बाबुरामको चुनावी तोपका लक्ष्यहरु
१५ जेष्ठ २०६९
•
१३ मिनेट पाठ
बाबुरामको चुनावी तोपका लक्ष्यहरु
यसपटकको गणतन्त्र दिवसमा कुनै उल्लास देखिएन। संविधान सभाको अवसानको अवसाद सवैको अनुहारमा देखियो। अपरान्ह तीनवजेतिर राजतन्त्रका समर्थकहरुको निकै तगडा र्‍याली निस्कियो। लोकतान्त्रिक समाजको परिकल्पनागर्नेहरुका लागि यो एकप्रकारको भावनात्मक चुनौति नै थियो। प्रधानमन्त्री वावुराम भट्टराईले लोकतन्त्रको सवभन्दा ठूलो हतियार चुनावको प्रयोग गरेर संविधान सभापछि पनि आफनो निरन्तरता कायम राख्ने दाउ खेलेपछि संशयमा रहेका नेपालीका लागि राजा समर्थकहरुको भीडले झस्कायो भने त्यो अनौठो थिएन।




लोकतन्त्रमा संसद भंगगर्ने र ताजा चुनाव गराउने काम प्रधानमन्त्रीको अग्राधिकार भित्र पर्दछ। त्यसैले वावुराम भट्टराईले प्रधानमन्त्रीका रुपमा गर्नु भएको चुनाव घोषणा उहाँको अग्राधिकारभित्र पर्दैन भन्न मिल्दैन। यति हो कि, चुनाव घोषणा गर्नुअघि उहाँले कुनै संसद भंग गर्नु परेन। प्रतिपक्षीहरुलाई विश्वासमा लिनु पनि परेन। जो भएको संविधान सभा मध्य रात वाह्रवजे स्वतः खरानीको थुप्रोमा परिवर्तन हुँदै थियो। चुनाव घोषणा हुनुभन्दा केही दिन अघि नै राष्ट्रिय सरकारका रुपमा वावुराम सरकारको नाटकीय रुपान्तरण भै सकेको थियो। कांग्रेसका जेहेन्दार कृष्णप्रसाद सिटौला र एमालेका जिम्मेवार ईश्वर पोखरेल भट्टराई सरकारका स्तम्भ वन्नु भएको थियो। चुनाव घोषणाको वेलासम्म सिटौला र पोखरेलको वैधानिक सरकारी हैसियतमा प्राविधिक रुपले कति फरक आएको थियो? त्यसको निर्क्योल नभएसम्म वावुराम सरकारको राष्ट्रिय हैसियत अलमलमा पर्नु स्वाभाविक हो। तर, राष्ट्रपतिले यो घटनामा हस्तक्षेपगर्ने सम्भावना भने निकै कम छ।
वावुराम भट्टराईसंग नयाँ संविधान लेखनमा सहमति निर्माणका थुप्रै विकल्पहरु वाँकी नरहेका थिएनन। तर, उहाँको मनोगत आकांक्षाहरुको परिपूर्तिका लागि भने चुनावको अर्को विकल्प थिएन। मुलुक निर्माणका लागि अत्यन्त हतारमा देखिनुहुने प्रधानमन्त्री भट्टराईले आफनै पार्टी, अन्य राजनीतिक पार्टीहरु, जाति-जनजाति, पुल्लिंगी, स्त्रीलिंगी, उभय लिंगी, वुध्दि विक्रेता, लविइस्ट कसैसंग पनि चुनावका वारे सल्लाह गर्नु भएन। चुनाव गराउने उहाँको निर्णयलाई साहसिक भनेर प्रशंसागर्न राजधानीको एउटा सत्ता केन्द्रित रैथाने वर्ग तयार नै थियो। वावुराम भट्टराई प्रधानमन्त्री भएको दिनदेखि उहाँको त्यागको वखान गरेर नथाक्ने मानिसहरु उत्साहित नहुने कुरै भएन। उसैपनि, लोकतान्त्रिक संसदीय मान्यताका प्रखर विरोधीका रुपमा स्थापित उहाँका लागि सम्मति, सहमति, वहस र छलफलको खासै महत्व थिएन। लोकतान्त्रिक राजनीतिको मूल्य पध्दतिका रुपमा स्थापित यस्ता वसिवियाँलोमा अल्भि्कएर समयको दुरुपयोगगर्न उहाँ तयार हुनुहुने त सवालै थिएन।
वावुरामले घोषणा गर्नु भएको चुनावी तोपको पहिलो लक्ष्य स्वयं माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हो भन्दा धेरैलाई यो अविश्वसनीय तर्क लाग्न सक्दछ। तर, सत्य यही हो। माओवादी पार्टीको शान्तिपूर्ण रुपान्तरणका लागि प्रचण्डको लगाव र परिश्रम नभएको भए नेपाली लोकतन्त्र अहिलेसम्म हिंसाको भवसागरमा नै रुमल्लिइ रहेको हुन्थ्यो। गिरिजाप्रसाद कोइराला जस्ता कठोर नेताले समेत सर्‍हाएका प्रचण्डको राजनीतिक साखमा प्रश्न चिन्ह लगाउने काम त्यतिवेलै शुरु भएको हो। शान्ति-प्रक्रिया पूर्णताको वाटोमा अघि वढदै जाँदा प्रचण्डको राक्षसीकरणको अभियान पनि समानान्तर चल्दै गयो। उहाँको लवाइ-खवाइ, वोलाइ, रवाफ र कार्यशैलीलाई राजधानीको त्यो सम्भ्रान्त वर्गले पचाउन सकेन जो अहिलेसम्म राणा एकतन्त्री, शाह अधिनायकवाद र उदार प्रजातान्त्रिक लगायत सवैप्रकारका शासन व्यवस्थामा शासक वर्गका रुपमा छाउँदै आएको छ। त्यसवेला देखि नै उनीहरुको आँखा आफनै मान्छेमा केन्द्रित थियो।
यसैवेला देखि वावुरामको पाखण्डलाई स्थापितगर्न प्रचण्डलाई फटाह र वेइमान सावितगर्ने आन्दोलन शुरु भयो। कुनै न कुनै समयमा सवै नेपाली नेताको हात नेपाली जनताको रगतले रंगिएको तथ्यलाई पन्छाउँदै प्रचण्डको हात पन्ध्र हजार नेपालीको रगतले रंगिएको हल्ला अहिले पनि खूव पिटिएको छ। तीन वर्ष अघिसम्म पनि माओवादी पार्टीले जुन युध्दका महा-नायक र परिवर्तनका अथक योध्दाँ का रुपमा परिचित गराएको उहाँको अवतारलाई अहिले माओवादी पार्टीको संस्थापन पक्षका नेताका रुपमा मात्र संकुचित गराउन खोजिएकोछ।
यसलाई प्रचण्डको दुर्भाग्य नै मान्नु पर्दछ, वावुरामले चुनावी तोपको पहिलो गोला प्रचण्ड तर्फ नै ताक्नु भएको छ। वावुरामले चाहेजस्तो चुनाव भएको खण्डमा पार्टी अध्यक्षका रुपमा उहाँले नै चुनावी अभियान हाँक्नु पर्नेछ। चुनावमा परिवर्तनका नारा पुरानै भएपनि जनताले संविधान सभाका चार वर्षको हिसाव किताव खोज्ने उहाँसंगै हो। माओवादी पार्टी एकता भीरको चिण्डोमा अडकिएको अहिलेको अवस्थामा प्रचण्डका लागि चुनावी रथ हाँक्नु सजिलो छैन। सहमतिमा संविधानको निर्माण हुन सकेको भए कुरा अर्कै हुन्थ्यो होला। अहिलेको अवस्थामा प्रचण्डले सामना गर्नुपर्ने प्रश्नहरुको डुंगुर लागेको छ भने समाधानका उपायहरु सीमित रहेकाछन।
वावुराम तोपको दोस्रो लक्ष्य वनेको छ नेपाली कांग्रेस। राजतन्त्र समाप्तिको अभियानमा माओवादीका लागि भरपर्दो सेल्टर वनेको कांग्रेस वावुरामको निमेसिस हो। माओवादीमा वावुरामको जोडा कांग्रेस विरोधी अर्को छैन भन्ने जानकारी कांग्रेस सभापति सुशील कोइरालालाई समेत पक्कै छैन भने सिटौलाको त कुरै नगरे भयो। किनभने, कांग्रेस पार्टी जानकारी, ज्ञान र सूचनाको आधारमा होइन, चाकरी, प्रतिशोध, घात-प्रतिघात र इर्ष्याको आधारमा चल्ने गरेको छ। इतिहासको दम्भ र वर्तमानको कुण्ठामा वाँचेको यतिवेलाको कांग्रेस पार्टी चुनावको सामना गर्न सक्षम देखिदैन। पार्टीगत राजनीतिवाट माथि उठीसक्नु भएका राष्ट्रपति को अगाडि पिटपिट्याउँदो अनुहार देखाएर सहानूभूतिको आशा राख्दैमा केही हुनेवाला छैन। राजनीतिका यथार्थहरु त्रू्कर हुन्छन। आगामी चुनावको ठेगान भएको खण्डमा यो पार्टीले आफूलाई कसरी जनताको दरवारमा उभ्याउने छ? माओवादीकै कारणले मात्र संविधान लेख्न नसकिएको यसको तर्क कति विक्ने छ? कांग्रेसको भविष्य रेखा यसै प्रश्नले कोर्नेछ।
एमाले र मोहन वैद्य वावुराम तोपको समान लक्ष्यमा रहेका छन। वावुरामका लागि त्यो लक्ष्यको भेदनगर्नु त्यति अप्ठेरो छैन। जनताको सेवा गर्नका लागि सत्ताको अपरिहार्यतालाई राम्ररी वुझेको एमाले वामपन्थी एकता को नाममा वावुरामको सरकारमा जानसक्ने सम्भावना उत्तिकै छ। वावुरामको रणनीतिभित्र यो काम पक्कैपनि लिपिवध्द छ। एमालेको सहारा पाएमा कांग्रेसको शेखी झार्न सहज हुनेछ वावुरामलाई। रह्यो कुरा वैद्य समूहको। त्यो समूह माओवादी मूलधारवाट अलग्गिए पनि र नअलग्गिए पनि टाउको दुखाउने काम प्रचण्डको हो। चित्र वहादुर केसी वाहेकका साना दलहरुका लागि सरकारमा सहभागिता गौरवको कुरा हो। अन्य अवस्थामा त वावुरामले तोप चलाउनै पर्दैन।
वावुराम स्वयंपनि चुनावी तोपको लक्ष्यभन्दा वाहिर हुनुहुन्न। उहाँले आगामी पाँच महिनाभित्र अहिले नेपाली समाजमा देखा परेका विभाजनका रेखाहरु कसरी मेटाउनु हुनेछ? जातीय राज्यको विरोध र समर्थनमा रहेका विभिन्न समूहलाई कसरी एकीकृत नेपाली देशका रुपमा संगठित गर्नु हुनेछ? राजनीतिप्रति विव्देषको हदसम्म पुगी सकेका नेपालीहरुलाई चुनावको वाकससम्म कसरी ल्याउनु हुनेछ? सर्वोपरि, सवै राजनीतिक दललाई मिलाएर चुनावको निष्पक्षता कसरी स्थापित गर्नु हुनेछ? यी प्रश्नहरु आजकै दिनवाट सोध्न थालिएका छन। उहाँले जनताका वीच लोकप्रिय हुन चढने गर्नु भएको मुस्तांग म्याक्स विग्रिसकेको छ। नेपालका धेरैजसो वाटाघाटा अहिले उहाँ चढी रहनु भएको स्करपियो जीपका लागि उपयुक्त छैनन। यस्तो अवस्थामा उहाँले अर्कातिर दाग्नु भएको चुनावी तोप उहाँ आफैतिर फर्किदैन भन्ने आधार अहिलेलाई छैन।
नेपाली नेताहरु इतिहासको अध्ययन गर्दैनन। वावुराम भट्टराई त्यसको अपवाद हुनुहुन्छ। तर, प्रो.केदारभक्त माथेमाले जोन ग्यालव्रेथलाई उद्धृतगंर्दै सोमवार दिउँसो एक भेटमा सुनाउनु भएको थियो, वामपन्थी नेताहरु वामपन्थी सिध्दान्त वाहेकका रचनाहरु पढदै पढदैनन। दक्षिणपन्थी नेताहरु त झन केही पनि पढदैनन।

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस