अहिले नेपालको राजनीतिमा सबैभन्दा महत्वपूर्ण शान्ति र संविधानको कार्यभार नै हो। नेपाली जनताले आफ्ना प्रतिनिधिलाई यिनै दुई कार्यका लागि जनादेश दिएका हुन्। शान्ति प्रक्रियाको महत्वपूर्ण चरण माओवादी लडाकुको व्यवस्थापन हो। त्यो अहिले लगभग टुंगोमा पुगेको छ। सशस्त्र द्वन्द्व पीडितहरूले न्याय पाउने र तिनको पुनःस्थापनाको विषयमा पनि अपेक्षाकृत सुस्त गतिमै सहीराजनीतिक दलका नेताहरू सहमतितर्फ बढेका छन्।
शान्ति प्रक्रियाका बाँकी न्याय र पुनःस्थापनाका कामहरू यथाशीघ्र पुरा हुने अपेक्षा गर्न सकिने संकेत देखिएको छ। यसैले अबको प्रमुख कार्यभार संविधान निर्माणै हो।
विपक्षी नेताहरूले सरकार निर्माणलाई प्राथमिकता दिएको देख्नेबित्तिकै सत्तारुढ दलहरूले सरकार कायमै राख्ने घोषणा गरेका छन्। यसबाट सत्ता र विपक्ष दुवै ध्यान सरकारमै केन्द्रित भएको स्पष्ट देखिन्छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समर्थन गर्दासम्म एनेकपा (माओवादी) का नेता बाबुराम भट्टराईको नेतृत्वमा रहेको वर्तमान सरकार प्राविधिक बहुमत भएमा हुन्छ। तर, माओवादीकै असन्तुष्ट समूह सरकारविरुद्ध आन्दोलनरत छ। त्यस समूहका सभासदहरूले सरकारविरुद्ध हस्ताक्षर गरे भने सरकारमाथि नैतिक र वैधानिक दुवै दृष्टिबाट चुनौती उत्पन्न हुन्छ। यस्तै, नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थन नभई संविधान पारित हुनसत्तै्कन। सरकारी पक्ष आक्रामक शैलीमा प्रस्तुत हुँदा विपक्ष थप उत्तेजित हुनुसक्छ। यसैले सत्तामा रहेका दलहरू पनि संविधान निर्माणप्रति गम्भीर छन् भने जुहारीको शैलीमा मोर्चाबन्दी गर्न तम्सनु हुनेथिएन।
'जोगी हुन राजनीति गरेको हैन' भन्ने मूल मान्यता भएका नेपालका राजनीतिक दलका नेताहरूलाई सत्तामा जान र टिकिरहन जुनबेला जे गरे पनि उचितै हुन्छ भन्ने लाग्नु अनौठो होइन। उनीहरूको अधिकांश चिन्ता र चिन्तन सत्ताकै सेरोफेरोमा सीमित हुनु पनि अस्वाभाविक होइन। मात्रामा फरकमात्रै हो संसारकै अधिकांश राजनीतिक नेताहरूमा यही प्रवृत्ति पाइन्छ। सत्तालाई गौण ठान्ने व्यक्ति राजनीतिमा बिरलै भेटिन्छन्। तैपनि, समय र परिस्थितिले कुनै बेला सत्ताभन्दा अरू नै विषयलाई प्राथमिकता दिन निर्देश गरिरहेको हुन्छ। नेपालका हकमा अहिले त्यस्तै समय र परिस्थिति आएको छ। विडम्बना, प्रमुख राजनीतिक दलका नेताहरूले भने संविधान निर्माणलाई थाती राखेर पनि सरकार बदल्ने कार्यलाई प्राथमिकता दिएको देखिएको छ।
नेपालको अन्तरिम संविधान, २०६३ अनुसार संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतले संविधान सभाको अवधि आउने १४ भन्दा थप गर्न नसकिने फैसला सुनाइसकेको छ। यसको तात्पर्य, नयाँ संविधान पारित गर्ने वैध अवधि अब महिना दिन पनि छैन। संविधान निर्माणका केही प्रक्रिया र केही प्राविधिक पक्ष हुन्छन्। तिनका लागि समय र दक्षता आवश्यक हुन्छ। समय कसैको वशमा हुँदैन। त्यसैले समयसँगै व्यक्ति वा समाजले आफूलाई गतिशील बनाउनुपर्छ। अन्यथा, समयले छाडेर जान्छ। संविधान निर्माणका सन्दर्भमा पनि यही यथार्थ चरितार्थ हुन्छ। अर्थात्, सरकार परिवर्तनभन्दा संविधान निर्माणलाई नै प्राथमिकता दिनु उचित हुन्छ।
मिथिला राज्यको माग गर्दै जनकपुरमा गरिएको धर्नामा बम विष्फोट गराएर सोमबार चार जनाको ज्यान लिइएको छ। अमानवीय त्रू्कर घटना सभ्य समाज र राज्यका लागि कुनै पनि नाम र निहुँमा यस्ता क्षम्य र सह्य हुनसत्तै्कनन्। यस्ता घटनाले संविधान निर्माणलाई बिथोल्नसक्छ। कतै त्यसैका लागि यस्तो घटना गराइएको हैन भन्ने सन्देह पनि उत्पन्न भएको छ। घटनाको प्रमुख राजनीतिक दलहरू र मानव अधिकारवादी संस्थाले निन्दा गरेका छन्। यस्ता घटनाबाट संविधान निर्माणमा अवरोध नपुगोस् भन्नेमा लोकतान्त्रिक राजनीतिमा विश्वास गर्ने सबै चनाखो हुनु आवश्यक छ।
संविधान सभामा पहिलो र तेस्रो भएका दलहरूले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेका छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसलाई सरकारको नेतृŒव गर्ने चाहना हुनु पटक्कै अनुचित होइन। यस्तै, अब कांग्रेसको नेतृत्वमा सरकार गठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक आवश्यकता पनि हुनसक्छ। माओवादी नेताहरूको उग्र क्रान्तिकारी अभिव्यक्तिले अविश्वास उब्जाएको र संविधान पारित भएपछि उनीहरू सत्ता कब्जामा केन्द्रित हुने आशंका राजनीतिक दलका नेतामा उत्पन्न भएको पनि हुनसक्छ। किन्तु, संविधान सभाको कार्यकाल नसकिँदै संविधान बनेन भने राजनीतिक, संवैधानिक, व्यावहारिक र नैतिक संकट उत्पन्न हुन्छ। यसैले, संविधानका सबै विषयमा सहमति भइसकेपछि सरकार परिवर्तन गर्नु बुद्धिमत्तापूर्ण हुन्छ। राजनीतिक नेताहरूले सबै ध्यान संविधान निर्माणका बाँकी विवाद सल्टाउन लगाउनु उचित हुन्छ। राजनीतिक दलका नेताहरूलाई अहिलेको प्राथमिकता सरकार परिवर्तन नभएर संविधान निर्माण हो भन्ने हेक्का दिलाउनु अर्घेलो हुनेछैन। आशा गरौँ, नेताहरूले जनअपेक्षाको सम्मान गर्दै बेलाको बोली ठम्याउनेछन्।