विज्ञान केन्द्रप्रति उदासीनता
२८ वैशाख २०६९
•
१९ मिनेट पाठ
विज्ञान केन्द्रप्रति उदासीनता
समाजमा वैज्ञानिक चेतनाको विकास गर्न प्राकृतिक विज्ञान संग्रहालय, विज्ञान संग्रहालय वा विज्ञान अध्ययन केन्द्रको महत्वपूर्ण भूमिका हुन्छ। यस्ता केन्द्रले मनोरञ्जकरूपमा विज्ञानका महत्वपूर्ण सिद्धान्तबारे सूचनामूलक जानकारी दिँदै ज्ञान प्रदान गर्छन्। हिजोआज विश्वका प्रायः हरेक मुलुक र ठूला सहरमा विज्ञान केन्द्र वा संग्रहालय पाइन्छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)को २०५४ देखि २०६२ सम्म उपकुलपति छँदा पंक्तिकारलाई काठमाडौंमा पनि विज्ञान अध्ययन केन्द्र निर्माण गर्न सके नेपाली समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास थियो। विशेषगरी यस्ता केन्द्रबाट विज्ञानमा रुचि राख्ने विद्यार्थी र सर्वसाधारण जनता लाभान्वित हुने पंक्तिकारको विचार थियो। त्यसैले नास्टअन्तर्गत एक विज्ञान अध्ययन केन्द्र अर्थात् 'साइन्स लर्निङ सेन्टर' निर्माण गर्ने सोच राखेको थिएँ। विज्ञान केन्द्रको निर्माण र सञ्चालनमा भारतको लामो अनुभव र परम्परा भएकाले नेपालमा यस्तो केन्द्र निर्माण गर्न भारतको सहयोग लिनु उपयुक्त हुने ठानेर भारतका तत्कालीन राजदूत श्यामशरणसँग आग्रह गरेको थिएँ।
नास्ट परिसरमा उक्त केन्द्र निर्माण गर्न भारतबाट आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउन श्यामशरण सकारात्मक थिए। त्यसैले सबै प्रक्रिया पुर्यािएर नास्टबाट नेपाल सरकारको परराष्ट्र मन्त्रालयमार्फत् उक्त केन्द्र निर्माणका लागि भारत सरकारसँग औपचारिक अनुरोध गरिएको थियो।
केही समयपछि नेपाल र भारतबीच विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य विकास गर्ने उद्देश्यसहित भारत सरकारको विज्ञान, अर्थ तथा विदेश मन्त्रालयका उच्च पदाधिकारीसहितको टोली नेपाल भ्रमणमा आएका थियो। उक्त टोलीका सदस्य र नेपाल सरकारको विज्ञान मन्त्रालयका पदाधिकारीबीच सिंहदरबारमा बसेको बैठकले दुई देशबीच विज्ञान र प्रविधिका विभिन्न क्षेत्रमा सहकार्य एवं सहयोग गर्न 'प्रोग्राम अफ् कोपरेसन'को कार्यसूची पारित गरेको थियो। बैठकमा नेपालका तर्फबाट पंक्तिकारको पनि सहभागिता थियो। बैठकले पारित गरेको कार्यसूचीमा भारत सरकारले नास्ट परिसरमा विज्ञान अध्ययन केन्द्रको निर्माणको विषय पनि समावेश गरिएको थियो। सन् २००५ मा भारत सरकार नास्ट परिसरमा विज्ञान अध्ययन केन्द्र निर्माण गर्न सैद्धान्तिकरूपमा सहमत भएको पत्र नास्टलाई काठमाडौंस्थित भारतीय दूतावासमार्फत् प्राप्त पनि भएको थियो।
यसैबीच श्यामशरण भारतको विदेश सचिव भए र शिवशंकर मुखर्जी राजदूत नियुक्त भए। मुखर्जीले पनि पूर्व सहमतिअनुसार नास्ट परिसरमा विज्ञान केन्द्र निर्माण गर्ने कार्यमा पूर्ण प्रतिबद्धता जनाए। मुखर्जीकै कार्यकालमा केन्द्रको डिजाइन तयार पार्न र निर्माणका अन्य प्राविधिक पक्षको अध्ययन गर्न कोलकातास्थित राष्ट्रिय विज्ञान संग्रहालय परिषद् (नेसनल काउन्सिल फर साइन्स म्युजियम, एनसिएसएम)का निर्देशक तथा विज्ञहरूले नास्टको भ्रमण गरे। एनसिएसएमकै सहयोगमा भारतको एउटा घुम्ती विज्ञान संग्रहालय नेपाल आइपुगेको थियो। नास्ट परिसरमा राखिएको उक्त संग्रहालयलाई स्कूलका हजारौँ विद्यार्थीले रुचिका साथ अवलोकन गरेका थिए। विज्ञान संग्रहालय विद्यार्थीबीच कति लोकप्रिय हुँदोरहेछ भन्ने त्यतिबेला राम्ररी देखिएको थियो।
चैत २०६२ मा पंक्तिकारको कार्यकाल समाप्त भएपछि प्राध्यापक होमनाथ भट्टराई नास्टको उपकुलपतिमा नियुक्त भए। पूर्व सहमतिअनुसार २०६२ जेठतिर भारत सरकारको सहयोगमा १६ करोड रुपियाँको लागतमा नास्टको करिब ५२ रोपनी जग्गामा उक्त केन्द्र निर्माण गर्न एनसिएसएमले तयार पारेको 'डिटेल्ड प्रोजेक्ट रिपोर्ट' भारतीय दूतावासबाट नास्टलाई प्राप्त भएको थियो। त्यसमा कार्य आरम्भ गरेको ३० महिनाभित्र भारत सरकारले विज्ञान केन्द्रको निर्माण सम्पन्न गरी नास्टलाई हस्तान्तरण गर्ने प्रावधान थियो।
नास्टको रजत जयन्तीको अवसर पारी २०६४ मंसिर २० मा त्यतिबेला राष्ट्र प्रमुखसमेत रहेका प्रधानमन्त्री तथा नास्टका कुलपति गिरिजाप्रसाद कोइरालाले खुमलटारस्थित नास्ट परिसरमा केन्द्रको भवनको शिलान्यास गर्नु भयो। भवन बन्नेमा कोइराला पूर्णरूपले विश्वस्त नभएकाले होला भवनको शिलान्यास गर्दा उहाँले त्यहाँ उपस्थित भारतीय दूतावासका पदाधिकारीलाई भवन दुई वर्षमा तयार हुनुपर्छ भन्नुभएको थियो। त्यतिबेला भारतीय राजदूत शिवशंकर मुखर्जी काठमाडौंबाहिर रहेकाले भवनको शिलान्यास कार्यक्रममा उपस्थित दूतावासका 'डेपुटी चिफ अफ मिसन' आलोक सिन्हाले कार्यक्रममा बोल्दै भवनको निर्माण कार्य दुई वर्षमै पुरा गरिने आश्वासन दिएका थिए। कार्यक्रम स्थलमा कोइरालाले सिन्हालाई भवन समयमा बन्ने हो कि होइन भनेर दोहोर्याआएरै सोध्नुभएको थियो र सिन्हाले पनि दुवै पटक 'बन्छ' भन्ने जवाफ दिएका थिए। तर त्यसको दुई वर्ष पूरा भइसक्दा पनि पूरा हुनु त परैजाओस् केन्द्रको निर्माण कार्यको थालनीसमेत हुन सकेन।
विज्ञान केन्द्र समयमै बन्ने निश्चित नभएको स्थितिमा देशको प्रतिष्ठालाई ध्यानमा राखी नास्टका पदाधिकारीलेे कोइरालाजस्तो उच्च व्यक्तित्वबाट भवनको शिलान्यासै गराउनु हुँदैनथ्यो भन्ने विचार पंक्तिकारले मंसिर १८, २०६६ मा नागरिकमा प्रकाशित लेखमा व्यक्त गरेको थियो। प्रधानमन्त्री कोइरालाबाट भवन शिलान्यास गराइनुको पृष्ठभूमिबारे स्पष्ट पार्दै नास्टका तत्कालीन उपकुलपति होमनाथ भट्टराईले पौष २, २०६६ मा नागरिकमै लेखमार्फत् भारतीय राजदूत शिवशंकर मुखर्जी आफैँले प्रधानमन्त्रीलाई उक्त विज्ञान केन्द्र बन्ने मौखिक आश्वासन दिनुका साथै भारतीय दूतावासबाट लिखित सहमति र शिलामा लेखिने व्यहोरासमेत प्राप्त भएपछिमात्र शिलान्यासको कार्यक्रम राखिएको बताएका थिए। तर यति हुँदाहुँदै पनि भारत सरकारले केन्द्रको भवन निर्माण गर्नेतर्फ कुनै प्रयास गरेको देखिएन।
यसैबीच माघ १, २०६६ मा त्यतिबेला नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश मन्त्री एसएम कृष्णा र तत्कालीन परराष्ट्र मन्त्री सुजाता कोइरालाको उपस्थितिमा दुवै देशका पदाधिकारीबीच अन्य परियोजनाका साथै नास्ट परिसरमा निर्माण गरिने विज्ञान अध्ययन केन्द्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। अनि ढिलै भए पनि उक्त विज्ञान केन्द्र निर्माण हुनेमा पुनः आशा पलायो। आज केन्द्रको शिलान्यास गरिएको चार वर्षभन्दा बढी समय घर्किसक्यो। दुवै देशका परराष्ट्र मन्त्रीको उपस्थितिमा औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको पनि दुई वर्षभन्दा बढी समय बितिसक्यो। तर आजसम्म उक्त विज्ञान केन्द्रको निर्माण कार्य सुरु हुनसकेको छैन।
नास्टका तत्कालीन उपकुलपति होमनाथ भट्टराई अनि वर्तमान उपकुलपति सुरेन्द्र काफ्लेले नास्टको प्राज्ञ सभामा जानकारी दिएअनुसार उनीहरूले यसप्रति तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको पटकपटक ध्यानाकर्षण गरेका थिए। तैपनि यसमा आजसम्म खासै प्रगति भएको छैन। अब त उक्त केन्द्रको निर्माणप्रति भारत र नेपाल सरकार दुवै उदासीन रहेजस्तो लाग्न थालेको छ । केहीगरी उक्त विज्ञान केन्द्र निर्माण हुन नसके त्यो नबन्ने पो हो कि भन्ने स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आशंका सत्य साबित हुनेछ।
हुन त नेपालमा कुनै भवन वा संरचनाको शिलान्यास गर्नुलाई गम्भीरतापूर्वक नलिने चलनै भइसकेको छ। उदाहरणका लागि संविधान सभाको निर्वाचनपछिका प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणहिटी दरबार परिसरमा गणतन्त्र स्मारकको शिलान्यास गरेका थिए। माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि सोही स्मारकको रत्नपार्क क्षेत्रमा शिलान्यास गरे। केही दिनअघि मात्र प्रधानमन्त्री बाबुराम भट्टराईले त्यही स्मारकको शिलान्यास फेरि कीर्तिपुरमा गरे। भट्टराईपछि बन्ने प्रधानमन्त्रीले त्यसलाई पनि बेवास्ता गरी अझ अर्कै ठाउँमा गणतन्त्र स्मारकको पुनः शिलान्यास नगर्लान् भन्न सकिन्न। यसरी देशको एउटा प्रधानमन्त्रीले गरेको शिलान्यासलाई अर्काले उल्टाउँदैे अर्कै स्थानमा शिलान्यास गर्दै हिँड्नु निश्चय पनि शोभनीय कार्य होइन।
दुई मित्र राष्ट्रबीच भएको लिखित समझदारी र सम्झौतालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नु कूटनीतिक मर्यादाभित्र पर्छ। तर भारत सरकारको सहयोगमा नास्ट परिसरभित्र निर्माण गर्न नेपालसँग परराष्ट्र मन्त्रीस्तरमा गरिएको औपचारिक सम्झौतालाई भारत सरकारले गम्भीरतापूर्वक लिएको देखिएन। यसरी एक मित्रराष्ट्रसँग उच्चस्तरमा गरिएको औपचारिक सम्झौतालाई इमान्दारीपूर्वक पालना नगर्नु भारतजस्तो उदाउँदो आर्थिक तथा वैज्ञानिक महाशक्ति राष्ट्रलाई निश्चय पनि सुहाउँदैनथ्यो। यसैगरी भारतको पुरानो मित्र मानिने तथा भारतका प्रधानमन्त्री मनमोहन सिंह स्वयंले एसियाकै महान् राजनीतिज्ञ भनेका गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको केन्द्रको निर्माणप्रति भारत सरकार उदासीन रहनु गणतन्त्र नेपालका प्रथम राष्ट्रप्रमुख एवं प्रधानमन्त्रीको प्रतिष्ठाप्रति संवेदनशील नहुनु पनि हो।
विगतमा भारतले नेपालमा विज्ञान र प्रविधिको विकासमा ठूलो सहयोग पुर्या एको छ। सन् १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना हुनु अघिसम्म नेपालीले भारतबाट छात्रवृत्ति प्राप्त गरेर त्यहाँका विभिन्न विश्वविद्यालयमा विज्ञान र प्रविधि विषयमा उच्च शिक्षा हासिल गरेका थिए। त्रिवि स्थापना हुनुअघि विज्ञान विषयको अध्यापन कार्यलाई विस्तार गर्न त्रिचन्द्र कलेजमा भारत सरकारको सहयोगमा विज्ञान भवनको निर्माण भएको थियो। विश्वज्योति सिनेमा हलअगाडिपट्टि रहेको त्रिचन्द्रको भवनमा सन् १९६५ मा त्रिविले विज्ञान विषयमा स्नातकोत्तर तहको अध्यापन सुरु गरेको हो। भारतकै सहयोगमा कीर्तिपुरमा निर्मित केमेस्ट्री ब्लकमा पहिलोपल्ट विज्ञान विषयमा स्नातकोत्तर तहको अध्यापन सञ्चालन भएको थियो। त्रिभुवन विश्वविद्यालयमा विज्ञान विषयमा स्नातकोत्तर तहको अध्यापन सुरु भएको प्रारम्भिक वर्षमा कोलोम्बो प्लानअन्तर्गत आगन्तुक प्राध्यापक पठाएर प्राध्यापन कार्यमा समेत भारतले ठूलो सहयोग पुर्याोएको थियो।
यसैगरी कीर्तिपुरस्थित त्रिविको वनस्पतिशास्त्र केन्द्रीय विभागको भवन र त्रिवि केन्द्रीय पुस्तकालय भवन पनि भारतीय सहयोगमै निर्माण भएको हो । हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानअन्तर्गतको वन विज्ञानसम्बन्धी संग्रहालय पनि भारतको सहयोगमा नै बनेको हो। भारतले २०४६ सालको जनआन्दोलनपछि विपि कोइरालाको स्मृतिमा धरानमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग गरेको छ। यसरी नेपालमा विज्ञान र प्रविधिको विकासमा लामो समयदेखि सहयोग पुर्यापउँदै आएको मित्र राष्टले औपचारिक सम्झौता भएको वर्षाैँ बितिसक्दा पनि नास्ट परिसरमा निर्माण गर्ने भनिएको विज्ञान अध्ययन केन्द्रको निर्माणमा किन चासो नदेखाउनुको कारण भने बु‰नै गाह्रो छ।
प्रस्तावित विज्ञान अध्ययन केन्द्रले नेपाली विद्यार्थीलगायत सबै वर्ग र उमेरका अनि विज्ञान इतर विषय तथा क्षेत्रका व्यक्तिलाई समेत रोचक ढंगमा विज्ञान र प्रविधिको महत्व बुझाउन, दैनिक जीवनमा यसको प्रयोग, उपादेयता र अपरिहार्यता सम्झाउन, वस्तुहरूले कसरी कार्य गर्छन् भन्ने जिज्ञासा समाधान गर्न, समाजमा अन्धविश्वास न्यूनीकरण गर्न, प्राकृतिक घटनाहरूको वैज्ञानिक प्रक्रिया बुझाउन, नेपाली समाजमा वैज्ञानिक जागरुकता सिर्जित गरेर समाज रूपान्तरणमा सहायता पुर्याोउनजस्ता महत्वपूर्ण विषयमा सशक्त भूमिका खेल्छ। यसैले भारतको सहयोगमा उक्त विज्ञान अध्ययन केन्द्र निर्माण हुनसके विज्ञान र प्रविधिका क्षेत्रमा लामो समयदेखि नेपाल-भारतबीच विद्यमान सहकार्यले निरन्तरता प्राप्त गर्ने थियो। तसर्थ नेपालका निम्ति यस महत्वपूर्ण परियोजनाप्रति नेपाल र भारत सरकार दुवै पक्षको ध्यानाकर्षण हुनुपर्छ।




 

 

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस