जेठ १४ मध्यरातमा चुनावमा होमिएको मुलुक अहिले संविधान सभा पुनर्स्थापना, गोलमेच सम्मेलनजस्ता अराजनीतिक मुद्दामा अल्भि्कएको छ। राजनीतिका पात्र सार्वभौम जनताको प्रतिनिधि छान्ने अधिकारमाथि प्रहार गर्दै ‘राजनीतिक निकास' का विकल्पमाथि बहस गर्दैछन् र दिनदिनै नयाँ समीकरण चर्चामा आइरहेका छन्।
सतहमा हेर्दा मुलुकको राजनीतिमा समग्रमा दुईखाले प्रवृति देखापरेका छन्। एउटा पूर्व राजा ज्ञानेन्द्र र उनका समर्थक कमल थापाहरू मुलुकमा राजतन्त्र ‘अपरिहार्य' भएको वकालत गर्दै देश दौडाहामा निस्किएका छन्। टाढाका गाउँले ओसारेर भीड देखाई राजनीतिक दलहरूलाई फुच्चे देखाउने अभियानमा लागेका छन्। असारे झरीमा उनीहरू राजतन्त्र पुनर्स्थापना भएमा अहिले देखिएका जातीयतालगायत्का राष्ट्रियतासँग सम्बन्धित सबैखाले रोगाबाट मुलुक मुक्त हुने आश्वासन बाँड्दैछन्।
अर्को, ५ वर्षअघि गणतान्त्रिक नेपालको खाका कोर्ने ‘जिम्मेवार' हरु राष्ट्रपतिलाई ‘राजा' बनाउने उद्योगमा तल्लीन देखिन्छन्। संक्रमणकालीन राजनीतिक अन्योलमा अन्तरिम संविधानको अपव्याख्या गरेर संविधान सभा पुनर्स्थापना गर्ने र गोलमेच सम्मेलनबाट राजनीतिक निकास निकाल्ने जस्ता कोरा गफमा सक्रिय नेताहरू राष्ट्रपतिको हस्तक्षेप आवश्यक ठान्दैछन्। अन्तरिम संविधानमा कार्यकारी अधिकार नदिइएको सेरोमोनियल राष्ट्रपतिलाई राजनीतिमा हस्तक्षेप गर भन्दै उक्साउनु विधिको शासन स्थापनाका लागि नेपाली जनताले पटकपटक बगाएको रगतको अवमूल्यनमात्र हो।
राष्ट्रपतिको हस्तक्षेपबाट समाधान खोजियो भने राजनीतिक निकासभन्दा मुलुक थप गतिरोधमा फस्ने खतरा रहन्छ। कुरो बाबुराम भट्टराईको प्रधानमन्त्रीय कुर्सीमा सुशील कोइराला वा अरू कुनै ‘कोइराला' पदस्थापन हुनु होइन। परिस्थितिजन्य राजनीतिक कारणहरूले सुशील कोइराला प्रधान मन्त्री बन्न पुगे भने मुलुक अनिर्णयको बन्दी हुँदै जानेछ। सुशीलको हकमा विगतले स्पष्ट गर्छ, उनी निकास दिनेभन्दा पनि अडान र अनुशासनका नाममा राजनीतिलाई निस्त्रि्कय पार्ने मामलामा सिपालु छन्। सुशीलको पार्टी सञ्चालनबाट झन् स्पष्ट हुन्छ, उनी गुटगत राजनीतिमा विश्वास गर्छन्। डेलिभरी गर्ने क्षममा उनमा न्युन छ। अहिलेको राजनीतिको माग डेलिभरी दिन सक्ने नेतृत्व हो। कांग्रेसको करिव ७ दशक लामो लोकतान्त्रिक छविको बलमा सुशीलले शासन गर्न सक्ने छैनन्। किनकि कांग्रेस खुम्चिँदै खुम्चिँदै कमजोर हुँदै गएको यथार्थता लुक्ने विषय होइन। इतिहासमा काँग्रेस सबैभन्दा कमजोर कुनै बेला भयो भने सुशील कांग्रेसको सत्तामा रहँदा भएको हो। त्यसैले कांग्रेसले सुशीललाई अघि सारेर सिंहदरबार ताक्ने होइन, आत्ममूल्याङ्कन गर्नुपर्छ र मुलुकको राजनीतिमा सकारात्मक भूमिका खेल्नसक्ने हैसियतमा आफूलाई पुर्यातउन सक्नुपर्छ। सुशील सिंहदरबारमा पुग्नु माओवादीबाट पन्छिँदै गएका बाबुरामको विकल्पको हतियार बन्नुमात्र हुन सक्छ। बाबुराम र माओवादी अध्यक्ष पुष्पकमलबीच फराकिलो हुँदै गएको सम्बन्धबीच सुशीललाई पुष्पष्कमलले प्रधान मन्त्रीको अफर फ्याँकेका हुन। पुष्पकमलले चाहेजस्तो राष्ट्रपतिको हस्तक्षेपबाट सुशील प्रधान मन्त्री बन्न पुगे भने नयाँ माओवादीका वैद्य र पुष्पकमल नजिकिँदै जाने सम्भावना रहन्छ। त्यसैले बाबुरामलाई पन्छाउने हतियार बन्नुभन्दा कांग्रेसले चुनावको बाटो रोज्नु उसका लागि हितकारी हुन जान्छ।
एमाले बाबुराम सत्ताको विरोध गर्दै र बजेट ल्याउन व्यवधान गर्ने धम्की दिँदैं चुनावी प्रचारमा उत्रिसकेको छ। यसका शीर्ष नेता पूर्वी नेपालमा सक्रिय छन्। एमाले मुलुकका अन्य क्षेत्रमा पनि यसैगरी पुग्दैछ। एकल जातीय पहिचानसहितको संघीयताको मुद्दामा गिजलिएको एमाले नेतृत्व पूर्वी नेपालमा एकल जातीय पहिचानको विरोधमा खरो उत्रियो। जातीय एकाधिकार माग गर्ने आफ्नै दलका नेता, कार्यकर्तालाई एमाले ठूलो स्वरमा हप्काउन थालेको छ- पार्टी लाइन विपरित गए कारबाही हुन्छ। यता विर्तामोडमा एमाले शीर्ष नेतृत्व बहुजातीय एजेन्डामा छलफल गरिरहेका बेला काठमाडौंमा एमाले उपाध्यक्ष अशोक राईलगायत्का नेताहरू प्रधान मन्त्री भट्टराईसँग एकल जातीय मोर्चाको याचना गरिरहेका देखिए। डुब्न लागेकालाई त्यान्द्राको सहारा भनेजस्तै बाबुराम अहिले सत्ता टिकाउन जस्तोसुकै मोर्चाबन्दी गर्न तयार देखिन्छन्।
यता राजधानीमा जनजातिका अगुवा भेला गर्दैछन्। जातीय पहिचानसहितको संघीयताका पक्षधरहरूको निचोड चुनाव हुनुपर्छ भन्ने हुन्छ वा गोलमेच सम्मेलनबाट निर्णय हुनुपर्छ भन्दै गोलमटोल निर्णय गर्छन्, त्यो हेर्न बाँकी नै छ। तर समग्रमा के देखिएको छ भने राजनीतिक पात्र र पार्टीहरू सम्भव भएसम्म चुनावमा नजाने, सीमित सरोकारवाला आपसमा मिलेर मुलुकलाई संघीयता बाँडफाँट गर्ने नियतमा छन्। यस्तो अवस्थामा राष्ट्रपतिको सीमित सक्रियता आवश्यक हुन्छ, कुनै निर्वाचित निकाय नभएको अहिलेको स्थितिमा। तर अहिलेको राजनीतिक गतिरोधको अन्त्य सरकार परिवर्तनबाट सम्भव देखिन्न। केन्द्रमा बसेर हुकुमी शासनको सपना देख्ने भन्दा राष्ट्रपतिले जनताको अभिमत लिने चुनावलाई केन्द्रमा राख्नु उनको प्रमुख जिम्मेवारी र कर्तत्व पनि हो। त्यसैले आवश्यकताको सिद्धान्तमा आधारित भएर राष्ट्रपतिले चुनाव गराउने सर्तमा अहिलेको सरकार पदच्युत गरेर नयाँ सरकार गठन गर्न सक्छन। त्यस्तो सरकारको नेतृत्व सर्वोच्च अदालतका पूर्व न्यायाधीशलगायत्का व्यक्तिलाई दिन सकिन्छ। त्यस्तो सरकारको मुख्य उद्देश्य मंसिरमा चुनाव गराउने र सामान्य प्रशासन सञ्चालन गर्नेमात्र हुन सक्छ। पुनर्स्थापना गर्ने जस्ता असीमित अधिकार राष्ट्रपतिलाई दिइयो भने राष्ट्रपतिमा ‘राजा' हुने चाहनाले घर गर्दै जान्छ। मरिसकेको संविधान सभा ब्युँताउने वा गोलमेच सम्मेलनबाट निकास निकाल्ने उद्यमहरूबाट राष्ट्रपति उत्साहित हुने होइन। लोकतान्त्रिक अभ्यासको अभावमा जातीय, क्षेत्रीय मुद्दाहरू उठेको विश्लेषण गर्ने रामवरण यादवको प्रमुख एजेन्डा जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ भन्नेमा केन्द्रित हुन आवश्यक छ।
संविधान सभा पुनर्स्थापना वा गोलमेच सम्मेलनका कुरा निर्वाचन नचाहनेहरूबाट भइरहेको छ। काँग्रेस जनतासँग जानुपर्ने भयले पुनर्स्थापनाको अडान राख्दैछ। कतिपय जातीय संघीयताका पक्षधर पनि गोलमेच सम्मेलन वा पुनर्स्थापनको पक्षमा उभिएका छन्। उनीहरू त्यस्तो स्थितिमा पुग्नुका पछाडि एकल जातीय संघीयताका आवाज जनताले रुचाउँदैनन् भन्ने शंका हुन सक्छ। संविधान सभाको निर्वाचनपछि उठ्ने यस्ता मुद्दामा युरोपियन युनियनलगायत्का दाताको लगानी छ, जसको फल आम जनताले पाएका छैनन्। जनजाति अगुवाले सेमिनार, गोष्ठीमा उठाएजस्तै र ककसको बलमा संविधान सभामा विरोध जनाएजस्तै सजिलो हुन्न चुनावमा सबैखाले जनताको मन जित्न। मिश्रित जातजातिको बाहुल्य भएका निर्वाचन क्षेत्रमा एकल जातीय संघीयताको मुद्दामा भोट पाइँदैन भन्ने कुरा एनजिओका जागिरेलाई मात्र थाहा नहुन सक्छ। टुक्राटुक्रामा विभाजित मधेसवादी दलहरूको वारपार मधेस एक प्रदेश हुनुपर्छ भन्ने मागको छिनोफानो पनि जनताबाटै हुनु राम्रो होइन र? मधेसमा बस्ने सबै मधेसी दलसँग छैनन्। थारुलगायत्का आदिवासी र मधेसमा बस्ने अन्य जाजजातिको चाहनाको सम्बोधन गोलमेच सम्मेलन वा संविधान पुनर्स्थापनाबाट हुन सक्तैन। चुनावले सबैको औचित्य स्पष्ट गरिदिन्छ।
चुनाव किन? पहिलो राष्ट्रपतिलाई ‘राजा' बनाउने उद्योग बन्द गर्न। दोस्रो, लोकतन्त्रमा आवधिक निर्वाचन हुनुपर्छ। संविधान सभाले ४ वर्षमा संविधान दिन नसकेपछि आफैं विघटन भएको हो। नेपाली जनताको वर्षौदेखिको संविधान सभाबाट संविधान बनाउने चाहना पूरा गर्न। तेस्रो, अहिले सविधानका सबै मुद्दा मुखरित भएका छन्। सबै दल र उम्मेदवार आ-आफ्ना एजेन्डा लिएर जनतासमक्ष जान्छन्, जनताले मन पराएका एजेन्डामा मत हाल्छन्। निर्वाचन नयाँ जनादेशका लागि हो। नयाँ जनादेशका आधारमा मुलुकको संविधान बनाउने बाटो खोलौँ। गोलमेच सम्मेलन, संविधान सभा पुनर्स्थापनाका मुद्दामा अल्झिएर राष्ट्रपतिलाई ‘राजा' बनाउने अभियान बन्द गरौं ।