गएको साता संचारमाध्यममाा अपूर्व वैज्ञानिक उपलब्धिको सूचना आयो तर बिरामी देशका गरिब जनताको दुःख र निराशाको सागरमा त्यो खबर त्यत्तिकै डुब्यो। स्वाभाविकै पनि हो। अधिकांश मानिसलाई यस उपलब्धिको कुनै मतलब छैन।
हाम्रो जिन्दगीमा तत्काल यसले कुनै प्रभाव पार्ने पनि हैन। तर जान्नेहरू भन्छन् - भौतिक शास्त्रमा भएको यो उपलब्धि - हिग्स बोसोनको अस्तित्वको प्रारम्भिक प्रत्यक्ष प्रमाण - ले ज्ञानको नयाँ आयाम थपिदिएको छ।
यसरी थपिने नयाँ आयामले इतिहासको जुनसुकै कालखण्डमा पनि मानिसका निम्ति सकारात्मक र नकारात्मक, जीवनोन्मुख र मृत्यून्मुख, उज्यालो र अँधेरो दुवै प्रकारका सम्भावना जन्माउने गरेका छन्। वैज्ञानिक उपलब्धिलाई जीवनका निम्ति उपयोग गर्ने कि मृत्युका निम्ति, सिर्जनाका निम्ति कि विनाशका निम्ति - मान्छेकै हातको विषय हो। हिग्स बोसोनको प्रमाण फेला पर्नुले मानिस जीवनमा ठ्याक्कै कस्तो प्रभाव पार्ला भन्ने त फ्रान्सको सीमासँगै जोडिएको स्विट्जरल्यान्डको त्यो कोसौं लामो प्रयोगशालामा अस्तित्वको अद्भूत लीलालाई साक्षत्कार गरिरहेका वैज्ञानिकहरूलाई पनि यतिखेर थाहा छैन।
भौतिक विज्ञानको क्षत्रमा भएको त्यो अत्यन्त महत्वपूर्ण उपलब्धिको खबरसँगै ब्रह्माण्डको उत्पत्ति र अस्तित्वसँग सम्बधिन्त विभिन्न अनुत्तरित प्रश्नहरू क्रमशः हल हुँदै जाने आशा अझ बढेको छ। ज्ञानको अनवरत यात्रामा मानिसले अर्को उचाइ प्राप्त गरेको छ र त्यस उचाइबाट दृश्य जगतको मात्र हैन आजसम्म अदृश्य ठानिएको जगतको तिलस्मी सौन्दर्य पनि देख्न सकिने सम्भावना भुल्किएको छ। दोस्रो दशकमा पुगेपछि मानिसले प्राप्त गरेको यो उपलब्धि सम्भवत : यस शताब्दीकै महत्वपूर्ण कोसेढुंगा साबित हुनेछ।
सन् १९६०को दशकतिरै बेलायतका पिटर हिग्स र युरोपका अन्य वैज्ञानिकहरू घोत्लिँदै थिए - केही आधारभूत प्रश्नहरूमा। सामान्य मानिसका निम्ति निरर्थक र बहुलट्टीपूर्र्ण लाग्नसक्ने ती प्रश्न सैद्धान्तिक भौतिक शास्त्रीहरूका निम्ति भने अत्यन्त गम्भीर प्रकृतिका थिए। तीमध्ये एक थियो पदार्थको भार किन हुन्छ? यस्तै प्रश्नको उत्तर खोज्ने क्रममा तिनीहरू निष्कर्षमा पुगे - परमाणुका अन्य सूक्ष्म अंशभन्दा पनि सानो तर प्रोटोनभन्दा सयौं गुणा भारी कुनै अतिसूक्ष्मकणको अस्तित्व हुनुपर्छ। वैज्ञानिक अनुमान, तर्क र गणितले यस्तो अतिसूक्ष्मकणको अस्तित्व हुनैपर्छ भन्ने ती बूढा वैज्ञानिकले ठोकुवा गरे। र यो अनुमानित अवपरमाणविक अतिसूक्ष्मकणलाई तिनले नाम दिए - हिग्स-बोसोन।
दशकौंसम्म सैद्धान्तिक भौतिकशास्त्रीहरूको सिद्धान्तमा मात्र सीमित रहेको थियो हिग्स - बोसोन। तर रहस्यको तिलस्मी पर्दा च्याती छाड्ने ढिठ मनुवाको एकोहोरो प्रयत्नसँग हारेर त्यो अद्भूत तत्वले करिब करिब प्रत्यÔ रूपमै दर्शन दियो - युरोपेली नाभिकीय अन्वेषण केन्द्रका वैज्ञानिकहरूलाई। केही समय पहिलेदेखि नै यसको छनक पाए पनि आफ्ना उपलब्धिबारे उत्ताउलिएर घोषणा गर्न वैज्ञानिकहरू हतारिएका थिएनन्। जब यसको औपचारिक घोषणा भयो, अझै जीवित रहेका बूढा पीटर हिग्सको आ"खा रसायो - आफ्नो जीवनकालमै आफ्नो सिद्धान्त प्रमाणित भएको खुसीमा ।
