शुक्रबार विभिन्न दलमा आबद्ध जनजाति राजधानीमा जम्मा भएर नयाँ पार्टी खोल्ने निर्णय गर्दा जनकपुर पुगेका एमाले नेता माधवकुमार नेपाल आफ्ना जनजाति कार्यकर्ता अन्यत्र नजाने विचार राख्दै थिए। तर अखबारका कागजमा लिपिबद्ध उद्गार पढ्दासमेत नेपालको उक्त विश्वासमा कुनै दम नभएको महसुस हुन्थ्यो। हुन पनि अब कांग्रेस र एमाले जस्ता दलले आफ्ना कार्यकर्ताको विश्वास 'डगमगाउँदैन' भनेर 'विश्वास' देखाउनुको विकल्प छैन। आजसम्म पार्टीमा विश्वास गर्दै आएका कार्यकर्तामाथि अब पार्टीले विश्वास गर्नुबाहेकको बाटो छैन। नेपाली राजनीतिमा देखिएको यो सम्भवतः रोचक स्थितिमध्येको एक हो।
कांग्रेस र एमालेका लागि यो घटना नयाँ भने होइन। मधेस आन्दोलनपछि तराईबाट दुवै पार्टीको स्थिति लगभग मेटिने अवस्थामा पुगेको थियो। दुवै पार्टीका मधेसी कार्यकर्ता ठूलो संख्यामा त्यतिबेला खुल्दै गरेका मधेसवादी दलतर्फ हुलिएका थिए। त्यसको परिणाम पछिल्लो निर्वाचनमा देखियो। आफ्नो विशेष आधार मान्दै आएको मधेसमा टेक्ने ठाउ लगभग कांग्रेस र एमालेले गुमाइसके। यस्तो अवस्थामा जनजाति कार्यकर्ताको नयाँ कदमसहितको पछिल्लो राजनीतिक दृश्यले कम्तिमा यी दुवै पार्टीलाई रन्थन्याएको हुनुपर्छ। सम्भवतः त्यही भएर नै नेपालले अञ्चल भेलाका रुपमा कार्यकर्ता फकाउन जनकपुर पुगेका छन्।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनासँगै नेपाली दलहरूले आफूलाई सपना बेच्ने व्यापारीका रुपमा मात्र स्थापित गराउँदै आएका छन्। जनता र कार्यकर्तासँगको यिनीहरूको पहुँच, सम्पर्क तथा सम्बन्ध सपनाको व्यापारका रुपमा सीमित रहँदै आएको छ। विशेषगरी देश र जनता तथा राष्ट्रियताका सवालमा लगभग सबै दलले जनतालाई सुखद् भविष्यको कल्पना लोकमा घुमाउँदै आएका थिए। त्यो सपनाको व्यापार गर्दागर्दै उनीहरूले राजनीतिक दुकानदारीका लागि चाहिले पुँजीतर्फ ध्यान पुर्याउन बिर्संदै गए। दलहरूले सपनाको व्यापारलाई सत्तासम्म पुग्नका लागि दरो भर्याङका रुपमा प्रयोग गर्दै गए। जनतालाई देखाउँदै आएको सुखद् सपना र देशको स्थितिबारे उनीहरूले कहिल्यै सटिक आंकलन गर्न सकेनन् वा चाहेनन्। अनि स्वाभाविकरुपमा नेपाली राजनीतिक बजारमा आफ्नो दुकानदारी चलाउनका लागि हरेक दलले राजनीतिक पुँजीभन्दा सपना बेच्नतर्फ ध्यान दिन थाले। त्यसैले सपनाको व्यापारमा पनि होडबाजी चल्न थाल्यो। कुन दलले कति सपना बेच्न सक्छ भन्ने कुराले सत्ता प्राप्तिको सम्भावना निर्धारण गर्न थाल्यो। विस्तारै-विस्तारै जनतालाई सपना बेच्न तल्लीन हाम्रा दल आफंै सपनामा लठि्ठन थाले। सत्ता प्राप्तिको सपनाले जनतालाई देखाउँदै आएको विकास निर्माणको सपनालाई जित्न थाल्यो। जनतालाई गुलियो चकलेट बाँड्दै हिँडेका दलहरू आफंै सत्ताको मायाजालमा रमाउन थाले। सपना बेच्नु भनेकै यथार्थभन्दा पर गएर व्यापार गर्नु हो। हाम्रा दल पनि सपनाको व्यापार गर्ने क्रममा यथार्थबाट निकै टाढिन पुगे। जनतालाई झुटो आश्वासन बाँड्ने होडबाजी चल्न थाल्यो। ठूलो झुट बोल्न सक्ने जति सत्तामा आउन थाले। नसक्नेहरू अझ ठूलो झुटको खोजीमा लागे।
एमालेका एक नेताले केही समयअघि भनेका थिए- सपनामा चकलेट खाएको हेर्न निकै रमाइलो हुन्छ। तर जब सपना टुट्छ, अनि न हातमा चकलेट हुन्छ, न त मुखमा मीठोपन नै। यहाँनेर अहिले त्यही स्थिति हाम्रा राजनीतिक दलको हुन पुगेको छ। फरक यत्ति हो- जनतालाई सपना देखाउँदै आएका नेपाली दल आफैं निद्राबाट बिउँझेको अवस्थामा छन्। मीठो सपनापछिको तीतो यथार्थ अहिले उनीहरुसामु छ। अब समय बिताउने र संविधान निर्माणलगायत् विभिन्न विषयमा एकअर्कामाथि दोषारोपण गर्न संविधान सभा पनि छैन। राजतन्त्र अन्त्यपछि देशका सबै खराब स्थितिका लागि दोष दिने बाटो पहिले नै अवरुद्ध हुन पुगेको थियो। गणतन्त्र आइसकेपछि अब राम्रो कामको श्रेय मात्र नभई खराब कामको दोष पनि आफैं लिनुपर्छ भन्ने यथार्थ पनि सपना बेच्न तल्लीन दलहरूले बुझ्न सकेनन्।
जनताको निद्रा त विस्तारै खुल्दै गएको थियो तर दल भने सपना बेच्ने धूनमा आफंै रमाउन थाले। आफूहरूमाथि थुप्रँदै गएको दोषको पहाडतर्फ उनीहरूको ध्यान गएन। सपना टुट्दासम्म दलहरूभन्दा कार्यकर्ता र जनता निकै अघि पुगिसकेका थिए। त्यसो त सपना टुट्टे क्रम धेरै अघि भएको हो तर दलहरू सपनामा खाएको मीठोपन सम्झँदै मुख मिठ्याउनमा ब्यस्त थिए। हैन भने पछिल्लो निर्वाचनको माध्यमबाट मधेसको सोच विशेषगरी कांग्रेस र एमालेले बुझ्नुपर्थ्यो।
तर त्यसको बदला दलहरू आफ्नो सपनाको व्यापारमा रमाउने असफल प्रयास गर्न थाले। परिणामस्वरुप मधेसबाट दुवै दलले आधार गुमाए। त्यसपछि पनि दलको चेत खुलेन। संविधान सभाको निर्वाचनपछि भएको राजनीतिक गतिविधिसँगै जनतामा मात्र नभई कार्यकर्ताको सोचमा पनि ठूलो परिवर्तन आइसकेको तथ्य उनीहरूले बुझ्न सकेनन्।
देशलाई जातीय अतिवादको आगोले भेट्टाउनै लाग्दासम्म पनि नेपालका निरोहरू आगो निभाउनुको साटो बाँसुरी बजाउनमै मस्त रहे। अझ कोही कोहीले त विस्तारै भड्किन थालेको जातीयताको आगोमा घिउ थप्ने प्रयास पनि गरे।
त्यो आगोले अहिले दललाई नै पोल्न थालेको छ। पार्टीभित्र जनजाति नेता/कार्यकर्ताबाट फुक्न थालिएको विद्रोहको विगुललाई साम्य पार्ने भरपर्दो औजार अहिले कांग्रेस र एमाले दुवैसँग छैन। दुवै दलको ठूलो चुनौती भनेकै जातीयताको त्यो उर्लंदो विद्रोह साम्य पार्नु हो।
जातीय नारा उचालेर तमासा हेरिरहेको एमाओवादीले पनि सपनाको व्यापारको परिणाम अलि फरकरुपमा भए पनि पार्टीमा आएको फुटका रुपमा भोग्नुपरेको छ। एमाओवादीका नेताले जनतालाई भुलाएर दश वर्षे विद्रोहमा होमेको आरोप लगाउँदै मोहन वैद्य समूह त्यसबाट अलग्गिएको छ।
पुष्पकमल दाहाललगायत्का नेताले पनि २०५१ सालअघि यस्तै सपना देखाउँदै जनतालाई हिंसात्मक विद्रोहका लागि उचालेका थिए। जनयुद्ध नाम दिइएको त्यो विद्रोहको परिणामका रुपमा दाहाल र त्यसपछि बाबुराम भट्टराई सत्ताको शिखरमा पुग्न सफल भए पनि युद्धलाई आफ्नो बाहुबलमा अगाडि बढाउँदै लग्नेहरूको हात भने रित्तै छ। अझ शुक्रबार विवादका कारण सेना समायोजनको प्रकृया अवरुद्ध भएपछि सपनाको अन्तिम कडी पनि लगभग टुटेको छ। अब माओवादी नेता कार्यकर्ता दुवै तीतो यथार्थ आत्मसात गर्न बाध्य भएका छन्।