संविधान सभाका सबै प्रमुख दलहरू सहभागी सहभागी हुनेगरी सरकार गठन गर्ने सहमतिबट राजनीतिक सहयात्रामा नयाँ यात्रा प्रारम्भ भएको छ। शान्ति प्रक्रियाका बाँकी काम र यही जेठ १४ भित्र नयाँ संविधान जारी गर्ने दिशामा यो नेपाली राजनीतिले मारेको नयाँ फड्को हो। नेपाली जनताबीच देखिएका विभन्न विवाद व्यवस्थापन गरी सबै भाग्य र भविष्यलाई सुनिश्चित गर्ने दायित्व निकै चुनौतीपूर्ण भए पनि मुलुक नयाँ संविधानको बाटो र दिशातर्फ अग्रसर हुने आशा बढेको छ।
वि.स. २०६३ को ऐतिहासिक परिवर्तन जाति विशेषलाई निश्चित भूगोल विशेषको मुखिया बनाउन वा सक्षम नागरिकलाई सीमान्तीकृत गर्न भएको थिएन। त्यो परिवर्तन वर्षौदेखि राज्यको विभेदपूर्ण व्यवहारको सिकार हुँदैआएका सबै जनतालाई स्वतन्त्र र समर्थ बनाउन भएको थियो। शक्तिको सिरानमा बसेको राजसंस्था विवेकशील हुन र राज्य व्यवस्थाले सबै नागरिकलाई समान व्यवहार गर्न सकेन भन्ने निष्कर्षका साथ त्यो क्रान्ति भएको थियो। तर अहिले त्यस क्रान्तिको अपव्याख्या गरी आआफ्नो स्वार्थअनुरूप परिभाषित गर्ने प्रयत्न हुन थालेको छ। नेपाली जनतालाई अधिकार सम्पन्न तुल्याई मुलुकमा दिगो शान्ति स्थापना गर्ने र लोकतान्त्रिक शासन व्यवस्थाको जग बसाउने क्रान्तिको मूल आदर्शकै अपव्याख्या गरी जातिय राज्य खडा गर्ने प्रपञ्च भइराखेको छ।
मुलुकको पञ्चायती राज्य संरचना वैज्ञानिक र समयसापेक्ष भएन। त्यसको पुनर्संचरना गरी न्यायपूर्ण आर्थिक, सामाजिक व्यवस्था स्थापना गर्नुपर्छ भन्ने सबै नेपाली जनताको चाहना पनि हो। राजदरबार र सिंहदरबारमा केन्द्रित अधिकारलाई राज्यका तल्ला निकायसम्म पुर्याबउनै सबै नेपालीको अधिकार र अवसर सुनिश्चित गर्ने हो। भूगोल बाँड्न र जातीय विद्वेषको खेतीमा संलग्न केही व्यक्तिका नीम्ति राजनीतिक दरबन्दी सिर्जना गर्न जनआन्दोलन गरिएके थिएन। यतिखेर २०६३ सालमा गणतन्त्र नआएको भए यी जातीय राज्य मागसहितका आन्दोलन हुन्थे, हँुदैनथे? किन तत्कालीन राजासँग राज्य माग्दै आन्दोलन गरिएन र आज किन गरिँदैछ भन्नेजस्त प्रश्न अब सोध्ने बेला भएको छ। अहिले २०४६ हुँदै २०६३ को आन्दोलनसम्म आइपुग्दा जातीय राज्य माग्ने राजनीतिक दल वा व्यक्तिको लोकतन्त्र र गणतन्त्र प्राप्तिमा योगदान कति छ? आफ्नो सम्पूर्ण जीवन र योग्यता देशका निम्ति समर्पण गरेका योद्धाले त आफ्नो जातअनुसारको राज्य मागेका छैनन्। भूगोलको टुक्राले जनताको हित हुने होइन। जनताको हित सुनिश्चित गर्न त सवैधानिकरूपमै अधिकार र अवसरको प्रत्याभूति हुनुपर्छ। लोकतन्त्रको मूलभूत सार पनि यही हो।
आजका राज्य संचालकलाई नयाँ पुस्ताको भविष्य बिगार्ने अधिकार छैन। राज्य संचालनको बागडोर आफूसँग भयो भन्दैमा जथाभावी गर्न पाइँदैन। देशलाई चिराचिरा पारेर साम्प्रदायिकताको बीउ रोप्ने अधिकार पनि कुनै दल वा समूह विशेषलाई छैन। हिजोको परिवर्तन कुनै धर्म, सम्प्रदाय या जाति विशेषको मेहनत र पौरखको परिणाम होइन। सबै नेपाली जनताको साझा संघर्षको प्रतिफल हो । हामीले आफ्नो जीवनको बदलामा लोकतन्त्र र गणतन्त्र ल्याएका हौँ।
एकीकृत नेकपा (माओवादी)को सैद्धान्तिकरूपमा लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्धता र निष्ठा नहुनु स्वाभाविकै हो। सिद्धान्त र व्यवाहरक दुवै आधारमा माओवादीले लोकतन्त्रसँग साइनो गाँसेको छैन भन्ने उसको रणनीतिबाट देखिएको छ। लोकतन्त्र स्वीकार गर्नु नगर्नु उसको रोजाइ हो तर विद्रोहकालमा बाँडेका असम्भव आश्वासन पुरा गर्ने प्रयासमा मुलुकलाई दीर्घकालीन रूपमा आघात हुने प्रयोग भने गर्नु हुँदैन। विशेषगरी शान्ति प्रक्रियादेखि आजसम्मकै महत्वपूर्ण पात्रका हैसियतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अहिले गम्भीर बन्नु आवश्यक छ। राष्ट्र विखण्डनको कारक बन्ने कि राष्ट्र निर्माणको वाहक भन्ने रोजाइ उनमै निर्भर छ।
त्यस्तै मुख्य राजनीतिक दलका नेता निकै जिम्मेवार बन्नुपर्ने बेला हो यो। आफ्नो पद र प्रतिष्ठाको मात्र ख्याल गर्ने राजनीतिकर्मी राजनेता हुन सक्तैन र त्यसैका कारण सिंगो समाजले निकै दुःख पाउनु पर्ने हुन्छ । नेपालका आधुनिक इतिहास धेरै व्यक्ति प्रधानमन्त्री या नेता बने तर मुलुकले सम्झन योग्य नाम कति छन्? कति नेतालाई जनताले श्रद्धापूर्वक स्मरण गर्छन्? राजा हटाएर मात्र हुँदैन लोकतन्त्र बलियो बनाउन पनि सक्नुपर्छ। अनिमात्र नयाँ नेपालको यात्रा प्रारम्भ हुनसक्छ। अरू दललाई लटपट्याएर सत्ता कब्जाको अभीष्ट पूरा गर्ने योजनामात्र हो भने त्यो दिवा स्वप्न नेपाली जनताले पुरा हुन दिने छैनन्।
नेपाली समाजमा व्याप्त विभेद अन्त्य गरेर सबै नागरिकको साझा देश निर्माण गर्ने र जनता सबै त्यसका लागि समर्पित हुने संकल्प र अठोट पनि आज आवश्यक छ। यही क्रममा उत्पीडनमा पारेका दलित, गरिब, महिला र तराईबासीको उन्मुक्ति हुनुपर्छ। यसलाई चरितार्थ गरेमा मात्र राष्ट्रिय सहमतिको यात्रा सही गन्तव्यमा पुग्नेछ।