नेवाः प्रदेशको माग गर्दै जेठ ६ गते काठमाडौँ उपत्यकामा नेवारहरूको र्याली भइरहँदा धरानका नेवारहरू भने बेग्लै र्यालीमा व्यस्त देखिन्थे। काठमाडौँको जस्तै धराने नेवारहरू जातीय भेषभूषामा सजिएका थिए। धरानको व्यापार व्यवसायमा लामो समयदेखि पकड जमाउँदै आएका नेवार र्यालीमा ससाना नानी, गृहिणी, युवा, व्यवसायी, सबै वर्ग, उमेर र लिंगका मानिसको सहभागिता थियो। धराने नेवारहरूको जनसंख्याको आधाजसो सडकमा उतारिएको थियो। काठमाडौँका नेवारहरूको भन्दा धराने नेवारको माग भिन्न थिए। काठमाडौँमा नेवाः प्रदेशको माग थियो, संघीयताको पक्षमा चर्का नाराहरू थिए। धरानमा भने जातीय सदभाव्को आग्रह।
औपचारिकरूपमा जन्म हुन बाँकी नेवार एकता समाजको नारा थियो, 'जातीय सद्भाव कायम गरौँ, जातीय सद्भाव र शान्ति बहुजाति, बहुसांस्कृतिक नेपालको विशेषता।' धरानको करिब १ लाख जनसंख्यामा झन्डै १५ प्रतिशत ओगटेका नेवारहरू त्यहाँको जातीय समीकरणमा राई, लिम्बुपछि तेस्रो स्थानमा छन्। पूर्वको धरान अहिलेसम्म पहिचानको राजनीति र संघीयताको मामलामा लिम्बुवान, किरात र खुम्बवान सबैको हकदाबीभित्र पर्छ। अन्य जातिले पहिचानको आधारमा प्रदेश मागिरहेको बेला धराने नेवारहरूले हामी एक छौँ भन्ने संकेत दिए। एकता समाजका अध्यक्ष राजु श्रेष्ठ भन्छन् 'समयको माग हो, हामी पनि एक छौँ भन्ने देखाउनुपर्यो।' संघीयताका नाममा जातीय हिंसा हुनुभएन भन्ने मान्यतामा आफूहरू उत्रिएको बताउने राजु नेपाली कांग्रेस नगर समिति सचिव हुन्। कुनै बेला लिम्बुकै कुनै संगठनमा सक्रिय उनी अहिले पेचिलो बन्दै गएको संघीयताको राजनीतिबाट अलग हुन खोजेको देखिन्छ। आफू अझै पनि संघीयताको पक्षमा रहेको स्पष्टीकरण दिने राजु धराने नेवारहरू भने राजनीतिभन्दा टाढा आफ्नो पहिचानका लागि सडक प्रर्दशनमा उत्रिएको दाबी गर्छन्। धराने नेवारहरू आफ्नो अस्तित्व र पहिचानमा पहिलो पटक संगठित भएर सडकमा उत्रिएको उनीहरूको दाबी छ। त्यसलाई लिम्बुवान, खम्बुवान र किरातका बुलन्द आवाजहरूबीच नेवारहरूको पहिचानको प्रर्दशन भन्न सकिन्छ ।
पहिचानका मुद्दाले पूर्वी नेपालको सामाजिक जीवन विभाजित छ। दिनदिनैका बन्द, हडताल अनि जातीय द्वेषका घटनाहरूबीच कोसीवारि र पारिका मुद्दाहरू मुखरित भएका छन्। धरान, धनुकुटा, इटहरी, विराटनगर, इलाम, लहान, जनकपुर सबै प्रदेश राजधानीको माग दाबी गर्दै प्रर्दशनमा ओर्लिएका छन्।
अरूणपूर्व हिमालदेखि तराईका मैदानसम्म लिम्बुवान हुनुपर्छ भन्ने मागहरू छन्। कोसीपारिका उदयपुरदेखि मेचीसम्मको मैदानी भूखण्ड पूर्वी थरुहट कोचिला हुनुपर्छ भन्नेहरू जोडतोडले लागिपरेका छन्। तराईको सबै भूभाग मधेस प्रदेश हुनुपर्छ भन्ने मागमा दिनदिनै सडक प्रर्दशन भइरहेको छ। अखण्ड पूर्वाञ्चलको नाराले जातीय पहिचान विरोधीहरूको माग सम्बोधन गरेको देखिन्छ। जनस्तरमा मानिसहरू आ-आफ्नो अनुकूल विभाजित भएका छन्। पहिचानको मामलामा राजनीतिक पार्टीसँगको सम्बन्ध खलबलिएको देखिन्छ। नेता, कार्यकर्ता संघीयताको बहसमा रचनात्मक योगदान गर्नुभन्दा आफ्नो जातिको प्रवक्ता बनेको टिठलाग्दो दृश्य जताततै देखिन्छ।
सबैका हकदाबी र आआफ्नै तर्कहरू छन्। किरातको भूक्षेत्र पश्चिम इन्द्रावतीदेखि पूर्व मेचीसम्म हो। त्यो पश्चिममा ताम्सालिङसम्म खप्टिन्छ। धार्मिक पहिचानको किरात प्रदेशमा खम्बुहरू केही हदसम्म लचिला देखिए पनि लिम्बुहरू ऐेतिहासिक पूष्ठभूमिलाई नै महत्व दिइरहेका छन्। प्रभावशाली लिम्बुवादी संगठनहरू दाबी गर्छन्, लिम्बुवान जातीय नभएर ऐतिहासिक पृष्ठभूमिको वकालत हो जहाँ सबै जातको अधिकारहरू सुनिश्चित हुन्छ। लिम्बुवानको मुद्दामा कांग्रेस, एमाले र माओवादीका भातृ संगठनहरू जन्मिएका छन्। पार्टीको मूलनीतिभन्दा उनीहरू लिम्बु, खम्बु, किरात भएका छन्। सबै जातीय संगठनहरूको माग एकैखाले छैनन् । लिम्बुवादी संगठन ऐतिहासिक पृष्ठभूमिलाई महत्व दिएर जातीय अग्राधिकार, विषेधाधिकारजस्ता मागबाट पछि हटेको छ। उता खम्बुवान र किरातको वकालत गर्नेहरू अग्राधिकारको मागमा लचिलो हुनसकिरहेका छैनन्।
पहिचानको राजनीति अहिलेको बन्दमा अन्योलग्रस्त देखिन्छ। पूर्वी थरुहट कोचिला माग गर्नेहरू र समग्र मधेस एक प्रदेशको वकालत गर्नेहरू बन्दमा एकैसाथ रमाइरहेका छन्। उनीहरूको तारो खस आर्यहरू हुन्। प्रतिक्रियाको राजनीतिमा थारु र मधेसी आफूहरू एक अर्काका विरोधी हौँ भन्ने आकलन गर्न पनि सकिरहेका छैनन्। धेरै प्रर्दशनकारीहरूका हकमा जसरी भए पनि बन्द सफल पार्नु र सडकमा कुदेको सवारी साधन चकनाचुर पारेर बहादुरी प्रदर्शन गर्नुसँग सम्बन्धित छ। आफ्ना मागहरू केके हुन् र केका लागि सडकमा आएको हौँ भन्ने चेतनाको अभाव देखिन्छ अधिकांश प्रर्दशनकारीमा।
जातीय पहिचान वा ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेश हुनुपर्छ भन्नेहरू प्रदेशको नाममा मात्र नभएर सिमानामा समेत अल्झेका छन्। पूर्वी तराईको भूभागमा लिम्बुवानको हकदाबी प्रभावकारी नहुनसक्छ। तर, मेचिदेखि कोसीसम्म र कोसी पश्चिम तराईको भूराजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक र भौगोलिक फरक अवस्थितिको सम्बोधन सहज छैन। सामूहिक नामप्रति असहमत व्यक्तिहरु मधेसमा मिथिला-भोजपुराको माग बुलन्द गरिरहेका छन्।
जातीय पहिचानको वकालत गर्ने र मुलुकको संघीयतामा जोड दिने एनेकपा (माओवादी) सबैभन्दा अप्ठरोमा परेको देखिन्छ। अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई र प्रतिपक्षी मोहन वैद्य, रामबहादुर थापा 'बादल' खेमाको आपसी खिचातानी आफ्नौ ठाउँमा छ। परस्पर विराधी खेमाबीच आपसी विरोधमात्र होइन, यहाँ दाहालका दाहिना हुनेहरू नै विभाजित देखिन्छन्। जेठ ७ मा माओवादीको कोचिला राज्य समिति इन्चार्ज एवं पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले विराटनगरमा बोलाएको पूर्वका १६ जातीय मोर्चाको बैठक विनानिष्कर्ष टुंगियो। पार्टी नीतिअनुसार पूर्वको पहाडी क्षेत्र लिम्बुवान, किरात र तराईको मैदानमध्ये कोसीपूर्व कोचिला र कोसी पश्चिम मिथिला-भोजपुरा हुनुपर्छ भन्ने पार्टी नीति जातीय मोर्चाका नेताहरूले स्विकार्न सकेनन्। जातीय नेताहरूको एक खालको नमीठो प्रतिक्रिया लिएर फर्किएका छन् हरिबोल। माओवादी मोरङ इन्जार्च शिवकुमार मण्डल समग्र मधेस एक प्रदेशको नाराबाट पछि हटेनन्। संस्थापन पक्षका भनिने उनी मातृका माओवादी, वैद्य बादलसँग मोर्चाबन्दीमा छन् र दिनदिनै मधेसका मैदानहरूमा प्रर्दशन गरिरहेका छन्। कस्तो बिडम्बना, प्रधानमन्त्रीको पे्रस सल्लाहकार रामरिझन यादव पनि बृहत् मधेसी मोर्चाको वक्तव्यबाजी गर्दैछन्। मोरङ सहइन्चार्ज गणेश उप्रेती नाम जे भए पनि कोसीपूर्वका सुनसरी, मोरङ, झापा एउटा प्रदेश हुनुपर्छ भन्ने एकसूत्रीय अडानमा देखिन्छन्। मण्डल र उप्रेती आ-आफ्नो जातीय परिचयअनुसार पहिचानको राजनीतिमा होमिएको बेला दाहालसँग नजिकको सम्बन्ध राख्ने सन्तोष थारुले उदयपुरपूर्व मेचीसम्मको भूभाग पूर्वी थरुहट कोचिला हुनुपर्छ भनिरहेका छन्। त्यसमा थारुहरूको थारु कल्याणकारी सभालगायत संगठनले साथ दिएका छन्। पूर्वी थरुहट कोचिलाको अवधारणा मधेसवादी मुद्दालाई निस्तेज पार्ने रणनीतिअर्न्तगत अघि सारिएको अर्थ लगाउनेहरूको संख्या ठूलो छ। दाहालका विश्वासपात्रहरूले आ-आफ्नो जातीय पहिचान वकालत गर्दा उनीहरू पार्टी नीतिविपरीत विभाजित छन्। यो विचित्रको अवस्था पूर्वी नेपालको एउटा उदाहरणमात्र हो। संविधानसभाको म्याद तीन महिना थपिए पनि जातीय पहिचानको सहज अवतरण सम्भव छैन। सूत्रधार माओवादी नै यसमा सबैभन्दा दुबिधाग्रस्त देखिन्छ।