प्रधानमन्त्री बाबुराम भट्टराइले संविधानसभाको विघटनलगत्तै नयाँ जनादेशमा जाने सरकारी निर्णय सुनाए। मुलुकको राजनीति अहिले चुनावकै मुद्धामा केन्द्रित छ। काग्रेस लगायतका केही राजनीतिक दल चुनाव घोषणाको वैधानिकताबारे प्रश्न उठाइरहेका छन्। एमालेले चुनावमा जाने उद्घोष गरेको छ। संविधानसभा समाप्त भैसकेको अवस्थामा नयाँ जनादेशमा जानु वाहेकको विकल्प छैन।
चुनाव कसरी गर्ने, कसको नेतृत्वमा चुनाव गर्ने र धाँधलीरहित निष्पक्ष चुनाव कसरी गर्ने भन्ने अह्म मुद्धाहरूमा दलहरू केन्द्रित हुन आवश्यक छ। दलहरूबिच चुनाव गराउने न्यूनतम सहमति हुनसक्यो भने आगामि मंसिर ७ गते नयाँ चुनाव हुनेछ। तर, भट्टराईले सोचे जस्तै चुनावका लागि सहज वातावरण देखिदैन। राष्ट्रपति डा. रामवरण यादवले भट्टराईको हैसियत कामचलाउन प्रधानमन्त्री सरह भनिदिएपछि सत्ता राजनीति झन पेचिलो बन्न पुगेको छ। र, प्रधानमन्त्रीको चुनाव घोषणाको वैधानिकता खोज्नेहरूका लागि बल पुगेको छ। निश्चित छ, आउँदा दिनहरूमा भट्टराईको राजिनामा राजनीतिले आकार लिदैं जाने छ।
२०६८ भदौ ११ मा प्रधानमन्त्री निर्वाचित भएको बेला भट्टराई प्रतिको जनआकाक्षा उचो थियो। करिव १० महिने कार्यकालपछि भट्टराईप्रतिको आशा मरेको छ। र, त्यो भन्दा खतरा उनी संविधानसभालाई विघटनमा पुर्याकउने खलपात्रझै देखिन थालेका छन्। उनी प्रधानमन्त्री भएको दोश्रो दिन संविधानसभाको म्याद थपिएको थियो, तीन महिना। फेरी अर्काे पटक ६ महिना समय थपिदा पनि लक्ष्य प्राप्त हुन सकेन। बरु, दश महिने भट्टराईको कार्यकालको सबै भन्दा ठुलो 'उपलब्धी' संविधानसभा विघटन् बन्नपुग्यो। इतिहासमा भट्टराईले संविधानसभा माथी गरेको बज्र प्रहारको मूल्याङ्कन आगामी दिनमा हुने नै छ।
इमान्दार राजनीतिमा नयाँ जनादेश सर्वोत्तम विकल्प हो। तर, संविधानसभाबाट संविधान जारि गर्न नसकेको अवस्थामा नयाँ जनादेश आवश्यक ठानियो। उनको चुनावी हतियार भने इमान्दार छैन्। आफू सत्तासिन भैरहने चाहनाबाट निर्देशित चुनावी अस्त्र मधेशी मोर्चाको वैश्ााखीमा कतिन्जेल टिकिराख्ने हो? आगामी दिनमा प्रष्ट हुँदैै जानेछ।
जेठ १५ एकाविहानै राष्ट्रका नामको सन्देशमा नयाँ चुनाव संघीयताका पक्षधर र विरोधीबिच हुन लागिरहेको उद्घोष गर्दे थिए, भट्टराई। संविधानसभामा संघीयता बिरोधीहरू हावि भएको उनको दाबी र चुनावबाट संघीयता पक्षधरहरू आउँने उद्घोषको बस्तुगत विश्लेषण आवश्यक छ। संविधानसभाबाट संविधान जारी हुन नसक्ने अवस्था सभासदहरूका कारण भएको होइन। मुलुकको राजनीतिको ठेक्का लिएका दर्जन 'जिम्मेवार' नेताहरूकै कारण मुलुक सक्रमणकालिन राजनीतिको चक्रमा फस्न पुगेको हो।
संघीयताका मुद्धाबाट टाढिन खोज्ने कांग्रेस र द्धैधनीतिको शिकार भएका माओवादी र एमालेका साथै आफनै कुरामा मात्रै जिद्दी गर्ने मधेशी मोर्चाको प्रवृती नै अहिलेको अवस्था आउनुको मुख्य कारण हो। संविधानसभा अर्न्तगत राज्यको पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाड समिति र राज्य पुर्नसंरचना सुझाव आयोगमा यस्तै दलगत प्रवृती देखापरेका थिए। ४३ सदस्यीय राज्यपुर्नसंरचना समितिका माओवादी सभासद हितमान शाक्य र एमाले सभासद मंगलसिद्धि मानन्धरको रणनीति अनुरूप २२ जना सभासदको बहुमतबाट प्रतिवेदन पारित गर्ने काम भयो। शाक्य संयोजक रहेको समिति अर्न्तगतको उपसमितिमा १२ प्रदेश र काग्रेसका नरहरी आचार्य लगायतको नामविहिन ६ प्रदेशको अवधारणमा आएका थिए। दुबै अवधारणा संविधानसभामा लैजाने सहमति पनि बनेको थियो। तर, रातारात बहुमतको नाममा शेर्पा र जडान प्रदेशहरू थपेर मुलुकलाई १४ चिरामा बाँडने काम भयो। बहुमतको त्यो प्रतिवेदनप्रति एमाले सभासद शंकर पोखरलेलगायतले विरोध गरेका थिए। काग्रेस र मधेशी मोर्चाले पनि विरोध गरेको पृष्ठभूमिमा त्यसको राजनीतिक हैसियतमाथि उतिवेलै प्रश्न उठेको थियो। बहुमतको प्रतिवेदनमात्र संविधानसभामा पेश गर्न हतारो गर्ने सभामुख सुवास नेम्वाङको भूमिका पनि उत्तिकै जिम्मेवार देखिन्छ।
संविधानसभा विघटनमा राजनीतिक दलका शीर्ष नेता मात्र नभएर सभाध्यक्ष सुभास नेम्वाङ पनि उत्तिकै जिम्मेवार छन्। नेम्वाङका 'चिप्ला आर्दश'मै संविधानसभा नराम्ररी चिप्लिन पुगेको छ । नेम्वाङले जातिय संघीयताको लागि के कति भुमीका खेले भन्ने कुरा पनि आगामी दिनमा खुल्दै जाने छ। उनीमा संविधानसभाको अध्यक्षको पदिय दायित्व निर्वाह गर्नेभन्दा पनि राजनीतिक दलका निश्चित पात्रहरूबाट निर्देशित हुने मनोविज्ञान देखिएको हो। अन्ततः त्यही मनोविज्ञानले नै संविधानसभा विघटन हुन पुग्यो। सार्वभौमसत्तासम्पन्न संविधानसभाको भूमिका गौण बनाउने उद्यमलाई सहयोग पुर्या एको नेम्वाङ्गको पर्दापछाडीका भूमिका अब सतहमा आउने छन्।
अन्तरिम संविधानमा विज्ञहरूको आयोग बनाउने प्रावधानलाई दलहरूले आआफ्ना स्वार्थ अनुसार ग्रहण गरेकोले संघीयता एक पछि अर्को गर्दे पेचिलो मुद्धा बन्न पुगेको हो। आयोग बन्न नसकेको र समितिको प्रतिवेदन विवादास्पद भएको पृष्ठभूमिमा तेश्रो पटक थपिएको संविधानसभाको म्याद सकिनु एकसाता अघिको आयोग गठनको राजनीतिले धेरै अर्थ राख्दछ। संविधानसभाबाटै आयोग बनाउने राजनीतिक सहमति माओवादीको मोहन वैद्य समुहको जातीय हतियारले निस्तेज पारेपछि सुझाव दिने हैसियतको 'विज्ञ' आयोग बन्न पुगेको थियो। आयोग गठनको मूल्यमा संविधानसभाको म्याद ६ महिना थपिने बाहेकको उपब्धी केही भएन।
संघीयताको मामलामा सबैभन्दा अन्यौल माओवादीभित्रै रहेको घटनाक्रमहरुले पुष्टि गरेको छ। माओवादीका वैद्य, देव गुरूङको 'प्रेसक्रिप्सन'को जातिय हतियार भट्टराईसत्ता विरुद्ध उचालिरहेको अवस्थालाई यहाँ विर्सन मिल्दैन। माओवादीभित्रको आपसि द्धन्दको मारमा मुलुक फस्न पुगेको देखिन्छ। माओवादी भित्रको परस्पर विरोधी विचारकै कारण संघीयताका मुद्धामा सबैभन्दा द्धिविधाग्रस्त बन्न पुगेको हो भन्न सकिन्छ। भट्टराईले संघीयता विरोधीहरूलाई पाखा लगाउन नयाँ चुनाव भनेका छन्। अन्य दलहरूलाई संघीयता बिरोधीको आक्षेप लगाउन सजिलो छ। तर, भट्टराईले संविधानसभा विघटनका कारण आफनै पार्टीभित्र खोज्न जरूरी छ।