'रुपान्तरण, एकता र विद्रोहको विकल्प छैन' भन्ने पालुङटार विस्तारित बैठकको निर्णयलाई थन्काएर एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानको 'रोडम्याप' तय गरे। त्यसलगत्तै तीव्र बनेको माओवादी अन्तरसंघर्षका क्रममा एमाओवादीकै वैद्य पक्षले 'पालुङटारको म्याण्डेट विपरित तय गरिएको शान्ति र संविधानको कार्यदिशा गलत छ' भन्ने निष्कर्ष निकाल्यो।
२ वर्षे संविधानसभाको अवधि बढाएर ४ वर्षसम्म पुर्यादउँदै अन्तमा जनतालाई संविधान दिनुको सट्टा आफैं जन्माएको संविधानसभा आफ्नै हातबाट सिध्याएपछि वैद्य पक्षले भनेझैं दाहाल र भट्टराईले तय गरेको शान्ति र संविधानको कार्यदिशा अन्ततः गलत सावित भएको छ।
शान्ति र संविधानको कार्यदिशा तय गर्ने अध्यक्ष दाहाल र सरकारको नेतृत्व गरेका भट्टराईको क्रमशः पार्टी र सरकारको नेतृत्वमा बस्ने हैसियतमाथि वैद्य पक्षले प्रश्न उठाउन थालेको छ। जेठ १५ गते बिहानै वैद्य पक्षले पार्टी अध्यक्ष दाहालले अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने र वैधानिकता सिद्धिएको कामचलाउ सरकारबाट भट्टराईले राजिनामा दिनुपर्ने बताएको छ। सचिव सीपी गजुरेलले त संविधान बन्न नसक्नु र संविधानसभा विघटन हुनुमा एमाओवादी नै जिम्मेवार भएकाले उसले नै जिम्मेवारी लिनुपर्ने बताइसके।
दाहाल-भट्टराईले लिएको बाटो सही भएको भए गुमेका विषय पनि हासिल हुन्थे तर स्वीकार गरुन् या नगरुन् नेताद्वयले लिएको 'शान्ति र संविधान'को कार्यदिशा गलत भएकाले एमाओवादीका मात्र, हैन मुलुकमा भएका सबै उपलब्धि गुमिरहेका छन्। चार वर्षअघि संविधानसभा निर्वाचनमा जनतामाझ जाँदा बाँडिएको पार्टी प्रतिबद्धतापत्र अहिले पनि जनताले 'नेताहरु फेरि आउलान्, देखाउँला' भनेर बाकसमा थन्काएर राखेका छन्। प्रतिबद्धतापत्रमा उल्लिखित कुनै पनि कुरा पूरा नगरेर आगामी मंसिर ७ गते कुन मुख लिएर जनतामाझ जान्छन्? चार वर्षसम्म पनि संविधानसभाले संविधान दिन सक्दैन भने केका आधारमा अर्को संविधानसभाको निर्वाचन? यो प्रश्नको उत्तर स्वयं नेताहरुसँग पनि छैन। संविधान पनि दिन नसक्ने र शान्ति प्रक्रियालाई अलपत्र पारेर अर्को राजनीतिक द्वन्द्वको बीउ आफंै रोप्ने यो कामचलाउ सरकारले आगामी दिनमा जनअपेक्षाअनुरुपको संविधान देला भनेर जनताले पत्याउने आधार छैनन्।
शान्ति र संविधानको आफ्नै कार्यदिशामा असफल भएर अदूरदर्शी सावित भएको माओवादी नेतृत्वलाई 'सत्ता कब्जा गर्ने रणनीतिमा लागेको' भनेर कांग्रेस-एमालेलगायत्का शक्ति तर्सिनुको कुनै अर्थ छैन। अवैध निर्वाचनबाट सत्ता कब्जा हुने शंका देखेर वा सम्भवै नभएको विषयलाई उचालेर आफ्नो राजनीतिक स्थान खोज्नुले उनीहरु पुनः राजनीतिक असक्षमताको परिचय दिइरहेका छन्। बरु साँचो कुरा के हो भने माओवादी नेतृत्वलाई असफल सावित गर्न र माओवादी जनयुद्धले हासिल गरेका सबै उपलब्धि (जनसेना, जनयुद्ध, जनअदालत, जनसत्ता, संविधानसभा, जनसंविधान ल्याउने योजना) सिध्याएर मुलुकलाई पुरानै स्थितिमा फर्काउन भने कांग्रेस एमालेहरु सफल भएका छन्।
संविधानसभा भंग हुँदा र नयाँ संविधान नबन्दा नेताहरुले जे/जति टीका/टिप्पणी र एक अर्काबीच आरोप/प्रत्यारोप गरे पनि संविधानसभालाई तुहाएर जनपक्षीय संविधान बन्न नदिने बाह्य शक्तिको चाहनालाई नेताहरुले सहजै पूरा गरिदिएका छन्। त्यो शक्तिको चाहना भनेकै संविधानसभाको वकालत गर्दै ठूलो संघर्षबाट जनताको संविधान बनाउने उद्घोष गरेको माओवादीकै नेताबाट संविधानसभाको विघटन गराउनु थियो। सँगसँगै पार्टीको आधिकारिक धारणा जनताको संविधान नबने जनविद्रोहमा जाने माओवादीको कार्यदिशालाई पनि असफल बनाउनु थियो। अन्ततः यी दुवै कार्यदिशाबाट माओवादीलाई अलग गराउने उद्देश्यमा त्यो शक्ति सफल भएको छ, जसले माओवादी विद्रोहलाई जन्मँदै सिध्याउन आफ्नो सम्पूर्ण शक्ति खर्चेका थिए।
झट्ट हेर्दा 'शान्ति र संविधान' लोकप्रिय नारा भए पनि दाहाल-भट्टराईको 'शान्ति र संविधान' नल्याउन जुन षड्यन्त्र भयो, त्यसमा माओवादीको मूल नेतृत्व नै प्रयोग भयो। कुनै बेला दाहाल आफैं भन्थे- 'नेपाली आमाका हजारौं सपुतको रगतबाट जन्मिएको संविधानसभाको हत्या गर्ने षड्यन्त्र हुँदैछ।' जेठ १४ गते राति उनले सकारे- 'संविधानसभा अब रहेन।' त्यसो भए संविधान बन्न नसक्नुमा दाहाल जिम्मेवार छैनन्? पालुङटारको निर्णय थन्काएर दाहाल आफैंले रोजेको 'शान्ति र संविधान' को बाटोले न शान्ति ल्यायो, न त संविधान नै। दलहरुसँग छलफल नै नगरी अझ आफ्नै पार्टीभित्रको अर्को पक्षलाई जानकारी नै नदिई प्रधानमन्त्री भट्टराई र अध्यक्ष दाहाललाई अन्य विकल्पबारे नसोची अर्को संविधानसभा निर्वाचनको घोषणा गर्न केले बाध्य पार्योर? अन्यसँग छलफल नगर्नु र एक्लै निर्णय गर्ने उनीहरुको नियत सही थिएन। किनकि राष्ट्रलाई निकास दिएर नयाँ राज्य निर्माण र जनपक्षीय संविधान बनाउने कुरामा दाहाल र भट्टराई इमानदार थिएनन्। पार्टीभित्र र बाहिरबाट दाहाल र भट्टराईमाथि जे/जति आरोप लागेका थिए, जानेर होस् या नजानेर ती सबै आरोप स्वयं उनीहरु आफैंले पुष्टि गरेका छन्। यी सबै विषयलाई एक ठाउँमा केन्द्रित गरेर भन्ने हो भने 'अर्कै उद्देश्यका निम्ति' तय गरिएको शान्ति र संविधानको बाटोमा पार्टी अध्यक्ष र प्रधानमन्त्री आफैं चिप्लिएका छन्। आगामी मंसिर ७ गते संविधानसभा निर्वाचनको घोषणा गरेर भट्टराई र दाहालले अर्को गल्ती गरेका छन्।