सम्भावनाको ढोका
०२ असार २०६९
•
१२ मिनेट पाठ
सम्भावनाको ढोका
तास नेपालीहरुको पनि प्रिय खेल हो। गाउँघरका पिँढीहरुदेखि सरकारी कार्यालयका कोठाहरुसम्म तासले धाक जमाएको पाइन्छ। एकपटक अदालतले नै तासको एक खेल 'म्यारिज'को महिमागान गर्ने फैसला सुनाएको थियो। तर, तासको खेलमा प्रयोग हुने गणितमा भने हाम्रो कमै ध्यान जान्छ। गणितशास्त्रमा यसलाई 'प्रोव्याबलिटी' सिद्धान्त भनिन्छ। अर्थात् सम्भावनाहरुको गणना र विश्लेषण गर्ने सिद्धान्त। सुनिन्छ, नेताहरुदेखि नीतिनिर्मातासम्म तास खेल्न मन पराउँछन्। तर, तासमा जसरी सम्भावनाहरुको गणनाका आधारमा हिसाबकिताब गरिन्छ, त्यसैगरी राजनीति र देश चलाउने नीतिहरुको गणना गर्ने विधि भने न नेताहरुले, न त नीति निर्माताहरुले नै विकास गरेका छन्। संविधानसभा विघटनपूर्व र त्यसपछिका राजनीतिक परिघटनाहरु अनि संचारमाध्याममा चलिरहेका बहसहरुको अध्ययन गर्दा एउटा निरस प्रतिक्रियात्मक चरित्रकै प्रचुरता भेटिन्छ।




जर्मन मनोविज्ञ हान्स वेन्डरले भनेका छन्, 'परम्पराको कठोर चंगुलबाट आफूलाई मुक्त पार र नयाँ नयाँ सम्भावना (प्रोव्याबलिटी)का ढोकाहरु खोल।' नेपालको राजनीतिदेखि कर्मचारीतन्त्रसम्म, तरकारी बजारदेखि फिल्म बजारसम्म सबैतिर दलालहरुको बोलवाला छ। पूँजीवादको आदर्श परिभाषा अनुसार दलालहरुको पेसा नै सम्भावनाको गणितबाट आरम्भ हुन्छ र सम्भावनाकै हिसाबकिताबमा पुगेर टुंगिन्छ। नेपालका शेयर दलालदेखि राजनीतिका दलालसम्म सबै तासका पत्ताहरुको हिसाबकिताब गर्न जान्दछन् तर त्यही खेलको आधारमा निहित सम्भावनाको गणितबाट बेखबर हुन्छन्। त्यसैले हामी जे भयो त्यसकाबारेमा सबैभन्दा धेरै टिप्पणी गर्छौं, तर जे हुनसक्छ वा भैरहेको छ त्यसका बारेमा अक्सर अनविज्ञ रहन्छौं। फलस्वरुप परम्पराकै चंगुलमा हाम्रा दिनहरु बित्दछन्, झटपट हामी भूतकालको कुनै निरस दिनसँग पनि इर्श्या गर्न थाल्छौं । तर, आफ्नो टाउकोमा गाडिएको काँटी उखेल्नेबारेमा निरुपाय हुन्छौं।

जब जेठ १४ गते राती संविधानसभा विघटन भयो, त्यसपछि अकस्मात् सडक सुनसान भयो। सडकमा धर्ना दिनेहरु चुपचाप घर फर्किए, बन्दको आह्वान गर्नेहरुले बन्द फिर्ता लिए, सडक आफ्नै गतिमा चलायमान भयो, सर्वसाधारण स्वभाविक हिसाबले विहानको चिया पिउनेगरी व्युँझिए। ठूलो हुँडलो आँतमा बोकेर संविधानसभा भवन निस्प्राण शान्त भयो। किन यस्तो भयो? मध्यरातमा प्रधानमन्त्रीले अर्को निर्वाचनको घोषणा गरे। भोलीपल्ट माओवादी अध्यक्ष प्रचण्डले जनतासमक्ष माफी माग्दै अर्को निर्वाचनमा जाने उद्घोष गरे। ढिलो गरी काँग्रेस, एमाले लगायतका पार्टीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध आन्दोलनको घोषणा गरे। पत्रपत्रिकाहरु भत्सर्नाकारितामा व्यस्त भए, टेलिभिजन र रेडियोहरुले गालीगलौजका फुब्बारहरु उडाइरहे, सडकमा कोही नभएपनि फेसबुकका भर्चुअल पर्खालहरुमा नेताहरु र पूर्व सभासदहरुको चिरहरण उत्सव चलिरह्यो।

सबैसँग प्रतिक्रिया थियो। तर, नयाँ सम्भावनाको हिसाबकिताब गर्ने साहस थिएन। नेपाली समाजको सबैभन्दा प्रिय शब्द 'हुँदैन' पो हो जस्तो देखियो तर 'उसोभए के हुन्छ?' भनेर आफैंलाई सोध्ने एउटा प्रतापी न्यूटन कतै प्रकट भएन। जातीय पहिचान हुँदैन, संघीयता हुँदैन, यसो हुँदैन, त्यसो हुँदैन। प्रधानमन्त्रीले एकलौटी घोषणा गरेको निर्वाचन हुँदैन। इतिहासलाई पल्टाएर हेर्ने र त्यसको समिक्षा गर्ने धैर्य छैन। त्यसैले संविधानसभाको म्याद सकिने बेला भएपछि जे हुन्छ जस्तो भएको छ त्यो सबै हुँदैन इतिहास त बनिसक्यो, इतिहासले निर्माण गरेका घाउहरु पनि बनिसके। ती घाउहरु घाउ नै होइनन् भनेर तिरस्कार गर्ने हो भने इतिहासले तिरस्कार गरेका समुदाय र मानिसहरु दोहोरो तिरस्कारमा पर्नेछन्। दोहोरो तिरस्कारको त्यो आगोबाट निस्कने तापको अनुमान गर्न समेत नसक्ने गरी परम्परावादी हुन सक्छन् कुनै राजनीतिक पार्टी? अकस्मात् 'बाहुन' भएका मानिसहरुले इतिहासको शिरानबाट गंगा अर्कै बगाएर ल्याउन सक्छन्? बडो दुःखद ढंगले नेपाली समाजको सांस्कृतिक र बौद्धिक जग कमजोर रहेको पुष्टि भएको छ। एकातिर आइएनजिओले हर्लिक्स खुवाएर जन्माएका जातवादी मानिसहरु, अर्कोतिर तथाकथित विरासत्बाट प्राप्त हिन्दुत्व र उच्च जातको भ्रमजाल बोकेर आजको दुनियाँमा समेत राजनीतिको माछो मार्न सकिन्छ भन्ने विश्वासले चुर मानिसहरु। यस्तैयस्ताहरुको पासोमा परेका नेताहरु, जसले जिन्दगीभरी सत्ताको बलेँसीमा परेका मानिसहरुको राजनीति गरेर पाखुरा बलिया पारे, तिनैलाई अधिकार दिने समय आइपुग्दा ती एकाएक स्खलित भए।
फेरि पनि राजनीति प्रतिक्रियाको आगोमा सल्किरहेको छ। एक नेता जब बिहान व्युँझन्छ, उसँग प्रतिक्रिया, इर्श्या र रिसको तुकबन्दी हुन्छ तर कुनै सम्भावनाको रत्तिभर पनि छनक हुँदैन। जब यही रोग समाजका हरेकजसो संस्था र व्यक्तिहरुमा देखिन्छ, ताज्जुबको तथ्य फेला पर्छ, हाम्रो समाजको सांस्कृतिक आधार कति कमजोर रहेछ। अर्थात् अर्को कुनै व्यक्ति फेसबुकमा अन्तिम अपडेटस्वरुप कुनै नेताको विरुप तस्विर अपलोड गरेर सुत्छ, बिहान व्युँझदा उसलाई पनि कुनै चराको चिरबिरले स्वागत गर्दैन, बरु कुनै खराब सपनाको क्लायाइमेक्सजस्तो हुन्छ उसको व्युँझाई। इतिहासका तथ्यहरु र वर्तमानका सपनाहरुको संघर्षमा भोलीका सम्भावित दृश्यहरुको लेखाजोखा गर्ने कुनै जाँगर बाँकी रहेन हाम्रो समाजमा। अनि के बाँकी रहन्छ? एउटा निस्सासिने राजनीतिक परिघटनाका बीचमा उच्चाटलाग्दो सतही प्रश्न : प्रधानमन्त्रीले निर्वाचन घोषणा गर्न मिल्छ?

अब यो प्रश्नका निम्ति कुनै ठाउँ नै बाँकी छैन। प्रधानमन्त्रीले त्यसो नगरेका भए पनि हुन्थ्यो। तर, त्यो एउटा घोषणाले भविश्यको एउटा दृश्य कल्पना गर्न सकिने तुल्यायो। निर्वाचन प्रधानमन्त्रीले मात्र गर्न सक्ने होइन, सबै दलहरु कमसेकम निर्वाचन गर्ने सहमतिमा नपुगी सुख्खै छैन। बरु, ताजा निर्वाचनका निम्ति एजेण्डा सेट गर्ने बेला हो यो। तर, काँग्रेस र एमाले ती प्रधानमन्त्रीको राजिनामा मागिरहेका छन् जो राजिनामा दिइसकेपछि पनि कामचलाउ नै हुनेछन्। संघीयता मान्ने वा नमान्ने, पहिल्यैको जस्तो राज्य कायम राख्ने कि नयाँ बनाउने, जातीय पहिचानको मुद्दालाई स्विकार गर्ने कि नगर्ने, यी प्रश्नहरु हुन् जसका आधारमा भविश्य कता जानेछ भन्ने सम्भाव्यता अध्ययन गर्न सकिन्छ। पहिचानसहितको संघीयता नै अबको राजनीतिको प्रमुख एजेण्डा हुनेवाला छ। तर, भविश्यको आँकलनतिर लाग्नुभन्दा हिजोकै संविधानसभा व्युँझाउने कुरा गर्नु सजिलो छ। खैर, सजिलो त छ तर त्यसभित्र भविश्यको कुन दृश्य देखिन्छ? आज उठाइएको एजेण्डामा हिजोको श्यामश्वेत तस्विर छ भने त्यो फ्रेममा हालेर भित्तामा सजाउन मात्र काम लाग्छ।

जुन शक्तिसंरचना अहिले निर्माण हुँदैछ, जस्तो राजनीतिक ध्रुविकरण चलिरहेको छ, त्यसले नेपाली राजनीतिको अनुमानै गर्न कठिन तर नयाँ परिदृश्यतर्फ संकेत गरिरहेको छ। हुनसक्छ एमाले आगामी निर्वाचनसम्म पुग्दा नपुग्दै बाहुन क्षेत्री दशनामीको मात्र पार्टी हुनेछ। हुनसक्छ जनजाती, मधेसी, दलित जनसंख्याभित्रबाट बुलन्द नेतृत्वको जन्म हुनेछ। अथवा हुनसक्छ माओवादीले क्षेत्र वा सम्प्रदाय आधार भएको पार्टी बन्ने सम्भावनालाई बीचैमा रोक्नेछ र पछिल्लो एजेण्डाको नेतृत्व स्वयम् गर्नेछ। तर जे जसो भए पनि समाज नयाँ बन्नेवाला छ। न त नेपाली समाजमा जातीय विद्वेषले अप्रिय रुप धारण गर्नेछ, न त परम्परागत रुपले खास जातले शासन गर्ने सत्ताको चरित्र नै उस्तै रहनेछ। ठीक यही अवधारणा नेपाली समाजको पछिल्लो वैचारिक अवस्थिति हो। बाँकी प्रतिक्रियात्मक तर्कबितर्क पानीका फोकाजस्ता हुन्, ती जसरी बनेका छन् त्यसैगरी फुट्नेछन्।
अर्को समाचार
मोदीको उदय र सम्भावनाको ढोका
१० साउन २०७१
•
१३ मिनेट पाठ
मोदीको उदय र सम्भावनाको ढोका
मोदीको उदयले सम्भावनाको नयाँ ढोका खोलेको छ। यो ढोका बन्द भएमा नेपालले आफ्नो विकासका लागि भारतीय सहयोग र सहकार्यका लागि अर्को दश पन्ध्र वर्ष कुर्नुपर्नेछ।मोदीको छिमेक नीति
‘सबका साथ, सबका विकास' भन्ने नारा दिएर नरेन्द्र मोदी उदाए। यो नारा भारतीय जनताका लागि मात्र होइन, भारतका छिमेकीहरुसँगको सम्बन्धका लागि पनि हो। यस भनाइको व्याख्या गदर्ैै विवेकानन्द फाउन्डेसनका विशिष्ट फेलो तथा रअका पूर्व प्रमुख सीडी सहायले हामीलाई बताए– भारतको विकासका लागि छिमेकमा पनि स्थायित्व र विकास हुनुपर्छ। छिमेकीलाई महत्व दिनुका केही कारण छन्। पहिलो, यसले भारतको सुरक्षा र स्थायित्वलाई मद्दत गर्छ। दोस्रो, यसले भारतको आर्थिक वृद्धि र विकासमा सहयोग पुर्याउँछ। भारतको आर्थिक वृद्धि एउटा सीमाभन्दा कम भयो भने भारतमा असन्तुष्टि बढ्छ र यसले अस्थिरता निम्त्याउन सक्छ। आर्थिक वृद्धिलाई त्यो सीमाभन्दा माथि राख्न छिमेकीको सहयोग आवश्यक छ। तेस्रो, यसले चीनको प्रभाव वा विस्तार रोक्छ।
नेपालमा भारत विरोधी भावना रहिरहन्छ र मिडियाले पनि विवाद सिर्जना गरिरहन्छन् तर अब राजनीतिक नेतृत्वले नेपालको हित केमा हुन्छ भनेर निर्णय लिने बेला आएको छ। भारतले नेपाललाई यही सन्देश दिने प्रयास गरिरहेको छ। नेपालमा गरिने भारतीय लगानीलाई शोषणको रूपमा हेरुन्जेल यो सम्भव हुँदैन। जब नेपालमा भारतीय लगानी स्वागत गरिन्छ र स्वीकार गरिन्छ, तबमात्र मोदीको यो नीति सफल हुन्छ। त्यसैले पहिलो आवश्यकता विश्वास सिर्जना हो र मोदीको नेपाल भ्रमणको प्रमुख उद्देश्य नै आपसी विश्वास सिर्जना हो।




भारतले नेपाली राजनीतिलाई कसरी हेर्दैछ?
भारतका लागि सबैभन्दा महत्वपूर्ण चासो नेपालको राजनीतिक स्थायित्व हो। संविधानको अन्तर्वस्तुमात्र हैन, राजनीतिक व्यवस्था र राजनीतिक संयत्र दुवै निर्माण हुने क्रममा यसले नेपालको स्थायित्वलाई कसरी प्रभाव पार्छ भनेर भारतले यसको लेखाजोखा गर्ने गर्छ। यसका केही अर्थ छन्। पहिलो, नेपालमा संविधान नबनी भारतले सत्ता परिवर्तनको खेललाई कुनै पनि हालतमा प्रोत्साहित गर्ने छैन। भारत ठान्छ, नेपालका नेताहरु देशको हितका पछाडि नलागेर शक्तिका पछाडिमात्र लाग्छन्। उनीहरु सत्ताका लागि एकापसमा लडेर विभाजित हुन्छन् अनि विदेशी हस्तक्षेप निम्त्याउँछन्।
दोस्रो, भारतका नजरमा केपी ओली, माधव नेपाल, सुशील कोइराला वा प्रचण्ड सबै समान छन्, भलै नेपाली काँग्रेस र केपी ओली भारतीय संयन्त्रको केही नजिक छन्। अर्थात्, आजका दिनमा नयाँ दिल्लीबाट हेर्दा कम्युनिष्ट, काँग्रेस र एमालेेले बोकेका आइडियोलोजी भारतको चासो हैन। ओलीका स्वास्थ्यका कारण उनले नेपालमा स्थायित्व प्रदान गर्न सक्छन् भन्ने भारतीय नेताहरुले ठानेका छैनन्। प्रधान मन्त्री सुशील कोइराला मोदीको शपथ ग्रहणमा जाँदा मोदीले उनलाई प्रष्टरूपमा भनेका थिए– संविधान समयमा बनाउने जिम्मा तपाईँंको हो र संविधान समयमा नबनेमा हामी तपाईँलाई नै जिम्मेवार ठान्नेछौं।

तेस्रो, भारतले नेपालको मधेसी मुद्दा उचाल्न नचाहेको जस्तो देखिन्छ तर एसडी मुनिका अनुसार भाजपा सरकारले मधेससम्बन्धी नीति टेबलमा राखिसकेको छैन। चौथो, भारत जातीय संघीयता चाहँदैन, बरु यसका ठाउँमा भाषिक र प्रशासनिक सुगमताका आधारलाई महत्व दिन्छ। एक जना भारतीय विज्ञले हामीलाई भने– यदि भारतले नेपालको संघीयताको बहसमा कुनै अडान लिएको देखिँदैन भने मान्नुपर्छ कि नेपालमा एमाले र काँग्रेसले जे गरिरहेका छन्, त्यो भारतको मापदण्डभित्र नै पर्छ।

भाजपा र नेपालको सम्बन्ध
नरेन्द्र मोदीले धर्म निरपेक्षता, समावेशिता र विकासको नारा दिए तापनि भाजपा र यसलाई टेवा दिने आरएसएस राष्ट्रिय स्वयंसेवक संघको हिन्दु धर्म र राजतन्त्रप्रति निकै लगाव छ। नेपालप्रति भाजपाको विशिष्ट मनस्थिति छ। जस्तै, एक जना भाजपा नेताले भारतवर्षे, हिम्वत्खण्डे जस्ता संस्कृत श्लोकको प्रयोग नेपाल र भारतमा समानरूपमा हुनुले राजनीतिकरूपमा नभए तापनि सांस्कृतिकरूपमा नेपाल र भारत एउटै देश भएको हामीलाई उदाहरण दिए। त्यस्तै नेपालमा इसाइ धर्म परिवर्तनको बढ्दो क्रमलाई पनि उनीहरुले चिन्ताको विषय ठाने, भलै नेपाल र भारतमा आर्थिक विकास भएपछि यो समस्या स्वतः समाधान हुने उनीहरुको धारणा छ। यस्ता तनाव व्यवस्थापन गर्न मोदी सक्षम भए तापनि उनले यसलाई लामो समयसम्म थेग्न सक्ने अवस्था भने छैन। यसको अर्थ के हो भने यदि नेपालले छिटै संविधान लेखेन र राजनीतिक बाटो लिन सकेन भने नेपालमा फरकखालको राजनीतिक प्रभाव बढ्न सक्नेछ।
एक जना प्रोफेसरले हामीलाई यतिसम्म पनि भने– मोदीको सबैभन्दा ठूलो प्राथमिकता नेपाल नै हो र उनी सबैभन्दा पहिला नेपाल नै भ्रमण गर्न चाहन्थे तर हिन्दु एजेन्डालाई समर्थन गरेको जस्तो देखिने भएकाले पहिला उनी बौद्ध भुटान गएका हुन्। भारतको प्राथमिकता के भन्ने कुरामा मतैक्य छैन किनभने नेपालबाहेक छिमेकमा भारतका लागि धेरै महत्वपूर्ण मुद्दा छन्। तैपनि नेपालका लागि अहिले ठूलो मौका छ।

नेपाल–भारत सम्बन्ध परिवर्तनको पक्ष
औपचारिकरूपमा भारतीय सरकारले नेपालप्रतिको नीति खासै परिवर्तन गर्ने छैन तर राजनीतिक तहमा नेपाल–भारत सम्बन्ध पुग्नु र भारतीय नेतृत्वको निर्णय क्षमता बढ्नु मोदी सरकार आएपछिका दुई प्रमुख परिवर्तन हुन्। पहिला पहिला नेपालमा राजनीतिक तहका नेताहरुको खासै चासो रहने गर्थेन र प्रशासनिक संयन्त्रले नै नेपाल नीति निर्माण र कार्यान्वयन गर्थ्यो। खाली सन् २००५ वरपर मात्र काँग्रेस आईले राजा फालेर माओवादी र सात दलबीच सहकार्यको वातावरण बनाउने राजनीतिक निर्णय लिएको थियो। भारतीय विज्ञहरुका अनुसार भारतले १२ बुँदेमा सहयोग गर्नुको दुईवटा प्रयोजन थिए। पहिलो त राजाले भारतको हितलाई बेवास्ता गरिरहेका थिए र भारत राजालाई फाल्न चाहन्थ्यो। दोस्रो, भारत नेपाली माओवादी र भारतीय माओवादीबीच पर्खाल खडा गर्न चाहन्थ्यो। मोदी सरकारमा आएपछि उनी स्वयंले नेपालमा चासो देखाउन थालेका छन्। त्यसकारण नेपाल भारतबीच राजनीतिक तहमा सम्बन्ध स्थापित हुने देखिन्छ। 
यसरी नेपालको सम्बन्ध राजनीतिक तहबाट हेरिन थालिएको मात्रै हैन, मोदीको आफँै निर्णय गर्न सक्ने क्षमताका कारण पनि नेपालबारे ठूल्ठुला निर्णय लिन सक्ने आँट मोदी गर्न सक्छन्। त्यसैले एकतर्फीरूपमा नेपाललाई फाइदा हुने केही नमुना कार्यक्रम मोदीले अघि सारे भने त्यो आश्चर्यको विषय हुने छैन।

नेपालले पाउने सहयोग
भारतबाट नेपालले अहिले नै धेरै आशा गरिहाल्नु उचित हुँदैन। मोदीको अहिलेको प्राथमिकता नेपालसँगको सम्बन्धलाई सही लिकमा ल्याउनु हो। यसका लागि मोदीले केही सांकेतिक कार्यक्रमहरु दिन सक्छन् तर विज्ञहरुका अनुसार उनको प्राथमिकता नेपालको दूरगामी विकास हो र त्यस प्रकारको सम्बन्ध विकास गर्न केही समय लाग्न सक्छ। मोदीको अर्को पक्ष के हो भने उनको भारतीय बजारका ठूल्ठुला कर्पोरेट हाउससँग राम्रो सम्बन्ध छ र ती कर्पोरेट हाउसलाई उनी नेपालमा लगानी गर्न र तिनको लगानी सुरक्षा हुने वातावरण बनाउन जोड दिनेछन्। अहिले नै भने भारत नेपालको न्यूनतम अपेक्षा पूरा गर्नमात्र लागिपरेको छ र दीर्घकालीन योजनाबारे तयारी गरिरहेको भान हुन्छ।

यो जहाज पनि छुट्ने त हैन? 
नेपालको जलस्रोत विकासमा भारतले पटकपटक प्रयास गर्दै आएको छ र पटकपटक असफल भएको छ। भारत यो अनिश्चयमा बाँधिइरहन चाहेको छैन। अब मोदी सरकार आएपछि एकपल्ट नेपालको जलस्रोतको विकास सहयोगमा अन्तिम प्रयास गर्ने भारतको चाहना छ र यस पटक पनि असफल भएको खण्डमा आगामी दिनमा भारतले नेपालको जलस्रोत विकासमा खासै चासो देखाउने छैन। भारत नेपाल र नेपालका नेताहरुले आर्थिक विकासलाई प्राथमिकता दिएको हेर्न चाहन्छ। नयाँ दिल्लीबाट हेर्दा नेपालभित्र भइरहेका राजनीतिक विवाद र खिचलो असान्दर्भिक छन्। यदि नेपालले नेपाल भारत सम्बन्धमा खुलेको नयाँ द्वारको सदुपयोग अहिले नै गर्न सकेन भने त्यो द्वार अर्को दश बाह्र वर्षसम्म बन्द हुनेछ। अर्थात् नेपाल–भारत सम्बन्धको यो जहाज छुट्यो भने अर्को जहाजका लागि नेपालले कम्तीमा एक दशक कुर्नुपर्नेछ।
नयाँ दिल्ली
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस