पेनाल्टी प्रहारको विज्ञान
१६ असार २०६९
•
१६ मिनेट पाठ
पेनाल्टी प्रहारको विज्ञान
फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेल हो। प्रत्येक चार वर्षमा हुने विश्वकप तथा युरोकप फुटबल विश्वका अर्बौं फुटबलप्रेमी दर्शकले हेर्ने गर्छन्। विश्वकप तथा युरोकपजस्ता प्रतियोगिता संसारभरकै सञ्चार माध्यमको प्रमुख आकर्षणको विषय बन्ने गर्छ।
हाल सञ्चालन भइरहेको युरो २०१२ फुटबल प्रतियोगिता पनि देशविदेशका सञ्चार माध्यमको ठूलो आकर्षण बनेको छ। भनिन्छ, विश्वकपभन्दा पनि युरोकपको उपाधि जित्न बढी कठिन छ। कारण युरोकप प्रतियोगितामा युरोपका उत्कृष्ट १६ राष्ट्रिय टिमले भाग लिएका हुन्छन् भने विश्वकपमा फुटबलको क्षेत्रमा कम विकसित देशका टिम पनि सहभागी हुने गर्छन्।

फुटबल खेलको सबैभन्दा रोचक, पूर्वानुमान गर्न नसकिने र सनसनीपूर्ण पक्ष हो पेनाल्टी प्रहार। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी प्रहारबाट गरिन्छ। जसमा प्रत्येक सहभागी टिमले पाँच गोल प्रहार गर्ने अवसर पाउँछ। कैयौँ पटक विश्वकपलगायत् कतिपय महत्वपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम निर्णय पेनाल्टी प्रहारबाट भएका छन्। जर्मनीको वायर्न म्युनिख र इङ्ल्यान्डको चेल्सी क्लबबीच सम्पन्न पछिल्लो च्याम्पियन्स लिगको फाइनल खेलको विजेताको निर्णय पनि पेनाल्टी प्रहारबाट भएको थियो। उक्त खेल चेल्सीले जितेको थियोे। पेनाल्टीको एक निर्णायक प्रहारले कुनै खेलाडीलाई आफ्नो राष्ट्रको ठूलो हिरो वा भिलेन बनाउन सक्छ। त्यसैगरी एउटा निर्णायक पेनाल्टी प्रहारले एकातिर जित्ने टिमको राष्ट्र र तिनका समर्थक खुसीले उफ्रिन्छन् भने अर्कातिर हार्ने टिमको राष्ट्र र तिनका समर्थक शोकमा डुब्छन्। त्यति ठूलो संख्यामा विश्वभरका दर्शकमा त्यति ठूलो सनसनी फैलाउन सफल अरू कुनै पनि खेलमा पेनाल्टी प्रहारजस्तो नाटकीय घटना छैन होला।
पेनाल्टी प्रहारका केही रोचक र रहस्यमय पक्ष छन्। पचास मिटरसम्मको दूरीबाट आफ्नासामु पर्खालका रूपमा उभिएका थुप्रै विपक्षी खेलाडीलाई छिचोल्दै गोल गर्न सक्ने त्यही खेलाडीले ११ मिटरको दूरीबाट गोलपोस्टमा एक्लै उभिएको गोलरक्षकविरुद्ध सधैँ गोल गर्न सक्तैन। पेनाल्टी प्रहारमा गोल गर्न असफल खेलाडीमा विश्वकै सर्वोत्कृष्ट खेलाडी पनि पर्छन्। यसैगरी विश्वकप तथा युरोकपजस्ता महत्वपूर्ण प्रतियोगितामा पेनाल्टी प्रहारमा कतिपय राष्ट्रका टिम सवार्धिक सफल हुने गरेका छन् भने केही राष्ट्रको टोली धेरैजसो असफल हुने गरेको पाइन्छ। उदाहरणका लागि पेनाल्टी प्रहारमा जर्मनी सबैभन्दा सफल राष्ट्र मानिन्छ। पेनाल्टी प्रहारमा जर्मनीको सफलता दर सबैभन्दा बढी करिब ८२ प्रतिशत पाइन्छ भने इङ्ल्यान्डको सफलता दर सबैभन्दा कम करिब १८ प्रतिशतमात्र छ। वास्तवमा जर्मनी र इङ्ल्यान्डको राष्ट्रिय फुटबल स्तरमा खासै ठूलो अन्तर छैन। फिफा वरियताक्रममा जर्मनी हाल तेस्रो स्थानमा छ भने इङ्ल्यान्ड छैटौँ स्थानमा। जर्मनी र इङ्ल्यान्डको फुटबल खेलको स्तरबीच यति कम अन्तर भए पनि आखिर पेनाल्टी प्रहारको सफलतामा यति ठूलो अन्तर किन?
पेनाल्टी प्रहार पूर्णरूपले खेलाडीको खेल क्षमतामा भरपर्ने विशुद्ध प्राविधिक विषय भएको भए पेनाल्टी प्रहारमा गोल रोक्न गोलरक्षकलाई असम्भवप्रायः हुने थियो। एउटा अध्ययनअनुसार सामान्यतया पेनाल्टी प्रहारपछि बललाई गोलपोस्टको जाली चुम्न बढीमा ४ सय मिलिसेकेन्ड लाग्छ (दसलाख मिलिसेकेन्ड बराबर एक सेकेन्ड हुन्छ) भने गोलरक्षकलाई गोलपोस्टको कुनै एक कुनामा पुग्न कम्तीमा ७ सय ३० मिलिसेकेन्ड लाग्छ। अर्थात् बल रोक्न गोलरक्षक गोलपोस्टको सही दिशापट्टि प्रहार गरिएको बलको गतिभन्दा झन्डै दोब्बर गतिले हामफाल्नुपर्ने हुन्छ, जुन सामान्यतः सम्भव छैन। तर यति हुँदाहुँदै पनि किन कैयौँ पेनाल्टी प्रहार गोलमा परिणत हुँदैनन् र कतिपय गोलरक्षक पेनाल्टी प्रहार रोक्न सफल हुन्छन्?
यी र यस्तै विभिन्न प्रकारका रहस्यमय पक्षका कारण पेनाल्टी प्रहार पछिल्लो समय वैज्ञानिकहरूको चासोको विषय बनेको छ र यसबारे केही रोचक निष्कर्ष निस्केको उनीहरूले बताएका छन्। विश्वकप, युरोकप, च्याम्पियन्स लिगजस्ता विश्वका प्रतिष्ठित फुटबल प्रतियोगितामा सन् १९८२ देखि २०१० सम्म सम्पन्न खेलमा भएका सबै पेनाल्टी प्रहारको गहन अध्ययन गरेर खेल वैज्ञानिकहरू यस्तो निष्कर्षमा पुगेका हुन्।
पेनाल्टी प्रहारमा गोलरक्षकभन्दा बढी पेनाल्टी प्रहार गर्ने खेलाडी बढी मानसिक दबाबमा हुन्छ। गोलरक्षकले गोल रोक्न नसके त्यसलाई सामान्यरूपमा लिइन्छ, तर गोल रोक्न सके त्यसलाई ठूलो सफलताका रूपमा लिइन्छ। उता, पेनाल्टी प्रहार गर्ने खेलाडी गोल गर्न सफल भए त्यसलाई स्वाभाविक मानिन्छ भने गोल गर्न नसके त्यसलाई ठूलो असफलता मानिन्छ। तसर्थ पेनाल्टी प्रहारको क्षणमा प्रहार गर्ने खेलाडी र गोलरक्षकको मानसिक अवस्थामा ठूलो अन्तर हुन्छ। त्यसैले वैज्ञानिकका अनुसार पेनाल्टी प्रहारमा खेलाडीको खेल क्षमताले भन्दा पनि मानव मस्तिष्कको जीव विज्ञानले बढी महŒवपूर्ण भूमिका खेल्छ।
वैज्ञानिकका अनुसार सामान्य अवस्थामा गोलरक्षक पेनाल्टी प्रहार रोक्न गोलपोस्टको दायाँ वा बायाँपट्टि फालहाल्ने (डाइभ गर्ने) सम्भावना बराबर हुन्छ। तर आफ्नो टिम पछाडि परेको अवस्थामा गोलरक्षकहरू प्रायः धेरैजसो दायाँपट्टि डाइभ गर्ने गर्छन्। मानव मस्तिष्क सामान्यतया दायाँतिरबाट निर्दिष्ट हुने गरेको हुन्छ। त्यसैले दबाबमा सफलता प्राप्त गर्न दायाँ वा बायाँतर्फ लाग्ने विकल्प हुँदा मानव मस्तिष्कले अनायास प्रायः दायाँ विकल्प रोज्न पुग्छ। यस्तै व्यवहार अन्य प्राणीमा पनि पाइएको वैज्ञानिक बताउँछन्।
त्यसैगरी पेनाल्टी प्रहारको समयमा गोल प्रहार गर्ने खेलाडीको तनावको अवस्थाले पनि निर्णायक भूमिका खेल्ने गर्छ। कोही खेलाडी रेफ्रीले ह्विसल बजाएर पेनाल्टी प्रहार गर्न अनुमति दिनासाथ हतारमा गोल प्रहार गर्छन्। यसलाई वैज्ञानिक ‘हाय्सटनिङ' (हतारिनु) भन्छन्। यसले खेलाडी उच्च तनावमा रहेको संकेत गर्छ र यस्तो अवस्थामा खेलाडी गोल पार्न प्रायः असफल हुने गर्छन्। कोही खेलाडी रेफ्रीले ह्विसल बजाइसके पनि गोल प्रहार गर्न केही बढी समय लिन्छन्। यसले त्यस्ता खेलाडी कम तनावमा भएको संकेत गर्छ र तिनीहरू गोल गर्न प्रायः सफल हुन्छन्।
पेनाल्टी प्रहार गर्नुअघि सेतो चिह्न लगाएको पेनाल्टी स्थानमा ठीक तरिकाले बल राखेपछि कतिपय खेलाडी गोलपोस्टअगाडि पारेर केही पाइला पछि सर्छन् भने कतिपय खेलाडी गोलपोस्टलाई पछाडि पारेर फर्कन्छन् र गोल प्रहार गर्न तयार हुन्छन्। मनोवैज्ञानिकका अनुसार जुन खेलाडी पेनाल्टी प्रहार गर्नुअघि गोलपोस्टको अगाडिबाट केही पाइला पछाडि फर्किन्छन्, त्यस्ता खेलाडीमा गोल गर्ने आत्मविश्वास बढी हुन्छ र ती गोल गर्न बढी सफल हुन्छन्। पेनाल्टी स्थानमा बल राखेपछि प्रहार गर्नुअघि गोलपोस्टलाई हेर्न नचाहेर त्यसलाई पछाडि पारेर केही पाइला फर्केर पेनाल्टी प्रहार गर्ने खेलाडीमा आत्मविश्वास कम भएको मानिन्छ र ती खेलाडी गोल गर्न प्रायः असफल रहन्छन्। पेनाल्टी स्थानमा बल राखेपछि गोलपोस्टतिर नहेरी फर्कने खेलाडीको प्रवृत्तिलाई वैज्ञानिकहरू ‘हाइडिङ' (लुक्नु) भन्छन्।
‘हायसटनिङ' र ‘हाइडिङ' प्रवृत्ति प्रबल हुने खेलाडी प्रायः पेनाल्टी प्रहारमा गोल गर्न असफल हुन्छन्। एक अध्ययनअनुसार ‘हायसटनिङ' र ‘हाइडिङ'को प्रवृत्ति विशेषगरी इङ्ल्यान्डको राष्ट्रिय टिममा उच्च रहेको पाइन्छ। यसैगरी पेनाल्टी प्रहारमा इङ्ल्यान्डका खेलाडीको प्रहार रोक्न विपक्षी टिमका गोलरक्षकहरू गोलपोस्टको ठीक ठाउँपट्टि डाइभ गरेको र गोल रोक्न सफल भएको पाइन्छ। यसबाट इङ्ल्यान्डका खेलाडीले गोल कतापट्टि प्रहार गर्ने हो भन्ने संकेत अनजानमै विपक्षी टिमको गोलरक्षकलाई दिने गरेको बताइन्छ। यिनै विभिन्न कारणले इङ्ल्यान्डको राष्ट्रिय फुटबल टिम पेनाल्टी प्रहारमा प्रायः कम सफल भएको पाइन्छ। केही दिनअघि सम्पन्न युरो २०१२ को क्वार्टरफाइनलमा पनि इङ्ल्यान्ड पेनाल्टी प्रहारमा इटालीबाट पराजित भएको थियो। केहीगरी गोलरक्षकले पेनाल्टी प्रहार हुनुअघि प्रहारकर्ताको ध्यान तानेर आफूलाई हेर्न लगाउन सफल भए त्यसले गोलरक्षकलाई गोल रोक्न मद्दत पुग्नसक्ने वैज्ञानिकहरूको धारणा छ। पेनाल्टी प्रहारकर्ताले गोल प्रहार गर्नुअघि गोलरक्षकलाई हेरेको अवस्थामा गोलरक्षकको विम्ब केही समयसम्म पेनाल्टी प्रहारकर्ताको मस्तिष्कमा बसेको हुन्छ। फलस्वरूप, पेनाल्टी प्रहारकर्ताको मस्तिष्कले उसलाई प्रायः त्यही स्थानमा बल प्रहार गर्न निर्देशित गर्छ, जहाँ गोलरक्षक उभिएको हुन्छ। यस्तो अवस्थामा पेनाल्टी प्रहारकर्ताले प्रायः गोलपोस्टबीच भागमा बल प्रहार गर्ने गर्छ र गोलरक्षकलाई गोल रोक्न सजिलो पर्छ।
पेनाल्टी प्रहारमा प्रायः पहिलोपल्ट गोल प्रहार गर्ने टिमले खेल जितेको पाइन्छ। एक अध्ययनअनुसार पहिला पेनाल्टी प्रहार गर्ने टिम ७६.९ प्रतिशत गोल गर्न सफल भएको देखिएको छ भने दोस्रोपटक प्रहार गर्ने टिमले ६८.४ प्रतिशत सफलता हासिल गरेको पाइन्छ। यसैगरी पेनाल्टी प्रहारको पहिलो गोलको सफलता र असफलताले पनि पेनाल्टीको नतिजालाई प्रभाव पारेको पाइन्छ। पहिलोपल्ट प्रहार गरी पहिलो गोल गर्न सफल टिमले पेनाल्टी प्रहार जित्ने सम्भावना ८२.२ प्रतिशत पाइन्छ।
गोलरक्षकले पेनाल्टी प्रहारमा रोक्न सफल गोलमध्ये ७१.४ प्रतिशत बल ‘लो' (नीचो) बल हुने गरेका छन्। तसर्थ ‘हाइ' (उच्च) बल प्रहार गर्ने प्रहारकर्ता पेनाल्टी प्रहारमा गोल गर्न बढी सफल भएको पाइन्छ। लिभरपुलको जोन मुर्स विश्वविद्यालयका गणितिज्ञहरूका अनुसार सबैभन्दा सफल र उत्कृष्ट पेनाल्टी प्रहारका लागि प्रहारकर्ताले बललाई ९० देखि १ सय ४ किलोमिटर प्रतिघन्टाको गतिमा बललाई गोलपोस्टको माथिल्लो कुनामा प्रहार गर्नुपर्छ। त्यसभन्दा बढी गतिमा प्रहार गर्दा बल गोलपोस्टबाट बाहिरिने सम्भावना हुन्छ भने कम गतिमा प्रहार गर्दा गोलरक्षकलाई बल रोक्न सजिलो हुन्छ।
वास्तवमा जतिसुकै अनुसन्धान र विश्लेशण गरे पनि पेनाल्टी प्रहारको नतिजाको शतप्रतिशत सही भविष्यवाणी गर्न असम्भव प्रायः छ। नतिजाको अनिश्चितता नै फुटबल खेलको सबैभन्दा सुन्दर र रोचक पक्ष हो। त्यसैले फुटबल खेलको यस पक्षलाई निरन्तरता दिनु नै खेलप्रेमीका लागि श्रेयस्कर हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस