विशिष्ट श्रेणीमा पास भएर सफल इन्जिनियर बन्ने सपनासँगै बैतडीको दुर्गम गाउँबाट एसएलसी दिएकी एक किशोरी परीक्षा दिँदै गरेको समयमा स्थानीय दुई युवाहरूबाट बलात्कृत भइन्। अहिले उनी आफ्नो तुहिएको सपना सम्झिँदै काठमाण्डौको लैनचौरस्थित रक्षा नेपालमा टोलाइरहेकी छन्। त्यो राक्षसी प्रवृत्तीको शिकार नभएको भए आज सायद उनको एसएलसीमा उत्कृष्ट हुने सपना पूरा हुन्थ्यो होला। निधारमा रातो टीकासँगै घरभरी उल्लास छाइरहेको हुन्थ्यो होला।
बलात्कारको पीडाबाट छटपटिंदै, रुँदै कराउँदै गरेकी ती किशोरीलाई खाँचो थियो माया, प्रेम, सहानुभूति र सहयोगको। तर, उनलाई पुर्याइयो मानसिक अस्पतालमा। अन्ततः 'असहायको सहारा दैव हुन्छ' भने झैँ ती किशोरीको सहारा बनेको छ, रक्षा नेपाल नामक संस्था। "मलाई यो हालतमा पुर्याउनेहरूलाई यस्तो सजायँ होस् कि फेरि कुनै पुरुषहरूले कसैलाई मलाई जस्तो नगरुन्। ती पापीहरूलाई त जन्मकैद सहित कडा भन्दा कडा सजायँ हुनुपर्छ' ती किशोरीको भनाई छ। 'गाउँमा पाठेघर खस्ने समस्याले पिडित आमा दिदीहरूका लागि अस्पताल बनाउने' उनको सपनामा मात्र होइन, जिन्दगीमा नै बज्र प्रहार भएको छ।
यतिबेला उनको अवस्था सामान्य बन्दै गइरहेको छ। हो उनी ठिक हुनु पर्छ र त्यो कहालीलाग्दो घटनालाई बिर्सेर जीवनलाई आफूले देखेका सपनाहरूसँगै अगाडी बढाउँदै लैजानु पर्छ। सँगसँगै अब उनले लड्नुपर्ने भएको छ- बलात्कार जस्तो जघन्य सामाजिक अपराधको बिरुद्धमा। उनलाई अब राज्यले न्याय दिनुपर्छ र उनको भविष्यको सपना पूरा गर्नको लागि उनलाई आफ्नो पढाई पूरा गर्ने सहज वातावरण बनाइदिनुपर्छ। उनीमाथि भएको जघन्य अपराधको मुद्दालाई जतिसक्दो छिटो फैसला गरेर अपराधीलाई हदैसम्मको सजायँ तोकिनुका साथै पीडकको सर्वस्व हरण गरी असुल उपर भएको सम्पत्ती पीडीतलाई उपलब्ध गराइदिनुपर्छ।
पछिल्लो समयमा सबैभन्दा बढी अवोध शिशुदेखि बालिका र किशोरीहरू बलात्कारको सिकार भइरहेका छन्। हालै भएका केही घटनाहरूले मानवतालाई नै लज्जित गराएको छ। रुपन्देहीको एक अनाथआश्रममा आफैले आश्रय दिएका अनाथ बालिकामाथि भएको चरम यौन शोषणको घटना सार्वजनिक भएको छ। त्यस्तै रुपन्देहीमै एक चार वर्षीया बालिकालाई आफ्नै ठूलो बुबाको छोराले बलात्कार गरेको घटना सार्वजानिक भएको छ। गएको फागुन महिनामा डोटीमा १३ वर्षका दुई बालकद्धारा ६ वर्षीया बालिका बलात्कृत भएको पत्याउनै नसकिने घटना सञ्चार माध्यममा आएको थियो। गत जेठमा हेटौडाका एकजना बाबु आफ्नै ९ वर्षीया छोरीमाथि जाइलागे। त्यस्तै गोरखाका एक ६९ वर्षीय बृद्धले दश वर्षीया बालिकालाई बलात्कार गरेको खबर पत्रिकाहरूमा छापियो। यी प्रतिनिधि घटनाले मान्छे भित्रको राक्षसी स्वभाव त देखाएका छन् नै समाज र राज्यलाई नै चुनौति दिइरहेका छन्। र, मानव सभ्यतालाइ गिज्याइरहेका छन्।
प्रायः बलात्कारका घटनापछि पुरुषले सजिलै उन्मुक्ति पाउँछ। तर, नारीले या त मारिनु पर्छ, या आत्महत्या गर्न विवश हुन्छे या त पारिवारिक र सामाजिक रुपमा बहिस्कृत हुन्छे। समाज, राज्य(सुरक्षा निकाय) र कानूनी निकायहरूले संवेदनशील भएर कर्तव्य निर्वाह गर्ने र पीडकलाई हदैसम्मको सजाय दिने हो भने यस्ता घटनामा पक्कै कमी आउन सकछ। बलात्कार, जवर्जस्ती करणीजस्ता अपराधमा त कमसे कम पनि आजीवन कारावासको सजायँ हुनुपर्छ। तर, हाम्रो कानूनले एकातिर आजीवन कारावास भनेको छ भने अर्कोतिर यसलाई २० वर्षमा लगेर सिमित बनाएको छ। अतः यसले पिडितलाई उचित न्याय दिन सकेको छैन।
जब सम्म राज्य संवेदनशील बन्दैन, समाजमा यस्ता घटनाहरू भइरहन्छन्। किन बढिरहेछन् यस्ता घटनाहरू समाजमा? जरैसम्म पुगेर यसको समाजशास्त्रीय अध्ययन, अनुसन्धान र सचेतनाको खाँचो टड्कारो रुपमा महसुस भइरहेको छ। खासमा भन्नुपर्दा ह्रासोन्मूख बन्दै गएको सामाजिक मूल्य मान्यता, बढ्दो बेरोजगारी, समाजमा ब्याप्त अश्लिल यौनजन्य भिडियोहरूको खुला बजार, मादक पदार्थ सेवन तथा लागू पदार्थको दुर्व्यशन आदिका कारण समाजमा यौन हिंसाका घटनाहरूमा कहालीलाग्दो रुपले बृद्धि भइरहेको छ। यसवाहेका नियतवश र क्षणिक यौन आवेगलाई नियन्त्रण गर्न नसक्नुका कारण पनि शिशुदेखि वृद्धाहरूले यौन हिंसा खप्नु परिरहेको छ तर, समाज पुरुषपक्षीय छ र कानून अत्यन्त फितलो छ। यो समस्यालाई केवल नारीको मात्र समस्या भनेर सोच्नु मूर्खतामात्र हुनेछ। त्यसैले बलात्कारको अपराधमा पनि हत्या बराबरकै सजायँ हुनेगरि कानून बन्नुपर्छ र यस्ता अपराधीलाई आजीवन कठोर कारावासको सजाय तोकिनुपर्छ।