एकिकृत माओवादीको विभाजन एउटा अवश्यम्भावी परिघटना थियो, अन्ततः त्यो भयो। पार्टीभित्र पार्टी र संगठनभित्र संगठन निर्माण गरिसकेको वैद्य समूहले विचारधाराभित्र विचारधारा निर्माण गर्यो कि गरेन त्यो विश्लेषणको विषय हो।
तर, पार्टीभित्रै बसेर समानान्तर पार्टी निर्माण गरिसकेको वैद्य पक्षले त्यही पार्टीलाई मूल पार्टीबाट अलग गर्नु कुनै आश्चार्यजनक घटना थिएन। यद्यपि नेपाली राजनीतिमा नेकपा ड्यास माओवादी नामको पार्टीका रुपमा वैद्य समूहको राजनीतिक स्थापना हुन पुग्यो। ड्यास माओवादीले आफ्नो अस्तित्वका आधारहरु कुन सैद्धान्तिक प्रस्थापनाका आधारमा निर्माण गर्दछ र त्यसमा आम जनताको अपेक्षा कसरी प्रतिबिम्बित हुन्छ, त्यसैमा उसको भविश्य निर्भर गर्दछ। तर, पार्टी फुटाएर अर्को पार्टी निर्माण गर्दै गर्दाको उसको 'ट्रेलर'ले भने सकरात्मक संकेत गर्दैन।
भनिन्छ, सत्य कल्पनाभन्दा आश्चर्यजनक हुन्छ। आफैंले सिर्जना गरेको सत्यको अनुहार कति आश्चर्यजनक छ भन्ने तथ्य ड्यास माओवादी जन्माउन कम्मर कसेका सबै नेताहरुले अबका दिनमा साक्षात्कार गर्दै जानेछन्। र, त्यस्तो आश्चार्यको पहिलो झलक ड्यास माओवादी अध्यक्ष मोहन वैद्यले आफ्नो दस्तावेजमार्फत दिइसकेका छन्। न त जनयुद्ध, न जनविद्रोह; न त चुनाव, न त शान्तिपूर्ण आन्दोलन। वैद्यको सैद्धान्तिक प्रस्थापना न कुकुर न ढुकुर जस्तो भएको छ। यो विरोधाभाष ड्यास माओवादीले सामना गरिरहेको पहिलो आश्चार्य हो जो सत्यकै अनुहार लिएर उभिएको छ, तर बुख्याचा जस्तो छ।
ऐंगेल्सले 'एन्टि-ड्युहरिङ' पुस्तकमा भनेका छन्, 'एउटा मिलनविन्दुमा एकअर्कासँग काटिएका दुई रेखाहरु त्यो विन्दुबाट अघि बढेपछि समानान्तर रेखा झैं व्यवहार गर्न थाल्दछन्। अर्थात् ती रेखाहरु मिलनविन्दुबाट अघि बढेपछि एकअर्कासँग कहिल्यै मिल्दैनन्। राजनीति ज्यामितिका सिद्धान्तहरु जस्तो त हुँदैन, तैपनि ज्यामितिका सिद्धान्तहरु राजनीतिक निरुपणमा कतै न कतै लागु हुन्छन्।' एकिकृत माओवादीभित्रबाट निस्केको एउटा धार अब त्यस्तै फरक चरित्रको समानान्तर रेखा झैं भएर अघि बढेको छ। ज्यामितिको यो सूत्र अनुसार दुवै रेखाले फेरि पनि समानान्तर चरित्र प्रदर्शन गर्दछन् तर राजनीतिमा त्यस्तो हुने सम्भावना हुँदैन। संस्थापन पक्ष भनिने धार अब सम्पूर्ण एकिकृत माओवादी भएको छ र वैद्य पक्ष ड्यास माओवादी। हिजो एउटै पार्टी भैरहँदाको समिकरणले अब काम गर्दैन। कुनै खास कमिटि वा विभागमा कसको कति मत छ भन्ने अंकगणित अकस्मात् असान्दर्भिक भएको छ। हिजोको तराजुले आजको तौल नाप्न नसक्ने गरी स्थिति फरक भएको छ।
ड्यास माओवादीले तत्कालै सामना गर्नुपर्ने संकट भनेको स्वंयम्मा सम्पूर्ण पार्टी बन्नुपर्ने आवश्यकतामा अन्तर्निहित छ। यो आवश्यकतालाई पुरा गर्ने सैद्धान्तिक निरुपण त उसले गर्न सकेको देखिएन। कार्यक्रमिक 'डिजाइन' पनि त्यस्तो देखिएको छैन। केवल प्रचण्ड र बाबुरामको भत्सर्नाको जगमा कुनै पार्टी बन्ने सम्भावना हुँदैन। बरु, त्यस्तो भत्सर्ना नै असान्दर्भिक भैसकेको सत्यलाई पनि ड्यास माओवादीले बुझ्न जरुरी छ। अर्को कुरा माओवादी शब्दका प्रतिको उसको मोहले जनयुद्धको उत्तराधिकारप्रतिको मोह जनाउँछ। यो मोहलाई जनयुद्धकै रुपमा वा अन्य कुनै सशस्त्र विद्रोहकै रुपमा उसले व्यवहारमा अनुवाद गर्न खोजेको हो भने त्यो स्वयम्मा अर्को दुःखान्त हुनेवाला छ। लामो युद्धपछिको थकानमा नेपाली समाज छ। घाउहरु जताततै छन् र ती घाउहरुसँगै नसुल्भि्कएको राजनीतिको पीडा छ। जनयुद्धमार्फत ठूला सपना देख्ने ठूलो जनसंख्या अहिले एकप्रकारको व्युँझाइमा छ। त्यो व्युँझाइले आक्रोश त संगालेको छ तर त्यो आक्रोशलाई अर्को युद्धमा अनुवाद गर्ने कुनै आवेग बोकेको छैन। तत्काल अर्को विद्रोहमा जान नसक्ने परिस्थितिलाई ड्यास माओवादीले पनि आत्मसात गरेको जस्तो देखिन्छ। तर, विद्रोहबाहेक अरु बाटो उसको भागमा छैन।
एकिकृत माओवादीसँग सम्बन्ध विच्छेद गरिसकेपछि उससँगको स्पष्ट सैद्धान्तिक र वैचारिक भिन्नता स्थापित गर्न ड्यास माओवादीलाई कठिन भैरहेको बुझ्न गाह्रो छैन। गजबको कुरो के भने यसै मेसोमा अध्यक्ष प्रचण्ड भने अत्यन्त स्वभाविक हिसाबले फुट्नेहरुसँग कुटनीतिक व्यवहार गरिरहेका छन्। जनयुद्धको उत्तराधिकारलाई फरक अर्थमा अर्थात् शान्तिपूर्ण संघर्षका रुपमा नयाँ संविधानको राजनीतिमार्फत संस्थागत गर्न खोजिरहेका प्रचण्डका निम्ति चक्रव्यूहमा परेको ड्यास माओवादी दुःखद् र सुखद् अनुभूतिको कोलाज भए झैं प्रतीत हुन्छ। समानान्तर पार्टी चलाइरहेका कमरेडहरुले अलग पार्टीको घोषणा गर्नुलाई प्रचण्डले स्वभाविक रुपमा लिएजस्तो बुझिन्छ। तर, पार्टी विभाजनप्रति उनको हिसाबकिताब कार्यकर्ताको विभाजनको रुपमा रहेको देखिन्छ। कार्यकर्ताहरुलाई पुरानै घर फर्काउने प्रचण्डको कोशिसलाई ड्यास माओवादीको अलमलयुक्त फागुन एकको पर्खाइले सघाउने नै सम्भावना ज्यादा देखिन्छ।
क्रान्ति भनेको के हो र यसको संचालन तथा निष्कर्षसम्म पुर्याउने दृष्टिकोण के हो भन्ने विषयमा नेपाली राजनीति निकै भ्रमित छ। सदैव अमूर्त परिभाषामा अभिव्यक्त हुने क्रान्तिलाई पुनः एकपटक ड्यास माओवादीले उठाउनु केवल हठ् र पूर्वाग्रहको परिणाम त होइन भन्ने जनमत यतिबेला बलियो छ। युद्ध सदैव अस्थायी हुन्छ र छोटो समयका निम्ति मात्र टिक्न सक्छ। मानव समाजको इतिहासले पनि युद्धलाई चिरस्थायी हुन नसक्ने निष्कर्ष दिएको छ। जनयुद्ध भनेको अन्य युद्ध भन्दा फरक हो भने यसले निरन्तर परिवर्तनका अनेक स्वरुपहरु ग्रहण गर्न सक्नुपर्छ। जनयुद्धले अलग अर्थतन्त्र, अलग पारिवारिक र समाज व्यवस्था, अलग दैनन्दिन जीवनका सूत्रहरु निर्माण गरेको थियो। त्यसबेलाका आफ्नै विसंगति र विकृतिहरु थिए। तर, त्यसभित्रको मूलभूत राजनीतिक संगतिले मात्र जनयुद्धलाई दोस्रो जनआन्दोलनको व्यापक जनसहभागिताको स्वरुप हुँदै खुला र स्वभाविक प्रकृतिको राजनीतिक संघर्षमा उतारेको थियो। के खुला राजनीतिका पनि आफ्नै विसंगति र विकृतिहरु हुन सक्दैनन्? हुन्छन् भने त्यसलाई अत्यन्त विशुद्धतावादी आँखाले हेरेर कुनै पनि सामाजिक राजनीतिक आन्दोलन अघि बढ्न सक्दैन।
ड्यास माओवादी निर्माणको पृष्ठभूमिमा प्रचण्ड-विरोधी मानसिकताको सबैभन्दा ठूलो भूमिका छ। तर विरोधाभाष के छ भने प्रचण्डलाई कमजोर तुल्याउन धोबिघाट बैठकमार्फत बाबुराम भट्राईसँग एकाकार हुन पुगेको वैद्य पक्ष भटराई प्रधानमन्त्री हुनासाथ पुनः जनविद्रोहको छाता ओढ्न पुग्यो। अनेक विसंगतिहरु र संविधान निर्माणका क्रममा चलिरहेको राजनीतिक खिचातानीका बेला उब्जेको निराशा र आक्रोशलाई अलग पार्टी निर्माणको आधार ठानेको ड्यास माओवादीका निम्ति अबका दिनहरु स्वयम् चर्केको सिसामा अनुहार हेर्नुसरह विसंगत परिस्थिति उपस्थित हुनेछ। व्यवहारवाद् (प्राग्मेटिज्म) र परिवर्तनका एजेण्डाहरुको कुशल मिश्रण प्रचण्डको खुबी देखिन्छ। त्यसैले उनको अध्यक्ष पद नै त्याग गर्ने घोषणा वैद्य पक्षका लागि शंकाको अर्को आधार बन्यो। तर गुदी कुरो के भने केवल प्रचण्डलाई संस्था ठान्ने र त्यही संस्थाप्रति असिम इर्श्या पाल्ने गजबको नकरात्मकताको जगमा ड्यास माओवादी बनेको छ। त्यसैले यसको भविश्य संकटग्रस्त छ।
क्रान्तिकारिताको अन्तिम परख जनताले गर्दछन्। संविधानसभा निर्वाचन उपरान्त एकीकृत माओवादी जनतासँगको निरन्तर संवाद र सम्पर्कमा छैन। फलस्वरुप उसैको गर्भबाट जन्मेको ड्यास माओवादी पनि जनतासँगको संवादमा छैन। ऊ त अझ पार्टीभित्रको अंकगणितमा अल्भि्कँदा अल्भि्कँदै कार्यकर्ताहरुको टाउको गन्ने निरस उपक्रममा लागिरह्यो। अहिले ठीक त्यही विन्दुमा ऊ स्वयम् संस्थापन पक्ष भएको छ। ड्यास माओवादीको तत्कालिन मनोविज्ञानले संस्थापन र विद्रोही दुवै पक्षको माग गर्दछ। कार्यकर्ता मात्रले पार्टी बन्ने अवधारणाले ड्यास माओवादीभित्रका नेत्र विक्रम चन्द 'विप्लव' र अन्य युवा नेताहरुलाई अर्को संस्थापनको आवश्यकता महसुस हुन बेर लाग्ने देखिँदैन। यसै मेसोमा मोहन वैद्य अर्का संस्थापन पक्षका नेता हुनपुगे भने आश्चर्य नहोला।