आगामी आर्थिक वर्षको बजेट ल्याउने विषय फेरि एकपटक विवादमा परेको छ। २०६४ मा भएको संविधान सभाको चुनावयता बजेट ल्याउने विषयमा विवाद हुँदै आएको छ। चालु वर्षको बजेटमात्रै समयमा आएको हो। यसअघिका सबै बजेट माओवादीका कारण विवादमा परेको थियो। अहिले आर्थिक वर्ष २०६९/०७० को बजेट संविधान सभाको विघटनसँगै विवादमा परेको छ।
संविधान सभा विघटनसँगै व्यवस्थापिका संसदको सदस्य नरहेका कारण प्रधान मन्त्री बाबुराम भट्टराईको सरकार काम चलाउमा परिणत भइसकेको छ। अर्थ मन्त्री वर्षमान पुनले सहमतिमा बजेट ल्याउने बताइरहेका छन्। तर, बजेटका लागि सहमति जुट्ने सम्भावना भने तत्कालका लागि कम छ। सहमति भएको अवस्थामा पनि अध्यादेशबाट बजेट ल्याउनुपर्ने हुन्छ। संसद नभएकाले यसको अनुमोदन हुन सक्दैन र ६ महिनामा फेरि अध्यादेश ल्याउनुपर्छ।
विगतमा संविधान सभा भएको अवस्थामा पनि संसदबाट निर्वाचित सरकारलाई माओवादीले पूर्ण बजेट ल्याउन दिएको थिएन। संविधान सभाको निर्वाचनलगत्तै नयाँ सरकार नबनेकाले गिरिजाप्रसाद कोइरालाको सरकारलाई पूर्ण बजेट ल्याउन दिइएको थिएन। त्यतिखेर पनि माओवादीकै कारण पूर्ण बजेट आउन सकेन। त्यसपछि प्रधान मन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित भएपछि तत्कालीन अर्थ मन्त्री बाबुराम भट्टराईले बजेटको आकार उच्च बनाउँदै आर्थिक वर्षको बीचमा बजेट ल्याए।
दाहालको राजीनामापछि एमाले नेता माधव नेपाल नेतृत्वको सरकारले पनि माओवादीकै कारण समयमा बजेट ल्याउन सकेन। तत्कालीन अर्थ मन्त्री सुरेन्द्र पाण्डेलाई लछारपछार गर्दै माओवादीले बजेट संसदमा नै च्यातिदिए। त्यसपछि माओवादीको समर्थनमा प्रधान मन्त्री बनेका झलनाथ खनाल नेतृत्वको सरकारले मात्रै समयमै बजेट ल्याएको हो। यही बजेटलाई भट्टराई सरकारले पनि निरन्तरता दियो।
पछिल्लो चार वर्षको घटनाक्रम हेर्ने हो भने वार्षिक बजेट ल्याउनका लागि आफ्नो समर्थन र नेतृत्वको सरकारलाई मात्रै अधिकार भएजस्तो व्यवहार माओवादीबाट हुँदै आएको छ। अन्य दल नेतृत्वको सरकारलाई पूर्ण बजेट ल्याउन नदिने, समयमा बजेट ल्याउन अवरोध गर्ने जस्ता कार्य माओवादी पक्षबाट बारम्बार दोहोरिएका छन्।
समयमा बजेट ल्याउन नसक्दा विकास खर्च न्युन भयो। बैंक तथा वित्तीय संस्थामा तरलता संकट देखियो। समग्रमा मुलुकको आर्थिक क्रियाकलाप नै संकुचित भयो। लामो द्वन्द्वबाट पिल्सिएको मुलुकमा वार्षिक बजेट समयमा आउन नसक्दा विकास प्रक्रिया नै पछाडि धकेलिएको छ, जसको दोष माओवादीलाई जान्छ। बजेटजस्तो मुलुकका लागि अत्यावश्यक कार्यक्रममा अवरोध गर्नु गल्ती थियो भन्दै आगामी आर्थिक वर्षको बजेटका लागि माओवादीले राष्ट्रिय सहमति जुटाउने प्रयास गर्नुपर्छ।
माओवादी जनयुद्धका क्रममा उनीहरू आर्थिक विकासको अवरोधक बने। जनयुद्धको क्रममा स्वदेशी लगानीकर्ता चन्दा, डर, त्रासबाट आतंकित भए। विदेशी लगानी त आउने कुरै भएन। जलविद्युत् आयोजनामा अवरोध गर्ने माओवादी कार्यले अहिले मुलुक चर्को लोडसेडिङमा छ। उद्योग चलाउन नदिने, स्वदेशमा नै रोजगारी सिर्जना गर्न नदिने, मजदुरलाई भड्काएर उद्योग बन्द गराउने माओवादी कार्यले नेपाली युवा/युवती खाडी र मलेसियामा ...थ्री डी' (डर्टी, डेन्जर एण्ड डिफिकल्ट) काम गर्न विवश छन्। जबकि विदेशमा काम गर्न गएका तिनै नेपालीले पठाएको पैसाबाट मुलुकको अर्थतन्त्र चलेको छ।
शान्ति प्रक्रियामा आएपछि पनि आर्थिक विकासका लागि माओवादी नै अवरोधक बन्दै आएको छ। आफूबाहेक अन्य दलको नेतृत्वमा सरकार बनेपछि समयमा बजेट ल्याउन नदिने संस्कृति माओवादीले नै भित्र्याएको हो। एक सातासम्म लगातार बन्द आयोजना गरेर मुलुकमा लगानीको वातावरण पनि उसले नै बिथोलेको हो।
यता काँग्रेस, एमालेलगायत्का दलले अध्यादेशबाट बजेट ल्याउने विषयमा असहमति जनाएका छन्। संसद नभएको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनुको विकल्प छैन भन्ने काँग्रेस र एमालेलाई थाहा हुँदाहुँदै पनि उनीहरूले विरोध गरिरहेका छन्। जसरी भए पनि साउन १ मा बजेट ल्याउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि काँग्रेस र एमालेले किन विरोध गरेका होलान्? बुझन नसकिने कुरा हो। उनीहरूको यो व्यवहार हेर्दा उनीहरू पनि माओवादीकै पथमा गएको देखिन्छ। बजेट ल्याउन नदिने माओवादी संस्कृति हो। यो संस्कृति काँग्रेस र एमालेले पनि अवलम्वन गरेर बजेट अवरुद्व पार्न हुँदैन। उनीहरूले त जथाभावी बजेट वितरण गर्न नदिने, ...पपुलिस्ट' कार्यक्रम ल्याउन नदिने र अर्थतन्त्रलाई धराशायी बनाउन नदिने अडान लिनुपर्ने हो। बजेट नै अध्यादेशबाट ल्याउन हुँदैन भन्ने तर्क कांग्रेस-एमालेलाई सुहाउँदैन। त्यसो त व्यवस्थापिका-संसद नभएकाले सरकारले जारी गर्ने अध्यादेश काँग्रेस र एमालेले रोक्न सक्ने होइनन्। तर, बजेट ल्याउने विषयमा माओवादी शैली अवलम्बन गर्नुचाहिं कांग्रेस-एमालेलाई पटक्कै सुहाउँदैन। यस्तो बेलामा राजनीतिक विषयमा असहमति भए पनि बजेटमा सहमति जनाउनु काँग्रेस र एमालेकै हितमा हुनेछ।