दोस्रो दर्जाका नागरिक र पहिचान
१२ जेष्ठ २०६९
•
१४ मिनेट पाठ
दोस्रो दर्जाका नागरिक र पहिचान
'यो जितः नं जिगु देश यो, तर जिं मखं जिगु देश ग्व?' (मलाई पनि मन पर्छ मेरो देश, तर मैले देखिनँ, खै मेरो देश?) चार दशकअघि कवि दुर्गालाल श्रेष्ठले भाषिक अधिकारको संघर्षको क्रममा देशभित्रै आफ्नो देश खोजेका थिए। यसरी नै अधिकांश उत्पीडित जाति, धर्म, लिंग र भाषाभाषीले पनि आफ्नो देशभित्र आफ्नो पहिचान देखिने राज्य खोजेका छन्।
स्वदेशभित्रै राज्यविहीन भएका दोस्रो दर्जाका नागरिकले राज्य खोजेको पनि छ दशक भइसकेको छ। तर, राज्यमाथि एकल जातीय प्रभुत्व कायम गर्दै आएको सम्भ्रान्त शासक वर्ग भने धेरैजसो नेपालीलाई राज्यविहीन बनाएर शासन गर्नमै तल्लीन छ। हिजो त्यस्तो वर्गले जाति, भाषा र संस्कृतिको पहिचान, राज्यमा पहुँच र स्वायत्त शासन खोज्नेहरूलाई जातिवादी र अराष्ट्रिय तत्व भन्थ्यो, आजचाहिँ जातीय राज्य बनाई, जातिजातिबीच भिडन्त गरी देशै टुक्रय्राउन खोजेको गम्भीर आरोप लगाएर एकात्मक एकल जातीय भूस्वर्ग बचाउन खोज्दैछ।
राजनीतिशास्त्री कृष्ण खनालका अनुसार, २००७ सालको क्रान्तिपछि अभिव्यक्त हुन थालेको पहिचान, पहुँच र स्वायत्तताको आकांक्षा २०४६ सालको जनआन्दोलनदेखि संगठितरूपले नेपाली राजनीतिमा प्रवेश गरेको थियो। तर, २०४७ सालको संविधान निर्माणका क्रममा राजतन्त्र र राजनीतिक दलले मात्रै होइनन्, संविधान सुझाव आयोगले पनि त्यसलाई सम्बोधन गरेन। आज जसरी पहिचानसहितको संघीयताविरुद्ध प्रतिसंघर्ष हुँदैछ, त्यतिखेर पनि हिन्दू अधिराज्यको निरन्तरताका लागि राजावादी, हिन्दू कट्टरपन्थी र शाही सेनाका जर्नेलहरू पनि लागिपरेका थिए। भाषिक र जातीय समान अधिकारसँगै धर्मनिरपेक्ष राज्यका लागि संघर्ष गरेका गैरहिन्दू धर्मावलम्बी, जनजाति समुदाय र वामपन्थी दलका मागलाई लत्याएरै छाडे। संविधान सुझाव आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायले समेत तिनका सुझावलाई दोस्रो दर्जाका मानेका थिए। संविधानसम्बन्धी अत्यधिक (९० प्रतिशतभन्दा बढी) सुझाव जाति, भाषा, धर्म र क्षेत्रजस्ता विषयसँग सम्बन्धित थिए, जसलाई उनले पनि राजा, कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार र नेपाली कांग्रेसलगायत अन्य पार्टींले जस्तै दोस्रो दर्जाको विषय मानेका थिए।
पहिलो दर्जाका सम्भ्रान्त शासक वर्गका लागि दोस्रो दर्जाका नागरिकको हैसियतमा रहेका नेपालीको सुझाव उपेक्षा योग्य ठहरिनु अनौठो होइन। फलस्वरूप पहिचान, पहुँच र स्वायत्तताबाट वञ्चित सत्तरी प्रतिशतभन्दा बेसी नागरिकमा संसदीय प्रजातन्त्र र ०४७ सालको संविधानप्रति कुनै स्वामित्व र अपनत्व कायम नभएको हो। समाज, राज्य, संविधानसँगको पार्थक्यबाट उत्पन्न आक्रोश नै माओवादीको नेतृत्वमा 'जनयुद्ध'मा विस्फोट भएको हो। त्यस्तो विस्फोटको व्यवस्थापनका लागि पुरानो राज्यको पुनर्संरचना गरी पहिचान, पहुँच र स्वायत्तताको मागलाई सम्बोधन गराउन अर्को जनआन्दोलन, मधेस आन्दोलन र अनेक जनजातीय आन्दोलन हुनु जरुरी भयो। संविधान सभामार्फत राज्यको पुनर्संरचना गर्ने, त्यसका लागि जातीय पहिचानसहितको प्रादेशिक संघीयतामा जाने लक्ष्यमा पुग्न अनेक अवरोध खडा गर्ने क्रम भने जारी छ।
हुन त, २०६९ सालको जेठ २ गते बेनामी ११ प्रदेश बनाउने तीन दलीय सहमति पनि भयो तर सहमतिले सात सालदेखि उठेको पहिचान, पहुँच र स्वायात्ततालाई भने पटक्कै सम्बोधन गर्न सकेन, बरु पन्छायो मात्रै। फलतः दोस्रो दर्जाका नागरिकको गुनासो सुनियो, दुखाइ छ टाउकोमा, औषधि लाइयो खुट्टामा। समस्या एकातिर छ, समाधानको नाममा थप समस्या सिर्जना गरियो। समाधान नै समस्याको विस्तार भयो भने के हुन्छ? संघीयताको मामिलामा तीन दलको सहमतिपछि यस्तै प्रश्न उठ्यो।
मुख्य प्रश्न हो, सयौँ वर्षदेखि उत्पीडित जाति, भाषा, क्षेत्रको पहिचानलाई सम्बोधन कसरी गर्ने? तिनका पीडा र संघर्षलाई सम्बोधन गर्नेगरी संघीयता निर्माण गर्नु अहिलेको आवश्यकता हो। तर, पहिचानको मागलाई नै जातीय विखण्डनको छाप लगाइयो र जातीय संघीयताको नारा लगाएर राष्ट्र विभाजन गर्न खोजेको आरोप पनि वर्षाइयो। अनि गैरजातीय संघीयता निर्माण गर्ने नाममा कोरियो ११ प्रदेशको नक्सा। कुनै नाम नभएको, कुनै पहिचान नभएको, कुनै अस्मिता पनि नभएको ११ प्रदेश। बेनामी ११ प्रदेश उपचार हो कि रोग हो?
जेठ १४ मा संविधानको मस्यौदा ल्याउने नाममा संघीयताका विवादलाई थाती राखिएपछि पहिचान, पहुँच र स्वायत्तताका आकांक्षी आदिवासी जनजातिले आन्दोलनको उभार ल्याए। नयाँ संविधान लेख्ने नाउँमा संघीयतालाई दोस्रो दर्जाको विषय बनाइएको आक्रोश देशभरिका सडकमा पोखिनुमा २०४७ को संविधान निर्माणमा आफ्नो पराजयबाट सिकेको पाठले पनि काम गरेको देखिन्छ। हुन त जेठ २ को सहमतिमा उत्पीडित जाति, भाषा, क्षेत्रको पहिचानको मागलाई सम्बोधन गर्नेगरी राज्यलाई संघीय संरचनामा लैजाने बचन दिइएको भए धेरै प्रश्नसहित आन्दोलन उठ्ने नै थिएन। तर, अन्तरिम संविधान र दलहरूका राजनीतिक घोषणापत्रभन्दा भिन्न ढंगले प्रदेश निर्माण गरिँदैन भन्ने आश्वासनसमेत बाँडिएन, न त आफ्नै दलभित्र र बाहिरका उत्पीडित जाति, भाषा, क्षेत्रका प्रतिनिधिहरूलाई तीन दलका शीर्ष नेतृत्वले बोलाएर मत लिने र सहमति कायम गर्नेगरी संवादै गरियो। संविधान सभामा रहेका जनजाति, मधेस, महिलासम्बन्धी समूहहरूलाई समेत विश्वासमा लिइएन।
उधारो नै सही, पहिचानलाई ध्यान दिएर प्रदेश बनाउने ग्यारेन्टी गरिने आश्वासनसमेत नदिइएकाले तीनै दलका शीर्ष तहको बाहुन नेतृत्वले छल गरेको हो कि भन्ने आशंका उठ्यो। यही आशंका निमिट्यान्न पार्न ६५ वटा आदिवासी जनजाति संगठनहरूको संयुक्त संघर्ष समिति आन्दोलनमा उत्रिएको देखिन्छ।
उत्पीडित जाति, भाषा र क्षेत्रको पहिचानलाई नस्वीकार्ने खालको बेनामी प्रदेशको घोषणाबाट पीडित जनता आक्रोशित हुनु अनौठो होइन। तर, आक्रोश सही ठाउँमा पोखिएन भने प्रत्युत्पदक हुनसक्छ भन्ने मिडियामाथिको आक्रमणमा देखिएको छ। नेपाली मिडियालाई समावेशी बनाउने मुद्दा उठाउनुको सट्टा भौतिक आक्रमणै गरिनुले सञ्चार जगतलाई पनि आक्रोशित बनाएको छ, जुन आन्दोलनकै लागि घातक साबित भएको छ। समाज र राज्यजस्तै असमावेशी रहेको मिडियासँग आदिवासी जनजातिको संवादसँगै वैकल्पिक मिडियाबारे विमर्श गर्नु बुद्धिमानी हुन्छ।
आदिवासी जनजातिको आन्दोलनको उभारले पहिलो पटक मधेसी र थारुलाई एक ठाउँमा ल्याउने कामसँगै सत्तारुढ र विपक्षी दलका सम्भ्रान्त शासक वर्गको प्रतिनिधित्व गरिरहेको तागाधारी नेतृत्व समूहविरुद्ध गठबन्धन सम्भव देखाएको छ। उक्त आन्दोलनले तीन दल र मधेसी मोर्चाबीच रहेको अन्तरविरोधलाई पहिचान गर्नु र त्यसमा चलखेल गर्नु सही रणनीति साबित भएको छ। त्यस्ता अन्तरविरोधबीच सिर्जना हुनसक्ने हदसम्म 'स्पेस'मा अधिकार लिने खुबी र क्षमता पनि देखिएको छ। यही क्रममा बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय सहमतिको सरकारबाट एकल जातीय पहिचानसहितको संघीयताको लिखित आश्वासन पाएपछि आन्दोलनले नयाँ फड्को मारेको छ।
तीन दलले संघीयताको विवादलाई संवैधानिक संघीय आयोगको टाउकोमा हालेर पछिल्लो सम्झौबाट पन्छिनसक्ने सम्भावना अझै छ। किनभने राष्ट्रिय सहमतिको सरकारले गरेको जेठ ९ को सम्झौतामा कांग्रेस र एमालेजस्ता सत्तारुढ दलहरूकै अपनत्व देखिएको छैन। त्यसैले संघीय आयोग बनिहाले पनि त्यसको निर्माणमा हस्तक्षेप गर्ने, त्यस आयोगबाट उत्पीडित जाति, भाषा, क्षेत्रको पहिचानलाई सम्बोधन गर्नेगरी नाम र सीमासहितका प्रदेश निर्माण गर्ने काम समाप्त भएको छैन।
त्यसो त जातीय र क्षेत्रीय सद्भाव कायम गर्दै संघीयता निर्माण गर्नु र राज्यको पुनर्संरचना गर्नु आफैँमा चुनौतीपूर्ण काम हो। यस्तो चुनौती स्वीकार्दै संघर्षमा हाम्फाल्दा भने आवेश, आक्रोश र संकीर्णताले आफ्नै मुद्दा र संघर्षलाई घाटा पनि पार्न सक्छन्। थारुहरूको संग्रहालयमा साम्प्रदायिक आक्रमण हुँदा पनि संयम र धैर्य देखाएका शक्तिहरूले अब पहिचानसहितको संघीयता निर्माणमा कहीँकतै पनि जातीय विद्वेष फैलिने र राज्यको लोकतन्त्रीकरणलाई घाटा पुर्‍याउने काम गर्नु बुद्धिमानी हुँदैन। एकल जातीय संघीयताको नाममा देशलाई टुक्य्राउन खोजेको र जातीय लडाइँ सुरु गरेको आरोपको खण्डन यस्तै संयम र बुद्धिमानीपूर्ण विचार र व्यवहारबाटै हुनसक्छ।
अब सरकारसँग भएको जेठ ९ को सम्झौता कार्यान्वयनका लागि निरन्तर दबाबसँगै नयाँ संविधानको बाटो फराकिलो पार्नु बुद्धिमानी हुन्छ। जेठ १४ पछि थपिने तीन महिनामै संविधान जारी गराउन दबाब दिनु, पहिचानसहितको प्रादेशिक संघीयता निश्चित गर्नु, त्यस्ता प्रदेशमा बहुजातीय पहिचान फल्नफुल्न पाइने ग्यारेन्टी दिने खालको संरचना बनाउनु र त्यसको प्रचार गर्नु पनि उनीहरूको दायित्व हुन्छ। किनभने नयाँ संविधान सबैभन्दा बढी आवश्यक भएको समुदायले बुझ्नुपर्छ, संविधान आएन भने लोकतान्त्रिक गणतन्त्रसँगै धर्मनिरपेक्षता र संघीयता पनि गुम्न सक्छन्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस