सेना र हतियारको लोभ गर्ने अनि बहुदलीय संसदीय व्यवस्थालाई पनि प्रयोग गर्ने एकीकृत माओवादी नेतृत्वको रणनीति र 'नागरिक पार्टी' नबनुन्जेलसम्म एमाओवादीलाई विश्वास गर्न नसकिने संसदीय दलहरुको अडानका बीच शान्ति प्रक्रिया अलमलियो।
आफूले लिएको गलत नीति र कदमका कारण एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसामु सेना बिसर्जन गर्नैपर्ने स्थिति आइदियो। आफैं बनाएको सेनाको सहजै बिर्सजन असम्भव देखेपछि एकातिर 'सत्ता कब्जा' गर्ने भन्दै अर्कोतिर व्यक्ति भर्ना र छाती नाप्ने सहमति गर्दै प्रचण्डले गत चैत २८ गते आफ्नै सेनाको बिसर्जन गरे।
लडाकुको शिविर नेपाली सेनाको नियन्त्रणमा जानुअघि माओवादी इतरका सबै दलको एकोहोरो चिच्चाहाट भनेको सेना समायोजन थियो। जब शिविर, हतियार र माओवादी सेनाका सबै जवान नेपाली सेनाको नियन्त्रणमा आयो, त्यसपछि एकाएक हरायो समायोजन र शान्तिको कुरा। ३५ हजारबाट ३ हजारमा सीमित भएको त्यो सेना पछिल्लो स्थिति हेर्दा शायद अपमानजनक समायोजन ठान्दै अन्ततः कोही सेनाको जागिर खान जाने छैनन्। सेनालाई ब्यारेकीकरण होइन, चलायमान गर्नुपर्छ भन्ने मान्यता बोक्ने एमाओवादी पार्टी र त्यसका नेताले आफ्नै सेनालाई ब्यारेकीकरणबाटै भुत्ते बनाइदिए।
माओवादी लडाकु बसेको शिविर नेपाली सेनाको जिम्मा दिनुअघि कांग्रेस-एमाले नेताहरु 'लडाकुका नाममा करोडौं रकम हिनामिना भो, उनीहरुको भविष्य अन्योल भो, माओवादी नेतृत्वले लुकाएको लडाकुको रकम सार्वजनिक गर्नुपर्छ' भनेर चिच्याउँथे। तर लडाकुको शिविर, हतियार र स्वयं लडाकुहरु नेपाली सेनाको जिम्मा लगाएपछि यी सबै विषयमा उनीहरू पनि चूप लागे। के यी विषय उठाउनु उनीहरूको जवाफदेहिताभित्र पर्दैन?
नेपाली सेनाले नियन्त्रणमा लिइसकेका ती शिविरमा माओवादी सेनाको कुनै कमाण्ड छैन। कमाण्डरहरु नहुँदा सदस्यहरु हैरान भएर बाहिर निस्कने दिनको पर्खाइमा छन्। सेनाको नियन्त्रणमा गएको करिव ३ महिनापछि अहिले नयाँ भर्तीका रुपमा ती पूर्व लडाकुलाई छाती नाप्ने र योग्यता क्षमता खोज्ने काम सुरु भएपछि उनीहरु पार्टी र आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आक्रोशित भएका छन्। सँगसँगै बिना उपलब्धि संविधान सभा विघटन भएपछि आफूहरुले गरेको संघर्ष त्यसै खेर गएको ठहर्दै पीडानुभूति गरिरहेका छन्। दलका नेताहरुको अहंकार, अदूरदर्शी चिन्तन र बुद्धिहीनताको पीडा पूर्व लडाकुका सिपाहीले भोगिरहेका छन्। कमाण्डरहरु शिविरबाहिर छन्। सेनाको कमाण्डमा जाउँ भने समायोजन हुन बाँकी नै छ, नजाऊँ भने कमाण्डर छैनन्।
बिग्रेड, बटालियन, कम्पनी र प्लाटुन कमाण्डरहरु समायोजन नै अपमानजनक तरिकाले गर्ने स्थिति पैदा हुनुमा डिभिजन कमाण्डरहरु नै मुख्य जिम्मेवार देख्छन्। उनीहरुका अनुसार मूल नेतृत्वलाई गलत रिपोर्टिङ गर्ने, शिविरको हिसावकिताव पारदर्शी नराख्ने, तल्लो तहका साथीमाथि समान व्यवहार नगर्ने, आफन्त र नजिककालाई मात्रै संरक्षण गर्नेलगायत्का गैरजिम्मेवार प्रवृत्तिले सबै समस्या जन्मिएका हुन्। युद्धकालीन र शान्तिकालीन स्थितिमा सेनाको कमाण्ड स्तर फरक पर्नुमा नेतृत्व र डिभिजन कमाण्डरहरुको कार्यशैली नै मुख्य जिम्मेवार छ। लडाकु हिजो जुन लक्ष्य लिएर लडाइँमा होमिए, अहिले संरक्षणको अभावमा छट्पटाएर आफ्नै नेतृत्वमाथि प्रश्न उठाउनुपर्ने स्थिति माओवादी नेतृत्वले नै ल्याएको हो। त्यसैले यसको हल गर्ने नैतिक दायित्व पनि माओवादी नेतृत्वकै हो।
अवरुद्ध समायोजन र अधुरो शान्ति प्रक्रियाबाट मुलुकले ठूलो क्षति बेहोर्नुपरेको छ। यसको क्षतिपूर्ति कहाँबाट कसले पूरा गर्ने? सेनामा समाहित भएर राष्ट्रसेवा गर्ने लडाकुको भावनामाथि गम्भीर चोट पुगेको छ। आवश्यकताभन्दा बढी लचक भएर अध्यक्ष पुष्पकमल दाहालले 'जनसेना' को इतिहास नै समाप्त पार्नु, पुरानै संरचनामा सीमित सेनाको मापदण्डमा गएर जागिरमात्र भए पनि खानुपर्छ भन्ने सोच भएका पूर्व लडाकुका सदस्य अहिले त्यो पनि नहुने स्थितिले चिन्तित छन्। के-के नै गरौंला भनेर संघर्षमा होमिएका लडाकुहरु अहिले जागिरमात्र भए पनि खान नपाउनु दुखद् विषय हो।
अहिले त जागिर नभए पनि अवकासमा जान बाध्य हुँदैछन्, तैपनि राज्य यी सबै विकल्पप्रति उदासिन छ। हिजो ती योद्धालाई 'साम्यवाद ल्याउनुपर्छ, नयाँ जनवादी राज्य व्यवस्थामा राष्ट्रिय जनमुक्ति सेनाको नेतृत्व लिनुपर्छ' भन्ने माओवादीकै नेतृत्वमा अहिले सरकार हुँदा पनि प्रतिव्यक्ति ७ सय खर्च लाग्ने मेडिकलको व्यवस्था पनि गर्न सकेको छैन। अहिले माओवादी नेतृत्वको सरकारले नै उनीहरुको भविष्यमाथि खेलवाड गरेको छ। पछिल्लो समयमा अवरुद्ध समायोजन र अधुरो शान्ति प्रक्रियाले उनीहरुको भविष्य अन्धकारतिर धकेलिँदैछ। नाममात्रको समायोजन भयो भने पनि समाजमा अर्को असमानताको द्वन्द्व भिन्नरुपमा चर्किनेछ। सायद समानताको चर्को नारा लिएर नेपाली युवालाई लड्न भिड्न प्रेरित गर्ने एमाओवादी नेतृत्व नै अहिले आफ्नै वर्गभित्र असमानताको अभ्यास गरिरहेको देख्दा नेतृत्वप्रति ती युवाहरुको बुझाइ कस्तो होला? यो नेतृत्व स्वयंले अनुमान गरेको छैन।
माओवादीका पूर्व लडाकुले यतिबेला आफ्नै माऊ पार्टीबाट धोका भएको आरोप लगाए पनि ०६८ कात्तिकको सात बुँदे सहमतिबाटै उनीहरूको अपमान भइसकेको छ भन्ने कुरा उनीहरुले पत्तै पाएनन्। माओवादी सेनाको रेखदेख, समायोजन तथा पुनर्स्थापनासम्बन्धी गठित विशेष समितिको बैठकमात्र नबसेको नै ३ महिना नाघ्नै आँट्यो। समिति संयोजकसमेत रहेका प्रधान मन्त्री बाबुराम भट्टराई मुखले 'सम्मानजनक समायोजन' गर्छु भन्दै व्यवहारमा भने आफैंले निर्माण गरेको सेनाको अपमान गर्दैछन्।