राजनीतिको खेल खतरनाक हुन्छ। सत्ताको पातलो गल्लीमा धेरै खेलहरु अत्यन्त खतरनाक हिसाबले खेलिन्छन्। कति मानिसहरु खेलको रापलाई सहन नसकेर आफैं मर्छन् भने कति मानिस राजनीतिको बेगमा परेर मारिएका हुन्छन्। यस्ता खेल शताब्दीयौंदेखि खेलिँदै आएका छन्। देशको शक्तिपुञ्जमाथि जनताको अधिकारको कुरा शताब्दीयौंदेखि सुनिएको छ। तर, देशबाट कमारो प्रथाको अन्त्य हुन सकेको छैन। चन्द्रशमशेर राणादेखि शेरबहादुर देउवा हुँदै बाबुराम भट्टराईसम्म सबैले सरकार प्रमुखका रुपमा कमैया मुक्तिको प्रयत्न गरेका छन्, र पनि ती प्रयत्नहरुको कुनै सारभूत सत्य स्थापित हुन सकेको छैन। देशमाथि जनताको वास्तविक स्वामित्व स्थापित नभएसम्म यस्ता खेल रोकिने कुनै सम्भावना नै रह"दैन।
नेपाली राजनीतिको मूलमा लोकतान्त्रिक समाजवादका आदर्शहरु अन्तर्निहित भए पनि बदलिँदो समयसँगै ती आदर्शहरुको धज्जी उडिसकेको छ। मानिसको स्वतन्त्र विचार प्रक्रियालाई जति चुनौती लोकतन्त्रको कसम खाने राजनीतिक दलहरुले दिएका छन्, त्यति अरु कसैले दिएका छैनन्। सेतोलाई सेतो भन्न नपाइने, कालो रंगको किटान गर्न नपाइने, रातो रंगलाई सा"ढे जुधाउने कसरतमा लगाउनैपर्ने अनौठो चलन चलिसकेको छ, हामीकहा"। मान्छेको जातलाई जबर्जस्ती फेरेर सत्यको सातो लिने यो चलनले राजनीतिलाई मानवीय शासन व्यवस्थाको स्रोत होइन, नेताहरुको अधिनायकवादी आकांक्षामा सीमित गरिदिएको छ।
अब्बल दर्जाका विभिन्न विश्वविद्यालयमा लेखपढ गरेकादेखि घरमै अध्ययन गरेर हुर्किएकासम्म सबै नेतामा अधिनायकवादी चरित्र हाबी भएको छ। सत्ताको पातलो गल्ली आफन्तहरुको रगतले रक्तरञ्जित छ भने यसको मूल कारण यही नै हो। सत्ताको यो निर्मम खेलमा कोही कसैको आफन्त रहँदैन। नेपाली राजनीतिको अहिलेको स्वरुपलाई हेर्दा यस्तो लाग्छ, आगामी दिनमा राजनीतिबाट मानवीय संवेदना विस्थापित हुनेछ।
दोस्रो जनआन्दोलनमार्फत जनतामा राज्य शक्तिको अवतरण भएको सत्य हो। तर, राजनीतिज्ञहरुले त्यो सत्यलाई स्थापित गर्न सकेनन्। अन्ततः त्यो सत्य महाभ्रममा रुपान्तरित हुन पुग्यो- एउटा यस्तो भ्रम, जो बाहिरबाट हेर्दा कतै देखिँदैन। नेताहरु लोकतान्त्रिक चरित्रको कुरा गर्छन्। न्यायपूर्ण समाज स्थापनाको नारा लगाउ"छन्। प्रतिनिधित्वपूर्ण व्यवस्थाको वकालत गर्छन् र लोकतन्त्रको अर्थी उठाउन आतुर देखिन्छन्। जनता नेताहरु नालायक सावित भएको कुरा काट्छन्। तर, समाजले वैकल्पिक नेतृत्व दिने हैसियत गुमाइसकेको सत्यको सामना गर्न चाह"दैनन्। चुनाव हारेका नेताहरु प्रधानमन्त्री बन्छन्। चुनाव जितेका नेताहरु प्रधानमन्त्री बन्दा पनि गुट र समूहको कब्जाबाट बाहिर निस्किन सक्दैनन्। संक्रमणकालमा यस्तै हो भनेर चित्त बुझाउने बानी परिसकेको छ, जनतालाई। देशको ठूलो युवा जमात सामाजिक सञ्जालका भित्तामा अराजनीतिक नारा लेखेर आफनो राजनीतिक कुण्ठा उतार्छ। भ्रमहरुलाई ठाडो चिरेर सत्यलाई स्थापित गर्ने चेष्टा कहिल्यै गर्दैन।
माओवादी पार्टी फुट्यो। सत्ताको मोह र त्यसको अप्राप्तिको कुण्ठाले थिचिएका नेताहरुले आफ्नो स्वार्थ अनुकूल हुनेगरी राजनीतिक पार्टीहरु पटक-पटक फुटाउने र जुटाउने गर्नु कुनै आश्चर्य होइन। यो अवस्थामा यसै नेपाली धर्तीमा जन्मी-हुर्की गरेको माओवादी पार्टीमा विभाजन आउनु अस्वाभाविक थिएन। तैपनि, राजनीतिक पार्टीहरुमध्ये सबैभन्दा बलियो मानिएको पार्टी फुट्दा सामान्य मानिसहरु देश थप विग्रहमा पर्ने चिन्ताले कहालिए। फुटेर जानेहरुले हिंसाप्रतिको मोह प्रकट गरेर जनताको कमलो मनमा भयको सञ्चार गरेका थिए।
परिवर्तन अपूर्ण रहेकाले हिंसाको माध्यमबाट त्यसलाई फेरि पूर्णता दिनुपर्ने उनीहरुको तर्कमा कुनै दम थिएन। फेरि हिंसात्मक घटना दोहोरिँदैन भनेर राजनीतिक दलहरु कसैले पनि जनतालाई आश्वस्त पार्न सकेका थिएनन्। अहिले पनि अवस्थामा कुनै परिवर्तन आएको छैन। माओवादी पार्टीको विभाजनमा कांग्रेसले प्रतिक्रिया व्यक्त गर्ने, कांग्रेसको विभाजनमा एमालेले प्रतिक्रिया दिने र यी दुवै प्रतिक्रियामाथि माओवादीले पनि प्रतिक्रिया नै व्यक्त गर्ने। पूरै देशको राजनीति मात्र प्रतिक्रियाको भरमा चली रहेको राज्यमा कमजोर शासन, संविधानको अनिश्चित भविष्य र प्रतिशोधको झेली खेल अस्वाभाविक होइन। प्रतिक्रियाका यी तत्वहरु मिलेर समाजलाई अविश्वासको धमिलो पानीमा डुबाउनेबाहेक अरु कुनै राम्रो काम नभएको स्थितिमा देश र समाजमा अराजक व्यवहार बढेर जानु उसै पनि स्वाभाविक हो।
यतिबेला जनता सबभन्दा दुर्बल बनेको छ। उसका विचारहरुको कदर गर्ने, उसलाई केन्द्रमा राखेर छलफल गर्ने र उसका समस्याको सम्बोधन गर्ने कुनै प्रयत्न गरिएको छैन। जनताले आफ्नो संविधान आफैं लेख्न पाउने अधिकार स्थापित गर्न चाहन्छ। दलहरु भने संविधानका नाममा जनताको अस्मितासँगै सम्झौता गर्ने खालको दस्तावेज ल्याउन चाहन्छन्। यसका विरुद्ध जनता जुर्मुराउन थालेको छ।
संविधानसभापछि घोषणा भएको चुनाव विधिवत् र निष्पक्षतापूर्वक सम्पन्न हुने हो भने धेरै स्थापित भ्रमहरुको अन्त्य हुनेछ। नेताहरुले यो यथार्थको पूर्वानुमान गर्न सकेका छैनन्। चार वर्षसम्म जनताले संविधानको नाममा जुन आशाको दियो जलाइराखेका थिए, त्यो निभेपछिको अवस्था विकराल बन्दै गएको छ। आफ्नो पैतालामुनिको धर्ती चर्किदै गएको आभास मानिसले त्यतिबेलासम्म गर्न सक्दैन, जबसम्म त्यो चर्किएको धर्तीमा उसको पाउ गाडिँदैन।
राजनीतिको अहिलेको स्वभाव अपत्यारिलो देखिएको छ। राजनीतिको सञ्चालनमा दलहरुको अनिवार्यता मात्र जनताले बुझेका होइनन्, उनीहरु अहिलेका राजनीतिज्ञहरुको विकल्पका बारेमा पनि निर्णय गर्न सक्षम छन्। दलहरुको परिचालन मात्रैले जनता गतिशील हुने होइन। देशको पहिचानसँगै आफ्नो पहिचानको स्थापना उनीहरुको अपेक्षा बनिसकेको छ। परिस्थिति जटिल छ। अल्पमतहरुको बहुमतलाई पहिचान नदिने हो भने देश स्थायी रुपले हिंसात्मक विवादमा पर्न सक्छ। दुई वर्षभित्रै संविधान निर्माण गर्ने हौवा फिँजाउने नेताहरुले चार वर्षमा पनि संविधान बनाउन नसकेको पीडा प्रत्येक नेपालीले भोगिरहेको छ। शासन सञ्चालनको 'ट्रेडमार्क' पाएका राजनीतिक पार्टीहरुले जनतालाई जसरी किनारमा राखेर काम गर्ने शैली बसाएका छन्, त्यसको परिणाम अनिष्टकारी नै हुन्छ।
जातीयताको कुरा चर्किदै गएकाले संविधान नबनेको हो भन्नेमा कुनै पनि नेपालीमा कुनै प्रकारको द्विविधा छैन। देशका केही जातिलाई मात्र पहिचान दिएर अरुलाई नदिँदा देश भयंकर दुष्चक्रमा फ"स्छ भन्नेमा सबै विश्वस्त छन्। दलका नेताहरुले जनतालाई मुसो खेलाएझैं खेलाइरहेका छन् भन्ने यथार्थ सबैले बुझेका छन्। शक्तिको दुरुपयोग र अपचलनका कारण हामी नेपाली जाति धेरै पछि परिसकेका छौं। यतिबेला संरचनात्मक परिवर्तनको नारा लगाउने माओवादीहरु आफैं पराजयको मानसिकता बोकेर बा"चेका छन्। कांग्रेस र एमालेबाट कति कुरामा उनीहरु भिन्न छन्? कसैले पनि जवाफ दिन सक्ने अवस्था अहिले छैन। माओवादी आफंै सरकारको नेतृत्वमा छ। तैपनि उसमा संगति छैन। उसको राजनीतिमा लयबद्धता पनि छैन। कांग्रेस र एमालेका सरकारहरुको अवस्था पनि यस्तै थियो। संगति र लयबद्धताको अभावमा सरकारहरु जनतासँग जोडिन सकेका छैनन्। आजको समस्या यही हो र चुनौती पनि यसमै छ।