संविधान सभाको अवसानपछि राजनीतिक दलहरु अचानक जलवायु परिवर्तनको मन्द मातबाट ब्युँझेका छन्। काठमाडौंको उखरमाउलो गर्मीमा नेताहरु जनतालाई राजनीतिक सक्रियता र सहयोगका लागि जोस्याउँदैछन्। शुक्रबार काल कवलित संविधान सभामा पहिलो र दोस्रो हैसियत पाएका दुई ठूला दलका नेताले दुई दर्जनभन्दा बढी साना दलका नेताहरुसँग हातेमालो गरे।
उनीहरुको त्यो हातेमालो र व्यंग्यमय तुकबन्दीले जनता खासै प्रभावित भएको देखिएन। हाम्रा नेताहरुमा अंकगणितको खासै ज्ञान छैन। स्कुले जीवनदेखि नै म्याथमेटिक्सको परीक्षामा लड्डु खाँदै आएका सामान्य नेपाली जनताका नेतामा म्याथमेटिक्सको खासै ज्ञान नहुनु अस्वाभाविक होइन। जम्मा पचास हजार मानिस अट्ने क्षमता भएको खुला मञ्चमा लाखौं मानिसको सहभागिता थियो भनेर समाचार लेख्ने अटो फर्म्याट हामी सबै पत्रकारसँग छ। त्यसमा पनि, राजनीतिक दलका नेता र पत्रकारबीच पल्लवित हुँदै गएको भाइचाराको सम्बन्धले समाचारको सुनमा चेतनाको सुगन्ध थप्नेमा त अविश्वास गर्ने कुरै भएन।
चितवनका टेलिभिजन दर्शकहरु हिजोको प्रमुख प्रतिपक्षीको लोकतान्त्रिक अभियानभन्दा आजका प्रतिपक्षीको राजतान्त्रिक अभियान बढी प्रभावकारी रहेको तुलनात्मक विश्लेषण गर्दै थिए। उनीहरुको कुरा सुनेर त्यसलाई हुबहु आफनो स्तम्भमा उतार्न स्तम्भकारलाई डर लाग्योे। राजनीतिक हिसावले ध्रुवीकृत वर्तमान पत्रकारिताको कुनै कित्तामा नपरेको स्तम्भकार जस्तो अकिन्चन पत्रकारले शुक्रबारको सभामा स्वनामधन्य नेता माधव नेपालको अभिव्यक्ति भद्दा र अश्लील रहेको टिप्पणी गर्ने कुरै आएन। माओवादीहरु नेपाल आमाका धुन्धुकारी छोरा हुन भने माधव नेपालका कित्ताका छोराहरु कम धुन्धुकारी हुन त? स्तम्भकारले यो प्रश्न मनमा राखेको भए हुने थियो। शनिबारको राजतान्त्रिक सभासँग शुक्रबारको लोकतान्त्रिक सभाको तुलना गर्दा प्रतिगामी कित्तामा परिने डर त छँदैछ। तैपनि शुक्रबार लोकतान्त्रिक सभा हुँदाहुँदै राजतान्त्रिक अभियानकर्ताहरुले आफनो वर्चस्व बढ्दै गएको ट्रेलर देखाइसकेका थिए भन्न डराउनुपर्दैन।
राजनीतिमा आरोप/प्रत्यारोप असहज विषय होइन। प्रधान मन्त्री बाबुराम भट्टराईको सरकारले निर्वाचनको घोषणापछि संविधान सभालाई स्वतः काल कवलित हुन दिएर सत्तामा रहेको माओवादी पार्टी र प्रमुख प्रतिपक्षी पार्टीका नेताहरुको घाँटीमा घाँडो झुण्ड्याइदिएको छ। घाँडोको तौल समान छ र त्यसमा झुण्ड्याइएको घण्टीको आवाजसमेत एउटै छ। तर दलका नेताहरु यो स्वाभाविक अवस्थालाई स्वाभाविकरुपमा स्वीकार्न नसकेर परिस्थितिलाई अनावश्यक ढंगले अस्वाभाविक बनाउन लागेका छन्।
गणतन्त्र स्थापनाको पाँच वर्ष बित्दा नबित्दै राजतन्त्रको पक्षमा अभियान चलाइरहेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) को जगमगाहटले माओवादी र लोकतान्त्रिक पक्षका नेताहरुको पनि आँखा तिरमिर्याउनुपर्ने हो। तर त्यस्तो केही देखिएन। लोकतन्त्रका नेताहरुले नेपालको राजनीतिक र सामाजिक संरचनामा आमूल परिवर्तन गरे पनि सतहमा ती परिवर्तन चटकभन्दा बढी केही सावित हुन सकेका छैनन्। उपलब्धिहरु संस्थागत हुन सकेका छैनन्। किनभने पद्धतिको निर्माण हुन सकेको छैन। जनताले भोग्ने किसिमको र देखिने प्रकारको कुनै स्पष्ट फाइदा आजसम्म पनि पाउन सकेका छैनन्। हिमाल-तराई र पहाड-मधेसको त कुरै छाडौं, त्यताका जनताले राजनीतिक परिवर्तनका प्रतिफलहरुको आशा र चिन्ता गर्न छाडिसकेका छन्। शहर-बजार र काँठ-कछाडका जनता प्रतिफलका लागि व्यग्र छन्। जनमतलाई गतिशील र व्यग्र बनाउने शक्ति शहर-बजार र काँठ-कछाडमा नै सीमित रहेको अहिलेको अवस्थामा कमल थापा त के, अर्को कुनै अराजकतावादी समूह आए पनि यो जनमत बिथोल्न सक्छ। सञ्चार माध्यमको विस्तारले नेताहरुको ठाँट-ठस्सासमेत सार्वजनिक भइसकेको अहिलेको अवस्थामा गुपचुप सहमतिको राजनीति प्रभावकारी हुन सक्दैन।
विगतको संविधान सभा गठन भएको दिनदेखि नै यसको सुतुरमुर्गी अवतार देखिइसकेको थियो। राजाको सिंहासनबाट प्रवाहित भइरहेको सार्वभौमिक राज्यशक्ति खोसेर आफूलाई अधिकार सम्पन्न बनाउने जनताले राजनीतिक दलहरुलाई त्यत्तिकै यो अधिकारको वारेसनामा हस्तान्तरण गरेका थिएनन्। दलका नेताहरुको सामूहिक चिन्तनबाट नयाँ नेपालको एउटा खाका खिंचियोस्, एउटा राष्ट्रिय लक्ष्य निर्धारण होस्, विधिको शासन पद्धतिबद्ध होस् भन्ने एकमात्र आकांक्षा थियो जनताको। संविधान सभाले त्यस्तो केही गर्न सकेन। अन्ततः हातको चरो उम्किएर झाडीमा हरायो। संविधान सभालाई बलपूर्वक एक्काइसौं शताव्दीको वियोगान्त मजाक बनाइयो। यसपछि पनि त्यसको काँचो वायु जगाउन खोजेर लोकतान्त्रिक प्रतिपक्षीहरुले जनताको गतिशीलतालाई चुनौती दिन खोजेका छन्। विपरित, राजतन्त्रवादीहरुले चुनावको चुनौती स्वीकार गरेर राजतन्त्रको मसान जगाउन खोजेका छन्। के कतै यो काँचो वायु र मसानका बीच कुनै समानता त छैन?
अर्को पक्ष छ माओवादीको। जो खेल्न र खेलाउनमा माहिर छ। यद्यपि खेलको राम्रो परिणाम निकाल्न भने यो पार्टी सधैं चुकेको छ। जहाँ डराउनुपर्ने हो, त्यहाँ यो डराउँदैन र जहाँ डराउनु नपर्ने हो, त्यहाँ डराउँछ। यो पार्टीको नेतृत्व जति गतिशील देखिन्छ, त्यति नै स्थुल र संकीर्ण देखिन्छ यसको संगठन। राज्यलाई जितेर होइन, आन्दोलन र सम्झौताबाट राजनीतिको मूलधारमा आएको पार्टीका कार्यकर्ताले आफूबाहेक अरु सबैलाई प्रतिक्रान्तिकारी देख्नुमा दृष्टिको ठूलो दोष पक्कै छ। तर, बाह्र वर्षसम्म हिंसात्मक संघर्षमा लागेको यो पार्टीमा देखिने यो प्रवृत्ति र व्यवहार अस्वाभाविक होइन। साम्यवादका रुढ आदर्शका विपरित जुन हिसावले यो पार्टीले आफूलाई आधुनिक विचारमा रुपान्तरित गर्दै लगेको छ, त्यसको तारिफ गर्नैपर्छ। यसबाहेक यो पार्टीले अरु पार्टीले जस्तै राजनीतिक अर्थतन्त्रको मियो पनि बलियोसँग समाइसकेको छ। यसका साथै यसको यो चरित्र पनि बुझ्नुपर्छ कि राजनीतिक हिसावले रुपान्तरित भएर यो नेपाली कांग्रेस हुने होइन र एमाले हुने पनि होइन। संविधान सभाको चुनावमा सबभन्दा ठूलो दलका रुपमा विजयी भएपछि पनि यसलाई राजनीतिक दलका रुपमा स्वीकार गर्न हिच्किचाएर कांग्रेेस र एमालेले यसलाई बिच्क्याएका हुन। यी दुवै ठूला पार्टीले माओवादीको नेतृत्वमा शासन सुमरिसकेको र माओवादीले पनि यी दुवै पार्टीको नेतृत्वमा शासनको स्वाद चाखिसकेकाले जनताले यिनीहरुका बीच खास झगडा नरहेको ठान्नु अस्वाभाविक होइन। सत्ता साझेदारीका लागि दुवै पक्ष तयार हुने, संविधान बनाउनका लागि दुवै पक्ष विभिण्डिने यस्तो परिपाटी अन्यत्र कतै देखिएको छैन।
संघीयताका मामिलामा माओवादीको अडान उसको राजनीतिक प्रतिबद्धता हो र पनि यो सम्झौता नै गर्न नसकिने विषय होइन। माओवादीकै कतिपय स्थानीय र क्षेत्रीय तहका नेताहरु सक्रिय जातीय राज्यको विपक्षमा छन्। उसले यसमा सन्तुलन नमिलाई सुखै छैन। संघीयताको नाममा कांग्रेस र एमालेमा देखिएको विचलन उनीहरुका लागि घाटा सावित भइसकेको छ। पार्टीका महत्वपूर्ण जातीय प्रतिनिधिहरु जुन हिसावले अलग्गिँदै छन्, त्यसलाई हेर्दा कांग्रेस र एमाले बाहुन, क्षेत्री र दशनामीको पार्टीका रुपमा सीमित हुने डर बढेको छ।
सबै पार्टीले आ-आफनो पार्टी संरचना मिलाउनका लागि पनि चुनाव एउटा अवसरका रुपमा आएको छ। यो अवसरलाई सबै दल मिलेर हातमा लिन सकेनन् भने उनीहरुका लागि समय प्रत्युत्पादक बन्नेछ। यो प्रचण्ड गर्मीमा पंखाको हावा तापेर बसिरहनुभएका नेताहरुको कानमा प्रसिद्ध हिन्दी सिनेमा शोलेको 'सो जाओ, नहीं तो गब्बर सिंह आएगा' कै शैलीमा एउटा आवाज पक्कै गुञ्जिइरहेको हुनुपर्छ- सुध्र, सुध्र नत्र कमल थापा सत्तामा आउनेछन्। कमल थापा काठमाडौंको खुलामञ्चमा आइसकेका छन्।