत नै। यो तर्कले उत्तरआधुनिकताको विमर्श सम्झाउँछ र हरेक समस्यालाई न समस्या मान्छ, न त त्यसको समाधान खोज्ने उपायमाथि नै विश्वास गर्छ। यसले महिला अधिकारका निम्ति भएका सारा आन्दोलनलाई त स्वतः खारेजै गर्छ। खास समुदायको भएकै कारण पाएको सम्मान वा अपमान इतिहासनिर्मित छ। न इतिहास उल्टाउन सकिन्छ, न त त्यसको अन्तर्वस्तुलाई बेवास्ता गरेर सेक्युलर गणतन्त्र निर्माण गर्नै सकिन्छ। त्यही विद्रुप इतिहासको चपेटामा परेकै हुनाले मानिस पहिचानको स्थापना कुरेर बसिरहेका हुन्। प्राध्यापक मिश्रले पहिचानको यही ऐतिहासिक सवाललाई केवल नश्लवादमा घटुवा गरेर अन्ततः संघीयताको औचित्यमाथि नै प्रश्न उठाउनुभएको छ।
एकातिर प्राध्यापक कृष्ण भट्टचन हुनुहुन्छ, जो पहिचानसहितको संघीयताका पक्षमा आवाज उठाउँदा-उठाउँदै भड्किएर नश्लवादमा पुग्नुभएको छ। अर्कोतिर प्राध्यापक मिश्र हुनुहुन्छ, त्यही काल्पनिक नश्लवादको भयमा संघीयताकै विरुद्ध मुखर हुनुभएको छ। यस्तो डिस्कोर्सले न सेक्युलर गणतन्त्र स्थापना गर्नै मद्दत गर्छ, न त बौद्धिक आन्दोलनको महत्ता नै स्थापित गर्छ। शक्ति र पहिचानको रेलगाडीमा सवार मानिस र पहिचानको बयलगाडामा बसेका मानिसबीच सन्तुलन कायम गर्ने प्रणाली पहिचानसहितको संघीयताबाहेक के हुन सक्छ?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस