फेरि पनि हिंसा!
२१ वैशाख २०६९
•
११ मिनेट पाठ
फेरि पनि हिंसा!
केही दिन पहिले लामो समयपछि एकजना मनपर्ने साथीले फोन गर्‍यो। गहिरा विचारको धनी त्यो असल मानिस धेरै बोल्दैन। यसपालि पनि ऊ धेरै बोलेन। कुशलक्षेमका औपचारिक सोधपुछसमेत गरेन। छोटो भूमिकापछि उसले भन्यो ­ 'तिम्रो पीडा म बुझ्छु।'
म सुनिरहेँ, केही बोलिन। ऊमात्रै बोलिरह्यो­ 'तिम्रो आशय म बुझ्छु। तिमीले भन्न खोजेको म त बुझ्छु।'

उसले 'म त' मा उसले विशेष जोड दिएजस्तो लाग्यो मलाई। फेरि भन्यो - 'मजस्तै तिम्रा नजिकका साथीले पनि बुझ्लान् तिमीलाई तर सबैले त्यसरी त बुझ्दैनन्। मानिसहरूको मानसिकता अझै पनि हिंसालाई निषेध गर्ने तहको बनिसकेको छैन। लेख्दा अलि विचार गर।'

मलाई बेसरी माया गर्ने मेरो साथी ऊ। उसले जे भन्यो, मायाले भन्यो। त्यति त मैले बुझेँ। दुनियाबाट हिंसा निर्मूलै होस् भन्ने आशा गर्नु वा त्यस्तो चाहना बोकेर हतारोमा केही गर्न खोज्नु मूर्खता हो भनेको होला सायद ­ त्यो पनि बुझेँ। अरू पनि थप केही भन्न खोजेको थियो उसले? त्यो भने अझै सोध्न भ्याएको छैन।
हो, हिंसा भइरहेकै छ। संगठित हिंसाकै सिलसिलामा भर्खरै अर्को अत्यन्त पीडादायी घटना भयो ­ मिथिला धर्नामा बम विष्फोटका रूपमा। यसले उत्पन्न गरेको त्रास, आक्रोश, निराशा, सबै ताजै छ। आँसुहरू बग्न छाडेका छैनन्। घाइते र मृतकका आफन्तका मनमा आक्रोशको आँधी बढिरहेकै छ। कति गुम्यो व्यक्ति, समुदाय र समूहका निम्ति, कला र सिर्जनाका निम्ति, सामाजिक अभियानका निम्ति - यो सबको लेखाजोखा त धेरैपछि मात्र हुनसक्छ। यसले सैतानको वंश बढाउन कति मद्दत गर्‍यो भन्ने लेखाजोखा पनि धेरैपछि मात्र होला। तर यति नै खेर यस्ता घटना गराउनेहरू भने सायद विजयोल्लासमा होलान्। हर्षोन्मादमा एककालाई बधाई दिँदै पनि होलान् ।

किन मुस्कुराउँछन् हँ तिनीहरू? को हुन् तिनीहरू? अरूको आँसुमा पौडिदा रमाउने विक्षिप्त परपीडकहरू हुन् ती? या हिंसाका कट्टर उपासकहरू हुन् जो प्रतिहिंसाको बीऊ छरेर हिंसालाई निरन्तरता दिन सकेकोमा मक्ख छन्? हैन भने, भिक्षु टिक नात हानले भने झैँ के त्यस्तो पीडा होला तिनीहरूभित्र जसका कारण यति जघन्य अपराध गर्न ती तयार भए? कसैले तिनलाई वीरताको पगरी गुथाई दिइसक्यो कि अहिलेसम्म! कसका वीर हुन् ती? किन वीरतालाई हिंसासँग जोडिइरहन्छ जुन युगमा पनि?
यी प्रश्नहरू आँफैसित सोधिरहेको यति बेला अन्यत्र कति ठाऊँमा त्यत्तिकै मूर्खतापूर्ण, त्यत्तिकै निरर्थक, त्यत्तिकै पाशविक अन्य घटना भइरहे भने पनि अनौठो हुनेछैन। हिंसा आकर्षक हुन्छ। किनभने, यसलाई वीरता, साहस र निर्भीकतासँग सजिलै जोडिदिने जो गरिन्छ। विभिन्न कित्ताको सहादतसँग, विजय र पराजयसँग जोडिदिइन्छ। अनि हिंसाको अद्भूत प्रजनन क्षमता हुन्छ ­ यो जहिले पनि आफूलाई जन्माइरहन सक्षम हुन्छ प्रतिहिंसाका रूपमा। हो, हिंसा अस्तित्व समाप्त नहुने, निर्मूल हुन नसक्ने अभ्यास हो। तर, यसो भनेर हामी हिंसाको गुणगान गरौँ त? हिंसाको भजन गाउँ्क त?

प्रकृतिले सबै प्राणीलाई आआफ्नो प्रजातिको निरन्तरताका निम्ति विभिन्न उपाय दिएको छ। आत्मरक्षाका निम्ति 'इंस्टिंक्ट'का रूपमा विभिन्न औजार दिएको छ। प्राणीहरूलाई भोक लाग्छ। किनभने जीवनको निरन्तरताका निम्ति पोषण चाहिन्छ। मानिसलाई तिर्खा लाग्छ। कारण, जीवनका लागी पानी चाहिन्छ। प्रजनन नभए त्यो प्रजातिको निरन्तरता नहुने भएकाले प्राणीमा यौन चाहना हुन्छ। रीस नउठ्ने भए आत्मरक्षा गर्न प्राणीहरूलाई गाह्रै हुन्थ्यो होला। हिंसा भाव त्यसैसँग जोडिएको आवेग हो। त्यसैले हिंसाको प्रयोजन पनि आत्मरक्षाका लागि मात्र हो।

सबै प्राणीलाई प्रकृतिबाट आत्मरक्षा र प्रजातिको निरन्तरताका निम्ति 'इंस्टिंक्ट'का रूपमा प्राप्त कवच हुन् यी। महत्वपूर्ण संयन्त्रहरू हुन् यी। तर, यिनको प्रयोग, उपयोग कसरी हुन्छ भन्ने चाहिँ त्यही प्राणी विशेषमै निर्भर हुन्छ। असनको साँढेले कसैको वास्ता नराखी देखेको हरियो सागपातमाथि आक्रमण गर्छ। कसले कसका निम्ति कसरी बेच्न राखेको सामान हो यो भन्ने उसलाई मतलब हुँदैन। भोक लाग्यो, आँखै अगाडि मिठो हरियो पात छ, किन नखाने? उपयुक्त मौसममा उपयुक्त हर्मोनको प्रभावमा प्राणीहरू ऋतुदान लिन वा दिन तयार हुन्छन्। त्यतिबेला कसले हेरिरहेको छ, कसलाई के प्रभाव परेको छ भन्ने केहीको मतलबै हुँदैन। तर मानिसले पनि त्यसै गर्ने हो भने के हुँदो हो? मानिस र पशुबीचको भिन्नता उसको चेतनाको अधीनस्थ नैसर्गिक वृित्त वा 'इंस्टिंक्ट'लाई वशमा राख्न मानिस सक्षम हुनु हो। आफ्नो चेतनालाई नै यी विभिन्न वृत्तिहरूबाट निर्देशित हुन दिने हो भने मानिस पशुभन्दा खासै फरक हुनसत्तै्कन।

मानिसको भौतिक अस्तित्व र मानव प्रजातिको निरन्तरतासँग जोडिएका भोक, तिर्खा, यौन, क्रोध आदि यी नैसर्गिक वृित्तहरूको भूमिका जहिले पनि महत्वपूर्ण रही रहनेछ भन्नेमा शंका छैन। तिनको आकर्षण पनि त्यत्तिकै रहिरहनेछ - यो पनि पक्का हो। हिंसा र यौनले भरिएका फिल्महरू खुब चल्छन्। त्यो स्वाभाविक हो। खानपिनसँग सम्बन्धित विज्ञापनले सजिलै आँखा तान्छन् ­ यो पनि स्वाभाविक हो। तर हाम्रो दैनिक व्यवहारमा पनि चेतनाले 'इंस्टिंकट'लाई नभएर 'इंस्टिंकट'ले चेतनालाई निर्देशन गर्न थाल्यो भने व्यक्ति कसरी मानिस रहिरहन सक्ला? 'इंस्टिंकट'सँग जोडिएका चाहनालाई औचित्य प्रदान गर्न जहिले पनि कुनै न कुनै निहुँ पाउँछ मानिस। र यही 'जस्टिफिकेसन', यही औचित्यीकरणमै हो मानिस चिप्लिने, मानवताबाट पशुŒवमा झर्ने । हिंसाको दुरुपयोग गर्न चाहनेलाई जहिले पनि केही न केही निहुँ मिल्छ नै । थरीथरीका वासनाको तृप्तिका निम्ति जे पायो त्यो उपाय अपनाउन पनि केही न केही निहुँ त मिल्छ नै। नैसर्गिक वृित्तलाई चेतनाको लगाम लगाएर नियन्त्रणमा नराख्ने हो भने, हिंसारूपी त्यो शक्तिशाली, भयावह तर आकर्षक पशुलाई विवेकको डोरीले बाँधेर नराख्ने हो भने मानिस अत्यन्तै सजिलो गरी पशुमा परिणत हुन्छ । युगौँदेखि यसै त भइरहेको छ।

अर्कातिर, भयानक हिंसाको जोखिमबाट मानिस जोगिएको पनि त छ। विभिन्नताका बीचमा समानता पहिल्याउने प्रयत्नमा मानिस लागेका बेला ठुला विनाशका जोखिमहरू टरेर गएका छन्। विजय र पराजय हैन दुवैतर्फ विजय र विजय नै देखा परेको छ। भिन्न सभ्यता र संस्कृतिहरूको समागमबाट थप मानव सौन्दर्यको प्रादुर्भाव भएको छ।

कोहीकोही मनोविज्ञ भन्छन् - जन्मने बेलामा मानव शिशुलाई आफू र जगत्बीचको भिन्नता बारे थाहै हुँदैन रे। जब उसका आवश्यकताहरू रोदन वा सम्प्रेषणका विभिन्न तरिकाबाट मात्र पुरा हुने यथार्थ थाहा हुन थाल्छ अनि सुरु सरुमा ऊ आफ्नो 'अहम्' वा 'अस्मिता' लाई बलियो पार्न लाग्छ। दुई वर्षको बच्चा कति आत्मकेन्द्रित हुन्छ भने ऊ दुनियाकै बादशाह भएजस्तो व्यवहार गर्छ। बच्चाहरूको नजिक भएका जो कसैले पनि देखेको भोगेको यथार्थ हो यो। साथी बनाउन थालेपछि उसको 'अहम्' र 'अस्मि'को घेरा फराकिलो हुँदै जान्छ। त्यस घेराभित्र उसका साथी, परिवारजन, समाजका अन्य सदस्यले सहज प्रवेश पाउन थाल्छन्। ऊ फराकिलो हुनु नै ऊ हुर्किनुको माप हुन्छ। तर कोही कोही भने यस्ता पनि मानिस हुन्छन्, जो आफ्नो हुर्काइमा दुई वर्षको मानसिकताबाट उँभो लाग्नै सत्तै्कनन्। असहिष्णुता र निकृष्ट स्वार्थमा आधारित हिंसाका ती परिपालक बन्न सक्छन्। साँच्चै यस्तो हो भने, हामी हुर्किन अब के गर्नु पर्ला?
अर्को समाचार
विवाहेतर सम्बन्ध
१६ भदौ २०७६
•
१० मिनेट पाठ
विवाहेतर सम्बन्ध
देविका केसी

महिला हिंसाका अनेक रूप छन्। चरित्र हत्या, शारीरिक–मानसिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, सामाजिक–सांस्कृतिकहिंसालगायत बनावटीप्रेमबाटगरिने हिंसा।हामी सबैलाई थाहा छ– संसारका कुनै पनि ठाउँमा पुरुषभन्दा बढी महिलानै हिंसामापरेका छन्। पुरुषले जहिले पनि महिलालाई आफ्नो अधीनमा राख्न खोज्छ÷राखिरहेको छ। यस्ता घटना पश्चिमा समाजमा निकै कम हुन्छन्। कारण त्यहाँ शिक्षा, सशक्तीकरण, स्वतन्त्रता, अवसर आदिमा महिलाको पहँुच बढी छ। तर हाम्रो तुलनामा मुस्लिम समुदायका महिलाको अवस्था अझ दर्दनाक छ भने बंगलादेशमा हजारौं महिला कुनै केटासँग विवाह तथा यौन सम्पर्क गर्न नमानेकै कारण तेजाब आक्रणमा पर्ने गरेका छन्। आखिरजहाँ जस्तो हिंसा भएपनि पीडा पाउने महिलै हुन्। नेपालमा पनि सदियौंदेखि पितृसत्तात्मक प्रणाली रहेका कारण महिला हिंसाका घटना धेरैहुन्छन्/भइरहेका छन्। त्यसमा पनि अशिक्षा, गरिबी तथा पछौटेपनका कारण सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण भेगमा महिला हिंसा बढीहुन्छन्।

हिजोआज धेरै देखिएको र बाहिर आउन नसकेको हिंसाको एउटा रूप हो– पुरुषहरूले गर्ने घरबाहिरको प्रेम सम्बन्ध। हाम्रै समाजमा एउटा यस्तो पुरुष जमात छ जसलेकमजोर अवस्थामा रहेका महिलालाई, विशेषगरीएकल, दुःख पाएका अनि घरमा श्रीमानसँगराम्रो सम्बन्ध नभएका तथा मौका मिलेअविवाहित युवतीको जीवनमा पनि प्रवेश गर्ने।त्यस्ता महिलासँग नजिकिन यस्ता पुरुषले उनीहरूका आवश्यकतालाई हतियार बनाउने गरेका छन्।सहयोग गर्न हरबखत तयार हुने, चारो हाल्न अलि–अलि आर्थिक सहायता गरेजस्तो गर्ने, उनीहरूलाई असाध्य महŒव दिने, प्रशस्त समय दिने, बारम्बार फोन गरी हरेक क्षणको जानकारी लिने, चाहिनेभन्दा बढी केयर गर्ने, मोबाइलमा पैसा हालिदिने आदि इत्यादि गर्ने गर्छन्। यस्ता पुरुषहरूयतिसम्म झूटबोल्छन् कि घरमा श्रीमतीसँग सुमधुर सम्बन्ध हुँदाहँुदै पनि राम्रो छैन, सम्बन्ध–विच्छेद गर्ने तयारीमा छु भन्छन्। त्यस्तै कुनै रोग लागेकाले उसप्रति आफ्नोइच्छा कम भएको, आफ्नो लायककी नभएको तथा छुच्ची, घमण्डी छिन्जस्ता झूट कुरा गरेर कमजोर अवस्थाका महिलाको मन जित्ने प्रयास गर्छन्। यस्ता पुरुषलाई तपाइं के भन्नुहुन्छ?म त समाजका धमिरा भन्न रुचाउँछु।

हिजोआज धेरै देखिएको र बाहिर आउन नसकेको हिंसाको एउटा रूप हो– पुरुषहरूले गर्ने घरबाहिरको प्रेम सम्बन्ध। हाम्रै समाजमा एउटा यस्तो पुरुष जमात छ जसले कमजोर अवस्थामा रहेका महिलालाई, विशेषगरी एकल, दुःख पाएका अनि घरमा श्रीमानसँग राम्रो सम्बन्ध नभएका तथा मौका मिले अविवाहित युवतीको जीवनमा पनि प्रवेश गर्ने।

यस्ता धमिरा विशेषगरीआफूले फसाउन खोजका महिलाका पहिलादेखि नै चिनजानका हुन्छन्। जस्तै ः स्कुल, कलेजमा सँगै पढेका,एउटै कार्यालयमा काम गरेका जसले ती महिलाका सबै कुरा थाहा पाएका हुन्छन्। अनि तिनले‘म तिमीलाई पहिला कति धेरै मनपराउँथे, तिमीलेवास्ता गरिनौ र पो’, ‘तिमीले भनेको मानेको भए अहिले हाम्रो कति सुन्दर जीवन हुन्थ्यो’, ‘अहिले तिमी पनि भड्खालोमा पर्‍यौ, म पनि खाल्डोमा परें’, मलाई त उसले मेरो चाहना नहुँदानहुँदैनराम्रोसँग फसाई’, ‘अहिले तिमीले पनि दुःख पाएकी छौ, मैले पनि दुःख पाएको छु, ढिलै भए पनि फेरि हाम्रो भेट भएको छ, अब बिहे गर्नुपर्छ’, ‘म ऊसँग सम्बन्ध–विच्छेद गर्दै छु’जस्ता कुरा गरेर लोभ्याउँछन्। कामकाजी महिला भए काममा सहयोग गरेजस्तो गर्ने, ‘म तिम्रो ‘प्रमोसन’का लागि पहल गरिदिन्छु’,‘तिमी चिन्ता नगर’भन्ने तथा बेरोजगारी महिला छिन् भने ‘म तिमीलाई राम्रो जागिर लगाइदिन्छु’आदि इत्यादि आश्वासन दिँदै नजिकिने गर्छन्।  

महिलाको मन त्यसैपनि कोमल हुन्छ। त्यसमा पनि झन् दुःख पाएका महिलाले यस्ता मीठा  कुरागर्ने, आफ्नोख्याल गर्ने, आफूलाई सहयोग गर्ने, अप्ठेरो परेका बेला पैसा पनि दिने पुरुष पाए के चाहियो र !विश्वास गर्छन् र बिस्तारै–बिस्तारै मायाजालमा फस्छन्। अनि ती महिला सम्पूर्ण रूपमा लुटिइएर ऊबिना बाँँच्न नसक्ने अवस्थासम्म पुगिसकेका हुन्छन्।

समय बित्दै जान्छ। ती पुरुषका श्रीमतीले आफ्नो श्रीमान्को बाहिरी सम्बन्ध बिस्तारै थाहा पाउँछन् र त्यसपछि त्यो सम्बन्ध त्यहींनेर पूर्णविराम लाग्छ। यता झूटो प्रेममा परेकी महिलाको हालत खराब हुन थाल्छ। अनि पहिलाको त्यही पुरुष बदलिन्छ र आफूले गरेको फोनसम्म नउठाउने हुन्छ। उठाइहाले पनि बोली फरक गर्ला अथवा मौका परे त्यो फोन आफ्नी श्रीमतीलाई उठाउन देला र त्यसपछि महिलाको हुल गएर ती पीडित महिलालाई थप हिंसा गर्लान्। अब सोचौं, ती महिलाको अवस्था कस्तो होला ?भनिन्छ– महिलाका लागि सबैभन्दा ठूलो पीडा विवाहित पुरुषसँग प्रेम गर्नु हो, जो पलपल तड्पेर मर्छन्। न प्रेमीलाई फोन गर्न मिल्ने, न त गएर झगडै गर्न मिल्ने !

त्यसैले म यसै लेखमार्फत सम्पूर्ण दिदीबहिनीलाईके आग्रह गर्छु भने तपाईं  यस्तो सम्बन्धमा हुनुहुन्छ भने त्यो सम्बन्धलाई अहिले नै पूर्णविराम लगाइहाल्नुस् र त्यस पुरुषबाट टाढा हुनुस्। नत्र तपाईंलेठूलो दुःख पाउनु हुनेछ। तपाईं साँच्चिकै एकल हुनुहुन्छ भने एकल जीवनको मजा लिन सिक्नुस्, कसैको आशा÷भरोसा, विश्वासमा नपर्नुस्, आफैं सक्षम बनेर जिउनुस्।

साथै म यही लेखमार्फत त्यस्ता पुरुषहरूलाई पनि विनम्र अनुरोध गर्छु– कुनै महिलालाई यस्तै गर्दै हुनुहुन्छ र गरिरहनुभएको छ भने कृपया आजैबाट छुटकारा दिनुस्। ती महिला पनि तपाईंकै दिदीबहिनीहुन्, उनीहरूलाई हिंसा नगर्नुस्, कुनै लोभलालच,झूटा सपना देखाएर स्वार्थ लुट्ने काम नगर्नुस्। बरु सकिन्छ भने निस्वार्थ भावनाले उनीहरूलाई सक्षम बनाउन पहल गर्नुस्। विवाहित पुरुषले भुक्याई गर्ने बनावटी प्रेम र सम्बन्धको परिणाम अन्ततः दुवै पक्षका लागि घातक हुन्छ।

मैले यस लेखमा पुरुष भनेर सबै पुरुषलाई भन्न खोजेकी होइन,मैले त्यस्ता पुरुषलाई भनेकी हुँ जसले यस्तै अवाञ्छित काम गरिरहेका छन्। हो, हाम्रै समाजमा कति असल र इमान्दार पुरुष पनि छन्, जसप्रति मेरो सदा सम्मान रहनेछ, उनीहरूलाई हृदयदेखि नमन गर्छु। उनीहरूजस्ता पुरुषकै साथ र सहयोगले नै आज आंैलामा गन्न सकिने केही दिदीबहिनीविभिन्न क्षेत्रमा अगाडि बढिरहेका छन्। भनिन्छ–कुनै सफल पुरुषको पछाडि एउटी नारीको हात हुन्छ। त्यसैगरी एउटी सफल महिलाको पछाडि पनिपक्कै कुनै पुरुषको हात हुन्छ।

त्यसैले अब हामी महिला मैनबत्तीजस्तो होइन, पत्थरजस्तो कठोर भएर अगाडि बढौं। हरेक व्यक्तिलाई माया गरौं तर कसैलाई विश्वास गरिनहालौं। किनकि विश्वास एउटा यस्तो कमजोरी हो जसले एकपल्ट होइन, बारम्बार धोकादिन्छ, रुवाउँछ। नारी कमजोर होइनन्, शक्तिका खानी हुन् भन्ने प्रमाणीत गर्नुछ हामीले। हामी सबै मिलेर लैंगिक हिंसामुक्त, विभेदरहित समाज निर्माणमा लागौं। महिला मानव अधिकारकर्मी
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस