नेपालको राजनीतिमा आधा दशकबढी समय केन्द्रीय भूमिकामा रहेको नेपाली कांग्रेस अहिले पाखा लाग्दै गएको छ। कांग्रेसले अरू कसैको कार्यसूची र नेतृत्व स्वीकार गर्नुपरेको यो पहिलो अवसर हो। यसको कारण अरू नभएर कांग्रेसका नेता नै हुन्। मूलतः नयाँ विचार र नेतृत्व प्रस्फुटित हुन नदिने मठाधीश प्रवृत्ति अहिलेको संकटको कारक हो। तर उनीहरू आपफ्नो यो कमजोरी लुकाएर बाहिर कतै समाधान खोज्दैछन्। यही क्रममा विधान संशोधन गर्न लागिएको देखिन्छ। कारण थाहा नै नपाई समाधान खोज्ने नेपाली कांग्रेसको कमजोरी यस पटकको विधान संशोधन प्रस्तावमा पनि दोहोरिएको छ।
नेपाली कांग्रेसको विधान संशोधनको चर्चा गर्नु पूर्व यस पार्टीको आधारभूत चरित्र र संरचनामा विवेचना गर्नु उपयुक्त हुनेछ। पार्टीको संरचना संगठनको चरित्रअनुरूप हुनुपर्छ। सैद्धान्तिक आधारमा कांग्रेसलाई लोकतन्त्रवादीसम्म भन्न मिल्ला तर न यो समाजवादी हुन सकेको छ न यसको संगठन पूरै उदारवादी दलजस्तो छ। यद्यपि, स्थापना कालको घोषणा हेर्ने हो भने नेपाली कांग्रेस उदार लोकतन्त्रवादी दल देखिन्छ।
नेपाली कांग्रेस कार्यकर्तामा आधारित - क्याडर बेस्ड) नभएर जनाधारित -मास बेस्ड ) पार्टी हो। जनाधारित पार्टीमा धेरै सदस्य धेरै हुन्छन्। पार्टीमा कुनै वर्ग वा समूहविशेषको प्रभुत्व हुँदैन। पार्टीको सदस्य हुन चाहने जो पनि यसका सदस्य हुन सक्तछन्। यस्तो पार्टीमा जति धेरै सदस्य बनाउन सक्यो पार्टी उति नै शक्तिशाली मानिन्छ। सदस्यतामा नियन्त्रण गरिँदैन। यस्तै संगठन पनि खुला र खुकुलो हुन्छ।
जनाधारित पार्टीका विभिन्न तहमा सदस्यता संख्याका आधारमा छानिएका प्रतिनिधिले नेतृत्वको निर्वाचित गर्छन्। निर्वाचित नेतृत्व नै पार्टीको सर्वेसर्वा हुन्छ। यथार्थमा जनाधारित पार्टीमा एक जना नेता र अरू उसका साथी वा सहकर्मी हुन्छन्। धेरैजसो संसदीय दलको नेता नै पार्टीको पनि नेता हुन्छ। उसैको नेतृत्वमा संसदीय वा राष्ट्रपतीय निर्वाचनमा भाग लिइन्छ। जितहारको मूल जिम्मेवार पनि नेता नै हुन्छ। त्यस्तो नेता दलले चुनाव हारे पनि पदमा टाँसिएर बस्ने गर्दैन।
अहिले विधान संशोधन गरी कांग्रेसको परम्पराविपरीत पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्ने पद्धति अपनाउने तयारी गरिएको छ। यसपछि कांग्रेसलाई सामूहिक नेतृत्वमा सञ्चालन हुने पार्टी बनाउन खोजिएको देखिन्छ। यथार्थमा यी दुवै प्रावधान नेपाली कांग्रेसको परम्परा मात्र हैन सिद्धान्त, संस्कार र प्रकृतिविपरीत पनि हुन्।
नेपाली कांग्रेसमा २००८ सालपछि ४ जना नेता देखिए पनि मूलतः बीपी बाँचुन्जेल उनैको नेतृत्व रह्यो। गणेशमान सिंहलाई हराएर सुवर्ण शमशेर सभापति निर्वाचित भए। तर उनले कार्यकाल पूरा नै गर्न सकेनन्। कारण कांग्रेसका नेता बीपी नै थिए। बीपीबीचैमा पुनः सभापति बने। यो एउटा विशेष समयको उदाहरणमात्रै हो तर यसले कांग्रेसको आधारभूत चरित्र र प्रकृति उजागर गर्छ।
कांग्रेसमा अहिले गिरिजाप्रसाद कोइरालापछि पार्टी हाँक्न सक्ने नेता देखिएको छैन। त्यतिमात्र हैन दोस्रो वा तेस्रो तहका भनिएका नेतामा पार्टीलाई एक्लै नेतृत्व गर्ने आँट पनि देखिँदैन। सिद्धान्त र व्यवहार दुवै आधारमा उनीहरू एक अर्काभन्दा फरक पनि छैनन्। २०४६ पछिका २० वर्षमा नरहरि आचार्यबाहेक कसैले स्थापित मान्यतालाई चुनौती दिने नयाँ विचार बहसमा ल्याउनसम्म सकेनन्। यसैले उनीहरू पार्टीलाई कब्जामा राखिराख्न कथित सामूहिक नेतृत्वतर्फ आकषिर्त भएका हुनुपर्छ। तर अहिले पार्टीलाई हाँक्ने आँट भएको नेता देखा परेन भन्दैमा कांग्रेस सधैँ नेताविहीन हुन्छ भन्ने सोच गलत हो। कांग्रेसमा नयाँ विचार स्थापित हुने र नयाँ नेतृत्व प्रकट हुने वातावरण बनाएर यो कमजोरी हटाउनु पर्ने थियो। अहिले पार्टीमा देखिएका नेताहरू कुनै न कुनै बेला नेतृत्वद्वारा नै स्थापित गरिएका हुन्। विचार वा संगठनमा चमत्कार देखाएर नेतृत्वमा पुगेका हैनन्।
सभापतिलगायत सबै पदाधिकारीको निर्वाचन गर्ने प्रणालीले नेपाली कांग्रेसलाई कार्यकर्तामा आधारित पार्टीमा रूपान्तरित गर्नेछ। कार्यकर्तामा आधारित भएपछि बिस्तारै पार्टी पूर्णकालीन कार्यकर्ताको नियन्त्रणमा हुनेछ। कांग्रेस अहिलेसम्म शुभेच्छुक, समर्थक वुद्धिजीवीदेखि श्रमिकसम्मको साझा मञ्च जस्तो थियो। यसका आआपफ्नै लाभहानि हुन्छन्। अब त्यो चरित्र फेरिने छ। कम्युनिस्टहरूको संगत र प्रतिस्पर्धाले कांग्रेसलाई पनि उनीहरूकै बाटोमा हिँडाउने सोचबाट यो प्रावधान निर्देशित भएको हुनसक्छ। हो भने, संगठनको संरचनासागै सिद्धान्त पनि फेर्नु उचित हुन्छ।
सामूहिक नेतृत्व शाब्दिकरूपमा पनि अमिल्दो हुन्छ । अगाडि त कोही न कोही एक जनामात्र न हुन्छ। अध्यक्ष मण्डलका सदस्यमा पनि पालो शान्ति नै सही एक जना अध्यक्ष हुन्छ। भारत, बेलायत र अमेरिकामा लोकतान्त्रिक दलहरूको संगठनको संरचना बेग्लाबेग्लै प्रकारको छ तर कतै पनि सामूहिक नेतृत्वका नाममा क्लबको जस्तो पदाधिकारी निर्वाचन हुने गर्दैन।
समस्या नेतृत्व चयन विधिमा हैन कांग्रेसका नेताहरूमा नयाँ विचारलाई ग्रहण गर्ने अभ्यासको अभावमा छ। पार्टीलाई नेतृत्व दिनसक्ने 'करिस्माटिक' नेताको अभाव पूरा गर्न यो व्यवस्था गरिएको हो कि जस्तो देखिन्छ। तर यसले पार्टीलाई अनिर्णयको बन्दी बनाउने छ र -ट्रेजेडी अफ कमन्स) साझा गौचरको नियतिमा पुर्याउने छ। यसै पनि अराजक कांग्रेसको अवस्था बहुनायकत्वमा झन् कस्तो होला ? त्यतिबेला कांग्रेस मजुरको प्वाँख टाँसेको काग बन्नेछ। भारतमा सिण्डिकेटका नाममा सामूहिक नेतृत्वको अभ्यास गर्न खोज्दा कांग्रेस फुटेको थियो। दह्रो नेतृत्व भएन भने गिरिजाबाबुपछि त्यस्तै अवस्था कांग्रेसमा पनि आउनसक्छ।
आफूलाई हेरेर विधान बनाउनु अरूप्रति बेइमानी हो।