'हामी मसानघाटका अँगार हौं, जुन हल्लिँदा पनि मलामी तर्सन्छन्, दमन गरेमा सशस्त्र प्रतिरोध गर्ने क्षमता अहिले पनि छ'- बौद्धस्थित शेर्पा सेवा केन्द्रमा माओवादी सेनाका पूर्व लडाकू खड्गबहादुर श्रेष्ठले असार ४ गते राति साहित्यिक शैलीमा पंक्तिकारलाई नयाँ पार्टीबारे बताएका थिए।
विम्ब मिसाएर कुरा गर्ने यी 'क्रान्तिकारी' मा परिवर्तनका लागि लड्ने आँट अझै बाँकी छ। अरु राजनीतिक दलको मानसिकतामा बाँकी रहेको त्राश पनि राम्रो हेक्का छ। सशस्त्र संघर्षको बेलाकै तागत बाँकी नरहे पनि सात वर्षअघिको प्रदर्शनले अहिले पनि एकीकृत माओवादी, कांग्रेस, एमालेलगायत्का दल र आम नेपालीको ध्यान खिच्न सक्ने शक्ति कायमै छ। पार्टी फुटाउन तीन दिने भेलामा जम्मा भएका कार्यकर्तासँग कुरा गर्दा निराशा र द्विविधा झल्के पनि परिवर्तनका लागि लड्ने आकांक्षा भने देखिन्थ्यो। 'ग्रासरुट' बाट आएका उनीहरूमा मोहन वैद्यले नेतृत्व गर्ने 'नेकपा-माओवादी' ले परिवर्तनका एजेन्डा नछाड्ने विश्वास देखिन्थ्यो। र, उनीहरूको विश्वास नेतृत्वका लागि दबाब पनि हो।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री बाबुराम भट्टराईले संसद्वादका सामु आत्मसमर्पण गरेको आरोप लगाउँदै उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा 'नेकपा-माओवादी' नामको नयाँ पार्टी घोषणा गरेको छ। १२ वर्षअघि 'प्रचण्डपथ' लाई मार्गदर्शक सिद्धान्त मानेर अध्यक्षलाई 'प्राधिकार' दिने निर्णयदेखि गल्ती भएको निष्कर्ष उसले निकालेको छ। 'प्रचण्ड-बाबुराममा गम्भीर प्रकारको दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा भएको' निष्कर्ष निकाल्दै भएभरका कम्युनिष्ट शब्दावली प्रयोग गरी 'वर्र्गीय र राष्ट्रिय आत्मसमर्पणवादी' को विशेषण प्रयोग गरिएको छ। विस्तृत शान्ति सम्झौतादेखि संविधान सभासम्मलाई धोकाका रूपमा नयाँ पार्टीले बुझेको छ। र, नारायणकाजी श्रैष्ठ नेतृत्वको संयुक्त जनमोर्चासँग एकता हुनुभन्दा अघिको माओवादी पार्टीलाई निरन्तरता दिने कोसिस वैद्य समूहले गरेको देखिन्छ। युद्धकालको बहुमत नेतृत्व आफूसँग रहेको, लडाकु र दुःख पाएका मान्छेले आफूहरूलाई साथ दिने वैद्यको दाबीले पनि यसैलाई पुष्टि गर्छ। संविधान सभाको नयाँ चुनाव अस्वीकार गर्ने नयाँ माओवादीले 'सर्वपक्षीय गोलमेच सभा, संयुक्त अन्तरिम सरकार र त्यसैमार्फत् नयाँ निकास दिने' पार्टीको धारणा छ। ०५७ सालमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको कार्यनीतिसँग यो मिल्दोजुल्दो छ। त्यसबेला 'गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभा' को कार्यनीति पास गरिएको थियो। एजेन्डामात्र हैन, वैद्य पक्षले पार्टी केन्द्रीय कार्यालय पनि बुद्धनगरको पुरानो पार्टी कार्यालय भवनमा राख्ने तयारी गरेको छ।
विघटित संविधान सभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीमा आएको विभाजनले अर्को वामपन्थी दल एमाले कार्यकर्तामा खुशी र उत्साह थपिएको छ। दोस्रो ठूलो दल कांग्रेसभित्र त खुशी छाउने नै भयो। संविधान सभामा त्यसअघिको संसद्का दुवै ठूला दललाई बढार्न सफल भएको दलमा आएको विभाजनले दुवै दलका कार्यकर्तामा उत्साह थपिनु सोझोरुपमा स्वाभाविक हो। तर, १० वर्ष सशस्त्र संघर्ष गरेर पनि एकीकृत माओवादी पार्टीको आधिकारिक कार्यनीति 'शान्ति र संविधान' थियो। 'जनविद्रोहका माध्यमबाट सत्ता कब्जा गर्ने' कार्यनीतिको पक्षपाति वैद्य समूह त्यहाँबाट फुटेको छ। नयाँ 'कट्टरपन्थी कम्युनिष्ट पार्टी' निर्माण भएको छ। 'मित्रपंक्ति' (मित्र कोटीमा पर्ने अरु कम्युनिष्ट घटक) भन्दा बाहिरका शक्तिसँग खुल्ला राजनीतिक प्रतिस्पर्धा गर्ने दाहालद्वारा अघि सारिएको कार्यनीतिको पनि विरोध गरिएको छ। वैद्य नेतृत्वको माओवादी पार्टी कम्युनिष्ट अधिनायकत्वको पक्षमा खडा हुने भएको छ। यो सिंगै लोकतान्त्रिक दलहरूका लागि चुनौती पनि हो। त्यसैले एकीकृत माओवादीको विभाजन र नयाँ माओवादी पार्टीको जन्मबाट कम्तिमा पनि 'कम्युनिष्ट अधिनायकत्व' नस्वीकार्ने कांग्रेस, एमालेजस्ता दलहरू खुशी हैन, दुःखी हुनुपर्ने हो। यसको भेउ लोकतान्त्रिक दलहरूले पछिमात्र पाउने छन्। अहिले माओवादी अध्यक्ष दाहालको शेखी झारेकामा प्रशन्नै छन् तर यसले राजनीतिक प्रक्रियालाई थप जटिल बनाउने निश्चित छ।
एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूले नयाँ संविधान र दिगो शान्तिका लागि यसअघि भएका सहमति कायमै राखेर अघि बढ्न वार्ता सुरु गरेका छन्। राष्ट्रिय सहमतिको सरकार बनाउने, संविधान निर्माणबारे विगतमा भएका सहमतिलाई नै आधार मानेर अघि बढ्न चार शक्ति सहमत देखिएका छन्। तर, नयाँ परिवेशमा अब 'नेकपा-माओवादी' को पनि सहमतिबिना प्रक्रिया अघि बढाउन कठिन छ। माओवादी अध्यक्ष दाहाल र प्रधान मन्त्री भट्टराई जति सजिलै लोकतान्त्रिक उदार राजनीति अंगिकार गर्न तयार थिए, त्यसबेला वैद्य पक्षको असहमति पेलेर नै दाहाल-भट्टराई कतिपय विषयमा लचिलो बनेका थिए। त्यो बेला त कांग्रेस-एमाले सहमत हुन सक्दैनथे भने अब त वैद्य पक्ष छुट्टै पार्टीका रूपमा उपस्थित हुनेछ। एकै पार्टीका अध्यक्ष हुँदा त देव गुरूङलगायत्का नेताहरू दाहालको अभिव्यक्ति विपरीत उभिन आँट गर्थे भने वैद्य पक्षलाई अब त अडान राखेमात्र आफ्ना कार्यकर्ताले क्रान्तिकारी मान्ने अवस्था छ, त्यसैले वैद्य पक्षको उपस्थितिले जटिलता थप्नेछ। माओवादीको एक तिहाई हिस्सा नेतृत्व र युद्धकालीन लडाकु कार्यकर्ता लिएर बाहिरिएको नयाँ पार्टीलाई अस्वीकार गरेर अहिल्यै सहमति सम्भव हुँदैन।
नयाँ माओवादी पार्टीले अहिले नै छापामार युद्ध सम्भव देखेको छैन तर छापामार युद्धको तयारी गर्ने निर्णय भने गरेको छ। दाहालको नेतृत्वमा सम्भव नभएको काम युद्धका माध्यमबाटै टुंग्याउने महत्वाकांक्षा नेत्रविक्रम चन्दमा देखिन्छ, जो तत्कालै हतियार उठाउनुपर्ने मत राख्छन्। त्यत्रो जोखिम मोल्न स्थायी समितिका अरु नेता तयार देखिन्नन्। त्यसकारण पनि राष्ट्रिय भेलाले निकालेको निष्कर्ष अस्पष्ट देखिन्छ। ढिलो वा चाँडो, नयाँ माओवादी सिंगै वा योभित्रको एउटा धार फेरि छापामार युद्धमा जान तयार देखिएको छ। फेरि एकीकृत माओवादीमा फर्कने संभावना तत्कालै देखिँदैन। त्यसैले पुरानो पार्टीभन्दा फरक देखाउन र नयाँ पार्टीको अस्तित्व बचाउनका लागि पनि नयाँ माओवादी बहुदलीय राजनीतिमा आउने छैन।
संविधानका विवादास्पद मुद्दाहरूमा वैद्य पक्षले संविधानको नाम, प्रस्तावनादेखि कार्यपालिका, व्यस्थापिका, न्यायपालिका, संघीयता सबै विषयमा बेग्लै अडान राख्ने निश्चित छ। नयाँ नेपाल निर्माणको सपना संविधान सभामार्फत् पूरा हुन नसक्नुमा 'देशी तथा विदेशी प्रतिक्रियावादी' र 'पार्टीभित्रकै अवसरवादी' ले विश्वासघात गरेको आरोप वैद्य समूहले लगाएको छ। 'वर्गीय मुक्ति, पहिचानसहितको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व, विशेषाधिकार, अग्राधिकार आदि विषय समेटेर जनविद्रोहमार्फत् नेपाली जनक्रान्तिको तयारी दिशामा अघि बढ्ने निर्णय' वैद्य पक्षको राष्ट्रिय भेलाको निष्कर्ष छ। त्यसैले संसद्को २१ सदस्यीय समितिले न्यायाधीश नियुक्त गर्नेदेखि सिंगो शासन सञ्चालन गर्ने प्रणाली उसको अबको 'बटम लाइन' हो। पार्टीलाई क्रान्तिकारी देखाएमात्र आफ्नो पार्टी स्थापित हुने हुनाले यसमा जोड दिनेछ। देव गुरूङले यसअघि संविधान सभाका समितिमा पार्टीका तर्फबाट पेश भएका सबै धारणा अब 'नेकपा-माओवादी' को अडानका रूपमा अघि आउनेछन्। यसलाई सामना गर्न दाहाललाई खुच्चिङ भनेर मात्र एमाले-कांग्रेसको भूमिका पूरा हुँदैन। लोकतान्त्रिक शासन प्रणालीसहितको नयाँ संविधानका लागि र कम जोखिमबाट देशको संक्रमणकाल अन्त्य गर्न जरुरी छ। माओवादीको विभाजन शान्ति र संविधानको जारी प्रक्रियाका लागि दुःखद् पक्ष हो। वैद्यको नयाँ माओवादीसँग हैन, एकीकृत माओवादीसँगै एमाले-कांग्रेसको हातेमालो स्वाभाविक हुनेछ।