भियतनामी जनताबीचको संघर्षमा टाउको घुसार्ने निर्णय गरेेर म्याक्नामाराले अमेरिकाको इतिहासमा कहिल्यै नमेटिने दाग लगाइदिए। दुर्भाग्य, बलिया राष्ट्रले तैपनि केही सिकेनन्।
भियतनाम युद्धकालीन अमेरिकी रक्षामन्त्री रबर्ट स्ट्रेन्ज म्याक्नामाराको गत साता ९३ वर्षको उमेरमा निधन भयो। म्याक्नामारा शीतयुद्धकालीन विश्वमा अमेरिकाले अख्तियार गरेको विदेश र रक्षा नीतिमा प्रतिविम्बित तमाम गल्ती र कमजोरीका जीवन्त प्रतीक थिए। साथै, अन्तर्राष्ट्रिय स्तरमा विश्वशक्ति अमेरिकाले प्रदर्शन गर्दै आएको हैकमवादी र हस्तक्षेपकारी भूमिकाका लागि बाटो खोलिदिने प्रथम अभियन्ता पनि थिए। अमेरिकी विदेश नीति मुख्यतः विश्वमा हुनसक्ने साम्यवादी सिद्धान्तको व्यापक प्रसारको मनोगत भयका जगमा उभ्याइएको छ। त्यस्तो प्रसारलाई रोक्न चालिने प्रत्यक्ष सैन्य अभियानदेखि गोप्य कारबाहीहरू त्यस शक्तिराष्ट्रको विदेश नीतिका निर्देशक सिद्धान्त रहेका छन्। यस मेसोमा अमेरिकाले भियतनामदेखि क्युबा, कम्बोडिया, लाओस, निकारागुआ, होन्डुरस, एल साल्भाडोर, चिले आदि थुप्रै मुलुकमा आपफ्नो भूमिकाको खोजी गरेर निराशाजनक अनुभव बटुलिसकेको छ। यी सबैजसो मुलुकमा अमेरिकी आकलन गलत साबित भएको छ, उसको बदनामी भएको छ र उसले दाउ लगाएका जति सबै अशक्त घोडा सावित भएका छन्। भियतनामका नुएन भान थिउ, कम्बोडियाका लोन नोल, चिलेका अगस्तो पिनोसे, निकारागुआको चमारो, जस्ता आआफ्ना मुलुकमा निकम्मा प्रमाणित कुनै पनि कठपुतलीले आफ्ना अमेरिकी प्रवर्धकको अपेक्षा पूरा गर्न सकेनन्। अमेरिकी विदेश र रक्षा नीति निर्माताको चाहनाविपरीत ती सबै मुलुकमा कम्युनिष्ट राज्य स्थापित हुन पुग्यो। यीबाहेक अमेरिकाले बढी चासो देखाएर ं भूमिका खोनेको फिmलिपिन्स, कोरिया र इन्डोनेसियाजस्ता मुलुकसंगको अनुभव पनि खासै प्रीतिकर रहेन।
सन् १९६१ र ७१ को दशकका संचालित अमेरिकी कूटनीतिक र सामरिक अभियानमध्ये भियतनाम युद्ध जनधन र प्रतिष्ठाको खतिका हिसाबले सर्वाधिक गम्भीर र पीडादायक रहृयो। म्याक्नामाराको भियतनाम लडाइ पनि भनिने गरेको लगभग १३ वर्षसम्म चलेको भीषण युद्धमा उत्तर र दक्षिण दुनैतर्फका गरी ११ लाख बढी भियतनामी जनताका साथै ५८ हजार १५९ अमेरिकी जवानले पनि बित्थामा ज्यान गुमाउनु पर्यो। अमेरिकी सैनिक जवानका लागि भियतनामका ज्यान दिन उत्प्रेरणा र आदर्श केही पनि थिएन।
वास्तवमा त्यो लडाईँ उत्तर भियतनामका प्रतिबद्ध कम्युनिष्ट छापामार र दक्षिणका भ्रष्ट, अदक्ष र सत्ताखोर सामन्तबीचको वर्ग संघर्षमा आधारित थियो। धेरैपहिलेदेखि औपनिवेशिक शक्तिविरुद्ध सफल संघर्ष गर्दै आएका र जनजनमा भिजेका बुजुर्ग कम्युनिष्ट नेता हो चि मिन्हको अगुवाइमा संगठित गुरिल्लाहरू र दक्षिणका गैरकम्युनिष्ट प्रशासन अन्तर्गतका भियतनामी जनताबीचको संघर्षमा टाउको घुसार्ने निर्णय गरेेर तीक्ष्ण बुद्धिका व्यवस्थापक मानिने म्याक्नामाराले अमेरिकाको इतिहासमा कहिल्यै नमेटिने दाग लगाइदिएका छ्न्। भियतनाम प्रकरण असीमित बलशाली तर आत्मिक उत्प्रेरणाबिनाको सैन्य शक्ति र ध्येयप्रतिको समर्पणबीचको संघर्षमा निष्ठाको विजयको उदाहरण हो।
राष्ट्रपति जोन एफ केनेडीको रोजाइमा परेर अमेरिकी इतिहासकै सर्वाधिक शक्तिशाली रक्षामन्त्री बन्नपुगेका फोर्ड मोटर कम्पनीका पूर्व अध्यक्ष म्याक्नामाराले सामरिक हस्तक्षेप गर्नुअगाडि कैयौँ पटक भियतनामको खुला र गुप्त भ्रमण गरेर स्थितिको आकलन गर्ने प्रयास गरेका थिए। तर, उनलाई सूचना उपलब्ध गराउनेका आपफ्नै स्वार्थ थिए र तिनले कम्युनिष्ट शक्ति प्रसारप्रतिको अमेरिकी अत्यासको दोहन गरेर मेकङ्ग नदी किनाराका धानखेतलाई अमेरिकी रगत र प्रतिष्ठाको चिहानघारीमा परिणत गराइदिए। म्याक्नामाराले भियतनाममा अमेरिकी हस्तक्षेप ऐतिहासिक भूल भएको अनुभूत निकैपछि गरे। उनको आत्मसमीक्षाको समय घर्किसकेको थियो। सन् १९६८ मा रक्षामन्त्री पदबाट राजिनामा गर्नेबेलासम्म उनी भियतनाममा थप सेना पठाउने कुराको विरोधी भइसकेका थिए। तर पेन्टागनबाट उनको बहिर्गमनपछि पनि सात वर्षसम्म मेकङ डेल्टामा नरबली जारी नै रहृयो। कम्युनिष्ट उत्तरले सन् १९७५ मा दक्षिण भियतनामको अन्तिम किल्ला सैगनमाथि कब्जा जमाएपछि मात्र त्यो भीषण रक्तपातमा पूर्णविराम लागेको देखिन्छ।
म्याक्नमाराले एउटा डकुमेन्ट्ररी¬ द फग अफ वार, एउटा पुस्तक¬ इन् रेस्ट्रोस्पेक्टः द ट्य्राजेडी एन्ड लेसन्स अफ भियतनाम, अनगिन्ती लेख र भाषणका माध्यमबाट भियतनाम युद्धकालीन आपफ्नो भूमिकाको प्रतिरक्षा गर्ने जमर्को गरेका छन्। तर, उनका आलोचकका नजरमा उनको यो कसरत पानीमाथिको ओभानो हुने प्रयत्नबाहेक केही होइन। जानकारहरू भियतनाममा हस्तक्षेपको निर्णय गर्दा म्याक्नमाराले भियतनामी जनताको हृदय र चेतनालाई बुझ्न र सम्मान गर्न नसकेको मान्छन्। उनको दृष्टि यान्त्रिक र मानवीयतारहित भएको मानिन्छ।
भियतनाम युद्धले बलिया राष्ट्रका नीतिनिर्मातालाई साना र समस्याग्रस्त मुलुकका आन्तरिक मामिलामा सेना परिचालनजस्तो हदैसम्मको उपाय प्रयोग गरी गरिने हस्तक्षेपबाट हच्किन अभिप्रेरित गर्नुपर्ने हो। तर दुर्भाग्य नै मान्नुपर्छ, बलियाले अहिलेसम्म इतिहासले सिकाएको यो उपयोगी पाठ सिकेको देखिएको छैन। आफूलाई संसारभरिका साम्यवादीको स्वयंभू पहरेदार ठानेर तात्कालिक सोभियत रुसले हंगेरी, पोल्यान्ड, चेकोस्लोभाकिया आदि मुलुकमा गरेको ताण्डव धेरै पुरानो भएको छैन। सन् १९७९ मा त सोभियत रुसले बिना कुनै उचित कारण अफगानिस्तानको राजधानी काबुलमा सेनाको मार्च गराएर बलजपिफ्तको सबै हद उल्लंघन गरेको थियो। त्यसपछि अफगानिस्तानमा आजसम्म पनि रक्तपात र अस्थिरता रोकिएको छैन।
भियतनामको पाठ अमेरिकीले समेत सिकेनन्। इराकमा भएको सामरिक हस्तक्षेप सानो स्तरको भियतनाम दोहोरिएको भन्न सकिन्छ। इराकको तानाशाह सद्दाम हुसेनलाई नष्ट गर्न सफल भएर पनि अमेरिकाले त्यस अभियानबाट न इज्जत कमाउन सकेको छ न त कुनै ठुलो लाभ। अहिलेसम्म चार हजार ५११ बढी अमेरिकी सैनिकले इराकमा ज्यान गुमाइसकेका छ्न् भने १ लाख ९ सय इराकी हताहत भएका छन्। रक्तपात जारी छ। इराकी जनता आपफ्नो भूमिमा त्यस अमेरिकाको उपस्थिति देख्न चाहदैनन्। इराक युद्धबाट अमेरिकालाई बाहिर निकाल्ने वचन दिएर प्रतिद्वन्द्वीभन्दा बलियो हुन पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकबाट अमेरिकी सेनाको फितिको तिथि तोकेका दिनदेखि त्यस मुलुकका जनताले उत्सवै मनाए।
इराकबाट हात झक्िने निर्णयमा पुगेका ओबामा अफगानिस्तानमा भने निकै लामो र संभवतः बेटुंगोको लडाईँमा फस्दै गैरहेका देखिन्छन्। अन्तर्राष्ट्रिय इस्लामी आतंकवादी संगठन अल कायदा र त्यसका अगोचर, रहस्यमय र धर्मान्ध मुखिया ओसामा बिन लादेनविरुद्धको लडाइँं हुनाले झट्ट हेर्दा ओबामाको यो सामरिक अभियान उचित नै प्रतीत हुन्छ, तर उनले आपफ्नो फौजलाई मुलुकी सरहदभन्दा धेरै टाढा, , अपरिचित विषम जलवायु र दुर्दान्त पहाडी इलाकामा संचालित महंगो अभियानमा खटाएर अनावश्यक जोखिम उठाएको देखिन्छ। आफ्ना फौजलाई उतार्नुभन्दा अन्तर्राष्ट्रिय आतंकवादका सन्दर्भमा समान किसिमले सोच्ने मित्र राष्ट्रहरूमार्फत् लादेन विरुद्धको मोर्चा खोल्नु कम जोखिम र बढी उपलब्धिपूर्ण कदम हुने थियो। तर अमेरिकी राष्ट्रपतिले यो बाटोसट्टा सोझो लडाइ रोजेका छन्। अब हेर्नु छ, अफगानिस्तानका रूखा अमेरिकी नेतेत्वको हारको कथा लेखिनेछ कि लादेनको अवसानको।