विवेकको परीक्षा
२४ असार २०६९
•
६ मिनेट पाठ
विवेकको परीक्षा
बलको बोलीमात्र बुझ्ने र सुन्ने सरकारी संस्कारले नेपाली समाजलाई आक्रान्त भएको छ। यसैले शान्तिपूर्ण आन्दोलन र आग्रहलाई सरकारमात्र हैन समाजले समेत उपेक्षा गर्ने गरेको छ।
शान्तिपूर्ण आन्दोलनका पक्षधरहरूले पटकपटक धोका पाउँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय, चित्रित्साशास्त्र अध्ययन संस्थानको व्यवस्थापनलाई राजनीतिकरणको रोगबाट मुक्त गर्ने माग राखेर आन्दोलन गरिरहेका प्राध्यापक डा. गोविन्द केसी यसका ज्वलन्त उदाहरण बन्न पुगेका छन्। राजनीतिक भागबन्डामा नियुक्त पदाधिकारीका कारण चिकित्सा शास्त्र अध्ययन संस्थानको साख र स्तरसमेत गिर्न थालेपछि डा. केसीले त्यस कुव्यवस्थाविरुद्ध आवाज उठाउन सुरु गरेका हुन्। आफ्नो मागलाई संस्थाको हित चाहने अरू धेरै सहकर्मीले समर्थन गरेपछि डा. केसी उत्साहित भए। उनले विभिन्न माध्यमबाट संस्थानमा वरीयता, क्षमता र दृष्टिकोणका आधारमा पदाधिकारी नियुक्त गर्न सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरे। त्यसको सुनुवाइ नभएपछि उनले माग पूरा गराउन आमरण अनशन गर्ने घोषणा गरे। पटकपटक उनलाई प्रशासनले धोका दिएकाले अन्ततः केसीले शान्तिपूर्ण आन्दोलनको अन्तिम उपाय आमरण अनशन गर्नैपर्ने अवस्था उत्पन्न भयो। उनले यसभन्दा पहिले अनशन गर्दा त्रिवि प्रशासनले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। किन्तु, त्रिविको त्यो प्रतिबद्धता डा. केसीको तपस्या भंग गर्न गरिएको मायावी चाल सिद्ध हुनपुग्यो। राजनीतिक भागबन्डाका आधारमा नियुक्त त्रिवि पदाधिकारीलाई केसीको माग स्वीकार गर्न सायद ग्लानि पो भयो कि उनीहरूले टालटुल गरेर टार्ने नीति अवलम्बन गरे। केही समय पदाधिकारीलाई झकझक्याउँदै पर्खेपछि डा. केसीले पुनः अनशन थालेका छन्। त्रिविका पदाधिकारीले उनको माग सम्बोधन गरेको देखिने तर आफ्नो चलखेलको बाटो कायमै रहने उपाय अपनाएर वरिष्ठ प्राध्यापकलाई डिन नियुक्त गर्ने निर्णय गरे। केही दिनपछि नै अवकाश पाउन लागेका प्राध्यापकलाई डिन नियुक्त गर्नुको तात्पर्य तत्काल अनशन तोडाउनुमात्र हो भन्ने डा. केसीले ठम्याएकाले उनले अनशन तोड्न स्वीकार गरेनन्। उनको स्वास्थ्य धेरै बिग्रेकाले उद्वेलित सहकर्मीलगायत शुभेच्छुकसमेतका आग्रहमा उनले अनशन भंग त गरे तर त्रिवि पदाधिकारी पुनः विवेक र इमानको साटो चतुर्याएइँ देखाएर छल्न खोजे भने स्थिति झन् बिग्रने छ।

प्रधानमन्त्री बाबुराम भट्टराई र उनका सहकर्मीलाई त यसरी अनशन गरेर ज्यान फाल्न खोज्नु नै मूर्खतै हो भन्ने लाग्दो हो। बन्द, तोडफोड, हत्या, हिंसा र आगजनी गर्न नतम्सने साधारण व्यक्तिको माग पूरा हुनुपर्छ भन्ने त तिनले ठान्दा पनि नठान्लान्। ज्यान लिएर सत्तामा पुग्नसकिन्छ भन्ने सिद्धान्तमा विश्वास हुने व्यक्तिमा त्यस्तो धारणा हुनु अस्वाभाविक पनि होइन। किन्तु, विवेक लोकतन्त्रको सबैभन्दा महŒवपूर्ण आधार हो। विवेक नभएको पद्धति लोकतन्त्र पनि हुनसत्तै्कन। विवेकविहीन व्यक्तिका बुद्धि, कौशल, ज्ञान, चतुर्यारइँ सबै निरर्थक हुनपुग्छन्। व्यक्ति जति शक्तिशाली हुन्छ ऊ त्यति नै विवेकी हुनुपर्छ। शक्ति र विवेकबीच सन्तुलन नभए राष्ट्र, समाज र व्यक्ति स्वयंले पनि अपूरणीय क्षति सहनुपर्छ। शक्तिशाली व्यक्तिले विवेक गुमाउँदा संसारैले ठूलो क्षति सहनु परेको अनगिन्ती उदाहरण पाइन्छ। यसैले त्रिवि पदाधिकारीले अहिले विवेक प्रकट गर्न सकेनन् भने त्यसले ठूलो क्षति निम्त्याउन सक्छ। डा. केसीका माग पूरा गर्दा सरकारले केही गुमाउँदैन। चित्रित्साशास्त्र अध्ययन संस्थानको साख र गौरव पुनः कायम हुनसक्छ।

डा. केसीको अनशनले नेपाली समाजको भावि दिशासमेत निर्धारण गर्ने देखिन्छ। उनको प्रयोग सफल भयो भने अरू क्षेत्र र संस्थामा त्यही विधि अपनाउन सकिन्छ। शान्तिपूर्ण नैतिक दबाबलाई राज्यले सम्मान गर्न थाल्यो भने हिंसात्मक आन्दोलनको आकर्षण कम हुनेछ। डा. केसीको प्रयोग विफल भए अहिंसात्मक उपायप्रति समाजको विशेषगरी नयाँ पुस्ताको विश्वास घट्नेछ। नेपालको सरकार र समाज विवेकको यस परीक्षामा अनुत्तीर्ण भए भने मुलुकको नैतिक धरातल भासिनेछ। संस्थाको सुधारका लागि ज्यानको बाजी लगाउने डा. केसीको नैतिक साहस सराहनीय र अनुकरणीय छ।
अर्को समाचार
विद्रोह-पथमा विवेकको परीक्षा
२५ पौष २०८२
•
५ मिनेट पाठ
विद्रोह-पथमा विवेकको परीक्षा
नेपाल फेरि एक पटक चुनावको सँघारमा उभिएको छ। फागुनको चुनावलाई कतिपयले नियमित राजनीतिक प्रक्रिया ठानिरहेका छन्। यथार्थमा यो सामान्य चुनाव होइन। यो केवल सत्ता परिवर्तनको अभ्यास होइन, राष्ट्रको दिशा, प्राथमिकता र भविष्य तय गर्ने निर्णायक मोड हो। भोट हाल्नु कुनै सप्ताहान्तको कार्यक्रम होइन। यो मनोरञ्जन पनि होइन। यो आवेग, रिस वा पार्टीको अन्धनिष्ठाबाट गरिने कर्म पनि होइन। भोट हाल्नु भनेको देश कस्तो बनाउने भन्ने सामूहिक निर्णय हो।

आज नेपालले व्यवस्था परिवर्तनदेखि संविधान निर्माणसम्मका धेरै ऐतिहासिक चरण पार गरिसकेको छ तर यति धेरै परिवर्तनपछि पनि केही गम्भीर प्रश्न अझै अनुत्तरित छन् -के आमनेपालीको जीवनस्तर साँच्चै सुध्रिएको छ? के युवाले देशमै भविष्य देख्न थालेका छन्? के समृद्ध र सुखी नेपालको आधार बलियो बनेको छ?

यी प्रश्नको उत्तर खोज्ने समय यही चुनाव हो। जेनजी आक्रोश होइन, चेतनाको आवाज हो। पछिल्ला महिनामा नेपालका सडक, क्याम्पस र डिजिटल माध्यमहरूमा देखिएको आवाज कुनै दलको झन्डामुनि उठेको थिएन। आक्रोशको आवाजले कुनै नेताको जयजयकार गरेन। त्यो आवाज थियो - नयाँ पुस्ता अर्थात् जेनजीको।

यो पुस्ता केवल परिवर्तनको इतिहास सुनेर हुर्किएको होइन। यस पुस्ताले विकास खोजेको हो, सुशासन खोजेको हो। स्वदेशमै रोजगारी खोजेको हो, अर्थात् यो पुस्ता परिणाम खोज्दै हुर्किएको हो।

शिक्षा हासिल गरेपछि पनि रोजगारी किन सुनिश्चित छैन? योग्यता र क्षमताको मूल्याङ्कन किन हुँदैन? भ्रष्टाचार किन सामान्य व्यवहारजस्तै स्विकारिएको छ? राजनीति जनजीवन र अर्थतन्त्रबाट किन टाढिँदै गएको छ? नेतृत्व किन पुस्तौंदेखि सीमित घेराभित्र घुमिरहेको छ? यी प्रश्न असन्तोषका मात्र संकेत होइनन्। यी राष्ट्रप्रतिको जिम्मेवारीबोधबाट जन्मिएका प्रश्न हुन्।

यी प्रश्न राष्ट्रलाई सुशासनसहित विकासको गतिमा अघि बढाउन आएका हुन्। जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन। यो लोकतन्त्रलाई अझ जिम्मेवार र परिणाममुखी बनाउन उद्घोष गरिएको आवाज हो। यो पुस्ता व्यवस्था भत्काउन होइन, व्यवस्थालाई कर्मठ र सक्रिय बनाउन चाहन्छ अनि आफ्नै देशमा बस्न चाहन्छ।

विश्व-परिघटनाको पाठ

अरूको गल्तीबाट नसिके भविष्य महँगो पर्न सक्छ। आज नेपाल एक्लै छैन। विश्वका धेरै देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक सङ्कटबाट गुज्रिरहेका छन्। हामीले अरूको अनुभवबाट पाठ नसिके भविष्य झनै जोखिमपूर्ण हुन सक्छ।

श्रीलङ्का: गलत शासन र भ्रष्टाचारको मूल्य

श्रीलङ्का कुनै समय दक्षिण एसियाको तुलनात्मक रूपमा स्थिर देश थियो, विकासको बाटोमा लम्कँदै थियो। तर दीर्घकालीन कुप्रशासन, भ्रष्टाचार, परिवारवादी राजनीति र अव्यवस्थित आर्थिक निर्णयले देशलाई अभूतपूर्व सङ्कटमा पुर्‍ यायो। जनताको आक्रोश सडकमा विस्फोट भयो, राज्य संरचना नै हल्लियो। यो हाम्रा लागि चेतावनी र पाठ हो -गलत नेतृत्वलाई पटक पटक स्वीकार गर्दा राष्ट्र नै धराशायी हुन सक्छ।

बङ्गलादेश: स्थिरता र असन्तोषको दोहोरो कथा

बङ्गलादेशले आर्थिक वृद्धिमा उल्लेखनीय प्रगति गरेको देखिए पनि राजनीतिक दमन, संस्थागत कमजोरी र असन्तुष्ट युवाको आवाजलाई बेवास्ता गर्दा त्यहाँ पनि सामाजिक तनाव गहिरिँदै गएको छ। आर्थिक तथ्याङ्क मात्र पर्याप्त हुँदैन, राजनीतिक समावेशिता र विश्वास अनिवार्य हुन्छ। जनविश्वास गुमाउँदा बङ्गलादेश दिन प्रतिदिन अस्थिर बन्दै छ।

युक्रेन: राष्ट्रिय एकता र नेतृत्वको परीक्षा

युक्रेनले देखाएको साहसले विश्वलाई सिकाएको छ– जब राष्ट्र सङ्कटमा पर्छ, तब स्पष्ट दृष्टि, बलियो नेतृत्व र जनताको एकता नै सबैभन्दा ठुलो शक्ति बन्छ। राष्ट्रलाई कमजोर बनाउने होइन, सङ्कटमा राष्ट्रलाई जोगाउने नेतृत्व आवश्यक हुन्छ।

इजरायल: सुरक्षा, राजनीति र समाजको संवेदनशील सन्तुलन

राजनीतिक विभाजन, आन्तरिक असहमति र संवेदनशील निर्णयहरू कसरी राष्ट्रिय  सुरक्षासँग गाँसिन्छन् भन्ने पाठ इजरायलले विश्वलाई सिकाएको छ। गलत निर्णयले पुस्तौंसम्म असर पार्न सक्छ। राजनीति हल्का विषय होइन। राजनीतिमा चुकाइएको मूल्य र गरिएका गलत निर्णयको सजाय पुस्तौंपुस्ताले भोगिरहेका हुन्छन्।

यी सबै उदाहरणले हामीलाई एउटै पाठ सिकाउँछ– राष्ट्र निर्माण गम्भीर विषय हो। राजनीति लहडको हलुका खेल होइन।

राजनीतिक मानसिकतामा आत्ममन्थन अपरिहार्य

विश्वलाई नै धेरै धारबाट सन्देश दिने तवरले नेपालमा जेनजी विद्रोह भयो। यो विद्रोहले देशको सत्ता हेरफेर मात्र होइन, राजनीतिक चेतना, कुशासनको परिणाम, युवा शक्ति, परम्परागत एकात्मक केन्द्र तथा समयको आह्वानजस्ता विषयमा गम्भीर बहसको सुरुवात गरिदिएको छ।

दुर्भाग्यवश अधिकांश राजनीतिक दलहरूले जेनजीको आवाजलाई गम्भीरतापूर्वक सुन्न सकेनन्। कसैले यो आवाजलाई भावनात्मक आवेग भने, कसैले दिशाहीन आन्दोलन। कसैले यसलाई बाह्य निर्देशनको प्रभाव भन्ने आरोप लगाए। यस्ता प्रतिक्रियाले स्पष्ट देखाउँछन् - समस्या सडकमा होइन, सोचमा छ। राजनीति जनताको सेवाका लागि हुनुपर्छ। तर व्यवहारमा राजनीति अझै पनि सत्ता जोगाउने, असफलता ढाकछोप गर्ने र प्रश्नबाट भाग्ने माध्यम बनेको देखिन्छ।

जब नेतृत्व प्रश्न सुन्न डराउँछ, जब आलोचनालाई शत्रु ठानिन्छ, त्यसले सुधार होइन, अवनति निम्त्याउँछ।

भोट हाल्नुअघि हामीले के सोच्नुपर्छ?

चुनाव नजिकिँदै छ। यस घडीमा हरेक नागरिकले गहिरो आत्ममन्थन आवश्यक छ। हामीले पार्टीभन्दा माथि उठेर देश सोच्नुपर्छ। इतिहासभन्दा अघि भविष्य हेर्नुपर्छ। भावनाभन्दा पहिले विवेक प्रयोग गर्नुपर्छ। हामीले आफैंसँग यी प्रश्न सोध्नैपर्छ: 

– को नेतृत्वले देशलाई सही दिशामा लैजान सक्छ?

– को व्यक्ति स्पष्ट सोच, स्थिर मानसिकता र नैतिक चरित्रको छ?

– को भ्रष्टाचारमा संलग्न छैन?

– को कुलत, दुरुपयोग र सत्ताको दम्भबाट मुक्त छ?

– कसले युवालाई नारा होइन, मार्गदर्शन र अवसर दिन सक्छ?

– कसले सत्ताका लागि होइन, सेवाका लागि राजनीति गर्छ?

देश एक जनाले मात्र बनाउन सम्भव छैन तर गलत नेतृत्वले देशलाई दशकौं पछाडि धकेल्न सक्छ।

इतिहासले हाम्रो निर्णय सोध्नेछ - जेनजीले ऐना देखाइसकेको छ। अब आँखा चिम्लने कि त्यो ऐनामा हेर्ने? निर्णय हाम्रो हो। राष्ट्र निर्माण कुनै खेल होइन। यो पुस्तागत दायित्व हो। भोट हाल्दा रिस, भ्रम, डर होइन, विवेक प्रयोग गरौं। नेपालको भविष्य मतपत्रमा छ।

निर्वाचनका सन्दर्भमा प्रश्न उभिएको छ - हामी सही व्यक्ति छान्छौं कि फेरि गल्ती दोहोर्‍याउँछौं? फेरि गल्ती दोहोर्‍यायौं भने इतिहासले हामीलाई माफ गर्दैन। हामीले विगतको गल्तीबाट पाठ नसिकेर आफ्नै भविष्य जोखिममा पार्‍यौं भने भविष्यले हामीलाई माफ गर्दैन। देश बनाउन राष्ट्रमा राम्रो काम गरेको व्यक्ति चुनौं। देशलाई विकासको मार्गमा दौडाऔं।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस