'राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ' भन्दै पुष्पकमल दाहालले तत्कालीन नेकपा (माओवादी) अध्यक्षको हैसियतमा दसवर्षे माओवादी जनयुद्धको नेतृत्व गरे। त्यही युद्धबाट जम्मा गरेको बन्दुक जनयुद्ध थालेको १६ वर्षपछि आफैँलाई प्रत्युत्पादक भएपछि गत चैत २८ मा नेपाली सेनाको जिम्मा लगाए।
बन्दुक बुझाउनुअघि दाहालले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्र्रपति नभए शान्तिप्रक्रिया अगाडि नबढ्ने आफूनिकट दुई नेतामार्फत चेतावनी दिए जति बेला शासकीय स्वरुपबारे भर्खर बहस चर्किँदै थियो। जनार्दन शर्मा र माओवादी सेनाका पूर्व प्रमुख नन्दकिशोर पुन पासाङमार्फत दिइएको उक्त चेतावनी 'सम्मानजनक समायोजनका लागि आफैँले दिन लगाएको' भन्दै उनी उपाध्यक्ष मोहन वैद्यलाई फकाउँदै थिए। त्यो चेतावनी बन्दुक थन्काउने वातावरणका निम्ति थियो भन्ने निष्कर्षसहित वैद्य पक्षले आशंका गर्योउ, 'दाहाल अर्को कुनै नयाँ प्रपञ्च रच्दैछन्।' माओवादी सेनाको शिविर नेपाली सेनाको जिम्मा लगाएपछि दाहालले पार्टीभित्र तानाशाही लादेको ठहर गर्दै वैद्य पक्षले भन्यो, 'पार्टीभित्रै यस्तो तानाशाही लाद्नेले कार्यकारी राष्ट्र्रपति भएपछि के गर्ला?
घोषणापत्रमा कार्यकारी राष्ट्र्रपतिको अवधारणा सार्वजनिक गर्दा तत्कालीन माओवादीमा गम्भीर बहस भएको थियो 'कार्यकारी राष्ट्रपति त हुनुपर्छ तर त्यो हाम्रो वर्गको नभएर अर्को वर्गको भयो भने सबैभन्दा घातक हुनेछ।' तर, बहसलाई आन्तरिकरुपमा जारी राख्ने सहमतिसहित तत्कालका लागि भन्दै कार्यकारी राष्ट्रपतिसहित शासकीय प्रणाली प्रस्ताव गर्ने निर्णय गरियो। त्यस बेलासम्म पार्टी अध्यक्ष दाहाललाई 'सर्वहारा वर्गीय नेता' भएको ठहरसहित संविधानसभाबाट उनलाई नै कार्यकारी राष्ट्रपति बनाउने उद्देश्यअनुरुप 'गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति'का रुपमा प्रस्तावित गरियो। परिस्थिति आफूले सोचेभन्दा पृथक् बन्दै गएपछि माओवादीले रामराजाप्रसाद सिंहलाई पार्टीबाट राष्ट्रपति उम्मेदवार उठायो, दाहाल भने 'भित्ते राष्ट्रपति'मै सीमित हुनुपर्योय। बन्दुकको नालबाट राज्यसत्ता जन्मिन्छ भन्दै युद्धको नेतृत्व गरेका दाहालले सोह्र वर्ष लामो राजनीतिक यात्रासँगै अन्ततः मुलुकलाई 'अधिकारविनाको कार्यकारी राष्ट्रपति'मा ल्याइपुर्याजएका छन्।
'दाहाल सर्वहारा वर्गीय नेताबाट संसदीय राज्य प्रणालीका नेतामा रुपान्तरण भइसकेको' निष्कर्षसहित वैद्य पक्षले कार्यकारी राष्ट्रपतिबारे त्यो बेला थन्काइएको बहसलाई वैद्य पक्षले शासकीय स्वरुपबारे बहस चर्किएकै बेला आफ्नो मत सार्वजनिक गर्योर। दाहाल वा अन्य कुनै दलका नेता जोसुकै कार्यकारी राष्ट्रपति बने पनि परिवर्तनकारी, देशभक्त शक्तिहरुमाथि नै शासन लाद्ने र निरंकुशता प्रदर्शन गर्ने आशय बोकेर उसले यति बेला जनप्रतिनिधिसभाप्रति उत्तरदायी हुने कार्यकारी राष्ट्रपतीय प्रणालीको वकालत गरिरहेको छ।
निरंकुश राजतन्त्रको अन्त्यसँगै मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि राष्ट्रपति चयनबारे ठूलै बहस र विवाद भयो। दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति स्वीकार नगर्दा अहिलेको राजनीतिक संकट झेल्नुपरेको स्वयं दाहालले नै स्विकारे। त्यो बेला दाहालले कोइरालालाई किन अस्विकारे? अहिले किन पश्चातापको नाटक गरिरहेका छन्? कटवाल प्रकरणले ल्याएको विवाद र त्यसपछि जन्मिएका राजनीतिक परिघटनालाई समीक्षा गर्ने हो भने दाहाल त्यो बेला गिरिजालाई कुनै हालतमा राष्ट्रपति बनाउन चाहँदैनथे। तर, कांग्रेसको सहानुभूति बटुल्न स्वर्गीय भइसकेका कोइरालाप्रति सहानुभूति देखाएर दाहाल सुधारिएको संसदीय व्यवस्थाकै राष्ट्रपति बन्न लालायित छन्।
अहिले पनि शासन प्रणाली र राज्य व्यवस्थाबारे कांग्रेस र माओवादीको दस्तावेजमा समानता छैन। कार्यकारी अधिकारसहितको प्रधानमन्त्री रहँदै चलेको खरिपाटी राष्ट्रिय भेलामा दाहालले कांग्रेसलाई दुस्मन पार्टीका रुपमा चित्रण गरे पनि पार्टी दस्तावेजलाई दस्तावेजमै सीमित राखेर सुधारिएको संसदीय व्यवस्थामा ल्याप्चे लगाएका छन्। पछिल्लो सहमतिअनुरुप अँगाल्न खोजिएको शासकीय प्रणालीले अन्ततः सुधारिएको संसदीय व्यवस्थालाई नै संस्थागत गर्ने हो।
जेठ २ मा भएको सहमतिअनुरुप शासकीय स्वरुपबारे दलहरुले मिश्रित प्रणाली अपनाए। यही मिश्रित प्रणालीलाई दाहालले आफ्नो अनुकूलतामा व्याख्या गरेका छन् भने कांग्रेसले संसदीय व्यवस्थाको परिमार्जित रुप भनेको छ। दाहाल र कांग्रेसका तर्फबाट सिटौलाले जसरी व्याख्या गरे पनि यी दुवै व्याख्या र दर्शनले एउटै वर्ग र दृष्टिकोणको प्रतिनिधित्व गर्ने हुन्। हिजो दाहाल के थिए, त्यो अहिले मुख्य होइन। अहिले के हुन् र कुन वर्ग र दृष्टिकोणको रक्षाका निमित्त वकालत गरिरहेका छन् त्यो प्रमुख कुरा हो।
पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत बहुदलीय प्रतिस्पर्धालाई माओवादीले स्वीकार गरे पनि उसले त्यसलाई सामान्तवाद र साम्राज्यवादविरोधी परिवर्तनकारी शक्तिबीचको प्रतिस्पर्धाका रुपमा मानेको थियो। तर, मुखले नभने पनि मधेसवादीसँगको चारबुँदे, कांग्रेससँगको सातबुँदे र पछिल्लो पाँचबुँदे सहमतिमार्फत दाहालले आफ्नै पार्टी नीतिविरुद्ध बहुलवादलाई स्वीकार गरिसकेका छन्। त्यसैको शृंखलाको रुपमा शासकीय स्वरुपबारे भएको पछिल्लो सहमतिलाई उनले माओवादीको हातमाथि परेको रुपमा अर्थ्याए पनि अन्ततः कांग्रेसकै हात माथि परेको तीतो यथार्थ दाहालले कुनै दिन बाध्यताले स्वीकार गर्नुपर्छ।
वर्ग र दृष्टिकोणमा कांग्रेससँग नजिक भइसकेपछि कार्यकारी राष्ट्रपतीय प्रणालीमा सहमति भएको भए त्यो पनि कांग्रेसकै दृष्टिकोण र उसकै राजनीतिक प्रवाहमै शासन प्रणाली चल्ने हुन्थ्यो। कार्यकारी राष्ट्रपतिमा कांग्रेस आत्तिनुपर्ने र माओवादीको दाहाल-भट्टराई समूह हौसिनुको कुनै अर्थ थिएन। भलै त्यसमा सहमति भएन। कांग्रेसले कार्यकारी राष्ट्रपतीय प्रणाली स्वीकार नगरे शान्ति प्रक्रिया अघि नबढाउने दाहालको घुर्कीमा कुनै तुक थिएन भन्ने पुष्टि भएको छ। कार्यकारी राष्ट्रपतिको बखेडा झिकेर अरु कुनै विषयमा बार्गेनिङ गर्नु थियो। सायद त्यो पूरा भयो र उनको घुर्की पनि पानीको फोका साबित भयो।
दाहाल र बाबुराम भट्टराई दुवै जना प्रधानमन्त्री रहँदा राष्ट्रपति रामवरण यादवसँग वाक्युद्ध चल्यो। पूर्वप्रधानमन्त्री दाहाल कटवाल प्रकरणमा र वर्तमान प्रधानमन्त्री भट्टराई रथी थप्ने विषयमा राष्ट्रपतिले असहमति जनाउँदा त्यो स्थिति बन्यो। आलंकारिक राष्ट्रपति भए पनि सेनाको परामाधिपतिसमेत रहेकाले सेनासम्बन्धी निर्णयप्रति चासो राखेर कार्यकारी प्रधानमन्त्रीबाट चालिएका कदमलाई उनले रोक्न खोजे। कार्यकारी प्रमुखको हैसियतले प्रधानमन्त्रीले सत्ता सञ्चालनका विषयमा सेनाबारे आवश्यक निर्णय लिन खोज्नु स्वाभाविकै हो। तर, यी दुवै कदम र दाबीले अन्ततः अस्वाभाविक घटनाहरु पैदा भए।
अहिलेसम्मका घटना र शृंखला नियाल्दा शासकीय स्वरुपमात्र हैन, सिंगो राज्यको नेतृत्व लिने र पार्टी दस्तावेजमा भनेजस्तो निम्नवर्गीय सत्ता स्थापनाबारे दाहालको प्रस्ट दृष्टिकोण थिएन र छैन। वैद्य पक्ष दाहालको उक्त शैली जुनसुकै कोणबाट नाप्दा पनि पार्टी नीति र मार्क्सवादसम्मत नभएको भन्दै माओवादीले ढाँटेर, छलेर, षड्यन्त्र गरेर नभई प्रस्ट भाषामा आफ्ना दृष्टिकोण र त्यहीअनुरुप कदम चाल्नुपर्ने अडानमा छ। आफ्नो दलको वा, स्वयं आफनो हितमा पनि नहुने र अन्ततः सिंगो मुलककै हितविरुद्ध हुने शासकीय प्रणाली अँगालेर दाहालले असफलताको बीउ रोपेका छन्।