किन जन्मियो अर्को माओवादी?
११ असार २०६९
•
१४ मिनेट पाठ
किन जन्मियो अर्को माओवादी?
'वैद्य पक्षलाई संस्थापनले कारबाही गर्न पनि नसक्ने र वैद्यहरु पनि अलग हुनै नसक्ने' एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको वाणीलाई गलत सावित गर्दै गत साता अर्को माओवादी जन्मियो। यो जन्मिनुको कारण खोज्ने हो भने 'आफूहरुले वैद्य पक्षलाई कारबाही गर्न नसक्ने' दाहालको भनाई नै काफी छ। नयाँ माओवादी बनाउनुअघि वैद्य समूहले पार्टीभित्र पार्टी, संगठनभित्र संगठन, संघर्षभित्र संघर्षको नीति ल्यायो। अन्ततः त्यही नीतिले नेकपा-माओवादी नामको नयाँ पार्टी जन्मायो।

दाहाललाई नेतृत्व दिनेदेखि नेतृत्व स्थापित गर्नेसम्म ठूलै भूमिका खेलेका वैद्यलाई बौद्धस्थित शेर्पा गुम्बा हलबाट अर्को माओवादी घोषणा गर्नु अघिल्लो दिन दाहालले फोनमार्फत् गरेको आग्रहलाई सम्मान गर्दै उनले आफूहरुले बुझाएको ६ बुँदेलाई सम्बोधन गर्न सुझाए। तर दाहालबाट दीर्घ सहकार्यका निम्ति कुनै पहल नभएको भन्दै शेर्पा हलमा उपस्थित करिब २५ सय नेता/कार्यकर्ताको म्यान्डेट प्राप्त गर्दै नयाँ पार्टी घोषणा गरियो।
करिव ३ दशकको सहकार्य टुटाएर दाहाल-वैद्य यतिखेर किन अलग भए त? दाहाल-वैद्य सहकार्यको शृंखला अध्ययन गर्ने जोकोहीलाई पनि यी दुई जना अलग हुनु कल्पनाभन्दा बाहिरको कुरा लाग्थ्यो। दाहाल-वैद्यलाई नजिकबाट जान्नेहरुका अनुसार नेतृत्व हस्तान्तरणदेखि नेतृत्व स्थापित गर्नेसम्म वैद्यको त्याग र इमानदारितालाई दाहालले सोझोपन र कमजोरीका रुपमा लिँदा यो स्थिति पैदा भएको हो। सँगसँगै वैद्य र दाहालबीच जे कुरामा समानता थियो, फुन्टिवाङ बैठकपछि वैद्यको गिरफ्तारी, चुनवाङ बैठकको निर्णय र शान्ति प्रक्रियामा आएपछिका दाहालका कदम र कार्यशैलीले यी दुवैबीच ठूलो असमानता पैदा गरिदियो।
मुख्यतः दाहालले क्रान्तिकारी कार्यदिशा त्यागेको र संसदवादमा फसेको शंका गर्दै वैद्यले खरिपाटी भेलाबाट फरक मत दर्ज गरे। त्यसैको उत्कर्ष थियो- बौद्धको भेलाबाट अर्को माओवादीको जन्म। नयाँ पार्टी घोषणाको औचित्य पुष्टि गर्ने प्रयास गर्दै वैद्यले भनेका छन्- 'जनयुद्धले स्थापित गरेका मूल्य मान्यता, उपलब्धि र वर्गीय पक्षधरतालाई दाहालले त्यागेपछि त्यसको रक्षा र विकास गर्ने जिम्मा हाम्रो काँधमा आएको छ।' नयाँ पार्टी गठनलाई नेपाली कम्युनिस्ट आन्दोलनकै नयाँ अध्यायको संज्ञा दिएका वैद्यले ३ दशकको सहकार्यलाई अन्त्य गर्दै दाहाललाई नवसंशोधनवादीको बिल्ला भिराइदिए।
जीवनभर क्रान्तिका पक्षमा दृढतापूर्वक लाग्नु अर्थात् आफूलाई निरन्तर क्रान्तिका पक्षमा उभ्याउनु नै असली क्रान्तिकारिताको ब्याख्या गर्ने दाहालले आफ्नो राजनीतिक जीवनमा क्रान्ति र क्रान्तिकारितालाई साधन मात्र बनाएको वैद्यहरुको आरोपलाई उनले चित्तबुझ्दो जवाफ दिन नसक्नु पनि माओवादी विभाजनको अर्को कारण हो। नीति र नेतृत्वका विषयमा सबैभन्दा बढी वकालत गर्ने तर अर्काको नीतिमा आफ्नोपन भरेर नेतृत्वमा जमिरहने दाहालको कार्यशैलीप्रति वैद्यमात्र हैन, स्वयं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई पनि सन्तुष्ट छैनन्। वैद्यहरुले अर्को पार्टी बनाइसकेकाले नीति र नेतृत्वको स्थापित मान्यतालाई कार्यान्वयन गर्न सम्भवतः अब भट्टराई अग्रसर हुनेछन्। लोकतान्त्रिक गणतन्त्रको नीति भट्टराईकै भएकाले उनको नेतृत्व दाबी गर्ने समय नजिकिँदैछ। त्यतिबेला दाहालका निम्ति नचाहेर पनि नेतृत्व हस्तान्तरण बाध्यकारी हुनेछ।
चुनवाङ बैठकमा निरंकुश राजतन्त्रविरुद्ध लोकतान्त्रिक गणतन्त्रको कार्यनीति बनाए पनि लोकतान्त्रिक गणतन्त्रलाई संसदवादमा फर्काउने संसदवादी दलहरुको प्रयत्न रोक्दै नयाँ जनवादतिर लैजाने आफ्नै नीतिविरुद्ध दाहालले त्यो निर्णयलाई संसदवादमै फर्काउँदा माओवादी अन्तरविरोध चरमोत्कर्षमा पुगेको स्पष्टै छ। लोकतान्त्रिक गणतन्त्रलाई जनवादतिर लैजाने पूर्व प्रतिबद्धताअनुरुप नेकपा-माओवादीका अध्यक्षसमेत रहेका वैद्यले अहिलेको गणतन्त्रको औचित्य सकिएको भन्दै पार्टीको आगामी रणनीति 'जनताको संघीय गणतन्त्र' स्थापना हुने उद्घोष गरिसकेका छन्।
पालुङटार भेलाको निर्णयलाई उल्ट्याएर ल्याइएको दाहाल-भट्टराईको 'शान्ति र संविधान'को कार्यनीति फेल भइसकेकाले उनीहरु आगामी रणनीति र कार्यनीतिविहीन हुँदै चक्रब्युहमा फसेको दावी गर्दै वैद्यले बल प्रयोगको सिद्धान्तलाई अनिवार्य भन्दै आफूहरुको आगामी रणनीति र कार्यनीतिचाहिँ स्पष्ट रहेको बताएका छन्। चुनौतीपूर्ण गन्तव्यका बाबजुद नयाँ जनवादी व्यवस्था स्थापनाको रणनीति जसरी पनि हासिल गरिछाड्ने वैद्यको दृढतालाई दाहालले 'जडसूत्रवाद' भने पनि आउँदो मंसिर ७ गते अर्को संविधान सभाको निर्वाचन गर्ने घोषणा गर्दै त्यो नै अन्तिम निकास बताएका दाहाल समय घर्किदै जाँदा चुनावको आफ्नो कार्यनीतिप्रतिस्वयं शंकित बन्दै गएका छन्।
वैद्यहरुको बुझाईमा दाहालको असफलताको शुरुवात् त्यतिबेलादेखि भएको हो, जतिबेला दाहालकै प्रत्यक्ष नेतृत्वमा भएको खारा आक्रमणमा सबैभन्दा ठूलो असफलता हात लाग्यो। त्यहाँबाट सुरु भएको असफलताको शृंखला संविधान सभाको दुःखद् एवं उपलब्धिहीन अन्त्यसँगै वैद्य-दाहाल सहकार्य पनि अन्त्य भयो। यस कारण पनि एमाओवादी छाडेर नेकपा-माओवादी जन्मिनु अवश्यम्भावी थियो, अन्ततः त्यो भइछाड्यो। त्यसले आफ्नो राजनीतिक कार्यदिशा र सैद्धान्तिक प्रस्तावनालाई त ठोस गर्‍यो तर त्यसलाई जनअपेक्षाअनुरुप प्रतिविम्बित गर्ने र रणनीति हासिल गर्ने चुनौती नेकपा-माओवादीसामु तेर्सिएको छ। सँगसँगै महत्वांकाक्षी नारा दिएर परिवर्तनको आकांक्षा पूरा गर्ने यसअघिको प्रतिबद्धता दाहालले भुत्ते बनाइसकेकाले 'माओवादीले देश र जनताका निम्ति भन्छ तर अन्ततः सम्झौता गर्छ' भन्ने शंका चिर्न नेकपा-माओवादीले चर्कै मेहनत गर्नुपर्नेछ ।
दाहाल-वैद्यको सहकार्य टुट्नुमा संसदवाद असफल भइसकेको दावी गर्ने दाहाल स्वयंले संसदीय राजनीति रोज्नु पनि अर्को मुख्य कारण हो। संविधान सभामा पहिचानसहितको संघीयताका पक्षमा दुई तिहाई बहुमत हुँदाहुँदै विवादित विषयलाई संविधान सभामा नलिई रिसोर्ट र गोप्य बैठकबाट प्रचण्ड स्वयंले टुंग्याउन खोज्दा वैद्य रुष्ट भएका हुन्। जातीय, क्षेत्रीय, संस्कृति र भौगोलिक पहिचानका आधारमा संघीयता हुनुपर्ने मान्यतालाई संस्थागत गर्न व्यवहारतः सम्भव हुँदाहुँदै पनि त्यतातिर नलागेर संविधान सभालाई नै विघटन गर्नेतिर उद्धृत हुँदा त्यो कदम पार्टी नीतिविरोधी भएको ठहर वैद्य पक्षले गर्‍यो। एकातिर पार्टीमा बहुपदीय प्रणाली अवलम्बन गर्ने अर्कोतिर अन्य दलसँग छलफल, वार्ता र सम्झौता गर्दा वैद्य पक्षलाई पूर्णतः निषेध गर्ने दाहालको कार्यशैलीले वैद्यहरु एमाओवादीविरुद्ध विद्रोह गर्न विवश भए।
यद्यपि एउटै पार्टीमा रहँदा खरिपार्टी/पालुङटार विस्तारित बैठकले गरेका निर्णय र अवधारणामा प्रतिबद्ध रहेर रुपान्तरण भई नयाँ आधारमा सहकार्य गर्न तयार भए पुनः सँगसँगै जान सकिने भन्ने वैद्यको अभिव्यक्तिले नयाँ माओवादी पार्टी गठन बाध्यताको उपज भएको सहजै बुझ्न सकिन्छ। नयाँ माओवादी पार्टी गठनको तेस्रो दिन आएको दाहालको प्रतिक्रियाबाट के स्पष्ट हुन्छ भने वैद्यहरुको साथ र सहकार्यबिना दाहालको राजनीतिक भविष्य छैन। किनकि शान्ति प्रक्रियापश्चात् एकता गरेको तत्कालीन एकता केन्द्र मसालका नेताहरुले नेकपा-माओवादी गठनपश्चात् खाली भएको महासचिव, सचिव, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा आफ्नो पक्षका नेता राख्न दाहाललाई हदैसम्म दबाव दिइरहेका छन् भने अर्कोतिर आफ्नो कार्यनीतिमा आएकाले नेतृत्व पनि आफ्नै समूहले गर्न पाउनुपर्ने भट्टराई समूहको दबाव बढेकै छ। वैद्यहरु अलग भए पनि एकातिर दाहाल, भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहको राजनीतिक खिचातानीले एमाओवादीको भविष्य पनि कहिलेसम्मका लागि हो भन्ने अन्यौल बढेको छ भने अर्कोतिर दाहालको नेतृत्वमाथि गम्भीर प्रश्न खडा भएका छन्।
यसर्थ वैद्य पक्ष नयाँ पार्टी गठन गर्ने स्थितिमा किन पुगे? शान्ति प्रक्रियामा आएपछि गरिएका सम्झौता र कदमप्रति फर्केर एकपल्ट दाहालले आफंै समीक्षा गर्नुपर्छ। दाहालले ७ बुँदे प्रस्तावमार्फत् गल्ती भएको स्वीकार गरी नेतृत्व परित्यागसँगै नयाँ आधारमा एकताको प्रस्ताव गरेको भए सायद नेकपा-माओवादी नजन्मिन पनि सक्थ्यो। यद्यपि गाडी अगाडि हुइँकिसकेको छ। गाडी छुटेपछि स्टेसनमा बसेर बिलौना पोख्ने, यात्रुलाई गाली गर्ने या अर्को बाटो रोज्नुको सट्टा दाहालले नेकपा-माओवादी नामको हुइँकिएको गाडी भेट्टाउन दौडिनुको विकल्प छैन। नत्र दाहालहरु पछाडि परिरहने छन्, इतिहासको रथ अघि बढिसक्नेछ। समयको गतिलाई पक्रन नसक्नेहरु पराजितबाहेक केही प्राप्त गर्न सक्दैनन् भन्ने इतिहास हामी सबैका सामु प्रष्टै छ।
लेखक अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदूर संघका संयोजक हुन्।
अर्को समाचार

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस