सोभियत संघको पतनपछि कम्युनिस्ट शब्दको अर्थ र परिभाषासमेत फेरिएको छ। अब कम्युनिस्टहरुको कार्यनीति सशस्त्र संघर्ष मात्र रहेन। कम्युनिस्ट हुनलाई मानव रगतले हात रंग्याउनैपर्छ र रक्तपात रोज्नैपर्छ भन्ने छैन। एकदलीय अधिनायकवादी हुनु नै कम्युनिस्टको चिनारी होइन। शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवाद, खुला समाज, आवधिक निर्वाचनजस्ता मानव जातिले हाँसिल गरेका महान् उपलब्धिहरुमा पुँजीवादी र समाजवादीहरुले समान ढंगले स्वामित्व लिइसके।
यिनै मूल्य र मान्यताहरु आत्मसात् गरिएको जनताको बहुदलीय जनवाद आधुनिक कम्युनिस्टहरुको लागि सु-स्पष्ट र सुविचारित कार्यक्रम हो। यो मौलिक सिद्धान्तलाई मियो मान्न एमाले मात्र विवश छैन, माओवादीसमेत रिङ्दैघुम्दै रुम्जाटार हुन बाध्य छ।
नेतृत्वको भूलचुक
रचनात्मक सोच र शैली नभएको राजनीतिक दलको हालत दोहोरी गीत प्रतियोगितामा गला भएको तर गीत सिर्जना गर्ने कला नभएको टोलीको जस्तै हुन्छ। राजनीतिमा आइरहने नयाँ परिस्थिति बुझ्न र चुनौतीको सामना गर्न विचार, जनाधार र सदाचारको आपूर्ति गर्न सक्ने ह्याउ र हुत्ती भएको प्रत्युत्पन्न मतिको नेताको दरकार पर्छ। मदन भण्डारीको अवसानपछि एमाले संस्थापन अरुसँग गला मिलाएर गुजारा चलाउने असफल गायकको स्तरमा झर्योड। परिणामस्वरुप डाडुले तरकारी चलाए पनि स्वाद थाहा नपाएजस्तै विचार राजनीतिको कित्ताबाट जोडकोड, गठजोड र समन्वयकारी दलदलमा एमाले फस्दै गयो। पार्टी कामहरु जस्तो- संगठन, स्थानीय वर्ग संघर्ष, जनपरिचालन, प्रचार प्रसार, कार्यकर्ता प्रशिक्षण र प्रतिरक्षाजस्ता सबालमा यथोचित ध्यान पुगेन। बरु यसको सट्टा जसरी पनि पार्टी सत्ता र राज्यसत्तामा पकड जमाउने क्रममा कमलको फूल टिप्ने लक्ष्य बिर्सेर नेतृत्वले हिलोमा रमाउने भ्यागुताको जुनी ग्रहण गर्योन। एमाले विभाजित हुनु र जुटपछि पनि एम्बुसभन्दा खतरनाक प्रकृतिको तुषरहित नहुनुमा निरंकुश एवं निकम्मा नेतृत्व नै प्रमुख कारक तत्वको बन्यो। नेतृत्वको कमजोरी र भूलचुकले गर्दा केही हदसम्म कतै विचार नै समस्याको मुहान हो कि भन्ने आशंका नउब्जिएको होइन। तर, तथ्यले देखाएको छ, आँगन सिधै छ, नाच्नमात्रै नजानेको हो।
प्रयोग र पाठ
जनताको बहुदलीय जनवादका आधारहरुतिर कसैको ध्यान गएको छैन। बाह्य अनुभवहरु, जस्तो : साभियत संघको पतनलाई बुझ्ने सवालमा भण्डारीको विश्लेषण नबुभेर जबजको सार र गहिराइ थाहा पाउन सकिदैन। सोभियतको पतनलाई बुझ्ने सबालमा चार किसिमका दृष्टिकोण रहँदै आए। पुँजीवादीहरु त्यस घटनालाई हेर्न यस्तो चस्मा प्रयोग गर्दै आएका छन् जसको सार भनेको समाजवादी व्यवस्थाको स्थापना र वैज्ञानिक साम्यवादको परिकल्पना वाहियात र असम्भव कुरा थियो। जडसूत्रवादीहरु बाह्य हस्तक्षेप र घुसपैठलाई सत्तोसराप गर्दै आफू पानीमाथिको ओभानो हुन रुचाउँछन्। विसर्जनवादीहरु पुँजीवादीको कठपुतली बनेर कम्युनिस्ट भनेर सिउरेका नक्कली पखेटा फ्याँकेर असली अनुहारमा आए। सच्चा कम्युनिस्टमात्र उत्पादक शक्तिको पक्षधरताको सारलाई कायम राख्दै कम्युनिस्ट आन्दोलन स्वयंको लोकतन्त्रीकरणमा सक्रिय छन्। सोभियत समाजवादी व्यवस्थाको स्थापनादेखि नै यस प्रकारको सोच र विवेकले स्थान पाउनुपर्नेमा भण्डारीले विशेष जोड थियो। उनका अनुसार सोभियत संघको पतनमा निम्न लिखित कारणहरु थिएः
१. अधिनाकवादी गल्तीहरु
क) समाजवादको निर्माण प्रक्रियामा नियन्त्रण र सन्तुलनको स्थिति कायम गर्न नसक्नु।
ख) सबै क्षेत्रमा राज्यको अतिकेन्द्रित नियन्त्रण प्रणाली कायम गर्नु।
ग) उत्पादनका प्रत्येक इकाईहरुमा उत्तरदायित्वको विकास गर्न नसक्नु।
घ) उत्पादकत्व बढाउन प्रोत्साहन नहुनु।
ङ) नयाँ प्रविधिको अनुसन्धान तथा विकास गर्न नसक्नु।
च) पुँजीवादसँगको प्रतिस्पर्धाका क्रममा उत्पन्न हुँदै गएको नयाँ परिस्थितिको मूल्यांकन गरी रचनात्मक ढंगले अघि बढ्न नसक्नु।
छ) उत्पादन प्रक्रियामा अन्तरक्षेत्रीय प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्दै साधनहरुको परिचालन गर्ने कुरामा ध्यान दिन नसक्नु।
ज) समस्त राजकीय तथा आर्थिक मामिलामा समेत जनताका स्वतन्त्र इच्छाहरुलाई अभिव्यक्त हुन नदिनु।
झ) प्रजातन्त्रीकरणको उपेक्षा गर्नु।
ञ) कानुनी राजको स्थापना नगर्नु।
ट) पार्टी र राज्यबीचको सम्बन्ध उचित ढंगले सञ्चालन नहुनु।
ठ) राज्यको केन्द्रीय निकायका इच्छाहरुलाई व्यक्तिव्यक्तिको तहसम्म लाद्नु, स्थापित र नियन्त्रण गर्नु।
२. संशोधनवादी गल्तीहरु
क) विशाल नोकरशाहीतन्त्रको अतिकेन्द्रित नियन्त्रण प्रणालीमाथि सुधारको नाममा वर्ग संघर्ष र साम्राज्यवादप्रति मार्क्सवादी लेनिनवादी विश्लेषणमा ख्रुस्चेभले संशोधन गर्नु।
ख) वैचारिक क्षेत्रको संशोधनलाई कायम राख्दै बे्रझनेभ कालमा सशस्त्रीकरण, तनाव र सैनिक हस्तक्षेपमा फस्नु।
ग) आर्थिक विकासमा उत्पन्न अवरोध र सोभियत समाजमा उत्पन्न जडता, गतिरोध हटाउन गोर्बाचोभले शान्ति, निशस्त्रीकरण र समग्र पुनर्संरचनाका नाममा वर्गीय तथा राष्ट्रि्रय दुवै हिसाबले आत्मसमर्पणवादी एवं विसर्जनवादी सुधार गर्नु।
घ) सुधारविनाको संशोधनवाद र आत्मसमर्पणवादी सुधार दुवै निरर्थक हुनु।
ङ) समाजवादको आधारभूत चरित्रलाई दृढतापूर्वक कायम राख्दै अरु आवश्यक क्षेत्रमा स्थिति र समयसापेक्ष सुधार एवं परिवर्तन गर्दै अघि नबढ्नु।
आत्मगत तयारी
जबज प्रतिपादन हुँदै गर्दा नेकपा (एमाले) को आत्मगत तयारी पनि महत्वपूर्ण पाटो थियो। भण्डारीले निर्क्यौल गरेझैँ त्यति बेला एमाले निम्न लिखित विशेषताले युक्त थियो :
कार्यकर्ताहरुमा जनतासँग घुलमिल गर्ने, उनीहरुको माया र विश्वास जित्ने, उनीहरुको दुःखसुखमा सहभागी हुने र पार्टीको वरिपरि गोलबन्द गर्ने क्षमता अतुलनीय थियो। पार्टीसँग जनताबाट, बन्धु पार्टीका अनुभवहरुबाट र आफ्नै पुराना अनुभवहरुबाट सिक्ने अठोट थियो। आफ्ना विचार र कामको समीक्षा गर्ने, तिनीहरुमा रहेका गुण-दोष केलाउने, गल्ती कमजोरीहरु खोज्ने र तिनीहरुलाई सच्याउने तत्परता तथा साहस थियो। व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्ने र पार्टी हितलाई क्रान्ति र जनहितको मातहत राख्ने दृष्टिकोण र व्यवहारमा जोड दिइएको थियो। सिद्धान्तनिष्ठ पार्टी एकतालाई सर्वोपरि महत्व दिने भावना भएको पार्टी चरित्र थियो। जनताप्रति, पार्टीप्रति आफ्ना क्रान्तिकारी सिद्धान्तप्रति आत्मविश्वास राख्ने र स्वतन्त्रतापूर्वक कार्यान्यन गर्ने मनोबल थियो। जनताको हित हुने कुनै पनि स्वतन्त्र र नयाँ नीति कार्यनीति लिनुपर्दा निःसंकोच र जनताको बीचमा खुला हृदयले जाने शैली थियो। विचार र काममा पार्टीव्यापी रुपमा एकरुपता कायम थियो। नीति र निर्णय लिइसकेपछि तिनीहरुको कार्यान्वयनमा समान भावना र उत्साह लिएर सिंगो पार्टी जुट्थ्यो।
बैतर्नी र अवसरवाद
अहिले समय फेरिएको छ। वैचारिक, राजनीतिक एवं नैतिक मूल्यहरुमा व्यापक गिरावट आएको छ। इमान, स्वाभिमान, निष्ठा र नैतिक मूल्यको स्थानमा उपयोगितावाद खडा छ। फलतः एक अर्कालाई सिध्याउन पार्टी-पार्टी र गुट-गुटबीच गोटीहरु खोजीका लागि अस्वस्थ होड चलेको छ। नेपाली कांग्रेस खाइसिध्याएका अवसरवादीहरुले नै एमाले र माओवादीलाई खोक्रो पार्दै छन्। कागको फूल चोर्न सक्ने, बाबुको समेत खल्ती मार्न सक्ने कला भएरै अवसरवादीहरुले बजार पाउँछन्। ठूला दलहरुले जतिजति अन्य पार्टीका अराजक, अनुशासनहीन र भ्रष्टलाई स्थान दिने गल्ती दोहर्या।उँछन्, त्यति नै मात्रामा आफ्नो दलको आन्तरिक जीवनलाई दाउमा राखेका हुन्छन्। भाङ छरेर तोरी फल्दैन। अवसरवादीको पुच्छर समातेर ठूला दलहरु बैतर्नी तर्न सक्दैनन्। यस बाटोबाट ज्योति बसु र नीतिशकुमार बन्न सम्भव छैन, बरु सिद्धान्तच्युत भएर नेताहरुले नेपाललाई लालुकालीन बिहारजस्तै हिंसा, अराजकता र भ्रष्टाचारको त्रिवेणी बनाउने छन्।
जन्तरमन्तर र स्वाभिमान
जनजीविका, वर्ग पक्षधरता, सामाजिक न्याय, मुआब्जासहितको भूमिसुधार र राष्ट्रिय स्वाभिमानको पक्षमा दरो अडान लिनुको सट्टा महामहिमहरुको जन्तरमन्तरसामु ठूला वामपन्थी दल निहुरीमुन्टी न हुनु राष्ट्रिय लज्जा हो। समाजवादको आदर्शबाट च्युत भएर अराजकतावादतिरको आशक्तिका कारण महामहिमहरुसामु कांगे्रस-माओवादी जोडा एउटै बग्गीका घोडा भएका छन् भने एमाले तिनकै पछाडि लतारिएर मदन र जबजको अपमान गर्न चुकेको छैन। जनताको परीक्षणको विषय हुने इच्छाशक्ति नहुँदा साना देशका ठूला नेताहरु अरुको गुलाम हुने खतरा रहन्छ। जनताको मन कुँड्याएर राजनीतिले आफ्नो करिश्मा जोगाउन सक्दैन। जनताको सराहनीय साथ र सहभागितामा मात्र लोकतन्त्र बलियो हुन्छ। नेतृत्व बेलगाम हुँदा अधिनायकवाद र अराजकतावादजस्ता जुम्ल्याहा ठगकै पल्ला भारी हुन्छ।