देशका शिखर नेता सिंहदरबार परिसरमा भित्रबाहिर, बाहिरभित्र गरिरहेका छन्। देशको संघीय संरचनाका सम्बन्धमा उनीहरू बिहान सहमति बनाउझ्छन् र बेलुकी भत्काउझ्छन्। सहमति कहिले नाममा अड्किन्छ, कहिले टाङमा। बीबीचमा महत्वपूर्ण ढंगले जुँगाको सवाल आउँछ। यस्तो बेला जुँगा नपाल्ने नेता पनि जुँगाकै सवालमा अड्किन्छन्।
शिखर नेताहरूको पैतालामुनिको धर्ती भासिन थालेको छ। नेताहरूलाई त्यसको किञ्चित आभास हुनसकेको छैन। उनीहरू आपसमा सहमति निकाल्छन् र आआफ्ना जुँगामा ताउ लगाउझ्दै भरेसम्म सबै विषयमा सहमति बन्ने रेकर्ड बजाउझ्छन्। सयौँ पटक बजिसकेको यस रेकर्डको आवाजमा दम छैन। शिखर नेताले गर्ने सहमतिमा पनि दम छैन। उनीहरूले गरेको त्यो सहमति जनताले, जनताको एउटा हिस्साले वा एउटा समूहले मात्रै पनि स्वीकार गरेन भने के होला? त्यसको चिन्ता कसैलाई छैन।
संविधान निर्माणको ठूलो अवरोधका रूपमा रहेको सेना समायोजनको समस्या शान्तिपूर्ण ढंगले सुल्झेपछि जनतामा नयाझ् संविधान सहज निर्माणको स्वाभाविक आशा पलाएको थियो। संविधान निर्माणको ९० प्रतिशत काम सकिइसकेको राजनीतिक दलका नेताहरूको गफमा जनताले अलिकति विश्वास नगरेका थिएनन्। तर, संविधानको मुख्य विवाद बाझ्की थियो जुन अहिले हाहाकारका रूपमा वनबासादेखि काझ्कडभित्तासम्म फैलिएको सडकमा पसारो परेको छ। मोटर चल्ने चौडा र खुला मार्ग बनाउने आकांक्षा राखेर हिँडेका नेपालीका लागि साइकल चलाउने बाटोसमेत बन्द हुने डर बढ्दै गएको छ।
संविधान निर्माणको अन्तिम प्रहरमा देश एक पटक फेरि आन्दोलनको धूवाझ्मा रङमङिएको छ। यस धूवाझ्ले नेपाली जातिका मानिसहरूको आझ्खा पीरो भएको छ। सडकमा उत्साहको सनसनी छैन। जताततै निराशा, आक्रोश र आवेग छ। सधैँ सहिष्णु र संवेदनशील नेपाली जाति अचानक क्रुद्ध भएका छन्। उनीहरू आफैँसँग र सबैसँग क्रुद्ध छन्। जनतालाई रमिता बनाएका छन् नेताहरूले। यसरी अन्योलको भूमरीमा परिएला भन्ने कहिल्यै नसोचेका मनहरू देश खोज्दै भौतारिएका छन्। कहाझ् छ हाम्रो देश? जातीय र वर्गीय पहिचान खोज्दाखोज्दै देशकै पहिचान हरायो भने के होला हाम्रो हैसियत? स्तम्भकारले नेपाली मन यतिसारै विचलित भएको कहिल्यै देखेको थिएन। माओवादीले राज्य पुनर्संरचनाका लागि हिंसात्मक विद्रोहको झन्डा उठाएको चरम उत्कर्षका बेला पनि अहिलेको हिसाबमा नेपाली जनता उद्वेलित थिएनन्। त्यतिखेर एउटा आशा थियो परिवर्तनको। जोश र जाँगर थियो लोकतान्त्रिक आकांक्षाको। अहिले परिस्थिति बदलिएको छ। देशको कुनै कुना र यस्तो कुनै सिमाना बाझ्की छैन जहाझ् उद्वेलनको राप राझ्किएको नहोस्।
निश्चय पनि, यो अप्रत्याशित होइन। दोस्रो जनआन्दोलनले नेपाली राजनीतिको सर्वाधिक लामो संक्रमणकाल अन्त्य गरेको थियो। गणतन्त्र स्थापनाको पहिलो दिनदेखि नै देशमा सुरु भएको नयाझ् राज्यतर्फको संक्रमण अझ कष्टकर हुने अनुमान विवेकशील व्यक्तिहरूले गरिसकेका थिए। हाम्रा दलहरूले केही यस्ता नारा लगाएका थिए जो नेपाली मन सुहाउझ्दा थिएनन्। संघीय राज्य निर्माण नेपालको विकासका लागि होनहार परिकल्पना थियो जुन अहिले राजनीतिक लहडमा रूपान्तरित हुने डर बढ्दै गएको छ। सन्तुलित, समानुपातिक र समावेशी विकासका लागि नेपाल संघीय स्वरूपमा जानैपर्ने थियो। सुकिलामुकिला केन्द्रित विकासले सबै नेपालीको समृद्धिको चाहना पूरा गर्न नसकेको अवस्थामा आर्थिक विकासका लागि यो सर्वोत्तम विकल्प थियो। तर, संघको सन्तुलित निर्माणका मामिलामा गणतन्त्र स्थापनाको पहिलो दिनदेखि नै नेताहरू चुके। राजनीतिक सत्ता र चुनाव क्षेत्रको विस्तारित खेलमा फस्यो संघीयता। अहिले उत्पन्न जटिल परिस्थितिको सम्बोधन सिंहदरबारमा संघीय संरचनाबारे छलफल गरिरहेका नेताहरूले गर्न सक्लान् भन्नेमा प्रचूर शंका छ।
माओवादीको ११ होस् वा कांग्रेसको सात, संघको निर्माणमा संख्या महत्वपूर्ण होइन। न नामै हो महत्वपूर्ण। ताम्सालिङ संघीय राज्यका गतिविधिहरूमा ब्राह्मण र गुरुङले भाग लिन पाउने लोकतान्त्रिक अधिकारको ग्यारेन्टी हुन्छ भने, मगरात राज्यमा नेवार र मधेसीहरूको सहभागिताको ग्यारेन्टी हुन्छ भने अथवा आर्य-खस नामको संघीय राज्यमा थारू, शेर्पा र दलितहरूको वर्चस्व रहन्छ भने राज्यको नाम जुनसुकै जाति वा फूलको नाममा राखे पनि के बिग्रिन्छ? अन्ततः नेपालको जुनसुकै संघीय राज्यको शासन समावेशी चरित्रको भएन भने चल्नसक्ने पक्कै होइन। नेपालको कुनै एउटै जातिसँग मात्र देश चलाउने क्षमता छ भन्नु मूर्खतामात्रै हो। नेपालको संघीय परिकल्पनामा धनी राष्ट्रहरूको ठूलो लगानी छ। नेपाली चरित्र र क्षमताको आकलन नगरी तयार पारिएका संघीयताका सिद्धान्त र सन्दर्भमा निर्भर रहेको छ हाम्रो राजनीतिको सुकिलो-मुकिलो वर्ग। अहिले यो वर्ग दहीच्युरे साबित भएको छ। हिजोसम्म आत्मनिर्णयको अधिकारसहितको संघीय संरचनाको माग गर्नेहरू अहिले अखण्डताको नारा लगाउझ्दैछन्। वैचारिक विचलनको यस अवस्थाले देशलाई अनावश्यक भ्रममा पारेको छ र जनता थिलथिलो भएका छन्।
संघीय संरचनामा दलहरू कुनै न कुनै प्रकारको तदर्थवादी सम्झौतामा पुगिहाले भने पनि नयाझ् नेपाली राज्य निर्माणका समस्याहरू यत्तिकैमा टुंगिँदैनन्। हिजोसम्म भयो भनिएका सहमतिहरूको मान्यता भोलि उल्टिँदैन भन्ने विश्वसनीयता स्थापित गर्न सकेका छैनन् पछिल्ला घटनाक्रमहरूले। दलहरूभित्रै वर्गीय, जातीय र स्थानीय स्वार्थहरू चाहिनेभन्दा बढी नै सलबलाइरहेका छन्। किनभने, देशका नेताहरूबाट विवेकपूर्ण समाधान आउनेमा संविधानसभामा दलहरूको प्रतिनिधित्व गर्ने सभासद्हरू नै विश्वस्त हुनसकेका छैनन्। देशबारे दलका नेताहरूको मानसिकता खण्डित छ। जनताले उनीहरूलाई खुद्रा किराना पसलको साहूसँग जस्तो मोलतोल र लेनदेन गरेर देशलाई समस्याको भवसागरबाट उद्धार गर्न होइन, आपसी सहमतिको आधारमा देशलाई अघि बढाउने पद्धतिको विकासका लागि जनादेश दिएका थिए। नेताहरूले त्यस जनादेशको खिल्ली उडाए। देश हितभन्दा पार्टी र कथित सैद्धान्तिक राजनीतिक मान्यताहरूलाई शीर्ष स्थानमा राखियो। अहिले अन्तिम प्रहरको छलफलमा पनि नेताहरू यसबाट मुक्त छैनन्। अन्तिम घडी र पलामा समेत मोलमोलाइमा लागेका छन् उनीहरू।
एउटा राष्ट्रिय सरकार पनि गठन भएको छ संविधान निर्माणको कामलाई पूर्णता दिन सघाउने हिसाबले। तर, राष्ट्रिय सरकारको निर्माण आफँैमा बोझ साबित भइसकेको छ। राष्ट्रिय सरकारमा सामेल दलका नेताहरू खण्डित, अखण्डित नाना प्रकारका मखुण्डो भिरेर सडक आन्दोलनमा लागेका छन्। समग्रमा देशको चिन्ता देश नभई गुजारा नचल्ने, सधैँ सार्वभौम भनिएको र सधैँ उपेक्षाको जाझ्तोमा पिसिएको सामान्य मानिसमा मात्रै देखिएको छ।
जेठ १४ मा संविधान आउझ्छ त? यस प्रश्नको सान्दर्भिकता अब सकिएको छ। संविधान देशको माटोमा लुटपुटिएको विषय भए पो आउने र नआउने किटान गर्न सकिन्थ्यो। बन्नुभन्दा पहिले नै अनेक षड्यन्त्र र जालसाजीमा परेर बल्लबल्ल छलफलमा आएर शिखर नेताहरूको जुँगामा अड्किएको संविधान जेठ १४ मा आउन पनि सक्छ, नआउन पनि। नेपालीले अझै अनिश्चित भविष्य भोग्नु र बेहोर्नुपर्ने सम्भावना अझै उत्तिकै छ।