संविधान सभाको अन्त्यपछि
२८ जेष्ठ २०६९
•
१३ मिनेट पाठ
संविधान सभाको अन्त्यपछि
संविधान सभाको अन्त्यसँगै नेपाली जनताको आफ्नो संविधान बनाउने आशामा पनि तुषरापात भएको छ। नेपाली जनताले संविधान निर्माणका लागि दुई वर्षको जनादेश दिएका थिए। त्यसपछि पटकपटक गरेर दुईवर्ष म्याद थपियो तर संविधानै नबनी संविधान सभा विघटन भयो। विघटन अप्र्रत्याशित भने होइन।
सर्वोच्च अदालतले जेठ १४ गतेपछि म्याद थप्न नमिल्ने निर्णय छ महिनाभन्दा पहिले नै गरिसकेको थियो। तर, तोकिएको मितिभित्रै संविधान निर्माण गर्नुको साटो संविधान सभाको म्याद थप्न सरकारका तर्फबाट संविधानको संशोधन प्रस्ताव लैजानु नै कानुनी शासनको अवज्ञा थियो। जिम्मेवार निकायमा रहेकाको अत्यन्त गैरजिम्मेवार कार्यको परिचय थियो त्यो। जेहोस् अब देशमा संविधान सभा छैन। तैपनि यस अवस्थाबाट देशलाई मुक्त गर्न राजनीतिक निकास खेज्नुको साटो दलका नेताहरू भने एक अर्कालाई दोष दिएर बसेका छन्। यस्तो परिस्थिति निर्माण हुनुमा यस पटकको नेतृत्व विफल भएको हो कि संविधान सभाको अभ्यासै असफल भएको हो भन्ने विषयमा निष्कर्षमा नपुगी अगाडि बढ्न खोज्ने हो भने देशले अझै ठुलो धोका पाउने निश्चित् छ।
नेपालको अन्तरिम संविधान, २०६३ले राजनीतिक दलहरूबीच सहमतिको अपेक्षा गरेको छ। एनेकपा (माओवादी) नेतृत्वको सरकारले भने सहमतिको प्रयासै नगरी आगामी मंसिर ७ गते संविधान सभाकै निर्वाचन गर्ने निर्णय गर्‍यो। सरकारले संविधान सभाको म्याद समाप्त भएपछि सामना गर्नुपर्ने समस्या बारे भने सोच्न सकेको देखिएन। प्रथमतः संविधानले एकपटकभन्दा बढी संविधान सभा निर्वाचनको परीकल्पनै गरेको छैन। संविधानको धारा ६४ मा संविधान सभाको म्याद दुई वर्ष तोकिएको छ। संविधानतः देशमा कुनै संकट आइपरेर त्यस अवधिभित्र संविधान निर्माण गर्न सकिएन भने संकटकाल घोषणा गरेर ६ महिना म्याद थप्न सकिन्छ। संविधान बन्न सकेन भने पुनः संविधान सभाकै निर्वाचन गर्नुपर्छ भन्ने व्यवस्था संविधानमा छैन। अब संविधानको कुन धाराअनुसार संविधान सभाको निर्वाचन गर्ने? कानुनी व्यवस्था नै नभएका अवस्थामा निर्वाचन गर्न मिल्छ? अब त संविधान संशोधनबिना कुनै पनि निर्वाचन हुनसक्दैन र संविधान संशोधन गर्ने निकाय छैन।
संविधान सभाले संविधान बनाउन नसकेपछि अब अर्को विकल्प खोज्नु पर्‍यो । हाम्रो देशमा संविधान सभाबाट संविधान बन्न नसक्ने रहेछ। जनतालाई सत्य बताउनु पर्छ। त्यसका लागि सबै प्रमुख दलका शीर्ष नेताले संविधान बन्न नसकेको वास्तविकता जनसमक्ष राख्नुपर्छ। अरूलाई मात्र दोष दिएर उम्कन खोज्नुको साटो आफूले पनि दोष स्वीकार गरे जनताले पत्याउँछन्। अहिलेको स्वाभाविक र सहज निकास यसैबाट निस्कन्छ। एकातिर, संविधान सभाको निर्वाचन गर्न मिल्ने कुनै कानुनी प्रावधान छैन भने अर्कातिर सरकारले अहिले संविधान सभाको निर्वाचन गर्ने भनेको छ। एक त निर्वाचन गर्ने विषयमै दलहरूबीच सहमति भएको छैन। सहमति भयो नै भने पनि संविधान सभाको चुनाव पुनः गर्ने प्रावधान संविधानमा छैन। त्यसैले अब केेको चुनाव गर्ने, कुन कानुनले गर्ने, कसरी गर्ने? त्यो संविधान सभाको म्याद कति हुने? यस्तो जटिल विषयमा छलफलै नगरी निर्वाचनको घोषणा गरेर आफ्नो कार्यसूची थोपर्न त मिल्दैन।
देशलाई यो संकटको भुमरीमा किन पारियो र कसले पार्‍यो भन्ने विषयमा पहिले प्रमुख चार दलका शीर्षनेताले निर्क्योल गरेर श्वेतपत्र जारी गर्नुपर्छ। संविधान निर्माणका क्रममा चार वर्षमा खर्च भएको अबौं रुपियाँलाई ठुलो नमाने प िन चारवर्षको समय सानो होइन। यसका लागि जिम्मेवार कोही न कोही त हुनैपर्छ।
देशलाई निकास दिने बाटो खोज्नुका साथै अब पहिलेकै गल्ती दोहोरिन नदिन पनि यी विषयमा व्यापक छलफल हुनुपर्छ। देश र जनतालाई धोका त भइसक्यो अब लोकतन्त्रलाई कम क्षति हुने बाटो खोज्नुपर्छ। संविधानमा लेखिने प्रावधानहरू संविधान सभाले निर्णय गर्ने विषय हो। विगतमा संविधान सभाको निर्वाचनपूर्व कतिपय समूहले संविधानमा समावेश हुनुपर्ने विभिन्न माग राखेर आन्दोलन गरे। सरकारले तिनका माग पुरा गर्‍यो। त्यो अधिकार तत्कालीन प्रधानमन्त्रीलाई वा सरकारलाई त थिएन। संविधानमा समावेश गरिने विषय त संविधान सभासद्स्यहरू मार्फत् प्रस्तुत हुनुपर्थ्यो। निर्वाचनपूर्व नै संविधान सभासद्हरूको अधिकार खोसियो। अहिले पनि संविधान सभासद्लाई निष्त्रि्कय राखेर सबै काम चार दलका केही नेताले गर्न खोजे। संविधान सभामा हारेकाहरूले संविधान बनाउने र संविधान सभासद्हरूले संविधानको मस्यौदा परित गर्नुभन्दा पहिले पढ्न पनि नपाउने अवस्था उत्पन्न भएकाले नै यो परिस्थिति निर्माण भएको हो। विडम्बना, एकातिर जनादेशका लागि निर्वाचनमा जाने र अर्कातिर आफूसित दैवी शक्ती नै भएजस्तो गरेर सहमति भयो भने सबै कुरा मिल्छ भनेर चार दलका नेताले भनेका छन्। यसभन्दा अप्रजातान्त्रिक र गैरजिम्मेवारी राजनीतिमा के हुन्छ।
अहिले वाधा अड्काउ फुकाउने प्रसंग पनि चलेको छ। बाधा अडकाउ फुकाउने धारा प्रयोग गरेर जे पनि गर्न मिल्छ भने चार दलका शीर्ष नेताहरू बसेर सहमति गरी संविधान सभाले संविधान बनाउन नसक्दा बाधा अड्काउ भयो भनेर संविधानैै बनाइदिए पनि त भयो? लोकतान्त्रिक पद्धतिलाई सकेसम्म कम क्षति पुर्‍याएर काम चलाउनमात्र राष्टपतिले बाधा अड्काउ फुकाउने हो। त्यसैले संविधान सभा असफल भइसकेको अवस्थामा त्यतातर्फ जानु उचित हँुदैन। संविधान सभा विघटनको सकारात्मक पक्ष पनि छ। संविधान सभा विघटन हुनेबित्तिकै देशभर आन्दोलन समाप्त भयो। देश जातीय द्वन्द्वबाट बच्यो। विश्वमा जातीय द्वन्द्वमा फसेका मुलुकहरूको अवस्था कस्तो छ। त्यसलाई पनि राम्ररी नियाल्नुपर्छ। विश्वमा संविधान सभा असफल भएका मुलुक अरू पनि छन। यसलाई स्वाभाविक रूपमा लिएर देशलाई निकास दिने वैकल्पिक बाटो खोज्नु उपयुक्त हुन्छ।
हामीले सहमति त भन्यौ तर सहमति केका लागि भनेर स्पष्ट आधार तय गरेनौ। सहमति हुन नसके के गर्ने भनेर पक्रिया पनि तय गरेनौ। त्यसैले एउटा मौका गुग्यो। अहिले पनि सहमति भन्दैछौ तर सहमतिका आआफ्नै एजेण्डा छन्। सहमति भएन भने के गर्ने भन्ने तय भएको छैन । सत्तामा बसिरहन र सत्ताबाट हटाउनमात्र सहमति खोज्ने हो भने हामी जहाँको त्यही रहनेछौँ। त्यसैले पहिले गन्तव्य तय हुनुपर्छ। त्यसमा सहमति भएपछि त्यहाँ पुग्ने प्रक्रिया निर्धारण गर्नुपर्छ। अनिमात्र समस्या समाधान हुन्छ।
सहमति र अडान अलगअलग विष्यहरू हुन्। अडानले समाधान निकाल्न सकिँदैन। देशलाई निकास दिन सबैले अडानलाई छाडेर प्रक्रियामा सहमति गर्नुपर्छ। अनिमात्र लोकतन्त्रलाई कम क्षति हुन्छ। देशलाई निकास दिन निर्वाचनकै माध्यमबाट वैधानिक निकाय निर्माण गर्न सहमत सहमत हुनुपछ। संविधानले राष्ट्रपतिको व्यवस्था गरेकै छ। निर्वाचन आयोग छँदैछ। मन्त्रालयहरू छँदैछन्। अब एउटै प्याकेजमा एक पटकका लागि मात्र राष्ट्रपतिले राजनीतिक दलहरूको सहमतिमा वैधानिक निर्वाचित निकायको व्यवस्था गर्नु पर्छ। दलहरूले निहित स्वार्थ त्याग्ने हो भने २४० निर्वाचन क्षेत्रबाट जनप्रतिनिधि निर्वाचन गरेर तिनैलाई संविधान र सरकार बनाउने जिम्मा दिनुपर्छ। अब ६०१ जनाको संविधान सभा उचित र स्वीकार्य हुँदैन। त्यही निर्वाचित निकायले अहिले विवादमा रहेका जातीय संघीयता, शासकीय स्वरूपआदि विषय र पछि विवादमा आउनसक्ने विषयहरूमा आवश्यक परे जनमत संग्रहसमेत गरेर टुंगो लगाएर नयाँ संविधान निर्माण गर्नेछ। यस प्रयोजनका लागि सबैले आआफ्ना जिद्दी छोडेर सहमतिबाट राजनीतिक दलका प्रतिनिधि समावेश भएको वा गैरराजनीतिक व्यक्ति सामेल भएको सानो सरकार बनाउनुपर्छ। त्यसमा पनि सहमति हुन सकेन भने अहिलेकै संविधानमा भएको प्रावधानमा रही मन्त्रालयहरूलाई दैनिक कामको जिम्मा दिएर छिटोभन्दा छिटो जनप्रतिनिधि छनोट गर्ने बाटोमा राष्ट्रपतिले पदीय जिम्मेवारीअनुसारको भूमिका पूरा गर्नुपर्छ।
राज्यको दैवी शक्तिको सिद्धान्त अहिले मान्य हुँदैन। कुनै एक दलका नेताले मैले भनेको हुनैपर्छ भनेर त समाधान निस्कन सत्तै्कन। दलहरूका अडानले देश खाल्डोमा पर्ने जोखिम देखियो भने त्यसबाट जोगाउन राष्ट्रपतिले उचित निकास दिन जरुरी हुन्छ। एकपटक कुनै निकायको निर्वाचन गर्न सकिएमा त्यसैले सबै समस्याको समाधान गर्नेछ। समाधान हुन नसकेका विषयमा जनमत संग्रह गरेर निष्कर्षमा पुग्नसकिन्छ त्यसको परिणामलाई सबैले स्वीकार्नु पर्छ। सम्भवतः अबको मान्य लोकतान्त्रिक बाटो यही हुनसक्छ।

लेखक नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस