कांग्रेसमा ठालुतन्त्र
२३ जेष्ठ २०६९
•
१५ मिनेट पाठ
कांग्रेसमा ठालुतन्त्र
कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईले 'यथास्थितिवादी र संघीयता विरोधी'लाई सत्ता कब्जाका लागि गरिने चुनावी नाटकमा विदूषकको भूमिकामा खेलाउन फकाउन थालेका छन्। राष्ट्रपति रामवरण यादवले उनको मन्त्रिपरिषद् संविधानअनुसार 'काम चलाउ' भएको हेक्का दिलाएकाले हो कि उनलाई सहमतिको तीर्खा बढी नै लाग्न थालेको देखिएको छ। कांग्रेस सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले कामचलाउ सरकारबाट कामै चल्दैन भनिदिएकाले पनि उनको 'रक्तचाप' बढेको हुनुसक्छ। साथै, यी दुईलगायत अरू केही दलले 'चुनाव घोषणा'लाई असंवैधानिक भन्दै 'आन्दोलन' गर्ने निर्णय गरेका छन्।
प्रचारवाजी र जनताको भयग्रन्थीको दोहन गर्न माहिर माओवादी नेताले चुनावलाई अवैधानिक भन्ने विपक्षीको ठहरविरुद्ध पक्कै चर्को प्रचार युद्ध थाल्नेछन्। सत्तामा रहेको र 'संसारकै धनी' भनिएको दल एनेकपा (माओवादी)का नेतालाई साधन स्रोतको अभाव पनि हुनेछैन। त्यसो त, सत्ताका गुमस्ताहरू पनि माओवादीको मनसुवा पुरा गराउन कांग्रेस र एमालेको बदनाम गर्ने अभियानमा जुट्न थालिसकेका छन्। यीमध्ये केहीले आफूलाई लोकतन्त्रको हिमायती सिद्ध गर्दै कांग्रेसले निर्वाचनजस्तो लोकतान्त्रिक प्रक्रियामा सामेल हुन हिचकिचाएको र राष्ट्रिय सहमति कायम गर्न अड्को थापेको भनेर 'व्याज स्तुति' गर्नेछन्। केहीलाई एमालेले अग्रगामी प्रगतिशील परिवर्तनको जनवादी बाटो छाडेकोमा लाग्नु पीर लाग्नेछ। किन्तु, यी दुवैको चाहना भने सत्ता कब्जाको चुनावी नाटकमा कांग्रेस र एमाले विदूषक बनून् भन्नेमात्रै हो। किन्तु, यति जान्दाजान्दै पनि पार्टीभित्रका सत्तालोलुपहरू र बाहिरका ठालुहरूको दबाब तथा दुष्प्रचारबाट निर्मित कथित 'जनमत'ले बिस्तारै दुवै पार्टीका नेतालाई झुक्न बाध्य बनाउँदै लानेछ। छरछिमेकका इष्टमित्रको 'सद्भावपूर्ण' सल्लाहले पनि सहयोग गर्नेछ। आन्दोलनमा जनताको खासै साथ नपाएका नेताहरूले पनि उम्कने बाटो खोज्नेछन् र यही सरकारमा सामेल हुन तयार हुनेछन्। माओवादी अध्यक्ष दाहालले त 'चुनाव बहिष्कार गर्ने कांग्रेस र एमालेको जातै हैन' भनेर खिसी गरिसकेका छन्। अन्ततः कुनै न कुनै निहुँ बनाएर सरकारमा कांग्रेस एमाले सामेल हुनेछन्। त्यसपछि चुनावको निष्पक्षता वा वैधताको विषय गौण बन्नेछ। नेपाली जनता पनि बिर्सनमा माहिर छन्। बहसको विषय अर्कै हुनेछ। जनताको ध्यान अन्तै जानेछ। यसैले कांग्रेस र एमालेका नेताले धेरै ठुला र चर्का कुरा नगरेकै बेस! चुनाव भइहाले आफू जित्न र मिलेसम्म आफ्नै पार्टीको प्रतिद्वन्द्वीलाई हराउन माओवादी वा मधेसवादीको सहयोग लिन पनि कांग्रेस र एमालेका नेताहरू हिचकिचाउने छैनन्। चुनावै हुने बेलामा त अहिलेको एकल जातीय पहिचानको प्रश्न पनि घुर्मैलो भइसक्नेछ। आदिवासी अगुवाहरूले अहिले जति नै घुर्की लगाए पनि अन्ततः 'चिसै पानीले नुहाउनु' को विकल्प उनीहरूसँग पनि छैन। अहिले पार्टीको संस्थापन र असन्तुष्ट दुवै समूहले चर्को स्वर गर्नु व्यर्थ हो।
नेपालीमा एउटा उखान छ - 'बिग्रे दोषादोष सप्रे खोसाखोस'। राजनीतिक नेताहरूको आचार, विचार र व्यवहारमा यो भनाइ पुरै चरितार्थ हुन्छ। विफल संविधान सभामा एनेकपा (माओवादी)को सदस्य संख्या सबैभन्दा धेरै थियो। अझ माओवादीका सगोत्री सबै कम्युनिस्टहरूको संख्या हिसाब गर्दा त ६० प्रतिशतभन्दा बढी थियो। मधेसी पार्टीका 'प्रिपेड' नेताले सत्ताको ग्यारेन्टी पाए जे पनि मान्ने लक्षण देखाएकै थिए। यतिले नै दुई तिहाइ नाघ्थ्यो। त्यसमाथि 'तर्बुजा कांग्रेस'हरूलाई पनि मिसाउँदा 'दक्षिणपन्थी, प्रतिगामी, प्रतिक्रियावादी'हरूको संख्या कति बाँकी रहन्थ्यो होला र? अधिकांश भारेभुरे पार्टीका नेता त यसै पनि माओवादीकै पछि लागेका जो थिए। बाहिर पनि माओवादीकै चल्ती छ। संविधान सभाको अन्तिम अवधितिर देशभर चलाइएको बन्द, हड्ताल, आन्दोलनमा प्रत्यक्षपरोक्ष माओवादीकै हात रहेछ भन्ने त अहिले अरू दलले विरोध गर्दा पनि सडकमा खासै प्रतिक्रिया नदेखिनुले पनि पुष्टि गरेकै छ। यसैले राजनीतिक स्थिति सप्रे बिग्रेमा जसअपजस माओवादीलाई नै दिनुपर्ने हो। तर, विचित्रको नेपाली समाजमा राजधानीका खोपी र बैठकमा भने अहिले पनि बिग्रेकोमा धेरै दोष कांग्रेसलाई नै दिने गरिएको छ। एमालेका भागमा पनि अलिअलि परेको छ। त्यति त 'प्रतिगमन आधा सचिएको' भनेर पनि सत्तामा गएको औचित्य सिद्ध गर्न लाज नमान्ने एमाले नेताहरूले स्वीकार पनि गर्लान्!
हुनत, शुभेच्छुकहरूले पनि अहिलेको दुरवस्था दोष कांग्रेसलाई नै दिएका छन्। कांग्रेसको नामै सुन्न नचाहने राणाशाहका पुरेतदेखि गाउँघरका मुखिया जिम्मालका सन्तान त वर्षामा पहिरो गए पनि दोष कांग्रेसलाई नै दिन्छन्। तिनले दोष दिएकोमा आश्चर्य मान्नै पर्दैन। अचम्म! हिजो नेपाली कांग्रेसले राजालाई साथ दिएको भए माओवादीको प्रभाव बढ्ने नै थिएन भन्नेहरू नै अहिले माओवादीलाई कांग्रेसले साथ दिएको भए गणतन्त्र संस्थागत हुन्थ्यो भन्दैछन्। मानौ, कांग्रेस प्रतिनायक हो र उसले नायकका लागि त्याग गरिरहनुपर्छ अनि खलनायकको चोट पनि सधैँ सहिरहनुपर्छ। लोकतन्त्रका पक्षमा गरेको संघर्ष र बलिदानका दृष्टिले नेपाली कांग्रेससँग तुलना गर्न सकिने लोकतान्त्रिक दल दक्षिण एसियामा मात्र हैन संसारमै बिरलै पाइन्छ। तर, लोकतान्त्रिक अभ्यासका क्रममा भने कांग्रेस निरन्तर पछारिइरहेको छ। झट्ट हेर्दा यस्तो हुनसक्छ जस्तो लाग्दैन तर गौर गर्ने हो भने यो परिणाम अत्यन्त स्वाभाविक देखिन्छ। संस्कृतमा एउटा सूक्ति छ - 'धर्मो रक्षति रक्षितः। ' यसको अर्थ हुन्छ - रक्षा गरिएको धर्मले रक्षा गर्छ। राजनीतिक दलहरूका सन्दर्भमा यसलाई अर्थ्याउने हो भने सिद्धान्तप्रति निष्ठावान भएमा सिद्धान्तले रक्षा गर्छ। नत्र, सिद्धान्तले कसैलाई रक्षा गर्न सत्तै्कन। निष्ठाहीन राजनीति महात्मा गान्धीका शब्दमा खराब हुन्छ। सम्भवतः कांग्रेस अहिले लोकतन्त्रको विकाससँग असान्दर्भिक हुँदै जानुलाई यही दृष्टिले हेर्नुपर्छ।
नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन स्थापित नेपाली कांग्रेस अन्ततः ठालुतन्त्रको सिकार बन्नेछ भन्ने यसका संस्थापकहरूले कहिल्यै सोचेका पनि थिएनन् होला। तर, अहिले कांग्रेसका नेताले नागरिकलाई 'रैती' तिनको व्यवहारबाट देखिएको छ। दोस्रो जनआन्दोलनपछि कांग्रेसका नेताहरूले गर्ने गरेका सम्झौता र निर्णयहरूले मुलुकको कति हित भएको छ र त्यसमा कार्यकर्ताको समर्थन कति छ भन्ने विषयमा सायद कहिल्यै मनन गरिएको छैन। संविधान सभामा पार्टीको घोषणापत्र विपरीतका कति विषयमा नेताहरूले किन सम्झौता गरे भनेर जनतालाई त परै जाओस् कार्यकर्तालाई समेत स्पष्टीकरण दिइएको देखिँदैन। संविधान सभा विफल भयो। मुलुक त्यही कारणसमेतले गर्दा संकटमा परेको छ। यसको दोष नेपाली कांग्रेसका नेताहरूले लिनु पर्छ कि पर्दैन? संविधान सभा मूलतः माओवादीको आन्तरिक कलह र त्यसका नेताहरूको अधिनायकवादी महŒवाकांक्षाको पछिल्लो सिकार संविधान सभा भएको हो तर त्यसलाई रोक्न नसकेपछि जनतालाई बताउन कांग्रेसलाई केले छेकेको हो? बाबुराम भट्टराईको सरकारमा सामेल भएर पार्टीलाई खाडलमा धकेल्ने हतार कांग्रेसका नेताहरूले किन गरेका हुन्? जनता र सामान्य कार्यकर्ताको कुरा त कांग्रेसका जिम्मुवालहरूले सुन्न जरुरी मानेनन् रे कम्तीमा सैद्धनन्तिक निष्ठाकै प्रश्न उठ्ने निर्णय गर्दा केन्द्रीय समिति वा संसदीय दलको निर्णय गर्नु पर्दैन? माओवादी नेतृŒवको सरकारमा जानु गल्ती थिएन भने किन राजीनामा गर्नुपर्‍यो? गल्तीको भने त्यसको समीक्षा गरेर दोषीलाई कारबाही गर्नुपर्ने हैन?
संविधान सभाको अर्को निर्वाचनमा भाग लिने वा नलिने, सरकारविरुद्ध एमालेसँग मिलेर आन्दोलन गर्ने कि नगर्नेजस्ता विषयले कांग्रेसको भविष्य निर्धारण गर्ने देखिन्छ। अचम्म, सिंगै पार्टीको भविष्य निर्धारण गर्ने निर्णय गर्दा पनि नेपाली कांग्रेसका नेताहरूले कार्यकर्तासँग सल्लाह गरेको देखिएन। पार्टीको केन्द्रीय समितिको बैठकसमेत बस्न सकेको छैन। देउवा र कोइराला गुटहरूमात्र बैठकमा बसेका छन्। पार्टीमा निर्णयै नगरी शेरबहादुर देउवाले 'संकटकाल' लगाउन प्रधानमन्त्रीलाई सल्लाह दिएको समाचारमा कांग्रेसका अरू नेताले प्रतिक्रियासम्म व्यक्त गरेनन्। होला, देउवालाई संकटकाल ठोक्न मन पर्दो हो। तर, उनको संकटकालकै रहरले मुलुकबाट संसदीय लोकतन्त्र समाप्त भयो। पार्टी विभाजित भयो। धेरैले अझै सम्झेकै हुनुपर्छ पार्टीले संकटकाल लम्याउने सहमति नदिएपछि देउवाले पार्टी फुटाएका थिए।
सत्ता लोलुपताले कांग्रेसलाई सधैँ कमजोर बनाएको छ। कांग्रेसले २००७ सालदेखि सधैँ लोकतन्त्रलाई ध्येय मानेर संघर्ष गर्‍यो। सत्तालाई प्राथमिकतामा नराखी गरेका अधिकांश आन्दोलन सफल पनि भए। अहिले पनि प्रधानमन्त्रीको राजीनामाभन्दा कांग्रेसले निर्वाचनको निष्पक्षतालाई बढी महŒव दिनुपर्थ्यो। अथवा, कार्यकर्ताको राय बुझेर आवश्यक ठहरियो भने निर्वाचन बहिष्कारै पनि गर्ने निर्णय गर्नुपर्थ्यो। कांग्रेसले बहिष्कार गरे पनि निर्वाचन होला तर त्यसको नैतिक वैधता रहनेछैन। निर्वाचनमा भाग नलिँदैमा लोकतन्त्रविरोधी होइने हैन। माओवादीले जस्तो कांग्रेसले 'हामीले हार्ने चुनावमा किन भाग लिने?' भन्न हुँदैन तर निर्वाचनमा भाग लिनु आत्मघाती हुने कार्यकर्ताको ठहर छ भने वा अहिले निर्वाचनमा भाग लिँदा अधिनायकवादले नैतिक वैधता पाउने लक्षण बढी छ भने बहिष्कार गर्नु अलोकतान्त्रिक हुँदैन।
कांग्रेसका नेताहरूले नाता, दाता र ज्ञातालाई ठुला ठान्ने गरेकाले पार्टी पतनको बाटोमा अग्रसर भएको हो। यस यथार्थलाई आत्मसात् गरेर आयन्दा जनता र कार्यकर्ताको रायैलाई निर्णयको आधार बनाउने संकल्प नगर्ने हो भने तर्बुजाहरूले पार्टीलाई अर्को खाडलमा हाल्ने निश्चित् छ। बीपीले भनेजस्तै माटो मुठीमा लिएर निर्णय गर्ने बेला आएको देखिएको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस