अखण्ड सुदूर पश्चिमको माग गर्दै सेती र महाकाली बन्द भएको १६ दिन भएको छ। तराईका कैलाली र कञ्चनपुर जिल्लालाई पहाडी जिल्लाबाट अलग गर्नुहुन्न भनेर 'अखण्ड सुदूर पश्चिम' को माग गर्दै आन्दोलन भइरहेको छ। अखण्डताको आन्दोलन दुई साता पुगेपछि कैलाली र कञ्चनपुर 'थरुहट' प्रदेशमा पर्नुपर्ने माग गर्दै थारुहरू पनि सडकमा आए।
सुदूर पश्चिम अखण्ड वा खण्ड-खण्ड हुनुपर्ने भन्ने पक्षधरहरू एकसाथ आन्दोलनमा उत्रेपछि परिस्थिति डरलाग्दो बन्दै गएको छ। देशभित्र प्रदेश बनाउन अखण्ड बैठकमा क्रियाशील प्रमुख दलका शीर्ष नेताहरू समाधान निकाल्न सकिरहेका छैनन्।
सुदूर पश्चिम बेस्सरी तात्तियो। त्यस्तै द्वन्द्वका रेखाहरू देशभरि देखिन थालेका छन्। यस्तै गम्भीर अवस्था सबै राजनीतिक दलभित्र देखिन थालेको छ। पार्टीको अनुशासन नाघ्न तयार भएर आदिवासी जनजातिले पार्टी नेतृत्वलाई चुनौती दिएका छन्। त्यहाँ पनि उस्तै समस्या देखिएको छ- आदिवासी जनजाति र मधेसी सभासद्हरू जातीय पहिचानका आधारमा प्रदेश नबनाइए पार्टीसमेत परित्याग गर्न तयार छन्। कांग्रेस-एमालेका जनजातिले घोषणा गरिसकेका छन्, पार्टी र अधिकारमध्ये एउटा रोज्नुपर्ने परिस्थिति आयो भने हामी अधिकार रोज्छौँ। तर, कांग्रेस-एमालेको नेतृत्व अडिग छ-जातीय पहिचानको राज्य कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन। माओवादी नेतृत्व भने जातीय पहिचानको राज्य सही होस् वा गलत, यसबाट पछि फर्कन नसक्ने अवस्थामा छ। कांग्रेस-एमालेको शीर्ष नेतृत्वले दाबी गर्दै आएजस्तै राष्ट्रिय अखण्डतामा आँच नै पुग्ने भए पनि माओवादी नेतृत्व भने त्यो जोखिम मोल्ने मनस्थितिमा छ। ऊ एकल पहिचानलाई प्राथमिक आधार मान्नुपर्ने अडानमा छ।
सुदूर पश्चिमका बासिन्दा प्रदेश निर्माणको बहसभन्दा एक तह तल उत्रेर मूठभेडमै उत्रेका छन्। विभिन्न जातजाति पनि सडकमा ओर्लेका छन्। यसअघि जातीय मुद्दामा कहिल्यै त्यति चासो नदिने ब्राह्मण-क्षेत्री समाज पनि सडकमा छन्। अढाइ दिन नेपाल बन्द भएको छ। ठाउँ-ठाउँमा प्रतिकार हुन थालेका छन्। पोखरा, कीर्तिपुर, सिराहामा भएका प्रतिकारका प्रयत्नले नेपाल कता जाँदैछ भन्ने संकेत गरेको छ। प्रदेशको संख्या, सीमांकन र नामकरणको बहसले कतै देशलाई 'गृहयुद्ध' तर्फ त डोर्याेइरहेको छैन? सचेत हुने बेला आएको छ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देश हो। हिन्दू धर्मावलम्बीले बुद्धको पूजा गर्छन्। बौद्धमार्गीहरू हिन्दूको मन्दिरमा जान्छन्। मुस्लिम र हिन्दू धर्म मान्नेहरू एकै गाउँमा घर जोडिएर बसोबास गरेका त देशैभरि छन्। मन्दिर र मस्जिद वा गुम्बाहरू सँगसँगै भएका त कति छन् कति? गाउँ-गाउँमा नयाँ चर्च खोल्दा पनि कसैले कुनै प्रश्न उठाउँदैन। अझ नयाँ पुस्तामा त जात, धर्मभन्दा माथि उठेर मान्छे-मान्छेबीचको सम्बन्धका आधारमा हिन्दू र मुस्लिमबीच पनि बिहेबारी चल्न थालेको छ। पूर्वी पहाडको माझ किरात र पल्लो किरात भनेर चिनिने क्षेत्रमा किराती र क्षेत्री-बाहुनबीचको मिश्रित बसोबास छ। तराई-मधेस क्षेत्रको मिश्रित बसोबास क्षेत्रमा थारु शिक्षकले पढाएर सक्षम नागरिक बनाएका पहाडी मूलका नयाँ पुस्तालाई महसुससम्म छैन- पहाडी-मधेसी भन्ने। तराईको मिश्रित आवादी क्षेत्रमा पुस्तान्तरसँगै साम्प्रदायिक सद्भाव अझ बढ्दै आएको थियो तर यसअघिको मधेस आन्दोलनले केही बिथोलेको साम्प्रदायिक सद्भाव संघीयताको बहस चर्किएर 'संघीयताको लडाइँ' मा रुपान्तर हुनै लाग्दा परिस्थिति अझै गम्भीर भएको छ। विभिन्न जाति, क्षेत्र, धर्म र वर्गका जनता आफ्नो पहिचान स्थापित हुनुपर्ने पवित्र भावनाले नै उठेका हुन्। धमिलो पानीमा माछा मार्नेहरूले यसमा घुसपैठ गरिरहेका छन्। ब्राह्मण-क्षेत्री समाजभित्र प्रतिगामी घूसपैठको प्रयत्न र अर्को कुनै समुदायको ब्यानर बोकेर त्यसको प्रतिकार जुलुस निकाल्ने कोसिस दुवै किसिमका षड्यन्त्रहरूलाई पवित्र भावनाले जातीय सहअस्तित्व र समतामूलक समाजका लागि शान्तिपूर्ण दबाबमा उत्रेको समुदायले चिनेको छैन। अनि अनावश्यक द्वन्द्वका खतराहरू देखिएका छन्।
समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गर्न थालिएको राज्य पुनर्संरचनाले पहिचान नभएका समुदायको पहिचान स्थापित गर्ने हो। यसको अर्थ विगतमा पहिचान स्थापित भइसकेकाको पहिचान मेटाउने भन्ने किमार्थ होइन। आन्दोलनरत सबै पक्षले बुझ्नैपर्ने यथार्थ यो हो। मुलुकको एकतिहाइभन्दा बढी जनसंख्या ओगट्ने बाहुन-क्षेत्रीलाई गत संविधानसभा चुनावमा 'अन्य जाति' भनेर उल्लेख गरेर त्यस्तै गल्ती भएको छ, 'अन्य जाति' भनेर पहिचानै मेटाउनुको सट्टा 'खस आर्य' मात्र लेखिदिएको भए के बिग्रन्थ्यो? राजनीतिक नेतृत्वको अदूरदर्शिताको फल थियो त्यो। आफ्नो अधिकारका लागि दबाब दिँदा अर्को समुदायको अधिकार कुन्ठित हुन नदिन पनि सचेत हुनैपर्छ।
प्रमुख दलका नेताहरूले संविधानको 'बार्गेनिङ' मै चार वर्ष बिताए। व्यक्तिगत र दलीय स्वार्थलाई सर्वोपरि राखे। आफ्नो र दलको स्वार्थपूर्तिलाई केन्द्रविन्दुमा राखेर राज्य पुनर्संरचनाको मुद्दा बल्झाउँदै आएका एनेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाका नेताहरू एक सातायताका घटनाबाट अत्तालिएका छन्। संघीयतासहित संविधान जारी गर्न दुई साताको समय मात्र बाँकी हुँदा पनि सहमति भएको छैन। शीर्ष नेताबीच सैद्धान्तिक सहमति भएपछि दलभित्र र बाहिरबाट आउने समस्यासँग जुध्न पनि प्रमुख शक्तिहरू आपसी विश्वाससाथ एकजुट हुन सक्नुपर्छ। देश थेग्न गाह्रो छ भन्ने पछिल्लो एक साताका घटनाहरुले देखाएका छन्।
सर्पले आधी निलिसकेको भ्यागुताले आफूअगाडि आएको सिकार निल्न मुख बाएजस्तै भ्रममा चार शक्तिका नेताहरू अझै छन्। जेठ १४ मा संविधानको पहिलो मस्यौदा तयार पार्ने सम्भावना कमैमात्र छ। संघीयता त कुरै छाडौँ, कस्तो शासन प्रणाली अपनाउने, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कस्तो बनाउने भन्ने पनि अझै सहमति हुन नसकेको स्थितिमा जनतालाई स्वामित्व महसुस हुनेगरी निर्धारित प्रक्रिया पुर्यावएर संविधान निर्माण सम्भव छैन। जेठ १४ पछि के हुने भन्नेबारे अझै छलफल भएको छैन। संविधानसभाले संविधान निर्माण सम्पन्न गर्न सकेन भने अहिले सडकमा आएका जातीय र क्षेत्रीय समूहले स्वयं स्वायत्त भएको घोषणा गर्न सक्छन्। कदाचित नयाँ संविधान जारी नगरी संविधानसभा विघटन भयो भने अहिलेको अन्तरिम संविधान र संविधानबमोजिम बनेका सरकार, राष्ट्रपति सबैको वैधतामा प्रश्न उठ्छ। धमिलो पानीमा माछा मार्ने पृथकतावादी सोच र महत्वाकांक्षाले पनि आन्दोलनभित्रै घुसपैठ गरेर यसलाई गलत दिशामा लान सक्छन्। प्रमुख दलहरू यसप्रति सचेत हुनुपर्छ। संविधानविहीनतामा पुग्न सक्ने खतराबाट निकास निकाल्न तत्काल क्रियाशील हुनुपर्छ। अखण्ड सुदूर पश्चिम आन्दोलनको नेतृत्व सुरुमा दलकै नेताले गरेका थिए। अब त्यो तीन दलको नियन्त्रणभित्र छैन। यस घटनाबाट शिक्षा लिएर प्रमुख दलहरू निर्णयमा पुग्नुपर्छ। सबै दलका नेताहरू संविधानसभा रुपी एउटै डुंगामा छन्। त्यो डुबे कोही पनि जोगिँदैनन्।