'देश भनेको के हो छोरी?'
सानी स्कुले नानीसँग मैले प्रश्न गरेँ। उनी अल्मलिइन्। 'खै जानिन' भन्ने भावमा लजाउँदै टाउको हल्लाइन्। भित्रभित्रै म झन् लजाएँ - किनभने यस प्रश्नको स्पष्ट उत्तर म आँफैसँग पनि रहेनछ। ती नानीको भन्दा धेरै सानो उमेरदेखि 'मेरो देश' भन्दै आएको छु म । तर यतिका दशक बितिसक्ता पनि 'देश' के हो भन्ने मलाई राम्ररी थाहै रहेनछ।
गौरमा हो म स्कूल जान थालेको - एकै चोटी ६ कक्षामा प्रवेश गरेको थिएँ। बच्चै थिएँ सबै सहपाठीमा कान्छो। झन्डै आधा शताब्दी अगाडिको प्रसंग, धमिलो सम्झनामात्रै छ। ऊबेला तराईका स्कुलमा हिन्दी भाषा पनि पढ्नुपर्थ्यो। हाम्रो हिन्दी किताबमा एउटा बालकविता थियो - देशभक्तिको। मातृभूमि नेपालकै बारेमा लेखिएको त्यस कविताको एकठाउँमा 'भारत के कन्धे पर' भन्या' हो कि यस्तै के हो लखिएको थियो। नक्सामा हेर्दा सानो नेपाल विशाल भारतको काँधमा टुपुक्क बसेजस्तो देखिने भएकाले त्यसो लेखेको हुँदो हो कि! अर्थै नबुझी मैले भारत भन्ने शब्दलाई कलमले यसरी कोरिदिएँ कि नयाँ किताबको त्यो पानामा प्वालै पर्योम। बेसरी गाली खाएँ घरमा आमाको, स्कुलमा मास्टरको।
केले होला त्यस बालकको दिमागमा अर्काको र आफ्नो देश भनेर सीमा रेखा कोरेको? केले होला पराइप्रति त्यस्तो बिघ्न ईर्ष्या र द्वेष जगाएको?
स्कूल जान थालेपछि पनि निकै लामो समयसम्म भूगोल बु‰न मलाई गाह्रो परेको थियो। नक्साहरू त झन् पटक्कै बु‰िदनथिएँ। (गिजुभाइ जस्ता शिक्षकले पढाएका थिएनन् नि त हामीलाई!) तर कसरी हो कुन्नि, 'मेरो देश' भन्ने भाव चाहिँ स्कुल जानु अघिदेखि नै एकदम चर्को थियो। केले होला त्यो कलिलो बाल मस्तिष्कमा 'मेरो देश'को अवधारणा रोपेको?
नेपालको इतिहास पढ्दा लडाइँमा जित र हारका कथा आउँथे, सीमाना फैलिएको र खुम्चिएको प्रसंग आउँथे। जितको कथा पढ्दा मजा लाग्थ्यो, सीमाना खुम्चिएको विषयले चित्त दुख्थ्यो। घुमिफिरी राजाकै कथाजस्तो लाग्ने भए पनि किन त्यो जित र हारको कथासँग अपनत्व भएको? किन खुसी वा दुखी हुनुपरेको त्यस बालकको मन?
थाहा पाउने भएदेखि नै हामी नेपाली भएर चिनियौँ, नेपाली भनेरै हुर्कियौँ। जहिले पनि आफ्नो देशका बारेमा पराईले नराम्रो कुरा गर्छन् कि भनेर सतर्क भयौँ। विदेशीले केही भनिहालेका बेला हामी रिसाएकाछौँ, चित्त दुखाएकाछौँ। आफूले सकेसम्म देशका बारेमा राम्रो कुरा गरेकाछौँ, मिलेसम्म नराम्रा कुरा लुकाएकाछौँ। अर्को देशले सिमाना मिचेको सुन्दा होस् वा विदेशीले नेपाल र नेपालीका बारेमा अपशब्द बोले रे भन्ने सुन्दा होस्, हामी आन्दोलित भएकाछौँ, त्यस्ता विदेशीलाई बेसरी गाली गरेकाछौँ।
पक्कै पनि त्यस्तो केही छ जसलाई स्पष्ट शब्दमा परिभाषित गर्न नसकिए पनि 'नेपालीपन' भन्न सकिन्छ, जसका कारण हामी आफूलाई नेपाली भनेर चिनाउन खोज्छौँ र सक्छौँ। तर के हो त्यो तत्व? केले धानेको छ हाम्रो यो नेपालीपनलाई? कति बलियो छ र कहाँसम्म पुगेको छ यो देशभक्तिको जरो? यतिबेला यी प्रश्नहरूले उत्तर खोजिरहेकाछन्।
अचेल यो मुलुकमा भइरहेका घटनाले हाम्रो अस्तिवबोधको केन्द्रमै स्थान बनाएको त्यो नेपालीपनको आधार के हो, केमा छ, कति बलियो छ भनि सोच्न बाध्य बनाइरहेको छ। सँगसँगै जोडिएर अर्को ठूलो प्रश्न पनि देखापर्न थालेको छ म जन्मेको, हुर्केको, बाँचेको यो मुलुक एउटा सिंगो सार्वभौम राष्ट्रका रूपमा रहिरहन सक्ने वस्तुगत आधार के के छन्? के गरे ती अझ बलिया होलान्?
कहीँ कसैले लेखेको सम्झना हुन्छ (माइकेल बेडर हुन् क्यार) - देशभक्तिको मनोवैज्ञानिक आधार अत्यन्त गहिरो हुन्छ रे, बलियो हुन्छ रे। र मानिसको अस्तित्वरक्षासँग जोडिएको विषय हो रे यो।
नवजात मानव शिशु आमा वा कुनै रक्षक बिना बाँच्नै सक्तन। जन्मेकैे क्षणदेखि आफन्तअभिभावकसँगको सानिध्य, सम्बन्ध, स्नेहमा निर्भर हुन्छ उसको सुरक्षा। ऊ हुर्कंदै जाँदा आफूजस्तै लाग्ने स्वजनहरूसँगको सम्बन्धको चाहना र तिनका बीचमा रहँदा हुने सुरक्षाबोध कायमै रहन्छ, बढ्दै जान्छ। यही नै त हो परिवारको आधार! मानिसका लागि परिवारको महत्व कति ठूलो हुन्छ भनिरहनै पर्दैन। मानिसका सबै सामूहिक र संगठित वि्र्कयाकलापको दीक्षा परिवारबाटै हुन्छ। व्यक्ति सामेल हुने पहिलो संस्था परिवारै हो। सबै संस्था परिवारकै विस्तार हुन्। देश पनि परिवारकै विस्तार हो।
परिवारभित्र स्नेह खिइन, न्याय हराउन थालेपछि, सामूहिकताको ठाउँ साँघुरो व्यक्तिवादले लिन थालेपनि परिवार परिवार रहँदैन। तथापि मानिसको मनोविज्ञानमा अन्तर्निहित सामूहिकताको चाहनाका कारण व्यक्ति एक्लै रहन पनि सक्तैन। फलस्वरूप, त्यो परिवार वा संस्थाभित्रै गुटहरू बन्न थाल्छन्। र गुटकोे सीमित घेराभित्रैबाट अवचेतनमा रहेको सामूहिकताको मानव चाहनालाई पुरा गर्ने प्रयत्न हुनथाल्छ।
आफ्नो गुट बनाउन र त्यसलाई जोगाइराख्न अनेकौँ उपाय अवलम्बन गरिन्छन्। यस्ता उपायमध्ये शताब्दियौँदेखिी सबभन्दा चल्तीमा रहेको, आकर्षक, प्रभावकारी तर अत्यन्त विध्वंशक र कुटिल उपाय हो आफूइतर अरूको बहिष्करण तथा दानवीकरण।
'हामीबाहेकका जो जति छन्, ती सब खराब छन्, दुष्ट छन्। तिनलाई बहिष्कार गर्नुपर्छ। त्यस्तालाई हराउनै पर्छ, नियन्त्रणमा राख्नुपर्छ, तिनलाई शीर उठाउन दिनु हुन्न' जस्ता 'नारा' कुनै न कुनै रूपमा घन्किन थाल्छन्। 'अन्य'प्रतिको यो द्वेष र घृणा भावले गुटभित्र शक्ति प्रदान गरेको आभाष हुन्छ। आफ्नो गुटको सीमाभित्र सुरक्षाको अनुभूति हुन्छ। 'हामीबाहेकका अरू सब खराब' भन्ने अन्धविश्वासका कारण आफू र आफ्नो भने सबै ठिक भन्ने अन्धसन्तुष्टिले ठाउँ पाउँछ । त्यो द्वेषभाव र घृणाको जंगल जति घना भयो, गुटभित्रका यस्ता अस्थायी 'उपलब्धि' पनि त्यति नै उल्लेख्य देखिन्छन्। यी उपलब्धिहरू हिंसाको मात्रा र कठोरतामा आँकिन थाल्छन्। तिनको आकर्षणले गुटहरूबीचको घृणाजन्य द्वन्द्व, षडयन्त्र र लडाइँको डरलाग्दो कुचक्रलाई जन्माउँछ र हुर्काउँछ। र त्यही कुचत्र्र्कमा सबैले धेरै गुमाउँछन्। जित कसैको हुँदैन। जसले 'जित' हात पारेँ भन्छ, वस्तुतः उसले पनि हारिरहेको हुन्छ। अनि न्यायका पक्षपाती सदस्य पनि त्यही बाढीमा बग्छन्, अरूको पापमा रिँग्नु पर्ने र त्यसको प्रायश्चित्त गर्नुपर्ने स्थिति ती असल मानिसलाई पनि आइलाग्छ।
संघ, संस्था, समुदाय, सम्प्रदाय अर्थात् परिवारको जुनसुकैरूपको विस्तार होस्, मानव समाजको सबै तहमा यो लीला प्रकट हुन्छ, भई नै रहेको छ। राजनीतिक पार्टीहरूमा त्यसै गरी गुट निर्माण हुन्छन्, धर्मभित्र त्यसै गरी विभिन्न सम्प्रदाय जन्मिन्छन्, प्रेम र सद्भावको ठाउँ मनोमालिन्यले लिन्छ, नहुनु पर्ने विभाजन हुन्छ, मूल्य मान्यताको अपव्याख्या हुन्छ।
परिवारको सबभन्दा ठुलो रूप देशमा पनि यही लीला प्रकट हुन्छ, भई नै रहेको छ। अहिले देखिएको गोलमाल, अन्योल, चरम मूर्खताको प्रदर्शन, असहिष्णुताको पराकाष्ठा, एकार्काको दानवीकरण यो सब अझै केही समयका निम्ति हाम्रो नियति हुने देखिन्छ। जेठ १४ ले जे ल्याओस्, त्यसले यही कुशृंखलाको निरन्तरतालाई नयाँ निहुँ प्रदानमात्र गर्ने हो।
अब के गर्ने त?
छोटो बाटो त छैन। कुनै मसिहाको अवतरण, चमत्कार हुनेवाला छैन। तर उज्यालोको बीउ प्रशस्त छ। मेहनत नगरीकन, यत्नपूर्वक त्यो उज्यालोको खेती नगरीकन भने केही उपलब्धि हुनेछैन।
राजनीतिलाई पुनर्परिभाषित नगरी सुखै छैन।
प्रकृति र समाजमा स्वाभाविकरूपमा विद्यमान विभिन्नतालाई आफ्नो वा आफ्नो समूहको निहित स्वार्थका लागि उपयोग गर्ने खेललाई नै राजनीति मानिन्छ अझै। त्यही खेलमा निपुणता हासिल गर्न लागिपरेकाछन् पुरातन खेलाडीहरू। कि त यिनले नयाँ सोच आत्मसात गर्न सक्नुपर्योह, नत्र नयाँ पुस्ताले नयाँ चुनौती स्वीकार गरेर त्यो जिम्मेवारी सम्हाल्न थाल्नुपर्योस। त्यो चुनौती हो विद्यमान विभिन्नताबीच समानता पहिल्याएर अग्रगमनमा हेलिन सक्ने। हुर्किंदै गरेको नयाँ पुस्तामा म त्यो तागत देख्छु। पूर्वाग्रहको बन्दी हुन तिनले दर्शाएको अस्वीकृतिमा, सूचनामा तिनको पहुँचमा, आफ्ना कमजोरीलाई स्वीकार गरेर सच्चिने तिनको खुलापनमा, तिनको सिर्जनशीलतामा, मानव जातिमा रहेको असीमित सम्भावनाप्रति तिनको विश्वासमा म त्यो लक्षण देख्छु।
परम्परागत राजनीतिक खेलाडी यतिबेला पनि युवालाई आफ्नो मृत विगततर्फ तानिरहेकाछन्, तिनका मस्तिष्कमा द्वेष र घृणाको बीउ छरिरहेकाछन्, उनीहरूबीच आपसमा खुकुरी हानाहान गराउन लागिपरेकाछन्। यो निकृष्ट खेल अझै केही समय चल्नेछ तर यस्तो सधैँ यस्तो रहनेछैन। पक्कै रहनेछैन।