राजधानीको गैरीधारामा उलार भएको ट्रक र नेपाली राजनीतिबीच कस्तो सम्बन्ध होला? यो प्रश्न उदेकलाग्दो लाग्नसक्छ तर, अमेरिकी गणितज्ञ एवम् मौसमविद् एडवार्ड लरेन्जको 'बटरफ्लाई इफेक्ट' सिद्धान्त सम्झने हो ट्रक र राजनीतिक उलारबीच रहेको सम्बन्धको रहस्य उद्घाटित हुन्छ। जेम्स ग्लेइकको पुस्तक 'केओस्'मा उल्लेख भएअनुसार लरेन्जले 'बटरफ्लाई इफेक्ट'को प्रस्थानविन्दु बनाएको प्रश्न यस्तो छ : ब्राजिलमा एउटा पुतलीले चालेको पखेटाले टेक्सासमा आँधी सिर्जना गर्न सक्छ? लरेन्जले गणितका सिद्धान्तको प्रयोग गरेर पुष्टि गरेका छन् - पुतलीको पखेटाले वायुमण्डलमा पार्ने प्रभावले कुनै अर्को समयमा गएर अर्को स्थानमा आउनसक्ने आँधीको गति र दिशा बदल्ने वा आँधी आउने हुन सक्छ। प्रकृतिमा हुने मसिना घटनाको प्रभाव कति ठूलो मात्राको हुनसक्छ भन्ने 'बटरफ्लाई इफेक्ट'को अध्ययनको विषय हो।
'बटरफ्लाई इफेक्ट' को आधारमा नेपाली राजनीतिक उलारको अध्ययन गर्ने हो भने कस्तो देखिएला? साना बेथितिका तरंग विस्तारित हुँदै जाँदा ठूला बेथिति निर्माण हुन्छन्। अहिले न संविधान, न अन्तरिम संविधानको सान्दर्भिकताजस्तो विचित्रको स्थिति छ। न दलहरू सग्ला छन्, न त राजनीति कुनै स्पष्ट राजमार्गमा यात्रा गर्दैछ। शीर्षस्थ ठानिएका नेता न शीर्षमा छन्, न त तिनको निर्णयलाई सहमति भन्नसक्ने आत्मविश्वासै मुलुकमा बाँकी छ। शान्ति प्रक्रिया सुरु भएयता सम्भवतः सबैभन्दा धेरै पटक 'बोल्ड' गरिएको समाचार शीर्षक हो : शीर्ष बैठक निस्कर्षविहीन। राजनीतिक उलार कति जण्ड भएको छ भन अब न पुष्पकमल दाहाल, न सुशील कोइराला, न झलनाथ खनाल, न उपेन्द्र यादव, न माधव नेपाल, न मोहन वैद्य, न बाबुराम भट्टराई, न केपी ओली, कुनै पनि नेताको व्यक्तित्व सग्लो छैन। उलार भएको राजनीतिलाई सन्तुलनमा ल्याउने कुनै स्पष्ट एजेन्डा वा पहल पनि कुनै नेताको पकडमा देखिँदैन।
प्रधानमन्त्री बाबुराम भट्टराई कार्यकारी हुन् वा कामचलाउ भन्ने द्विविधामा राजनीति अल्भि्कएको छ। त्यसैले शीतल निवासमा धुप हाल्न 'कामचलाउ' विपक्षी पुगिरहन्छन्। विघटित संसद्बाट निर्वाचित प्रधानमन्त्री भटट्राईको प्रधानमन्त्रित्व संसदको अवसानसँगै वैधानिक संकटमा परेको तथ्य सही हो। तर, मुलुक सरकारविहीन हुन नसक्ने आवश्यकताको सिद्धान्तले उनको सरकारलाई यही अवस्थामा टिकाइरहनेे पनि उस्तै सही हो। अहिलेको राजनीतिक उलार संविधान सभाको विघटनबाट सूत्रपात भएको हो र त्यहीँबाट यो सरकारको निरन्तरता सहज सत्य भएको हो। बरु, ठीक त्यही विन्दुबाट अर्को सरकार बन्नसक्ने वैधानिक आधार कमजोर भएको छ। सहमतिका निम्ति न्यूनतम आधारको खोजी नभएसम्म न अर्को सरकार बन्न सक्छ, न राजनीतिक सन्तुलनै पैदा हुनसक्छ। तर, दलहरू यस्तोमा राजनीतिक सहमतिका आधार खोजिरहेका छन् अर्थात् - केवँराका बोटमा गुलाबको फूल?
ठीक यहाँनेर गैरीधारामा उलार भएको ट्रक र असन्तुलित राजनीतिको नाता भेटिन्छ। कांग्रेस, एमालेलगायतका दलले चलाइरहेको बजेट विरोधी धुवाँधार अभियान राजनीतिक असन्तुलनकै स्पष्ट उदाहरण हो। उद्योग वाणिज्य महासंघ पूर्ण बजेट नआए मुलुक आर्थिक संकटमा फस्ने भविष्यवाणी लिएर नेताहरूको दैलो चहारिरहेको छ। उता कांग्रेस-एमाले नेतृत्वको 'कामचलाउ' विपक्षी गठबन्धन बजेट अध्यादेश रोक्न राष्ट्रपतिकहाँ बिन्तीपत्र हाल्न पुगेको छ। न राजनीतिलाई गति प्रदान गर्ने कुनै स्पष्ट दृष्टिकोण छ, न चिन्ता। सरकारमा हुनु र नहुनुलाई राजनीतिको पर्याय ठान्ने र व्यवहार गर्ने रोग संसदीय व्यवस्थाले उत्पन्न गरेको थियो। विडम्बना, त्यो रोगको संक्रमण गणतन्त्र स्थापनापछि पनि कायमै रह्यो। विज्ञानले भाइरल संक्रमणको औषधि पत्ता लगाइनसकेको भए पनि नेपाली राजनीतिमा त्यो भाइरस सिध्याउने बुटी संघीयतासहितको नयाँ संविधान हुनसक्थ्यो। त्यो औषधिबाट निदान गर्ने आशा अझै बाँकी छ नेपाली समाजमा तर दलहरूको चरित्रले त्यस्तो संकेत चाहिँ गर्दैन।
ब्राजिलका पुतलीले पँखेटा फटफटाउँदा त समयको आहट बदलिन्छ भने यो मुलुकले त हजारौँ मानिसको सहादत बेहोरेको छ। यहाँको राजनीति लाखौँ मानिसको प्रगतिको उत्कट आकांक्षाको तापले बनेको छ। यहाँको इतिहास करोडौँ मानिसका उठेका हातको प्रवाहले निर्माण गरेको छ। टेक्सासमा आँधी ल्याउने त्यो पुतलीको फटफटाहट र इतिहासको यो पहलसम्म आएर पैदा भएको राजनीतिक उलार सिर्जना गर्ने 'इलेक्ट्रोम्याग्नेटिक' तरंग समाजमा कहिलेदेखि र कुन शक्तिसहित तरंगित भइरहेको छ भन्ने तथ्य धेरै नेताले बु‰दैनन्। न त तिनले समाजको अध्ययन गर्ने र तथ्यतथ्यांकको विश्लेषणका आधारमा समाज हाँक्ने राजनीतिक सिद्धान्त तयार गर्ने कुनै जाँगर र बौद्धिकता नै प्रदर्शन गर्छन्। राजनीतिक दलसँग समाजको मिहिन अध्ययन र विश्लेषण गर्ने कुनै अनुसन्धान निकाय पनि छैनन्। राजनीति गफ र गफहरूको महासमरमात्र बनेको छ यस मुलुकमा। त्यसैले समाजका अनेकौँ अंशमा फटफटाउने अनेकौँ पुतलीका पखेटाले समाजमा ल्याइरहेका बहुआयामिक परिवर्तनको छ्यानपहिचान गर्ने ल्याकत पनि दलका नेतामा छैन।
राजनीतिले समाजका समग्र प्रणालीको नेतृत्व गर्छ भन्ने सूत्र सबैले घोकेका छन्। तर समाजको आर्थिक प्रणाली, समाज व्यवस्था, सामाजिक शक्तिहरूको सन्तुलनको अवस्था, इतिहासको प्रवाह र जनजीवनका अनेकौँ समस्यासँग हाम्रो राजनीति जोडिएको छैन। बजेटले जनताको आर्थिक जीवनलाई सम्बोधन गर्ने हो। अर्कोतिर जनताको आर्थिक जीवनसँग समाजको शक्ति सन्तुलन प्रत्यक्ष सम्बन्धित हुन्छ। विडम्बना, ठूलो भूमिगत अर्थतन्त्र चलाउने तस्कर, डनहरूसरह नै हाम्रा राजनीतिक दल पनि भूमिगत अर्थतन्त्रका हस्ती हुन्। यस्ता धेरै विडम्बनाबीचमा नेपाली राजनीति दलका नेताहरूको क्रीडास्थल मात्र बनेको छ। तर यसले जनताका आर्थिक, सामाजिक समस्याको नेतृत्व गर्न सकेको छैन। अनि समाजभित्र सतत चलिरहने कैयौं पुतलीको फटफटाहट हाम्रा राजनीतिक दलले कसरी बु‰न सक्छन्?
हाम्रा दल गैरसरकारी संस्थाजस्ता भए। जहाँ समस्या छ, त्यहाँ गैसस छ। तर समस्याको समाधान भएको दिन गैससको कुनै आवश्यकता हुँदैन। त्यसैले गैससहरू समस्याको राजनीति गर्छन् तर समस्या अन्त्यको कल्पना गर्दैनन्। ठीक त्यसैगरी राजनीतिक दलहरू समस्याको पोखरीमा आहाल खेल्न जान्ने तर समाधानको विकल्पमा अनभिज्ञ देखिन्छन्। 'जनयुद्ध' कसरी र कसले चलायो भन्ने तथ्यलाई एकैछिन थाती राखेर त्यसको परिणामस्वरूप समाजमा भएका मसिना परिवर्तनतर्फ ध्यान दिने हो भने आश्चार्यजनक सत्य उपस्थित हुन्छ। नेपाली समाजको शक्ति संरचना पूर्णतः बदलिएको छ। त्यसैको परिणामस्वरूप नारायणहिटीमा कुनै शक्ति बाँकी रहेन। अझ सिंहदरबार र काठमाडौं केन्द्रित शक्तिसमेत अस्वीकृत भइसकेको छ। तथापि, हालसम्म चलिरहेको राजनीतिक प्रणाली उही पुरानै हो। यो प्रणाली समाजमा जन्मिसकेको नयाँ यथार्थसँग मेल खाँदैन। ठीक यही शक्तिको समीकरण बदलिएको यथार्थले दलहरूको अहिलेको चरित्रलाई स्वीकार गरिरहेको छैन।
संक्रमणकालीन यथार्थ यही हो। यसैलाई सही ढंगले परिचालन गर्न नसक्दा दलहरू धराशायी हुँदैछन्। एउटा ट्रक उलार भएको आजको यथार्थले केही समयपछि काठमाडौंको शक्ति संरचनामा ल्याउने आँधीबेहरीयुक्त परिवर्तनको संकेत गरिरहेको छ। न त त्यो उलार स्वाभाविक हो, न त अहिले चलिरहेको राजनीतिक उलारै स्वभाविक हो। यो राजनीतिक उलारले भयानक ठूलो असन्तुलनलाई अभिव्यक्त गरेको छ र यसलाई सन्तुलनमा ल्याउने इच्छाशक्ति र रणनीतिको पनि त्यस्तै ठूलो अभाव छ। राजनीतिलाई जनजीवनका मसिना समस्यासम्म जोड्ने र त्यहीँबाट नयाँ राजनीतिक सिद्धान्तको आविष्कार गर्ने दल यतिबेलाको आवश्यकता हो। अन्यथा बटरफ्लाई इफेक्टलाई रोक्न सकिनेछैन। जुन तीव्रताका साथ सामाजिक यथार्थ बदलिएको छ, त्यही गतिमा राजनीतिलाई सन्तुलनमा ल्याउनु आवश्यक छ। फेरि पनि सरकारका निम्ति सिँगौरी खेल्दै हिँड्नु र शीतल निवासमा बिन्तीपत्र हालेर अर्को एउटा दुःस्वप्नको प्रतीक्षा गर्नु भने अर्को आँधीबेहरीको तयारीमात्र हो।