सम्पूर्ण दृश्य जगतमा सर्वव्यापी भएर रहेको यो अतिसूक्ष्म-अवपरमाणविक कणकै कारण पदार्थको रूप र भार प्रकट भइरहेको छ रे। बोसोनको अस्तित्व नहुँदो हो त कस्तो हुन्थ्यो होला त्यो अदृश्य जगत्? के हुन्थ्यो होला अस्तित्वको परिभाषा? के हुन्थ्यो होला ब्रह्माण्डको परिभाषा? ताओज्ञहरूले भनेको साच्चै हो त? ईश्वरभन्दा पनि पहिले ताओ थियो। महाशून्यको त्यो घना अन्धकारबाट, त्यो परमनिशाबाट ताओ जन्म्यो, अनि ईश्वर जन्मियो, र पछि जन्मियो जगत । हजारौं वर्षअघि कसरी थाह पाए होलान् लाओ-च् (लाओ-त्से) लगायतका ताओज्ञ र ताओ गुरुहरूले यस्तो कुरा?
केही ठट्टाको भावमा र केही ताकिर्क तुलनाका भरमा 'गड पाटिर्कल' भनिने गरेको छ बोसोनलाई। पिटर बूढा आँफै भने कट्टर अनीश्वरवादी हुन् रे। (अस्तित्वको रहस्यलाई निरन्तर बुझ्न लागिरहेका यस्ता 'अनीश्वरवादी' वैज्ञानिकलाई 'नास्तिक' नै भन्न चाहिँ मिल्छ कि मिल्दैन कुन्नि?) आफूले खोज गरेको यो अद्भूत तत्वलाई 'गड पाटिर्कल' भनिदिँदा पिटरलाई झोँक पनि चल्थ्यो रे। तर जनसाधारणले लगातार 'ईशकण' भन्याभन्यै गरेपछि अब त ती ज्ञानी बूढालाई पनि बानी परिसक्यो होला। जे होस्, अस्तित्वलाई साकार पार्ने अर्थात् अस्तित्वमा भएका सबै 'पदार्थ'लाई आकार र 'भार' प्रदान गर्ने यो बोसोन् नामको अतिसूक्ष्मकणको परिकल्पना गरिएकै पनि ६ दशकभन्दा बढी भएको छैन। सर्वव्यापी ठानिएको यसको प्रमाणनै फेला परेको त भर्खरै एक साता हुँदैछ। हजारौँ वर्षअघिका मानिसहरूले के देखेर भनेका होलान् - 'ईशावास्यमिदम् सर्वम् यत्किञ्चजगत्याम्जगत् ' अर्थात्, जगतको जुनसुकै ठाऊँमा पनि ईश्वरको वास छ।
एक सेकेन्डलाई हामी अति छोटो समय मान्छौँ। आधा सेकेन्ड भनेको सम्म बुझ्न पनि सकिएला। सेकेन्डको दशांशभन्दा नै त्यति छोटो समय हो जसको कल्पना गर्न हामीलाई असजिलो हुन्छ। सेकेन्डको दसौँ खर्ब भाग भनेको त मानिसको कल्पनाले भ्याउँदै नभ्याउने अल्पतम् लघुकालखण्ड भयो। त्यति छोटो आयु भएको यो बोसोन जातको कण - मानिसले 'गड-पाटिर्कल' वा 'ईशकण' नाम दिएको यो चीज कसरी सदा सर्वव्यापी भएको होला? त्यति चञ्चल तर त्यति स्थिर, त्यति सूक्ष्म तर त्यति महान् के त्यस्तो कुरा देखे होलान् हाम्रा पुर्खाले र भनेका होलान् - 'तदेजति तन्नैजति तद् दूरे तद्वन्तिके, तदन्तरस्य सर्वस्य तदुसर्वस्यास्य वाह्यत : ।' ( अर्थात्, त्यो जान्छ तर त्यो जा"दैन, टाढा छ तर त्यो नजिक छ, त्यो सबैको भित्र छ र सबैको बाहिर छ)। पागलको प्रलापजस्तो लाग्ने यस्ता कुरा हजारौं वर्ष अघि कसरी भने होलान् ती पण्डितले? र कसरी त्यही बहुलट्ठी हिग्स बोसोनमा अनूदित भएजस्तो देखिएको होला?
हो, पुरातन सभ्यता र ज्ञानको महिमालाई अनावश्यक र अतिरञ्जित रूपमा गाएर अतीतमुखी हुनु अनि वर्तमानलाई गाली गर्नुको कुनै तुक छैन। संस्कृतिको नाममा मृत वा मृत्युन्मुख कुरूप चलनलाई धानिराख्नुको त झन् कुनै तुक छैन। तर मानिसले हजारौँ वर्षअघि प्राप्त गरिसकेको केही ज्ञानको भने अझै पनि अर्थ हुनेरहेछ। मानिसले उहिल्यै गरिसकेको केही अनुमान साबित हुन सहश्राब्दीहरू बित्नुपर्ने पनि रहेछ।
पृथ्वीमा रहेका असंख्य प्रजातिबीच मानिसले बनाउन सकेको स्थान गजबको छ। विज्ञान र प्रविधिका रूपमा मानिसले गरेको उपलब्धि, जीवनलाई सुन्दर र रहर लाग्दो बनाउने काममा मानिसले पाएको सफलता गजबको छ। कहाँबाट कहाँ पुगिसक्यो मानिस! समयसँगै इतिहासको गति झन् झन् तीव्र भइरहेको छ र छोटोभन्दा छोटो समयमा मानिसले ठूलोभन्दा ठूलो उपलब्धि हासिल गरिरहेकोछ। मानिस भएको नातामा हामीले यो सबै कुरामा गर्व गर्नु अत्यन्त स्वाभाविक हो।
सत्य प्राप्तिको महान् यज्ञमा मानिसको प्रयत्न जारी छ। यो यात्रामा उसले धेरै लामो दूरी तय गरिसकेको छ। तर एउटै यात्रामा पनि विभिन्न आयामका दूरी तय हुन्छन् - फरक फरक किसिमले। एउटैमात्र पंखा भएको सानो हवाइजहाज चढेको थिए" कुनै बेला। चढ्नुअघि त्यो फुच्चे जहाजको पंखा हेरिरहुँदा मलाई लागेको थियो पंखाको एक छेउले तय गरेको दूरी जहाजले तय गरेको भन्दा धेरै हुने रहेछ। एक फन्को मार्दा नै पंखाको छेउले कैयौं मिटरको स्पाइरल यात्रा गरिसकेको हुन्छ। हरेक सेकेन्डमा कैयौँ फन्का मारिरहेको पंखाको त्यो छेउले तय गरेको घुमाउरो दूरीमा जहाजले तय गरेको सोझो दूरी पनि जोड्ने हो भने जहाजभन्दा निश्चय नै धेरै गुणा बढी चलिरहेको हुन्छ पंखा। तर पंखाको केन्द्रले भने त्यति ठूलो फन्का मारेको हुँदैन।
अहिले लाग्दैछ, त्यो जहाजजस्तो इतिहासको पंखा भएर समयको दिशामा हामी उँडिरहेकाछौं। हाम्रो स्थूल ज्ञानले त्यो पंखाको एक छेउले आकाशमा छुन भ्याए जति नै अकल्पनीय दूरी तय गरिसकेको छ। तर ज्ञानको सूक्ष्मरूप पनि हुन्छ सायद जो पंखाको केन्द्रमा हुन्छ। र केन्द्रले सजिलै त्यति दूरी तय गर्न सक्दैन जति छेउले गरेको देखिन्छ ।