आकाश अझै खसेको छैन
१८ जेष्ठ २०६९
•
१२ मिनेट पाठ
आकाश अझै खसेको छैन
आकाश सितिमिति खस्दैन रहेछ। दुःख झेल्ने गजबको शक्ति दिएको रहेछ मनिसलाई प्रकृतिले। हामी नेपालीले सायद यो शक्ति अरूले भन्दा अलि बढी नै पाएकाछौँ। 'जेठ १४ सम्ममा संविधान बनेन भने देश ठूलो दुर्घटनामा पर्छ' भन्दै हामी बेसरी आत्तिएका थियौँ। नभन्दै संविधान बनेन। निर्धारित समयभन्दा दुई वर्ष बढी बिताइए पनि संविधान बनेन।
त्यो जिम्मा पाएकामध्ये कोही कोही भावुक बने केही बेर। जनतासँग माफी माग्ने औपचारिकता पुरा गर्न पनि भ्याए कतिले। तर भोलीपल्टै 'गणतन्त्र दिवस'मा हाँस्न छोडेनन् नेताहरू। 'मैले त गर्न खोजेकै हो, अरुले दिएनन्' भन्ने सार्वकालिक, सहजप्राप्य अस्त्रको प्रयोग सबैले गरे एकर्काप्रति लक्षित गर्दै।
अचम्म! देश भित्रभित्रै जति बिरामी परे पनि बाहिरबाट हेर्दा भने त्यस्तो ठूलो दुर्घटनामा परेजस्तो अझै देखिन्न। दोहरी चलेकै छन्। कम्मर लच्किएकै छन्।
चार वर्ष! गर्भमा रहेको सानो भ्रूण पनि यति लामो अवधिमा सशरीर अवतरित भएर परिवारको केन्द्रविन्दु बनिसकेको हुन्छ। सानो बीउ पनि विशाल वृक्ष भएर फल दिन थालिसकेको हुन्छ। ठूला ठूला सहर निर्माण हुन्छन्, चौडा राजमार्ग बन्नसक्छन्, मरुभूमिको ठूलै खण्ड पनि हरियो हुनसक्छ चार वर्षमा। तर यो सानो देशमा त्यत्रो बडेमानको संविधानसभा आफ्नो निर्धारित आयुभन्दा दोब्बर समय बाँचेर आफ्नो जिम्मेवारी पुरा नगरी मर्योे।
जेठ १४ सम्म सभासद् रहेकामध्ये कोही त क्षमता, ऊर्जा र जिम्मेवारी पुरा गर्ने संकल्पका धनी पनि थिए होलान्। कसैको भने ऊर्जा र क्षमता भए पनि सायद संकल्प थिएन। बाठा, वाचाल तर आत्मकेन्द्रित मानिस पनि सभासद् भए होलान्। तिनकानिम्ति संविधानभन्दा आफ्नो साँगुरो तुच्छ स्वार्थ नै ठूलो हुँदो हो। हिजोको समर्पणका कारण पुरष्कारका रूपमा जिम्मेवारीको बोझ थाप्न पुगेका कोही असल मन भएर पनि क्षमता नभएका थिए होलान्। अरू कसैको नारालाई घन्काई दिनकै निम्ती, केही बुझ्दैनबुझी निमित्तमात्र भएर पनि कोही त्यहाँ पुगेका होलान्।
जस्ता भए पनि, जे भए पनि, ती सबै चार वर्षका निम्ति सभासद् भए र एउटा अत्यन्त लामो, अस्पष्ट प्रयोगात्मक अमूर्त नाटकमा बिना तयारी अभिनय गरे झैँ तिनले समय बिताए। अनि थकित र निराश भएर निस्के नाटकको पटाक्षेपसँगै।
यस्तो बेला तिनलाई भित्रभित्रै पीडा र लज्जाबोध हुनु वा आफूले जो सकेको गर्दा पनि कुनै अर्थ भएन भनेर तिनीहरू निराश र आक्रोशित हुनु स्वाभाविक हो। अनि यो मनःस्थितिबाट एकछिन भए पनि मुक्त हुन तिनले छान्ने सबभन्दा सजिलो र छोटो बाटो एकर्कालाई दोषारोपण गर्नु नै हो। अहिले त्यही भइरहेको छ र यो क्रम जारी रहनेछ।
तर यो यथास्थिति अस्वीकार्य नै हो भने परिवर्तनका लागि ठोस काम गर्न थाल्नुले मात्र अर्थ राख्छ। त्यसो गर्न सतही बुझाइले मात्र पुग्दैन। आइन्स्टाइनले भनेजस्तै - 'जुन सोच बोकेर हामीले समस्या सिर्जना गर्यौँि, त्यही सोचका भरमा त्यसलाई समाधान गर्न सत्तै्कनौ'। समस्या के हो, त्यसको जरो कति गहिरो र कति फराकिलो छ? त्यसको जनक के हो? यी सबैका बारेमा हुनुपर्ने जति ध्यान नदिइएको आभास हुन्छ यति बेला।
के हो त अहिलेको समस्या?
अब त हामीलाई गणतन्त्र नेपाल भन्ने बानी परिसकेको छ। आज हुर्किरहेका ससाना नानीले भोलि भन्नेछन् - हाम्रो देशमा कुनै बेला राजा पनि थिए रे! केही वर्ष अघिसम्म पनि गणतन्त्रको कुरा गर्नु ठूलो लाग्थ्यो, उग्र वा भयावह लाग्थ्यो। अहिले अत्यन्तै महत्वपूर्ण ठाउँमा बसेर राम्रो भूमिका पुरा गरिरहेका असल मानिसहरूसमेत ऊ बेला 'गणतन्त्र' भन्ने शब्द सुन्नासाथ कुराकानी छोडेर जुरुक्क उठेर निस्कन खोज्थे। तर 'प्रजातन्त्र'बाट 'लोकतन्त्र' बन्न पुगेको शब्द भने तिनलाई भयावह लाग्दैन थियो र गह्रौं पनि लाग्दैन थियो सायद।
तर यथार्थ त के हो भने गणतन्त्र भनेको प्राप्य विषय थियो - हामीले पायौँ। पुग्न सकिने विन्दु थियो, हामी पुग्यौँ। लोकतन्त्र भने त्यस्तो प्राप्य चीज हैन, चढ्न सकिने कुनै निश्चित उचाइ पनि हैन। यो त मानिसको पूर्णतातर्फको यात्रा हो कहिल्यै नटुगिंने। 'अब यति लोकतन्त्र भए पुग्छ' भन्ने हुँदैन। लोकतन्त्र त जहिले पनि अझ परिष्कृत भइरहनु पर्ने पद्धति हो, जुन परिष्कारसँगै हामी जनता परिष्कृत हुन्छौँ।
लोकतन्त्रको यो सुन्दर तर कठिन यात्रा हामीले धेरै ढिलोमात्र सुरु गर्न सक्यौँ। अझै पनि यो महान् यात्राका सहयात्रीबीचमा एकर्कासँग दुःखसुखका कुरा हुनै बाँकी रहेछ। एकर्कालाई बुझ्नै बाँकी रहेछ। त्यसैले त बेलाबेलामा आपसमा असहिष्णुता देखिन्छ, अविश्वास देखिन्छ, शंकाउपशंका उब्जिन्छ र एकर्काको दानवीकरणको प्रयत्नसम्म पनि हुन्छ। एक्लैले तय गर्न असम्भव लोकतन्त्रको यस यात्रामा एकअर्काको असन्तुष्टि, पीर, चासो, आक्रोशको कारणै नबुझी, नसुनी प्रतिक्रियात्मक भई उल्टै जाइलागेरमात्र त यात्राले कसरी गति लिन सक्ला?
सन् २००१ को सेप्टेम्बर एघारमा टि्वन टावरमाथिको आक्रमणपछि भियतनामी जेन गुरु टिक न्याट हानलाई एन सिम्किन्सनले सोधिछन् - 'गुरु, तपाईंले ओसामा बिन लादेनलाई भेट्नुभयो भने के भन्नुहुन्छ?' गुरुको उत्तर थियो - 'पहिले म उनका कुरा सुन्छु। के त्यस्तो पीडा थियो उनको जसले गर्दा यति विभत्स काम गर्न ती उद्यत भए, करुणापूर्वक म त्यो बुझ्ने प्रयत्न गर्छु?' एनले फेरि सोधिन् - 'अमेरिकी जनतालाई के भन्नु हुन्छ त?' उनले भने - 'शान्त र सचेत हुन भएभरको प्रयत्न गरौँ। आँफूभित्र दनदनी बलिरहेको क्रोध र घृणाको ज्वालालाई साम्य पारौँ। प्रतिहिंसाले हिंसालाई मलजल नगरौँ। हिंसालाई जन्म दिने पीडाको जरो पत्ता लगाऊँ। अनिमात्र दीर्घकालिन शान्तिका लागि, आपसी हितका लागि केही गर्न सकिन्छ। गहिराइमा नपुगी गरिने कुनै पनि प्रतिक्रियाले झन् बढी हानि गर्छ।'
आतंकवादका पर्याय बनाइएका ओसामा बिन लादेन र आफ्नो शक्तिको मातमा जहाँ पनि जेसुकै गर्नुलाई आफ्नो अधिकार ठान्ने अमेरीकी शासक त स्थूल उदाहरणमात्र हुन्। तिनमा रहेको हिंसाको तत्व, सैतानको त्यो स्वत्व ­ हामी सबैभित्र सूक्ष्म रूपमा लुकेर बसेका छन्। आफू भित्रबाट तिनलाई बाहिर निकाल्न, चिन्न, र निस्तेज पार्न समय लाग्नसक्छ। एकर्काको दुःख र पीडाका कथा नसुनी त्यो सम्भव हुँदैन।
मेरा केही जिज्ञासालाई सम्बोधन गर्दै विश्लेषक सीके लालले भन्नुभएको थियो ­ 'मानिसका संवेदना बलिया हुन्छन्। तिनलाई संबोधन नगरी तर्क र बुद्धिको तहमा प्रवेश गर्न सम्भव हुँदैन।' हो, तार्किक र बौद्धिक हिसाबले हेर्दा बुझ्नै नसकिने केही आग्रहका पछाडि अव्यक्त पीडाका विशाल पर्वत हुन सक्छन्। जबसम्म तिनलाई हामी देख्दैनौ, मधेसी र पहाडे, नाकचुच्चे र थेप्चे, दलित र 'माथ्ला जातका' सबै तप्काका जनताबीच होस् वा पार्टीहरूका बीचमा ­ एकार्काको दानवीकरण र बहिष्करणको सिलसिला चली नै रहनेछ।
यतिबेला जनताका हरेक समूहमा आफ्ना वरिपरिका मानिसमा रहेको विध्वंशक आक्रोश र असन्तुष्टिजन्य ऊर्जा खिचेर लिन सक्ने र त्यसलाई लोकतन्त्रका सहयात्रीबीच प्रेम र सद्भावको, एकता र ऐक्यबद्धताको सिर्जनात्मक योगको ऊर्जाका रूपमा परिवर्तन गर्न सक्षम नेताको खाँचो छ। जनताबीचको असमझदारी, अविश्वास, आक्रोश, घृणा, र हिंसाभावको आगोमा घिउ थप्दै चर्का भाषण गर्ने नेताले भिडबाट ताली त पाउँछन् तर लोकतन्त्रको महान् यात्रामा भने तिनले तगारो तेर्स्याउँछन्।
अब केही बेर सुस्तरी सास फेरौँ। अब केही बेर गाली नगरी बसौँ। केही बेर आफ्नो छेउको देशवासीलाई मायाले हेरौँ र उसको पीडाको कथा सुनौ। ती आफ्नै कथाजस्ता लाग्न सक्छन्। आँखा रसाउन सक्छन्। एकैछिन अगाडि घृणाको पात्र भएको त्यो सहयात्रीलाई अँगालो मार्ने उत्कट ईच्छा जाग्न सक्छ। र त्यसो भयो भने त्यहाँ महानतम क्रान्ति सम्पन्न हुनछ।
केही ढिलो भए पनि, धेरै बिग्रिसके पनि, सम्भावना अझै प्रशस्तै छन् - हामीलाई चाहिने जति।
 

 
अर्को समाचार
राजनीतिक अनिश्चयको असर
०६ फागुन २०७१
•
११ मिनेट पाठ
राजनीतिक अनिश्चयको असर
दोस्रो संविधान सभा निर्वाचनका बखत दलहरूले एक वर्षभित्र संविधान जारी गर्ने भनी गरेको प्रतिबद्धता पूरा हुनसकेन। माघ ८ मा संविधान जारी नभएर आकाश त खसेको छैन, तर बहुप्रतीक्षित संक्रमणकालको अन्त्य अझ टाढा धकेलिएको छ। 
विगत लामो समयदेखि अन्तरिम संविधानका भरमा देश चल्दै आएको छ। घोािषत मितिमा नयाँ संविधान जारी नहुँदैमा कुनै अनौठो परिणाम नआए पनि अहिले आमजनतामा आखिर नयाँ संविधान कहिले र कसरी आउला वा संविधान नै आएन भने पनि के नै हुँदो रहेछ र भन्ने मानसिकता विकास भएको देखिन्छ। यसले निराशाजनक अवस्था पनि सिर्जना गरेको छ। साथै, अब नेपालमा संविधान नै नबन्ने त होइन वा बनिहाले पनि अर्काे द्वन्द्वको सिर्जना हुने त होइन भन्ने आशंका समेत उत्पन्न भएको अवस्था छ।

विसं २००७ मै राजा त्रिभुवनले नेपालमा गणतन्त्रात्मक शासन प्रणाली लागु हुने घोषणा गरेका थिए। तर त्यसको ५८ वर्षपछि २०६५ सालमा मात्रै संघीय गणतान्त्रिक संविधान निर्माणका लागि संविधान सभाको पहिलो बैठकले राजतन्त्रलाई विस्थापित गर्योत। र, गणतन्त्रात्मक शासन प्रणाली घोषणा गर्यो । लगत्तै राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिको निर्वाचन पनि सम्पन्न गर्योय। दुई वर्षभित्रमा नयाँ संविधान जारी गर्ने कार्यसूचीसहित कार्यारम्भ गरेको संविधान सभा पटकपटक समयावधि थप गरी चार वर्ष कायम रह्यो। तर जनतासँग गरेको प्रतिबद्धता र आफ्नो मूल जिम्मेवारीलाई पूरा गर्नै नसकी त्यसको अन्त्य भयो। तात्कालीन सरकारले दोस्रो संविधान सभाको निर्वाचनका लागि घोषणा गरेको मितिमा निर्वाचन नै भएन। लामो विवाद, आशंका र अन्यौल पार गर्दै गैरराजननीतिक व्यक्तिहरू सम्मिलित सरकार गठन भई झन्डै डेढ वर्षपछि दोस्रो संविधान सभा निर्वाचन भयो।

पहिलो संविधान सभाले संविधान लेखनको ८० प्रतिशत काम सम्पन्न गरेको कुरा त्यतिबेला सार्वजनिक भएको हो। त्यसैले यदि दोस्रो संविधान सभाले उक्त कार्यको स्वामित्व ग्रहण गर्ने हो भने त्यसबखत सहमति हुन वा निर्णय हुन बाँकी रहेका विषयमात्रै पूरा गरेमा नयाँ संविधान निर्माण प्रक्रियामा धेरै समय खर्चिनुपर्ने नै थिएन। तर सधैँ एउटै विषयलाई देाहोर्यााइरहने हो भने पहिलो संविधान सभाझँै दोस्रोबाट पनि निरर्थक र समय एवं राष्ट्रिय ढुकुटीको क्षतिमात्रै हुने देखिन्छ।

२०६२/६३ को जनआन्दोलनपश्चात् मुलुकलाई संघीय गणतन्त्रात्मक समावेशी शासन प्रणालीसहित अग्रगामी निकास दिने लक्ष्यका साथ विभिन्न प्रयास र बहस भइरहेका छन्। अन्तरिम संविधानमा ती एजेन्डाहरू स्पष्टसँग मुखरित पनि भएका छन्। जनआन्दोलनको उपलब्धि र अन्तरिम संविधानले समेत प्रत्याभूत गरेका विषय नयाँ बन्ने संविधानमार्फत् स्थापित गराउनु संविधान सभाको मूल दायित्व पनि हो। तर अहिले बहसमा विषयान्तर हुनलगेको देखिएको छ। प्रदेशको संख्या, नामकरण वा संविधान पारित गर्ने प्रक्रिया आदि विषयलाई अहिले मूल एजेन्डाको रूपमा व्याख्या भइरहेको पाइन्छ। प्रदेशको सिमांकन वा संख्या, नामकरणजस्ता विषयलाई जीवनमरणको रूपमा लिनु जरुरी छैन। किनभने हामी देशलाई नै भागबन्डा वा निजीकरण गर्न लागिरहेका छैनौँ। एउटा देशभित्र गठन हुने प्रदेशको सिमाना निर्धारण गर्दा दुई देशबीचको सिमा निर्धारण हुनलागेको जस्तोगरी विवादमा उत्रनु आवश्यक छैन। संख्या निर्धारण गर्दा पनि आफ्ना आर्थिक क्षमतालाई दृष्टिगत गरेर अघि बढ्नुपर्छ। राज्यको सिमांकन गर्दा प्राकृतिक, भौगोलिक, सांस्कृतिक, सामाजिक आदि विविधता, साधनस्रोतको समानुपातिक वितरणजस्ता नितान्त प्राविधिक र दूरगामी महŒवका पक्षलाई हेर्नुपर्छ। यस्ता कार्य दलगत राजनीतिक सोचबाट माथि उठेर प्राविधिक र व्यावहारिक दृष्टिकोणमा गरिनुपर्छ। यी विषयको निरुपण विशेषज्ञहरूको प्राविधिक समितिमार्फत् गरिनु उत्तम हुन्छ। तर यस्ता प्राविधिक र अति संवेदनशील विषयलाई पनि राजनीतिक तराजुमा तौलने एवं त्यसैको सोचमा ढाल्ने र गाल्ने काम गरियो भनेे निकट भविष्यमा नै देश अवाञ्छित तथा अनपेक्षित दुर्घटनामा पर्नसक्छ।

संविधान जारी गर्न निर्धारण गरिएको समयसिमा सकिँदा राजनीतिक शक्तिहरू संविधान सभाबाहिर सक्रिय देखिन्छन्। कतिपय शक्ति कुनै खास एजेन्डा स्थापित गराउन सडकमा पुगेका छन्। संविधानमा उल्लेख नै हुनुनपर्ने विषय पनि त्यसभित्र घुसाउने र हटाउने प्रतिष्पर्धा चलेको छ। विषयको संवेदनशीलता नबुझ्ने र दूरगामी परिणामको आँकलन गर्ननसक्ने, भावावेषपूर्ण अदूरदर्शी एवं खास आग्रहका साथ संविधान निर्माण प्रक्रिया थाल्ने हो भने एउटै देशमा धेरैथरि संविधान बनाउनुपर्ने हुन्छ। संविधान देशको मूल कानुन हो। आफ्नो सहमतिका विषयमात्र मान्ने र अरुको सहमति वा असहमतिलाई स्वीकार नगर्ने हो भने कुनै पनि देशमा संविधान बन्नसत्तै्कन।

संविधान कुनै दल वा समूह विशेषको दस्ताबेज होइन। संविधानको मूल मर्म राष्ट्रको भविष्य सुनिश्चित गर्नु हो। एउटाको हितका लागि संविधान बनाउने हो भने अन्य धेरैको अहित हुनसक्छ। वर्तमान समयमा केही दलको गतिविधि हेर्दा मुलुकले नयाँ संविधान पाउन अझै धेरै समय पर्खनु पर्ने देखिन्छ। जिम्मेवार दलहरूमा परिपक्वता नआएसम्म विषयले निकास पाउन कठिन छ। वर्तमान कार्यशैली वा बहसले एउटा अप्रिय सम्भावनालाई टेवा पुर्याूइरहेको छ। देशले संविधान नै नपाउने त होइन वा मुलुक फेरि पश्चगमनको सिकार बन्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ। कुन कारणले अहिले संविधान निर्माण कार्य अवरुद्ध छ? जायज–नाजायज मागसहित संविधान निर्माणमा रोकावट ल्याइरहेका दलहरू लचक हुनसकेनन् भने निकास कसरी आउला भन्ने प्रश्न पनि जनताका मनमा उठिरहेको छ।

अहिले संविधान सभाले व्यवस्थापिकाको पनि जिम्मेवारी लिएको भए पनि संसद्को लागि जनादेश प्राप्त भएको होइन। जुन उद्देश्यका लागि संविधान सभा गठन भएको हो त्यसको जिम्मेवारी अर्काे हुनसत्तै्कन। त्यसैले संविधान सभा सधैँभरि व्यवस्थापिकाको विकल्पको रूपमा नरहन पनि सक्तछ।

संविधान जारी गर्ने कार्यतालिका संशोधन गर्दै समयसिमा थप्दै जाँदा जनताका आशंका र अविश्वास बढ्नेमात्र होइन नयाँनयाँ माग एवं दबाब पनि आउने सम्भावना रहन्छ। त्यसैले क्षणिकरूपमा संशोधनले राहत मिलेजस्तो देखिए पनि त्यसले थप संकट निम्त्याउन सक्छ। राजनीतिक संक्रमणका कारण अर्थतन्त्र जति गतिशील र प्रगतिउन्मुख हुनुपर्ने हो त्यति हुनसकिरहेको छैन। शान्ति बहालीसँगै स्वदेशी–विदेशी लगानी भित्रिने अवसर थुप्रै सिर्जना भएका थिए। तर पछिल्लो समयको अनिश्चित राजनीतिका कारण निजी क्षेत्रले ढुक्क भएर लगानी गर्नसक्ने अवस्था छैन। राजनीति र अर्थतन्त्रको गहन सम्बन्धलाई नजरअन्दाज गर्न मिल्दैन। राजनीतिक परिस्थितिले दिशा र गति नलिउञ्जेल आर्थिक विकासले गति लिन सक्दैन। असफल राजनीतिले देशलाई झन्झन् गरिबीतिर धकेल्ने र होनहार युवा जनशक्तिलाई विदेशिनु पर्ने बाध्यता सिर्जना गर्नेछ। देशले अपेक्षित निकास पाउन ढिलाई हुनुले संविधान नबन्ने खतरा बढेको मात्र होइन विगत लामो समयदेखि चालू रहेको प्रक्रिया नै गलत त थिएन भन्ने प्रश्न उठ्न सक्छ। ती असहज प्रश्नतर्फ मुलुकलाई लैजानु अभिशाप हुनेछ। त्यसकारण अनिर्णित विषय टुंग्याई अविलम्ब संविधान जारी गर्नु अति आवश्यक छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस