मुलुकमा जारी शान्ति प्रक्रियाको तार्किक परिणति र नयाँ संविधान लेखन वर्तमानमा हाम्रा राष्ट्रिय कार्यभार हुन्। शान्ति प्रक्रियाले पूर्णता नपाउँदासम्म लोकतान्त्रिक गणतन्त्रका सार्वभौम मूल्य मान्यता अङ्गीकार गर्ने नयाँ संविधान लेखन कार्य सम्भव हुँदैन। शान्ति प्रक्रियालाई अन्तिम टुङ्गोमा पुर्याउन माओवादी लडाकुको व्यवस्थापनका साथै द्वन्द्वका अन्य आयामको पनि सम्बोधन गर्नुपर्ने हुन्छ। नयाँ संविधान घोषणाको समयसीमा अब दश महिना जति मात्र बाँकी छ। परन्तु संविधान निर्माण प्रक्रियाको गति भने नितान्त सुस्त छ । नयाँ संविधानका महत्वपूर्ण अन्तर्वस्तुमा दलहरूबीच गम्भीर छलफलसम्म पनि हुन सकेको छैन। यस्तो स्थितिमा तोकिएकै समयभित्र नयाँ संविधान निर्माण हुनेमा शंका बढ्नु अस्वाभाविक होइन।
संविधान लेखनका लागि सहज वातावरण तयार गर्ने कार्य सरकारको हो। दशतिर ध्यान विकेन्दि्रत गरेर सरकारले आफ्नो यो जिम्मेवारी पूरा गर्न सक्दैन। दल विशेषको साख बढाउने कार्यले यतिखेर प्रमुखता पाउनु हुँदैन। सरकारको नेतृत्वकर्ताले उच्च सुझबुझका संविधान निर्माणका लागि अनुकूल राजनीतिक वातावरण सिर्जना गर्नुपर्छ। सत्ता टिकाउने हेतुले लोकतन्त्रका सर्वमान्य सिद्धान्तविपरीत गरिने गोप्य सहमतिले राजनीतिक वातावरण झन् धमिलिनेछ।
संविधान निर्माण प्रक्रियाको नेतृत्व गर्नु पर्ने संवैधानिक समितिको रिक्त सभापति पद अब छिट्टै पूर्ति हुनु जरुरी छ। संवैधानिक समितिकै सभापति पद रिक्त राखेर निर्धारित अवधिभित्रै संविधान निर्माण हुने दावी गर्नु हास्यास्पद हुन्छ। संविधान निर्माणको आफ्नो लक्ष्यमा संविधान सभा विफल रहेका दृष्टान्त विश्व इतिहासमा थुप्रै पाइन्छन्। संविधान दल विशेषको नभएर नेपाली जनता अनूकूल निर्माण हुनुपर्छ। संविधान निर्माण गर्ने प्रमुख शक्तिहरूमा लोकतान्त्रिक पद्धतिप्रतिको प्रतिबद्धता धर्मर रहेको अवस्थामा नेपाली जनताले स्वीकार्ने संविधान बन्न नसक्ने निश्चित छ। नयाँ संविधानमा दल विशेषको वर्चश्व स्थापित गर्ने सोच अस्वस्थ्य सोचबाट दलहरू मुक्त हुनुपर्छ।
दलहरूले विचार नपुर्याउने हो भने मुलुकको राजनीतिले अस्वाभाविक मोड लिने जोखिम बढ्दै जानेछ। त्यसैले राष्ट्रिय लक्ष्य बिथोलिन नदिन दलहरू सजग, क्रियाशील र सतर्क रहनुपर्छ। दलहरूकै अस्वस्थ्य व्यवहारका कारण मुलुक अस्थिरतामा फस्दै गएको छ। राजनीतिक अस्थिरता प्रणालीको उपज होइन, नेतृत्वको आत्मकेन्दि्रत आग्रह, उच्च महत्वाकांक्षा, सिद्धान्तहीनता र सम्झौतापरस्त चरित्रको परिणाम हो। चर्को राजनीतिक अस्थिरता राष्ट्रिय लक्ष्य प्राप्तिमा मात्र बाधक हुने नभएर राष्ट्र हितविपरीतको चलखेलका लागि सहायक पनि हुन्छ। त्यसैले मुलुकमा थप द्वन्द्व निम्त्याएर अस्थिरता बढाउने कार्यलाई दलहरूले कुनै पनि हालतमा प्रश्रय दिइरहन मिल्दैन। बढ्दै गरेको राजनीतिक अस्थिरता वास्तवमा संविधान निर्माणमा बाधक हुने तथ्य मननीय छ।
जारी शान्ति प्रक्रियाप्रति सबै दलले आफ्नो प्रतिबद्धता अखण्डित रहेको अभिव्यक्ति दिने गरे पनि मुलुकमा अशान्तिले आफ्नो साम्राज्य विस्तार गर्दै गइरहेको छ। सम्भवतः नागरिक जीवन यसअघि यतिविधि असुरक्षित भएको थिएन। शान्ति सुव्यवस्थाको यस्तो दयनीय स्थितिमा संविधान निर्माण प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागिता नरहनु स्वाभाविकै हो। मुलुकमा बन्द र चक्काजामको लहरै चल्न थालेजस्तो छ। हास्यास्पद निहुँमा पनि चक्काजाम भई जनजीवनमा असुविधा र कठिनाइ थपिने गरेको छ। दिनानुदिन भयावह हुँदै गएको शान्ति सुव्यवस्थाको स्थितिमा सुधारको प्रश्न प्रचार प्रसारमा मात्र सीमित रहने हो भने मुलुकमा सरकारको भएको अनुभूति जनताले गर्ने छैनन्।
दलहरूले आफ्नाबीच ज्यादै स-साना विषयमा पनि विवाद बढाउदै लगेका छन्। प्रमुख राजनीतिक दलहरूबीच बढ्दो असमझदारी र तिक्तताका कारण संविधान निर्माण प्रक्रिया प्रभावित भइसकेको छ। राजनीतिक दलहरूबीच बेला बेलामा संवाद हुने गरे पनि न उनीहरूबीच समझदारी विकसित हुन सकेको छ न कुनै फल नै निस्कन। वास्तवमा यतिखेर दलहरूबीच सामान्य राजनीतिक समझदारी पनि छैन। लगभग पानी बारबारको अवस्था छ। दलहरूबीचको असमझदारी र तीक्तता जरासम्म विस्तार भएकाले राजनीतिक झडपका घटनामा पनि निकै बढोत्तरी हुँदैछ। स्थानीय तहका जनताबीच कित्ताकाटको यो अवस्थाले मुलुक गम्भीर स्थितितर्फ धकेलिँदै गरेको स्पष्ट सन्देश दिन्छ। अहिलेको स्थितिले निरन्तरता पाइरहने हो भने निर्धारित समयमा संविधान निर्माण सम्भव नहुने स्पष्ट छ। त्यसैले यो स्थितिमा सम्भव छिटो सुधार आवश्यक छ।
गतिरोध कसिलो तुल्याउन नभएर मुलुकलाई राजनीतिक निकास दिन नेतृत्व वर्गले आफ्नो वाक् चातुर्य र कार्य कुशलताको उपयोग गर्नु आजको खाँचो हो। मुलुकमा विकसित घटनाक्रम र नेतृत्ववर्गको अनुत्तरदायी व्यवहारप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले चासो देखाउँदैछन्। शान्ति प्रक्रिया र संविधान निर्माण कार्यमा भएको विलम्ब र दलहरूबीच विद्यमान तीक्ततापूर्ण सम्बन्धलाई लिएर मित्र राष्ट्रहरू निकै चिन्तित देखिन्छन्। दलगत स्वार्थ केन्दि्रत अडान र दाबीका कारण निकास असाध्य हुनु गई परिस्थिति बारम्बार गम्भीर हुने गरेको छ। टकराव बढाउँदै जाँदा संविधान लेखन प्रक्रिया थप जटिल बन्नेछ। अतः त्यस प्रकारको व्यवहारलाई अब कसैले पनि कुनै हालतमा प्रश्रय दिइरहन मिल्दैन। समयमै संविधान निर्माण नहुँदा उत्पन्न हुने जटिल परिस्थिति सबै राजनीतिक शक्तिका लागि समानरूपमा झड्का साबित हुनेछ। लेखक पूर्व गृहसचिव हुन्।