संविधानको ज्वारभाटा
२३ वैशाख २०६९
•
१३ मिनेट पाठ
संविधानको ज्वारभाटा
संविधान निर्माणको अन्तिम (भनिएको) चरणमा प्रमुख दलका नेताहरू राष्ट्रिय सरकार निर्माणका लागि सहमतिमा पुग्नु सुखद थियो। त्यस सहमतिमा सहमत भएका मधेसी नेताहरूको चौबीस घन्टे नखरा पनि त्यति असामान्य थिएन।
घटना त्यतिबेला असामान्य भयो जब नेकपा -एमाले)का विद्वान् र विदूषक नेताहरूले मध्यरातमा नेतृत्वले हस्ताक्षर गरेको सहमतिका विपक्षमा धाराप्रवाह भाषण गरे। नेपाली राजनीतिमा खोचे थाप्ने प्रवृत्ति नयाँ होइन। एमाले नेताहरूले अहिले त्यही प्रवृत्ति दोहोर्‍याएका छन। अध्यक्षको सहमतिमै भएको निर्णयमा विमति जनाएर एमाले नेताहरूले आफ्नो राजनीतिक विश्वसनीयतामा आफँैले बन्चरो प्रहार गरेको विषय भने उदेकलाग्दो भएकोे छ। उसै पनि संविधान सभामा सबैभन्दा ठूलो दल एनेकपा (माओवादी)को नेतृत्वमा राष्ट्रिय सरकारको गठन स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो। अहिले राष्ट्रिय सरकार शासन गर्न चाहिएको पनि होइन। नयाँ लेखिने संविधानलाई सर्वसम्मत वनाउनमात्र त्यो सरकारको आवश्यक भएको हो। बाबुराम भट्टराईको अनुहार राम्रो भएकाले उनको नेतृत्वमा राष्ट्रिय सरकार बन्न लागेको त पक्कै होइन।




नेपाली भूमिमा गणतन्त्रको आगमन जति सहज ढंगले भएको थियोे, यसको व्यवस्थापन विधिको निर्माण त्यति नै बोझिलो भएको छ। तीन वर्षअघि जनआन्दोलनको ऊर्जा र उत्साह उत्कर्षमा रहेका बेला निर्वाचित संविधान सभाले गणतन्त्रको सहज व्यवस्थापनका लागि संविधान निर्माण गर्ने जुन आशा जनताले राखेका थिए त्यो पुरा हुन सकेन। त्यसका लागि कुन पार्टीका कुन नेता दोषी थिए भनेेर यतिबेला मीनमेख निकाल्नुको कुनै अर्थ छैन। नेपालका राजनीतिक दलहरूको निर्माण वैचारिक धरातलमा भएको हो। विचारको अभावमा कुनै पनि राजनीतिक दल लामो समयसम्म टिक्न पनि सत्तै्कन। आधुनिकीकरणको साठी वर्षभन्दा लामो अवधिमा सधँै अधिनायकवादी शासनका चुनौती बेहोर्दै आएका राजनीतिक दलहरूको परिवर्तनप्रतिको निष्ठालाई चुनौती दिन पनि मिल्दैन। यत्ति हो, राजनीतिक दलका नेताहरूले कहिल्यै पनि समाजमा स्वःस्फूर्त ढंगले निरन्तर रहेका आर्थिक र सामाजिक परिवर्तनका वेगको पहिचान गर्न र त्यसैअनुरूप आफूलाई तयारपार्न सकेनन्। विसं २०१७ सालदेखि २०४७ सालसम्म प्रजातन्त्रको पुनर्स्थापनाका लागि अनवरत संघर्ष गरेको नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको आफ्नो सैद्धान्तिक मन्त्र जप्न कहिल्यै छाडेन र त्यसलाई परिवर्तित आर्थिक र सामाजिक आवश्यकतालाई सम्बोधन गर्नसक्ने गरी नयाँ आर्थिक कार्यक्रमहरूसँग समायोजन पनि गर्नसकेन। राजनीतिक र आर्थिक परिवर्तनको ढोका खोलेर पनि त्यसका लागि संसदीय व्यवस्थाको प्रयोग गर्न नसक्नु कांग्रेसको कमजोरी बन्यो।
माओवादीलाई अहिले ठिक त्यही बाटोमा हिँडाउने प्रयत्न भइरहेको छ। माओवादीका एकथरी नेता राज्य व्यवस्थालाई कब्जामा लिने सपनामा बाँच्न छाडेका छैनन्। पुँजीवादी समाजमाथि विजय प्राप्त गरेपछि निर्माण हुने साम्यवादी समाज वर्गविहीन हुने कल्पना गरेका थिए कार्ल मार्क्सले। सम्पत्तिको आधारमा सामाजिक स्तर नबढाएर पनि कम्युनिस्ट पार्टी र राज्यका विभिन्न अंगले विकासको मार्ग निर्देशन गर्नेछन् भन्ने विश्वास थियो उनको। तर, दर्शन र सिद्धान्त प्रयोगमा नआएसम्म प्रमाणित हुँदैनन्। मार्क्सको कल्पनाअनुसारको साम्यवादी समाज रातारात विकास हुने पनि होइन। मानिसका सामाजिक र आर्थिक गतिशीलतासँगै दर्शन र सिद्धान्तहरूमा परिष्कार गरिएन भने त्यस्तो दर्शन र सिद्धान्त थारो भैसीजस्तै हुन्छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्यही बुझेर संक्रमणकालको अन्त्य गर्न राजनीतिक दलहरूसँग नीतिगत समायोजन खोज्नुभएको हो। आर्थिक र सुरक्षाको मुख्य विन्दुमा अन्तरनिर्भरताको विश्वव्यापी राजनीतिसँग नजोडिएसम्म कुनैपनि देशको परिवर्तन दिगो हुँदैन। दक्षिण एसियाली राजनीति पनि यो मान्यताबाट अलग छैन। त्यसबाहेक यस क्षेत्रको राजनीतिका केही आफ्नै बाध्यता पनि छन्। होइन भने, आफू प्रधानमन्त्रीको उम्मेदवार नबन्ने भइसकेपछि भट्टराईका ठाउँमा मोहन वैद्य, सुशील कोइराला, झलनाथ वा विजय गच्छदार जो कोही पनि प्रधानमन्त्री बन्दा दाहाललाई खासै फरक पर्दैन। यत्ति हो, भट्टराई अहिलेको क्षेत्रीय कूटनीतिका लागि सुयोग्य छन्। उनलाई उछिनेर सुयोग्यताको प्रमाण बोकेर आउने जो कोही पनि दाहालका लागि स्वीकार्य हुनैपर्ने परिस्थिति छ। परिवर्तनलाई सहज स्वीकारेर दाहालले आफ्नो र पार्टीको राजनीतिक हैसियत उकास्नुभएको छ।
पछिल्लो जनआन्दोलन नेपाली समाजका लागि युगान्तकारी थियो। त्यसले साँच्चै एउटा अन्धकार युगको अन्त्य गर्‍यो। त्यही जनआन्दोलनले नेपालका राजनीतिक दलहरूलाई राष्ट्रिय एकताका पक्षमा, समानतावादी र समावेशी समाजका पक्षमा र लोकतान्त्रिक अधिकार र आचरणका पक्षमा एकै ठाउँमा बसेर राष्ट्रिय लक्ष्यहरूको किटान गर्ने र राष्ट्रिय नीतिहरूको निर्माण गर्ने महत्वपूर्ण जनादेश दियो। महाविजयको उत्साहमा माओवादीलगायत सबै दलहरूले त्यो जनादेशको उपेक्षा नगरेको भए दक्षिण एसियाको राजनीतिमा नेपालले आफ्नो बेग्लै स्थान बनाइसक्ने थियो। यतिबेला, समयको एघारौँ घन्टामा आएर, दलका नेताहरू आफूलाई सच्याउन लागेका छन्। त्यसैले पनि सामान्य नेपाली जनताका लागि यो सुखद विषय भएको छ र नयाँ नेपालको नयाँ संविधान बन्ने आशा पलाएको छ। तर, सच्याउने नाममा नेताहरूले आआफ्ना व्यक्तिगत आकांक्षालाई शीर्ष स्थानमा राखी रहने हो भने राष्ट्रिय सरकार बनेपछि पनि राजनीतिको आकाशमा अविश्वासको बादल भने मडारिई रहनेछ।
अलिकति जान्ने सुन्ने नेपाली जनतालाई राज्यको पुनर्संरचना अत्यन्त कठिन र जटिल विषय हो भन्ने ज्ञान छ। राजनीतिक तहमा संघीय स्वरूपको विवाद र बहस चलिरहेका बेला मिथिला उद्वेलन सुरु हुनु, त्यसमा हिंसाको प्रवेश हुनु र सुदूरपश्चिम आफ्नो अखण्ड स्वरूपको रक्षाका लागि बन्दको आन्दोलनमार्फत कडारूपले प्रस्तुत हुनु नयाँ नेपाल निर्माणका लागि शुभ संकेत भने होइनन्। कर्णालीको जल प्रवाहमा आन्दोलनको वेग रोक्नसक्ने ताकत छैन। नेताहरूले आफ्नो निर्णय क्षमता साबित गर्न सकेनन् भने सुदूरपश्चिमको आन्दोलन मध्यपश्चिम र पश्चिमसम्म आइपुग्न अलिकति पनि समय लाग्नेछैन। उथलपुथलको बेगमा कुनै संविधानको निर्माण हुनसत्तै्कन। तदर्थ स्वरूपको राष्ट्रिय सरकारमा सामेल भएरमात्र दलहरूले राष्ट्रिय विचलन रोक्नसक्ने अवस्था अहिले छैन। प्रमुख दलहरूको विश्वसनीयता नचुकेको भए अहिले पहिचानको आन्दोलनको वातावरण बन्ने पनि थिएन। त्यसैले पनि, दलहरूले नेपाली राष्ट्रको एकताका पक्षमा आफूहरूबीच रहेको संशय र अविश्वासलाई समाप्त पार्नु अहिलेको प्रमुख आवश्यकता हो। दलहरूको आह्वानमा जनआन्दोलनलाई उत्कर्षमा पुर्‍याएर नेपाली गणतन्त्रको स्थापना गर्ने जनतामा राजनीतिक दलहरूलाई दण्डित र लाञ्छित गर्ने खुबी पनि रहेको छ भन्ने दलका नेताहरूले बिर्सिनु हुँदैन।
संघीय संरचनाको निर्माणमा दलका नेताहरूले मेरो गोरुको वाह्रै टक्काको रटान छाडेर विवेकसम्मत सहमतिको निर्माण गर्न सकेनन् भने राष्ट्रका रूपमा नेपाल मल्लकालीन अनेकतातिर लाग्नेछ। नयाँ नेपालको संरचना विभिन्न नेपाली जाति र जनजातिको बुद्धि, विवेक र आकांक्षाका आधारमा खडा हुने राष्ट्रिय संघका रूपमा हुनुपर्छ। नेपाली संघीय संरचनाले सबै नेपालीलाई सँगसँगै उन्नति गर्ने मौका दिनुपर्छ। भेष र केश, जात र भातका आधारमा विभेद र विभाजनकारी संघको निर्माण गर्ने हो भने राष्ट्रका रूपमा नेपालको गणतान्त्रिक अस्तित्व लामो समयसम्म टिक्नसक्ने छैन।
राष्ट्रिय सरकारले दलीय सहमतिका आधारमा मात्र होइन दलहरूबाहेकका बौद्धिक, सामाजिक, सांस्कृतिक, पाखा पारिएका अल्पसंख्यक र कुनै संघीय स्वरूपमा नपरेका तथा सबै संघभित्र अभिन्न रहेका दलितहरूको सहमतिमा संविधानको निर्माण गर्नुपर्छ। शोषणको पर्याय बनेका नेपाली समूहहरूलाई नयाँ संविधानले चिन्न सकेन भने त्यस्तो संविधानको औचित्य रहँदैन। संविधानका कुनै पनि मुख्य धारा बहुमतीय विभाजनका आधारमा स्थापित गरिनु हुँदैन। यसका एकएक अक्षरहरू संविधान सभाले सर्वसम्मत समर्थन नगरेसम्म यसले सबै नेपालीको मान्यता र समर्थन पाउन सत्तै्कन। संविधान दलका नेताहरूको मनोगत अभिव्यक्ति हुनुहुँदैन। कुनैप्रकारको ज्वारभाटाले प्रभावित गर्न नसक्ने दस्तावेजका रूपमा स्थापित हुनुपर्दछ संविधान। यो ग्रन्थ नेपाली आत्माको आवाज बन्नुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस