संविधान सभाको सफलताले सबैभन्दा बढी उपलब्धि मधेसको हुने आशा थियो। आन्तरिक औपनिवेशीकरणको पीडा भोगेका मधेसी समुदायले आफ्नो शासन र प्रशासनका निम्ति संघीयता पाउँथ्यो। युगौदेखि दमन गरेको राजतन्त्रको अवसानले थोरै भए पनि मानसिक सन्तुष्टि पाउने थिए। सधैं बहिष्कृत र वञ्चितीकरणको पीडाबाट मुक्ति पाएर सामावेशी प्रतिनिधित्वको अवसर पाउँथ्यो। अन्य समुदायका नागरिकसरह मधेसी पनि राज्यका प्रमुख पदमा आसिन हुने अवसरमात्र पाउँदैनथ्यो, अन्य क्षेत्रसरह मधेसको पनि विकास सामानुपातिकरुपले हुने निश्चित थियो। यही सपना साकार गर्न मधेस आन्दोलित भयो भने संविधान सभा बाँचुञ्जेल मधेसी ब्यग्र रहे। संघीयता र नया" संविधानलाई मधेसी जनताले जीवन-मरणको विषय बनाए।
जेठ १४ गते राति मधेसीको सपना चकनाचुर गर्दै मधेसवादी दल सम्मिलित रहेको बाबुराम भट्टराई नेतृत्वको सरकारले अर्को संविधान सभाको निर्वाचन गराउने घोषणा गर्यो। संविधान सभा स्वतः विघटन भयो। निर्वाचन घोषणा वैधानिक/अवैधानिक के भन्ने न्यायालयले निर्क्यौल गर्ने विषय हो। तर, निर्वाचन घोषणाले सबैभन्दा बढी नोक्सानी मधेसलाई नै पुग्ने निश्चित छ। एक त वर्तमान राजनीतिक अस्थिरताले निर्वाचन हुने सम्भावना छैन भने कथम्कदाचित चुनाव भए पनि मधेसी अहिलेको जति पनि अधिकार सुरक्षित गर्न सक्दैनन्। मधेस आन्दोलनबाट प्राप्त सबै उपलब्धि ओझेलमा त पर्छ नै। विगत जस्तो अब उप्रान्त मधेसको हकमा दबाव पनि पर्दैन। मधेसी दलहरुको अकर्मण्यताले मधेसको अर्थपूर्ण प्रतिनिधित्व पनि भावी संविधान सभामा हँुदैन। मधेसको प्रमुख मुद्दा रहेको संघीयता सखाप त हुन्छ नै, गणतन्त्र पनि संकटमा पर्ने सम्भावना छ।
कांग्रेस-एमालेलगायत् २७ दलको विरोध सभामा भन्दा कमल थापाको र्यालीमा बढी जनसहभागिता देखिनु गम्भीर विषय बनेको छ। काँग्रेस-एमालेलगायत्का केही नेता र बुद्धिजीवीले २०४७ सालको संविधान व्यँुताउने तर्क गर्नुले गणतन्त्र संकटमा पर्न सक्ने सम्भावना अस्वाभाविक मान्न सकिँदैन। गणतन्त्रप्रति छिमेकी राष्ट्रहरुको मौनताले पनि आमजनता शंकित र निरास छन्। ज्ञानेन्द्रले आफनो शासनकालमा जिल्ला सभापति तथा उपसभापतिमा मनोनित गरेका राजावादी यतिखेर मधेसको मुद्दालाई एजेण्डा बनाउँदै मधेसको मसिहा बन्ने सपना देख्दैछन्। गणतन्त्रप्रेमी मधेसमा नै राजावादीको बाहुल्यता बढाउने प्रयासमा मात्र छैनन्, केही हदसम्म सफल पनि हुँदै गएका छन् उनीहरु। संविधान सभा विघटनपछि मधेसमा देखा परेको यस्तो राजनीतिक परिदृश्य मधेसका लागि हृदयघातसरह नै छ, जसलाई सत्तास्वार्थी मधेसवादी नेताहरु नदेखेझैं बेवास्ता गरिरहेका छन्। संकटप्रति मधेसी नेताहरुले चासो नदिनुको दुई कारण हुन सक्छ। पहिलो- उनीहरुले राजावादीहरुसँग गोप्य सहमति गरेका हुन सक्छन् र दोस्रो- उनीहरुका लागि सत्तास्वार्थ भन्दा अरु महत्वपूर्ण मुद्दा नै छैन।
संविधान सभाको विघटनपछि मधेसमा असन्तोषको आ"धीबेहोरी चल्नुपर्ने थियो। तर, मधेस अनपेक्षितरुपमा शान्त छ भने मधेसवादी दलहरु विघटनपछि पनि आपसमा फुट र विवादको शृङ्खलाको निरन्तरता दिएर अराजनीतिक चरित्र प्रदर्शन गरिरहेका छन्। यो मधेसी जनताप्रतिको विश्वासघात हो। दलहरूको व्यवहारले जनता निरास छन्। यसको सबैभन्दा बढी जोखिम दललाई नै छ। किनभने, जनतासित धोकाधडी गर्नेहरु आफंै समाप्त हँुदै जान्छन्। राजाहरु सदियांै धोकाधडी गर्दा पूर्णरुपले सखाप भए भने दलहरु अब हुँदैछन्। २०१५ सालको निर्वाचनमा काग्रेसले दुई तिहाई बहुमत पाएको थियो भने कम्युनिष्टले देशभर चार सिट मात्र जितेका थिए। तर, यतिखेर कम्युनिष्टले दुई तिहाई जितेका छन् भने कांग्रेस निकै सा"घुरिदै गएको छ।
जनतालाई दिएको धोकाका कारण यतिखेर सबै मधेसवादी दल विनाबन्दुकको हवलदारसरह भएका छन्। दल छ कार्यकर्ता छन् तर न मुद्दा छ न जनसमर्थन नै। मधेस आन्दोलनले अनुमोदन गरेको मधेसी जनाधिकार फोरमका नेतामध्ये जेपी गुप्ता भ्रष्टाचारको मुद्दामा जेलमा छन् भने उपेन्द्र यादवलाई कसैले खोजिरहेको छैन। विजय गच्छदारका समर्थक छाडेर भाग्दैछन्। सद्भावनाका नेताको पनि अवस्था उस्तै छ। म्ाधेसी जनताको प्रायः उपलब्धि गुमे पनि महत्वपूर्ण उपलब्धि गणतन्त्र यथावत् छ। सेनामा भर्ना पाउन नसक्ने मधेसीका सन्तान नेपाली सेनाको सर्वोच्च परमाधिपतिका रूपमा राष्ट्रपति बन्न पाउनु कम उपलब्धि होइन। तर, यस उपलब्धिलाई जोगाउन नेताहरु सजग छैनन्।
सविधान सभाको असफलताले गणतन्त्रको वैधतामा नै प्रश्न चिह्न लगाइँदैछ। नेताबीचको बढ्दो दूरी, दलबीचको आन्तरिक विभाजन, दलीय ध्रुवीकरण, नेताहरुको असफलता तथा संविधान सभाको विघटनले गणतन्त्र पनि चुनौतिपूर्ण बन्दैछ। यस अवस्थामा पनि कमसेकम मधेसवादी नेताहरु एकजुट भएर गणतन्त्रको संरक्षणमा नलाग्नु गणतन्त्रप्रतिको असंवेदनशीलता मात्र होइन, मधेसप्रतिकै बेइमानी हो। वास्तवमा यतिखेर गणतन्त्र संकटमा परेर निरंकुशता सलबलाउने खतरा बढदै गएकाले कमसेकम लोकतन्त्र र गणतन्त्रप्रेमी जिम्मेवार बन्न सक्नुपर्छ।